समाचार
पासवर्ड म्यानेजर किन प्रयोग गर्ने ?
डिजिटल युगमा विभिन्न किसिमका अकाउन्ट बनाउनु पर्ने हुन्छ । सबै अकाउन्टका पासवर्ड सम्झन गार्हो हुन्छ ।
यस्तो अवस्थामा पासवर्ड म्यानेजरमा आफ्नो अकाउन्टको क्रेडेन्सियल सेभ गरेर राख्न सक्नुहुन्छ । यसले लगइन अनुभवलाई अझ सहज र सरल बनाउँछ ।
यसले पासवर्ड सुरक्षित रूपमा राख्न मात्रै होइन, यूनिक पासवर्ड सिर्जना गर्न, स्टोर गर्न र व्यवस्थापन गर्नमा पनि मद्दत गर्दछ ।
पासवर्ड म्यानेजरका धेरै फाइदाहरू छन् । धेरै अकाउन्टहरूमा एउटै पासवर्ड राख्नु उपयुक्त हुँदैन् र अकाउन्ट पिच्छे फरक फरक पासवर्ड राख्दा सम्झिन गार्हो हुन्छ । यस्तो अवस्थामा पासवर्ड म्यानेजर काम लाग्छ ।
पासवर्ड चुहावट (जब वेबसाइटहरू ह्याक हुन्छन् र प्रयोगकर्ताको डेटा चोरी गरिन्छ) अहिले सामान्य विषय बनेको छ । यदि ह्याकरहरूले तपाईंको लगइन क्रेडेन्सियल्स प्राप्त गरे भने, उनीहरूले तिनलाई अन्य वेबसाइट वा अकाउन्टहरूमा प्रयोग गर्न सक्छन् । यहाँ पासवर्ड म्यानेजर उपयोगी हुन्छ । यो पासवर्डलाई सुरक्षित रूपमा स्टोर गर्छ, ताकि तपाईंले सम्झनु नपरोस् । तपाईंले केवल पासवर्ड म्यानेजरको मास्टर पासवर्ड सम्झनु पर्छ ।
यो कसरी काम गर्छ?
सबैभन्दा पहिले मास्टर पासवर्ड सेट गर्नुपर्छ । यो डिजिटल भल्ट खोल्न प्रयोग गरिन्छ, जहाँ सबै पासवर्डहरू स्टोर हुन्छन् । पासवर्ड म्यानेजरले पासवर्ड मात्र होइन, तपाईंको व्यक्तिगत जानकारी जस्तै नाम, ठेगाना, क्रेडिट कार्ड विवरण आदिलाई पनि सुरक्षित रूपमा सम्झन्छ ।
के पासवर्ड म्यानेजर सुरक्षित हुन्छ?
केही पासवर्ड म्यानेजरहरू ह्याक हुन सक्छन्, तर यदि तिनीहरूले एन्क्रिप्सन प्रविधि (जस्तै एईएस–२५६) प्रयोग गर्छन् भने यो जानकारी ह्याक गर्नु लगभग असम्भव हुन्छ । जब तपाईं पासवर्ड सेव गर्नुहुन्छ, पासवर्ड म्यानेजरले त्यस डाटालाई सुरक्षित राख्न एन्क्रिप्सन एल्गोरिदमको प्रयोग गरेर एन्क्रिप्ट गर्छ । केवल मास्टर पासवर्डबाट मात्र यो डिक्रिप्ट गर्न सकिन्छ ।
पासवर्ड म्यानेजर कसरी छान्ने?
पासवर्ड म्यानेजर छान्दा यसले बलियो एन्क्रिप्सन प्रयोग गर्छ कि गर्दैन भनेर ध्यान दिनुहोस् । यदि तपाईं पासवर्ड बिर्सनुहुन्छ भने, लकआउट फीचरले पासवर्ड रिसेट गर्न सहयोग गर्न सक्छ ।
सफ्टवेयरले पहिचान चोरीबाट बच्न सुरक्षा उपाय प्रदान गर्छ कि गर्दैन जाँच गर्नुहोस् ।
पासवर्ड म्यानेजर तपाईंको डिभाइस र ब्राउजरसँग सहजै काम गर्छ कि गर्दैन सुनिश्चित गर्नुहोस् ।
केही पासवर्ड म्यानेजरहरूको लागि शुल्क तिर्नु पर्छ, तर केही निःशुल्क पनि उपलब्ध छन्, जसलाई तपाईं परीक्षणका रूपमा डाउनलोड गर्न सक्नुहुन्छ ।
केही वेब ब्राउजरमा इनबिल्ट पासवर्ड म्यानेजरहरू हुन्छन्, तर यी प्रायः प्रभावकारी हुँदैनन्, किनभने यी पासवर्डलाई अनएन्क्रिप्टेड फार्ममा स्टोर गर्छन् । यसको मतलब कम्प्युटरको हार्ड ड्राइभ एन्क्रिप्टेड छैन भने, कुनै पनि पासवर्ड फाइलहरू सजिलै एक्सेस गर्न सकिन्छ ।
पासवर्ड म्यानेजरको सूची
– लास्टपासः विन्डोज, म्याक, आईओएस र एन्ड्रोइडलाई सपोर्ट गर्छ। यो सब्सक्रिप्सन मोडलमा आधारित छ ।
– ड्यासलेनः यो विन्डोज, म्याक, आईओएस र एन्ड्रोइडलाई सपोर्ट गर्छ। यो फ्री र प्रिमियम भर्सनमा उपलब्ध छ ।
– बिटवार्डेनः लिनक्स, विन्डोज, म्याक, आईओएस र एन्ड्रोइडलाई सपोर्ट गर्छ । फ्री र प्रिमियममा उपलब्ध छ ।
– कीपरः विन्डोज, म्याक, आईओएस र एन्ड्रोइडको लागि । प्रिमियम सब्सक्रिप्सनमा आधारित ।
– नर्डपासः विन्डोज, म्याक, आईओएस र एन्ड्रोइडलाई सपोर्ट गर्छ । यो फ्री र प्रिमियममा उपलब्ध छ ।
समाचार
एससीटी र एनसीएचएलबीच सम्झौता, अब अलिपे प्लसबाट स्मार्ट क्युआर स्क्यान गरी पैसा तिर्न सकिने
नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपाल राष्ट्र बैंकब…
शनिबार हल्ट प्राइज एट आईओई पुल्चोक क्याम्पसको सेमिफाइनल हुने, २५ टिम भिड्दै
फागुन ३ गते शनिबार हल्ट प्राइज एट आईओई, पुल्चोक क्याम्पसको सेमिफाइनल हुने भएको छ । सेमिफाइनल प्रतियोगितामा २५ उत्कृष्ट सेमिफाइन…
ह्याकाथन प्रतियोगिता गर्दै क्लासिक टेक, नगद पुरस्कार १ लाख रुपैंयाँ
देशकै ठुलो तथा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपाल र टेक्नोफेस्टसंगको सहकार्यमा 'ह्याकाथन प्रतियोगिता २०२५&…
रेडियो: प्रविधिको विकाससँगै अडियोदेखि भिडियोसम्म विस्तार
आज विश्व रेडियो दिवस । प्रविधिको तीव्र गति र नयाँ डिजिटल प्लेटफार्महरू निरन्तर परिवर्तन भइरहे पनि रेडियो आज पनि विश्वभर सबैभन्दा…
मास्टर्समा एआई तथा डेटा साइन्स पढ्न चाहनेका लागि मदन भण्डारी विश्वविद्यालयमा खुल्यो आवेदन
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले मास्टर्समा एआई तथा डेटा साइन्सको आवेदन खुला गरेको छ । विश्वविद्यालयले मे २०२५ सेस…
सुरक्षित इन्टरनेट दिवसको अवसरमा देशभर जनचेतनाका कार्यक्रम सञ्चालन
अनलाइन बाल सुरक्षामा कार्यरत अग्रणी संस्था चाइल्डसेफनेटले राष्ट्रिय बाल अधिकार परिषद् र ५० भन्दा बढी सहकर्मी संस्थाहरुकासंगको सहका…
संघीय निजामती सेवामा ‘नेपाल सूचना प्रविधि सेवा’ थप, अब ११ वटा सेवा समूह रहने
संघीय निजामती सेवामा अब ११ वटा सेवा समूह रहने भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिले प्रस्तावित निजामती सेवा विधेयकको दफा…
ह्वाट्सएप प्रयोगकर्ताहरूका लागि चेतावनी: यो सेटिङ तुरुन्तै बन्द गर्नुहोस्, नत्र तपाईंको डेटा ह्याक हुन सक्छ!
दुनियाभर करोडौं मानिसहरूले फोटो–भिडियो शेयरिङ र म्यासेजिङका लागि ह्वाट्सएप को प्रयोग गर्छन् । ह्वाट्सएप ले समय–समयम…
इन्स्टाग्राममा 'टिन अकाउन्ट' फिचर सार्वजनिक
इन्स्टाग्रामले टिन अकाउन्ट फिचर सार्वजनिक गरेको छ । यो फिचर १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको हो, जसले …
एससीटीको २३औ वार्षिक साधारण सभा सम्पन्न
स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले आफ्नो २३औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा आर्थिक वर्ष २०८०÷०८१ को…
इसेवामा भएको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट कसरी झिक्ने ?
ईसेवा मोबाइल वालेटले एटीएम ‘विथड्र’ सेवा विस्तार गरेको छ । यो सेवाअनुसार प्रयोगकर्ताहरूले एनआईसी एशिया बैंकको ए…
ओपनएआई खरिद गर्छु भन्दा मस्कलाई उल्टै एक्स किन्ने अल्टम्यानको प्रस्ताव
ओपनएआई खरिद गर्छु भन्दा एलन मस्कलाई स्याम अल्टम्यानले उल्टै एक्स किन्ने प्रस्ताव गरेका छन् । मस्कले ओपनएआईलाई&nb…
सबैभन्दा छिटो चार्ज हुने पाँच स्मार्टफोन
स्मार्टफोन हाम्रो दैनिक जीवनशैलीको आवश्यक हिस्सा बनिसकेको छ । यस्तो अवस्थामा, यसको बिना एक क्षण पनि कल्पना गर्न कठिन हुन्छ ।
…एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५ सम्पन्न
सूचना तथा सञ्चार प्रविधिको सबैभन्दा ठूलो वार्षिक प्रदर्शनी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ भव्यताका साथ स…
सलिको र इनड्राइभबीच सम्झौता, अब प्रयोगकर्तालाई ८ लाखसम्मको दुर्घटना बीमा
सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनी लिमिटेड र इनड्राइभ नेपालबीच दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ ।