कीवर्डहरू -

समाचार

२५ सेप्टेम्बरमा मेटा कनेक्ट २०२४, सार्वजनिक हुनेछन् क्वेस्ट ३ एसभीआर र अरिअन एआर ग्लास

मेटाको वार्षिक इभेन्ट मेटा कनेक्ट २०२४, २५ सेप्टेम्बरमा आयोजना हुँदैछ । यो मेटाको ठूलो वार्षिक कार्यक्रम हो, जहाँ नयाँ हार्डवेयर र एआई पावर्ड प्रडक्टहरू सार्वजनिक हुन्छन् ।

यस इभेन्टमा कम्पनीले वेयरेबल टेक बजारमा थुप्रै नयाँ डिभाइसहरू ल्याउन सक्ने अनुमान गरिएको छ ।

मेटा कनेक्ट २०२४ इभेन्ट फेसबुकमार्फत प्रत्यक्ष हेर्न सकिने छ । इभेन्टमा एआर÷भिआर डिभाइस सार्वजनिक गर्ने बताइएको छ । यस बाहेल च्याटबोट लामा ३.१ को नयाँ संस्करण ओपन–सोर्स मोडेलसहित ल्याउन सक्ने जनाइएको छ । 

अरिअन एआर ग्लास 

मेटाले आफ्नो इभेन्टमा पहिलो अग्मेन्टेड रियालिटी (एआर) ग्लास प्रस्तुत गर्ने अनुमान गरिएको छ । कम्पनीले यसलाई आन्तरिक रूपमा ‘अरियन एआर ग्लास’ नाम दिएको छ । यससँग सम्बन्धित लीक रिपोर्टहरूका अनुसार, यो मेटा क्वेस्ट जस्तै फिचरहरूसहित सीमलेस अग्मेन्टेड रियालिटी अनुभव प्रदान गर्नेछ । यसमा होलोग्राफिक डिस्प्ले, माइक्रोफोन, क्यामेरा, र एआई इन्टिग्रेशन हुनेछ ।  

मेटाले यस डिभाइसको लागि रे–ब्यानको पेरेन्ट कम्पनी एसिलर लक्जोटिकासँग साझेदारी गरेको छ । कम्पनीले यसलाई प्रिमियम मूल्यमा सार्वजनिक गर्नेछ ।

मेटा क्वेस्ट थ्री एस 

एप्पल भिजन प्रो पछि मेटाले किफायती भिआर हेडसेट क्वेस्ट ३ एस सार्वजनिक गर्ने घोषणा गरेको थियो । यस हेडसेटले क्वेस्ट २ लाई प्रतिस्थापन गर्नेछ । यसलाई १२८ जीबी स्टोरेजसहित ल्याइने बताइएको छ ।

नयाँ मेटा–रेब्यान स्मार्ट ग्लास  

इभेन्टमा कम्पनीले मेटा–रेब्यान स्मार्ट ग्लास सार्वजनिक गर्न लागेको छ । नयाँ डिभाइस अघिल्लोको तुलनामा स्लिक डिजाइन, राम्रो ब्याट्री लाइफ, सुधारिएको अडियो प्रदर्शन र एआई क्षमताहरूका साथ सार्वजनिक हुनेछ ।

 

 

समाचार

ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

 ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार बिग मार्टमा आफूलाई आवश्यक सर–समान खर…

उद्योग वाणिज्य महासंघको बिजनेस इन्टेलिजेन्स सिस्टम संचालनमा

नेपाल उद्योग वाणिज्य महासंघले बिजनेस इन्टेलिजेन्स सिस्टम (बीआईएस) को सुरुवात गरेको छ । महासंघका सदस्यहरुको डाटावेस, अध्ययन अनु…

फुडमाण्डुको बडा धमाका योजना, ६० बढी रेस्टुरेन्टका सबै आइटममा ५० प्रतिशतसम्म छुट

फुड डेलिभरी कम्पनी फुडमान्डुले दसैँको अवसरमा ‘बडा धमाका’ नामक क्याम्पेन लिएर आएको छ । हरेक महिनाको पहिलो हफ्ता चल्ने फूडमान्डु डबल धमाका क्याम्…

विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान गरेकालाई पुरस्कार दिदै नास्ट, यसरी दिनुहोस् आवेदन

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विज्ञान प्रविधिका विभिन्न पुरस्कारका लागि आवेदन आह्वान गरेको छ । 

सिड्स फर द फ्युचर नेपालका ६ जना विद्यार्थी चीनमा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्दै

ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रम २०२४ का ६ उत्कृष्ट विद्यार्थीहरू यही सेप्टेम्बरमा चीनमा आयोजना हुने क्षेत्रीय टेक फर गुड प्रतियो…

प्रविधि पत्रकार मञ्चको ११औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं। प्रविधि पत्रकार मञ्च (टीजेएफ) को ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाले शनिबार काठमाडौंमा साधारसभा सम्…

बेटा प्रयोगकर्ताका लागि एप्पल इन्टेलिजेन्स फिचर सार्वजनिक

एप्पलले एप्पल इन्टेलिजेन्स फिचर बेटा प्रयोगकर्ताका लागि सार्वजनिक गरेको छ । आईओएस १८.१ मा बेटा अपडेट टेस्टर्…

एनसेलले भन्यो: कुनै इन्टरनेट सेवा प्रदायकको शेयर खरिद गरेका छैनौं

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले कुनै इन्टरनेट सेवा प्रदायकको शेयर खरिद नगरेको स्पष्ट पारेको छ । 

एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित

एनसेल फाउन्डेसनले पेरिस पारालिम्पिक्स २०२४ मा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिले सम्मकै ठूलो पदक द…

एआईले बनाएका तस्वीर पहिचान गर्न गूगलले ल्यायो नयाँ टूल

गूगलले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) द्वारा बनाइएका तस्वीरहरूको पहिचान गर्न नयाँ टूल ल्याएको छ । कम्पनी यस वर्षको फेब्रुअरीदेखि …

आईप्याड ओएस १८ अपडेट डिभाइस नै नचल्ने समस्या

एप्पलले हालै आईप्याड ओएस १८ सार्वजनिक गरेको थियो । तर यसलाई आइप्याडमा इन्स्टल गर्ने प्रयोगकर्ताले बगको समस्या सामना गर्न…

मेड अन युट्युब इभेन्टः युट्युबका लागि थुप्रै नयाँ टूल र फिचर्स सार्वजनिक

मेड अन युट्युब इभेन्टः गूगलले आफ्नो भिडियो स्ट्रिमिङ्ग प्लेटफर्म युट्युबका लागि थुप्रै नयाँ टूल र फिचर्स प्रस्तुत गरेको छ । यी फिचर्स…

जन्मिदै आँखा नदेख्ने व्यक्तिलाई अब न्यूरालिकंले दृष्टि प्रदान गर्ने

टेस्लाका सीईओ एलन मस्कको ब्रेन–चिप स्टार्टअप कम्पनी न्यूरालिकंले यूएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) बाट परीक्षणात्मक इम्…

पठाओ दसैँ महोत्सव सुरू, बम्परमा होण्डा साइन मोटरसाइकलका साथै १ प्रतिशत कमिसन अफर

नेपालको लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले 'पठाओ दसैँ महोत्सव २०८१'  सुरू गरेको छ । महोत्सव असोज १७ गत…

सेल्सबेरीले अब आईएमएस सफ्टवेयर प्रयोग गर्ने

नेपालको सबैभन्दा ठूलो रिटेल चेनहरूमध्येको एक सेल्सबेरी र आईटी सोलुशन प्रदायक कम्पनी आईएमएस सफ्टवेयरबीच समझदारी पत्रमा हस्ताक्षर …