समाचार
एनपीएनओजी-१०: नेटवर्किङ र सूचना प्रविधिमा विशेष कार्यशाला तथा सम्मेलन आयोजना गरिदैँ
नेपाल नेटवर्क अपरेटर्स समूह (एनपीएनओजी) को दशौं संस्करण २५ नोभेम्बर देखि २९ नोभेम्बर २०२४ सम्म पोखरामा आयोजना हुँदैछ। यस कार्यक्रममा नेटवर्किङ र सूचना प्रविधि क्षेत्रका प्राविधिकहरूको ज्ञान र क्षमता वृद्धि गर्नका लागि कार्यशाला र सम्मेलन समेटिएको छ ।
चार दिने कार्यशालामा नेटवर्क अटोमेसन र एडभान्स्ड रुटिंग सम्बन्धी विषयहरूमा एपीएनआईसी बाट र इन्ट्रोडक्सन टू कन्टेनराइजेसन सम्बन्धी विषयमा एनपीएनओजीका प्रशिक्षकहरूबाट उपलब्ध गराइनेछ ।
यस वर्षको पाठ्यक्रम सामग्री हालका नेटवर्क तथा प्रणाली इन्जिनियरहरूका आवश्यकता सम्बोधन गर्ने गरी तयार गरिएको छ। २५–२८ नोभेम्बरसम्म कार्यशाला पछि, २९ नोभेम्बरमा एक दिने सम्मेलन समेत आयोजना गरिनेछ ।
नेपालको इन्टरनेट पूर्वाधारलाई सहयोग पु¥याउने नेपाल इन्टरनेट एक्सचेन्ज (एनपीआईएक्स), नेपाल अनुसन्धान तथा शिक्षा नेटवर्क (एनआरईएन), र इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्प्यान) का सदस्यहरूलाई विशेष २० प्रतिशत छुट प्रदान गरिएको छ, जुन नोभेम्बर १०, २०२४ सम्म मान्य छ । दर्ता अनलाइनमार्फत निम्न लिंकमा उपलब्ध छ ।
सूचना प्रविधि क्षेत्रमा समावेशिता र सहभागिता बढाउन एनपीएनओजीले विशेष छात्रवृत्ति कार्यक्रमको व्यवस्था गरेको छ । यसमा महिला सहभागितालाई प्रोत्साहन गर्न ५० प्रतिशत छात्रवृत्ति महिला आवेदकहरूका लागि सुरक्षित गरिएको छ ।
समाचार
के हो सोशल मिडिया मार्केटिङ ?
अहिले सामाजिक सञ्जालको प्रयोग धेरैजसो मानिसले गरिरहेका छन् । यो हाम्रो दैनिक जीवनको एक महत्वपूर्ण भाग भएको छ । हामी हाम्रो धेर…
वेब होस्टिङले कसरी काम गर्छ ?
आजको दिनमा आफ्नै वेबसाइट हुनु सामान्य जस्तै भइसकेको छ । तर वेबसाइट सक्रिय राखिरहन धेरै कुरा आवश्यक पर्छ ।
…सुन्दर पिचाईको खुलासाः गूगलका २५ प्रतिशत नयाँ कोड एआईद्वारा लेखिँदै, इन्जिनियरहरूको भूमिकामा परिवर्तन
एआईलाई लिएर लामो समयदेखि भनिदैँ आएको छ कि यो आउने समयमा धेरै क्षेत्रहरूमा मानिसहरूको आवश्यकता अन्त्य गर्नेछ । धेरै विशेषज्ञहरू…
टेलिग्रामले ल्यायो नयाँ अपडेट: मिडिया एडिट, स्पीड नियन्त्रण र मोनेटाइजेशनका नयाँ फिचरहरू समावेश
टेलिग्रामले आफ्ना प्रयोगकर्ताहरूका लागि एकैसाथ धेरै अपडेटहरू ल्याएको छ, जसमा मेसेज पठाएपछि एडिट गर्ने क्रममा मिडिया थप्ने विकल्प…
सि.जि.हिरो एक्कासी मालामाल दशैं तिहार अफर अन्तर्गत रु.पाँच लाख क्यासब्याकका बिजेता यादव
सि.जि.हिरो एक्कासी मालामाल दशैं तिहार अफर अन्तर्गत एकजना भाग्यशाली बिजेताले नगद क्यास ब्याक रु. (५,००,०००) पाँच लाख पाएका छन् …
नेपाल लाइफद्वारा एक दिवसीय बिजनेश रिभ्यू मिटसम्पन्न
नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोे बिजनेश रिभ्यू मिट सम्पन्न भएको छ । काठमाडौंमा आयोज…
तिहारको अवसरमा सानिमा बैंकका ग्राहकलाई बिगमार्टमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट
सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्ट (मेगा मार्ट प्रा…
एनसेल फाउन्डेसनसँगको सहकार्यमा भूमि लोक महोत्सव सम्पन्न
भूमि फाउण्डेशनले एनसेल फाउन्डेसनको प्रमुख सहकार्यमा जनकपुरस्थित तिरहुतिया गाछीमा मिथिला भेगका विविध लोक संगीत संस्कृतिको संरक्…
दराज नेपालद्वारा छैठौं विक्रेता सम्मेलनको आयोजना, उत्कृष्ट विक्रेताहरू सम्मानित
नेपालकै अग्रणी अनलाइन बजार, दराज नेपालले ८ कार्तिकका दिन आफ्नो विक्रेता सम्मेलन ललितपुर सानेपामा रहेको हेरितेज गार्देनमा सम्पन्…
स्मार्टच्वाईस टेक्नोलोजिज र सिटी एक्सप्रेस मनि ट्रान्सफ बिच स्मार्ट पे मार्फत अन्तर बैंक भुक्तानीका लागी सम्झौता
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र सिटी एक्सप्रेस मनि ट्रान्सफर बिच स्…
नेपालका २३ वर्षीय युवाद्वारा विकसित एन्ड्रोइड एप इजरायली कम्पनीलाई ५० लाखमा विक्रि, १ वर्षमै १.२० करोड आम्दानी
नेपालको एक एन्ड्रोइड एप इजरायली कम्पनी 'राउण्ड्स एआई लिमिटेड’ लाई ४०,००० अमेरिकी डलर (नेपालीकरिब ५० लाख) मा व…
एलजीका उत्पादनहरुमा ४० प्रतिशतसम्मको क्यासब्याक र उपहार
एलजीले दशै तिहारलाई लक्षित गर्दै एलजी सँग खुशीको पल नामक योजना अघि सारेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले एलजीका घरायसी सा…
टिकटकले मनायो तिहार उत्सव कार्यक्रम
टिकटकले प्रकाशको पर्व मनाउने क्रममा आफ्नो ग्लोबल दीपावली अभियानको एक अंशको रूपमा नेपालमा तिहार उत्सव कार्यक्रमको आयोजना गर्यो। क…
नेपालको सूचना प्रविधि सेवा निर्यातले दुई महिनामै ३ अर्ब आम्दानी
नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार, सूचना प्रविधिसम्बन्धी सेवा र उत्पादन निर्यातबाट नेपालले दुई महिनामा ३ अर्ब रुपैयाँ …
शेर्पा एडभेञ्चर गियर नेपालले जित्यो एनसेल कर्पाेरेट गल्फ प्रतियोगिताको उपाधि
शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङले शनिबार गोकर्ण गल्फ क्लबमा आयोजित एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपा…