कीवर्डहरू -

समाचार

निओ मनि ट्रान्सफरको ब्रान्ड एम्बेसडरमा गायक प्रकाश सपुत नियुक्त

निओ मनि ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको छ । 

सुपतसँगको सहकार्यले नेपालमा र विदेशमा रहनु भएका नेपालीहरूका लागि निओ मनि ट्रान्सफरको छिटो, भरपर्दो, सुलभ र सुरक्षित रेमिटेन्स सेवाहरूका साथै वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने र चेतना जगाउने उद्देश्य रहेको छ । 

निओ मनि ट्रान्सफरबाट विदेशमा रहनु भएका नेपालीहरुले डिजिटल माध्यमबाट पठाएको पैसा केहि सेकेडमै बैंक खाता (लधुवित्त र सहकारी संस्थाहरुसहित) तथा वालेटमा प्राप्त गर्न सकिन्छ । 
त्यसैगरी पारम्पारिक माध्यम, नगद भुक्तानीबाट पठाइएको पैसा पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिन्छ । आफ्नो नवीन प्रविधि र व्यापार मोडेलको साथ, निओ मनि ट्रान्सफरले सबैभन्दा कम शुल्क र प्रतिस्पर्धी विनिमय दरहरूमा रेमिट्यान्स सेवाहरू प्रदान गर्दछ । यस कम्पनीको लक्ष्य भने ग्राहक सन्तुष्टि र वित्तीय सशक्तिकरणमा ध्यान केन्द्रित गर्दै विश्वभर सुरक्षित, किफायती रेमिटेन्स सेवा सुविधा पुर्‍याउने रहेको छ ।

ब्रान्ड एम्बेसडरका रूपमा प्रकाश सपुतको नियुक्ति रेमिट्यान्स व्यवसायको सन्दर्भमा निओ मनि ट्रान्सफरलाई सामान्य घरपरिवारको नामको रूपमा चित्रण गर्ने रणनीतिक कदम हो । प्रकाश सपुतका प्रशंसक र अनुयायीहरु मार्फत देशमा रेमिट्यान्सको महत्व बारे ध्यान केन्दि«त गर्दै, नेपाल र विदेशमा वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने यस कम्पनीको योजना रहेको छ । उनको लोकप्रियतासँगै, उनको सामाजिक प्रभावले निओ मनि ट्रान्सफरको विशेष रेमिटेन्स सेवाहरू, नेपालको ग्रामीण र अर्ध–शहरी क्षेत्रहरु साथै विदेशमा रहनुभएका नेपालीहरुमा पनि चेतना जगाउन मद्दत गर्नेछ । 

ब्राण्ड एम्बेसडर नियुक्ति कार्यक्रममा निओ मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले रेमिट्यान्स सेवालाई सबै नेपालीका लागि थप किफायती र पहुँचयोग्य बनाउने हाम्रो लक्ष्यलाई प्रवर्द्धन गर्नको निम्ति प्रकाश सपुतसँग साझेदारी गर्न पाउँदा उत्साहित भएको बताए ।
 

समाचार

वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क बैंक खाता

वैदेशिक रोजगारीमा जान चाहने नागरिकले निःशुल्क बैंक खाता खोल्न सक्ने भएका छन् । 

स…

शिक्षकको सरूवा, बढुवा, कार्यसम्पादन मूल्यांकन, तालिमका लागि विद्युतीय प्रणाली विकास गरिने

सरकारले शिक्षकको सरूवा, बढुवा, कार्यसम्पादन मूल्यांकन, तालिम लगायतका विषयको वस्तुपरक जानकारी दिने एकीकृत विद्युतीय प्रणाली विकास गरी सञ्चालनमा ल्याउने भएको…

कानुनी क्षेत्रको डिजिटलाइजेशन गर्न मेरोअड्डा र कोडर्याम्प नेपालबीच सहकार्य

प्रविधिमार्फत कानूनी सेवा प्रदान गर्दै आएको कम्पनी मेरोअड्डा र प्रविधि कम्पनी कोडर्याम्प नेपालबीच रणनीतिक सहकार्य गर्ने सम्झौता…

सरकारले सूचना प्रविधि वर्कस्टेशन सञ्चालन गर्ने, कम्तिमा ५ हजारलाई रोजगारी दिने

सरकारले सूचना प्रविधि वर्कस्टेशन सञ्चालन गर्ने भएको छ । 

सङ्घीय संसद्को संयुक्त बैठकम…

आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाइने

सरकारले आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाइने घोषणा गर्ने भएको छ । 

सरकारले स्वदेशी सफ्टवेयर उपयोग गर्ने नीति लिने

सरकारले स्वदेशी सफ्टवेयरलाई प्राथमिकता दिई उपयोग गर्ने नीति लिने भएको छ । 

सङ्घीय …

सार्वजनिक सेवा एकैठाउँबाट प्रावह गर्न नागरिक सेवा केन्द्र सञ्चालनमा ल्याइने

विभिन्न निकायबाट प्रदान गरिने सार्वजनिक सेवा एकैठाउँमार्फत प्रवाह गर्न स्थानीय तहसँगको सहकार्यमा नागरिक सेवा केन्द्र सञ्चालनमा ल्या…

सरकारले एआई रणनीति र विद्युतीय सुशासन ब्लुप्रिन्ट तयार गर्ने

एआई रणनीति तयार गर्ने भएको छ ।  

सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र प…

डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने सरकारको घोषणा

सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने भएको छ । 

सङ्घीय संसद्को संयुक्त ब…

सरकारले देशैभर भू-सूचना प्रणालीमा आधारित ठेगाना प्रणाली लागु गर्ने

सरकारले देशैभर भू-सूचना प्रणालीमा आधारित ठेगाना प्रणाली लागु गर्ने भएको छ । 

सङ्घ…

सरकारले गरिब घरपरिवारलाई निःशुल्क विद्युतीय चुलो वितरण गर्ने

सरकारले गरिब घरपरिवारलाई निःशुल्क विद्युतीय चुलो प्रदान गर्ने भएको छ । 

सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक…

ग्रीन हाइड्रोजनको व्यवसायिक उत्पादन र उपयोगमा जोड दिने सरकारको घोषणा

सरकारले आगामी आर्थिक वर्षमा ग्रीन हाइड्रोजनको व्यवसायिक उत्पादन र उपयोगमा जोड दिने भएको छ । 

सरकारले उद्यमशीलता र नवप्रवर्तनलाई सहयोग पुर्‍याउने कार्यक्रम कार्यान्वयनमा ल्याउने

सरकारले उद्यमशीलता र नवप्रवर्तनलाई सहयोग पुर्‍याउने कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ । 

आधुनिक प्रविधिको प्रयोग गरी भूमिको पुनः नापी गरी अभिलेख अद्यावधिक गरिने

सरकाले आधुनिक प्रविधिको प्रयोग गरी भूमिको पुनः नापी गरी अभिलेख अद्यावधिक गर्ने भएको छ ।  

आईओएस १७.५ सार्वजनिक, यस्ता छन् नयाँ फिचर

प्रख्यात टेक्नोलोजी कम्पनी एप्पलले लेट–लुज इभेन्टमा आफ्नो पछिल्लो अपडेट अर्थात् आईओएस १७.५ ल्याएको छ ।  कम्पनीले यो अपडे…