समाचार
गुगलको २०२५ रणनीति: जेमिनाई २.०, विलो चिप र एआई प्रभुत्वका लागि सुन्दर पिचाइको योजना
गूगलका सिईओ सुन्दर पिचाईले सन् २०२५ मा कम्पनीको मुख्य उद्देश्य उल्लेख गर्दै एक ईमेल पठाएका छन् ।गुगलका सीईओ सुन्दर पिचाइले आफ्नो टिमलाई एउटा इमेल पठाएका हुन् । जसमा उनले ती कुराहरू उल्लेख गरेका छन्, जसमा कम्पनीले सन् २०२५ मा ध्यान केन्द्रित रहनेछ ।
यस इमेलमा नयाँ इनोभेसन र कम्पनीका हालसालका प्रोजेक्टहरूको बारेमा चर्चा गरिएको छ । साथै, ती कुराहरू पनि उल्लेख गरिएको छ, जुन यस वर्ष कम्पनीका लागि अत्यन्त महत्त्वपूर्ण रहनेछन् ।
सुन्दर पिचाइले इमेलमा लेखेका छन्,
“२०२५ सुरु भएसँगै मैले ती उपकरणहरू र प्रोडक्टहरू रिभ्यु गर्न सुरु गरेको छु, जसलाई हामी आगामी केही महिनामा सार्वजनिक डोमेनमा ल्याउँदैछौँ । मलाई पूर्ण विश्वास छ कि इनोभेसनका हिसाबले हामी यसरी नै अगाडि बढिरहनेछौँ ।”
पछिल्लो वर्ष डिसेम्बरमा गुगलले केही ठूला घोषणा गरेको थियो । हार्डवेयर र एआईको क्षेत्रमा कम्पनीले २०२४ मा धेरै ठूला कामहरू ग¥यो । अहिले कम्पनीको ध्यान ती कार्यहरूको दायरा अझै बढाउनमा रहेको छ ।
सुन्दर पिचाइले इमेलमा जेमिनाई २.० को बारेमा पनि उल्लेख गरेका छन्, जुन एजेन्टिक एरा का लागि डिजाइन गरिएको थियो ।
उनले विलो चिप को चर्चा गरेका छन्, जुन एक शक्तिशाली क्वान्टम चिप हो र जटिल कार्यहरू सजिलै सम्पन्न गर्न सक्षम छ । गुगलले गत वर्षनै डीप रिसर्च सुरू गरेको थियो, जुन जेमिनाई एड्भान्स्डमा उपलब्ध एउटा नयाँ फिचर हो ।
यो रिसर्च असिस्टेन्टको रूपमा उच्च कार्यक्षमता देखाउन सक्षम छ। हार्डवेयरतर्फ गुगलले आफ्नो सिक्स्थ नेज टेन्सर पोसेसिंग युनिट (टीपीयू), ट्रिलियम, को उपलब्धताको घोषणा ग¥यो । यो टीपीयू विशेष गरी एआई कार्यभारका लागि डिजाइन गरिएको हो । यसलाई जेमिनी २.० को ट्रेनिङका लागि प्रयोग गरिएको थियो । अहिले यो गूगल क्लाउड प्रयोगकर्ताहरूका लागि उपलब्ध छ ।
गुगलले स्यामसङ र क्वालकमसँगको साझेदारीमा एन्ड्रोइड एक्सआर नामक नयाँ प्लेटफर्म पनि प्रस्तुत गरेको छ । आउँदो समयमा एन्ड्रोइड एक्सआरमा जेमिनाईलाई इंटिग्रेट गर्ने तयारी भइरहेको छ ।
हेडसेटका लागि युट्युब र गुगल म्याप्सजस्ता एपहरूलाई पुनः डिजाइन गरिँदैछ । गुगलले आफ्नो वीडियो र इमेज जेनरेशन मोडल भिओ २ र इमाजेन ३ का नयाँ भर्सन पनि सार्वजनिक गरेको छ, जसलाई २०२५ मा अझ धेरै सुधार गरिनेछ ।
यो वर्ष गुगलको मुख्य लक्ष्य एआईको क्षेत्रमा आफ्नो प्रभुत्व कायम गर्नु हुनेछ । तर, गुगलका लागि सबैभन्दा ठूलो चुनौती ओपन एआई हो, जसले च्याटजीपीटी जस्तो मोडल ल्याएर विश्वभर तहल्का मच्चाएको थियो ।
समाचार
स्पोटिफाई, क्याण्डी क्रस र टिन्डरजस्ता एपबाट लाखौं प्रयोगकर्ताको डेटा चोरी
चर्चित एपहरू जस्तै स्पटीफाई, क्याण्डी क्रस, टिन्डर र भिन्टेडका लाखौं प्रयोगकर्ताहरूको संवेदनशील लोकेशन डेटा एक अनजान ह्याकरद्वारा च…
डेल्टा एयरलाइन्सले ल्यायो एआई असिस्टेन्ट, बुकिङदेखि पासपोर्ट रिमाइन्डरसम्म सघाउने
डेल्टा एयरलाइन्सले लस भेगासको कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) मा नयाँ प्रविधि घोषणा गरेको छ ।
ग्रोक एआईको अब आफ्नै मोबाइल एप
एक्स एआईले विकास गरेको एआई मोडेल ग्रोक, छुट्टै मोबाइल एपमा उपलब्ध भएको छ । यसअघि एक्समा मात्रै उपलब्ध भएको ग्रोक एआई अब छुट्टै ए…
माघदेखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य, मोबाइल नम्बर पनि आफ्नै नाममा हुनुपर्ने
माघदेखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नम्बर चाहिने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० संशोधन तथा परिमार्जन…
स्यान फ्रान्सिस्को संघीय अदालतद्वारा गुगलको गोपनीयता मुद्दा खारेज, १८ अगष्टमा परीक्षणको सम्भावना
स्यान फ्रान्सिस्कोको संघीय अदालतमा मुख्य न्यायाधीश रिचर्ड सीबर्गले गुगलको अपिललाई खारेज गरेका छन् । उक्त अपिलमा प्रयोगकर्ताहरूले दा…
शिक्षामा आइसिटीको भूमिका
सूचना तथा सञ्चार प्रविधि (आइसिटी) ले शिक्षाका सबै क्षेत्रहरूमा क्रान्तिकारी परिवर्तन ल्याएको छ । हालै प्रा डा एस एम तारिक जफरद्वार…
पब्जी खेल्नका लागि साथी पाउनु भएन ? अब एआईलाई बनाउन सकिने छ आफ्नो टिममेट
पब्जी गेम विकासकर्ता क्राफ्टनले आफ्नो कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल को-प्लेएबल क्यारेक्टर (सीपीसी) सार्वजनिक गरेको छ । प्रविधि कम्प…
नास्ट र उद्योग वाणिज्य महासङ्घबीच वैज्ञानिक सहकार्यका लागि छलफल
नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)बीच मुलुकको औद्योगिक विकासका लागि वैज्ञानिक सहकार्…
विद्युत् नियमन आयोगले सञ्चालनमा ल्यायो डिएमएस प्रणाली
विद्युत् नियमन आयोगले डकुमेण्ट म्यानेजमेण्ट सिस्टम (डिएमएस) सञ्चालनमा ल्याएको छ । सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावारी बनाउन अन…
प्रयोगकर्ताले बढी प्रयोग गर्दा च्याटजीपीटी प्रो घाटामा, ओपन एआईलाई वित्तीय चुनौती
च्याटजीपीटी प्रोलाई ओपन एआईले आफ्नो आम्दानीका लागि सुरू गरेको थियो तर अहिले यो कम्पनीका लागि घाटाको कारण बनिरहेको छ । ओपन एआ…
नवलपरासीबाट चार चारपाङ्ग्रेको ड्राइभिङ लाइसेन्स वितरण थालियो
यातायात व्यवस्था सेवा कार्यालय पश्चिम नवलपरासीले चारपाङ्ग्रे सवारी साधनको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न सुरुआत गरेक…
स्वार्थको द्वन्द नहुने गरी बिलिङ प्रणालीको ठेक्का दिन टेलिकमलाई सर्वोच्चको आदेश
सर्वोच्च अदालतले बिलिङ प्रणालीको खरिद तथा जडान कार्यमा स्वार्थको द्वन्द नहुने अवस्थाको सुनिश्चित गर्न नेपाल टेलिकमलाई निर्देशनात्मक …
युट्युबमा भिडियो राख्नुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
यूट्यूब केवल मनोरन्जनको एक माध्यम मात्र होइन, यो मानिसहरूको लागि आम्दानीको एक प्रमुख स्रोत पनि बनिसकेको छ ।
न्यू ओरलिन्समा आतंकारी आक्रमणमा मेटाको स्मार्ट ग्लास प्रयोग, विश्वभर बढायो चिन्ता
नयाँ वर्षको उत्सवको समयमा न्यू ओरलिन्सको प्रसिद्ध बोरबोन स्ट्रीटमा भएको भीषण आतंकारी आक्रमणको बारेमा नयाँ जानकारीहरू सार्वजनिक भए…
फोनेपे बिजनेस एपमा अन-रिक्वेस्ट विथड्रल सुविधा
फोनेपेले व्यवसायिक व्यक्तिहरूका लागि नगद व्यवस्थापनमा सहज पहुँच सुनिश्चित गर्न नयाँ ‘अन-रिक्वेस्ट विदड्रअल’ सुविधा सा…