कीवर्डहरू -

समाचार

सातै प्रदेशका स्टार्टअपहरूका लागि काठमाडौंमा दुई दिने बुटक्याम्प सुरू

सातै प्रदेशका स्टार्टअप तथा आईसीटी अवार्ड २०२४ का उत्कृष्ट १० स्टार्टअप, १२ राइजिङ स्टार इन्नोभेसन तथा उत्कृष्ट १३ प्रडक्ट र सोसल इन्नोभेसनहरूका लागि दुई दिने बुटक्याम्प सुरू भएको छ ।

किंग्स कलेजसँगको सहकार्यमा लिभिङ विथ आइसिटीले आयोजना गरेको बुटक्याम्प सोमबार र मंगलबार सञ्चालन हुनेछ । बुटक्याम्पमा मार्केटिङ, ब्राण्डिङ, कम्पनी दर्ता, बजार अध्ययन, इक्विटी, कस्टुमर एक्विजेसन लगायत स्टार्टअप, इन्नोभेसन तथा आईडियालाई स्केलअप गर्न सिकाइने छ । 

बुटक्याम्पपछि बुधबार सहभागीलाई नेपालका उत्कृष्ट आईटीको भ्रमणमा लगिने छ । त्यसका लागि सेडार गेट र एफवान सफ्टसँग सहकार्य गरिएको छ । त्यसपछि सहभागीहरू बिहीबार र शुक्रबार काठमाडौंको बत्तिसपुतलिस्थित अनुपम फुडल्याण्डमा आयोजना हुने स्टार्टअप एण्ड आईडिया फेस्टमा पनि सहभागी हुनेछन् ।

फेस्टमा १०० बढी स्टार्टअप तथा इन्नोभेसनहरू सहभागी हुनेछन् । फेस्टको अवलोकन निःशुल्क गर्न सकिने छ । स्टार्टअप एण्ड आईडिया फेस्टमा प्रदर्शनीसँगै कार्यक्रमको सह आयोजक समेत रहेको स्क्वाइड अफ चेन्जमेकरले स्टिम क्याम्प, रकेट साइन्स र गेमहरु सञ्चालन गर्नेछ भने इन्जिनियर भ्लग्सले रोबोट प्रतिस्पर्धा गराउनेछ ।

यसअघि सातै प्रदेशका स्टार्टअपलाई लिभिङ विथ आइसिटीले उद्योगका विज्ञ व्यक्तित्वबाट मेन्टरिङ सेसन समेत सम्पन्न गराइसकेको छ । सातै प्रदेशका स्टार्टअपहरुबाट हरेक प्रदेशका उत्कृष्ट एक एक स्टार्टअपलाई आइसिटी अवार्डको ग्राण्ड फिनालेमा सम्मान पनि गरिनेछ । 

आइसिटी अवार्ड नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एउटा प्रतिष्ठित कार्यक्रम हो । सन् २०१६ देखि हरेक वर्ष लिभिङ विथ आइसिटीले आयोजना गर्दै आएको आइसिटी अवार्डको यस वर्ष पनि छनौट प्रक्रिया र प्रि-ईभेन्ट विभिन्न कार्यक्रम जारी छन् । आगामी पुन ५ गते आइसिटी अवार्ड २०२४ को ग्राण्ड फिनाले ह्यात रिजेन्सी बौद्धमा हुँदैछ ।

समाचार

ब्लुटुथ स्पीकरले घरपालुवा जनावरको स्वास्थ्यमा पार्न सक्छ नकारात्मक असर, विशेषज्ञको चेतावनी

ब्लुटुथ स्पीकर आजकल प्रत्येक घरमा प्रयोग हुने गरेको छ, मनोरञ्जनदेखि पढाइसम्ममा यी उपकरणहरूको प्रयोग भइरहेको छ । तर यी स्पीकरहरू …

एसोसियो एडटेक अवार्डबाट डायनामिक टेक्नोसफ्ट सम्मानित

सफ्टवेयर विकासमा क्रियाशील नेपाली कम्पनी ‘डाइनामिक टेक्नोसफ्ट प्राइभेट लिमिटेड’ले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ…

नेपालका चार प्रविधि संस्था प्रतिष्ठित ‘असोसियो अवार्ड २०२४’ बाट सम्मानित

नेपालका चार संस्था असोसियो २०२४ डीएक्स (ASOCIO 2024 DX) अवार्डबाट सम्मानित भएका छन् । एसियन-ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेस…

माई पे वालेटबाट स्मार्ट क्यूआर स्क्यान गरी अब भुक्तानी गर्न सकिने

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज् लिमिटेड एससीटी र भुक्तानी सेवा प्रदायक…

मेटा, टिकटक, गूगल, एप्पल, नेटफ्लिक्ससहित २० विदेशी कम्पनीले तिर्न थाले विद्युतीय सेवा कर

नेपालका उपभोक्तालाई विद्युतीय सेवा उपलब्ध गराएबापत एप्पल, गुगल, माइक्रोसफ्ट, मेटा, टिकटक, नेटफ्लिक्सलगायत विदेशी कम्पनीले विद्युत…

डिजिटल गभर्मेन्ट अवार्डबाट आईटी कम्पनी इन्फोडेभलपर्स सम्मानित

नेपाली सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स जापानमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।

सन् २०२४ को तेस्रो त्रैमासिकमा सबैभन्दा बढी बिक्री हुने फोन बन्यो आइफोन १५

सन् २०२४ को तेस्रो त्रैमासिक (क्युथ्री) मा एप्पलले विश्वभर सबैभन्दा धेरै बिक्री भएको स्मार्टफोनको सूचीमा शीर्ष स्थान प्राप्त गरेको छ ।…

क्यान महासंघका निर्वतमान अध्यक्ष नवराज कुँवर असोसियोको उपाध्यक्षमा पुनः निर्वाचित

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का निवर्तमान अध्यक्ष नवराज कुँवर एसियन-ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (AS…

पठाओ, इन्ड्राइभलाई टक्कर दिन आफ्नै राइड शेयरिङ प्लेटफर्म ल्याउँदै दुर्गा प्रसाई, कमिसन नलिने

व्यवसायी दुर्गा प्रसाईले आफ्नै राइड शेयरिङ प्लेटफर्म ‘दुर्गा’ ल्याउने तयारी गरेका छन् ।

नेपाल टेलिकमका कर्पोरेट ग्राहकले अब मल्टिपल टिभी जडान गर्न सक्ने

नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरुको मागलाई ध्यानमा राखी मल्टिपल टिभी जडान गर्ने व्यवस्था गरेको छ ।  

वर्षकै सर्वाधिक ठूलो सेल दराज ११.११ आयोजना हुँदै, ८० प्रतिशतसम्म छुट र निःशुल्क डेलिभरी सुविधा

नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म, दराजले बहुप्रतिक्षित सेल दराज ११.११ को आयोजना गर्ने भएको छ । नेपालमा बर्षकै ठूलो सेलका …

आइसिटी अवार्ड २०२४ का सेमि-फाइनलिष्टहरूका लागि शुक्रबार मेन्टरिङ सेसन हुँदै

आइसिटी अवार्ड २०२४ का सेमि-फाइनलिष्टहरूका लागि शुक्रबार मेन्टरिङ सेसन सञ्चालन हुने भएको छ । 

चीनमा आईफोन १४ प्रो म्याक्स चार्ज गर्ने क्रममा भयो विस्फोट, एप्पलले अनुसन्धान गर्दै

चीनमा एक जना महिलाले आईफोन चार्ज गरिरहेकै बेला फोन विस्फोट भएको छ, जसले गर्दा प्रयोगकर्तालाई चोटपटक लागेको छ । यस घटनाले एप्प…

ग्लोबल स्मार्ट प्लसका ग्राहकहरूले यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकहरुका लागि यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक अफर योजना सार्वजनिक भएको छ । 

ब्लूटूथ ६.० : वायरलेस कनेक्टिभिटीमा नयाँ फिचर र सुधारसहितको गेम चेन्जर संस्करण

ब्लूटूथ स्पेशल इन्ट्रेस्ट ग्रुप (एसआईजी)ले हरेक वर्ष ब्लूटूथ स्पेसिफिकेसनको अपडेट रिलीज गर्छ । यसले हाम्रो स्मार्टफोन, इयरबड्स, स्मार्ट…