कीवर्डहरू -

समाचार

सामसङको इन्स्टा फाइनान्सको सुविधा लिन अब नागरिकता भए पुग्ने

स्मार्टफोन प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा अग्रणी रहेको ब्राण्ड सामसङले गत वर्ष नेपालमा इन्स्टा फाइनान्स सेवा ल्याएको थियो । इन्स्टा फाइनान्सबाट सामसङले ग्राहकहरूलाई शुन्य प्रतिशत ब्याजदरमा ईएमआईमा नयाँ ग्यालेक्सी स्मार्टफोनहरू किन्न पाउने सुविधा दिएको छ । 

अब सामसङ नेपालले यो सुविधालाई झन सहज बनाएको छ । शुन्य प्रतिशत ब्याजदरमा ईएमआईमा ग्राहकहरूले आफ्नो र आफ्नो ग्यारेन्टरको नागरिकता ल्याए पुग्ने छ । हुन त पहिले पनि इन्स्टा फाइनान्सको प्रक्रिया झन्झट रहित नै थियो, तर सो प्रक्रियाको लागि अरु पनि थप कागजातहरूको आवश्यकता पर्थ्यो ।

अब भने ग्राहकहरू आफ्नो र आफ्नो ग्यारेन्टरको दुई–दुई पासपोर्ट साइजको फोटो र नागरिकताहरु बोकी आफ्नो नागरिकता जारी गरेको जिल्लामा रहेको कुनै पनि आधिकारिक सामसङ फाइनान्स स्टोरमा गएरै कुनै पनि २० हजार रूपैयाँ वा बढी मूल्य भएको ग्यालेक्सी स्मार्टफोन शुन्य प्रतिशत ब्याज रहेको ईएमआईमा प्राप्त गर्न सक्ने छन् ।

इन्स्टा फाइनान्सको साथ साथै, ग्राहकहरूले १८ वैशाख २०८१ सम्मको अवधि आफ्नो कुनै पनि पुरानो डिभाइस एस्चेन्ज गरी एन्हान्स्ड ट्रेड–इन बेनिफिटसद्वारा नयाँ ग्यालेक्सी एस २४ सिरिजका लिन सक्नेछन् । 

यो अफर अर्कोस्टोर र सबको फोन लगायतका ट्रेड पार्टनरहरूमार्फत उपलब्ध गराइएको छ । यससेवा मार्फत ग्राहकले आफ्नो पुरानो सामसङको एस, एन वा जेड सिरिज वा कुनै पनि एप्पल स्मार्टफोनको मूल्याङ्कनमा थप ५ हजार रूपैयाँ बोनस पाउनेछन् भने सामसङ ग्यालेक्सी ए वा एम सिरिजका स्मार्टफोन एस्चेन्ज गर्दा ३ हजार रूपैयाँ बोनस पाउनेछन् । यी सुविधाहरू नेपाल भरि नै उपलब्ध छ ।
 

समाचार

सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा नै यथावत

सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा नै यथावत रहेकी छन् । माओवादी केन्द्रले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुनः रेखा…

वेबसाइट बनाउन सिक्न चाहनेहरुको लागि एक महिने अनलाइन तालिम संचालन हुँदै

अवसर एकेडेमीले वर्डप्रेस सम्बन्धी एक महिने अनलाइन तालिम सञ्चालन गर्ने भएको छ । वेबसाइट डिजाइनिङमा रुचि हुनेहरूलाई लक्षित गर्दै …

चाँडै अटो ड्राइभिङ कार सार्वजनिक गर्दै एप्पल

एप्पलले सन् २०२५ सम्ममा अटो ड्राइभिङ कार निर्माण गर्ने भएको छ । केही दिन अघि कम्पनीले टेस्लाका पूर्व कर्मचारीलाई आफ्नो विद्युत…

सन् २०२५ मा विन्डोज टेनको सपोर्ट बन्द गर्दै माइक्रोसफ्ट

माइक्रोसफ्टले अक्टाबेर १४, २०२५ सम्ममा विन्डोज टेनको सपोर्ट बन्द गर्ने भएको छ । विन्डोज टेनको सपोर्ट बन्द गर्ने भएसँगै माइक्रोसफ्टले अब विन्डोज सा…

टीसीएल फेरि बन्यो ग्लोबल शीर्ष २ टीभी ब्रान्ड

टीसीएल इलेक्ट्रोनिक्सले मार्केट रिसर्च कम्पनी ओमडियाको ग्लोबल टप २ टिभि ब्रान्डको रूपमा फेरि मान्यता पाएको छ।  यो उपलब्धिको म…

आइडब्लुडी कन्क्लेभ २०२४ सम्पन्न

सूचना प्रविधिमा महिला ९डब्ल्यूआईआईटी० ले प्राइम आईटी क्लबसँगको सहकार्यमा मार्च ८ मा विश्वव्यापी रूपमा मनाइने अन्तर्राष्ट्रिय महिला द…

एनसेल र ईएन्ड इन्टरनेसनलबिच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी

एनसेलले बुधवार आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न, नलेज सेयरिङसम्बन्धी गतिविधिहरू सञ्चालन गर्न र मुख्य सेवा, सुव…

खल्ती क्यु-आरमा अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधा उपलब्ध

नेपाल–भारत अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधा अब कार्यन्वयनमा आउने भएको छ । यस सँगै खल्तीले फोनपे सँगको सहकार्यमा भारत…

'इन्भेस्ट इन हर : मेन एज कोपाटर्नस टू इम्पावर वुमन इन आइसिटी' विषयमा आइडब्लुडी कन्क्लेभ २०२४ आयोजना हुँदै

सूचना प्रविधिमा महिला (डब्ल्यूआईआईटी) ले प्राइम आईटी क्लबसँगको सहकार्यमा मार्च ८ मा विश्वव्यापी रूपमा मनाइने अन्तर्राष्ट्रिय महिला द…

डिजिटल कर्णाली कन्क्लेभ २०२४ सुरु

फागुन १८ अर्थात आजबाट डिजिटल कर्णाली कन्क्लेभ २०२४ सुरु भएको छ । दुई दिन चल्ने यो कन्क्लेभ कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानु…

एनसेलले खुद्रा बिक्रेता सशक्त बनाउन देशव्यापी कार्यक्रम गर्दै

एनसेलले आफुसँग आवद्ध रहेका खुद्रा बिक्रेता, साना पसल गर्ने व्यवसायीहरुलाई सहयोग गर्ने उद्देश्यले नयाँ कार्यक्रम संचालन गरेको घोषण…

इसेवाले ल्यायो नेपालमा अन्तर्राष्ट्रिय भुक्तानी सेवा

नेपालमा सबैभन्दा धेरै पर्यटकहरू हाम्रो छिमेकी मित्र राष्ट्र भारतबाट नै आउने गरेका छन्( यो त हामी सबैलाई थाहा भएकै कुरा भयो। दु…

के तपाईको आईफोनले आईओएस १८ अपडेट पाउनेछ? यी २४ मोडेलहरूमा हुनसक्छ सार्वजनिक

एप्पलले यसै वर्ष जुनमा हुने वर्ल्डवाइड डेभलपर्स कन्फरेन्स (डब्लुडब्लुडीसी) मा आफ्नो नयाँ अपरेटिङ सिस्टम आईओएस १८ लन्च गर्ने भएको छ ।…

सामसङको ग्यालेक्सी रिङ सार्वजनिक

सामसङले ग्यालेक्सी रिङ नामक पहिलो स्मार्ट रिङ सार्वजनिक गरेको छ । सामसङ ग्यालेक्सी रिङ बार्सिलोनामा भएको मोबाइल वर्ल्ड कांग्रेस (ए…

नेपाल–भारतबिच अन्तरदेशीय ‘डिजिटल क्युआर पेमेन्ट’ सेवा सुरु

नेपाल–भारतबिच आजदेखि अन्तरदेशीय ‘डिजिटल क्युआर पेमेन्ट’ सेवा सुरु भएको छ । यससँगै नेपालमा आउने भारतीय नागरिकले  क्युआर मार्फत भु…