समाचार
वर्ल्डलिंकका अध्यक्ष भन्छन्: नेपालमा स्टारलिंकको इन्टरनेट आवश्यक छ, आफै लबिङ गरिरहेको छु
वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले नेपालमा स्टारलिंकको इन्टरनेट भित्र्याउन २ वर्षदेखि लबिङ गरिरहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अग्रवालले विगत २ वर्षदेखि लबिङ गर्दै आफु स्टारलिंकको पक्ष लबिङ गरिरहेको जानकारी दिएका हुन् ।
‘स्टारलिंक सेवा नेपालका लागि अति आवश्यक सेवा हो । म स्टारलिंकको पक्षमा विगत २ वर्षदेखि लबिङ गर्दै आएको छु,’ अग्रवालले भने, ‘स्टारलिंकलाई पनि नेपालमा छिटो सेवा सुरू गर्न आग्रह गरेको छु । भौतिक संरचना बनाउन नसकिने ठाउँमा स्टारलिंकले राम्रो र भरपर्दो सेवा दिन सक्छ ।’
त्यसो त स्टारलिंक आफै पनि नेपाल आउन खोजिरहेको छ । स्टारलिंकले मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटर नेपालमा सेवा सुरू गर्न भरपुर लबिङ गरिरहेको छ । केही दिन अगाडि मात्रै स्टारलिंकका मालिक एलन मस्कसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल वार्ता समेत गरेका थिए ।
अहिले नेपालमा इन्टरनेट सेवा प्रदान गर्न अधिकतम ८० प्रतिशत शेयर विदेशीको र बाँकी २० प्रतिशत नेपालीको हुनुपर्ने कानुनमा व्यवस्था छ । तर स्टारलिंकले शतप्रतिशत शेयर स्वामित्व आफ्नो हुनेगरी नेपाल आउन खोजेको छ । त्यसैले कानुन परिमार्जनका लागि पनि स्टारलिंक तीब्र रूपमा लबिङ गरिरहेको छ ।
समाचार
वर्ल्डलिङ्कमा फिनिश सरकारी कम्पनी फिनफण्डको १ अर्ब ४२ कराेड लगानी
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक र देशकै अग्रणी आईसीटी कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडमा फिनिश सरकारी कम्पनी फ…
सीजीले सार्वजनिक गर्यो हिटर, वासिङ मेसिन, एसी, थर्मस लगायतका विन्टर प्रडक्ट
सीजीले जाडो मौसमलाई लक्षित गर्दै आफ्नो नयाँ विन्टर प्रोडक्ट्सहरु सार्वजनिक गरेको छ । सीजीले हिटर, थर्मस, गिजर, वाटर डिस्पेन्सर, वा…
सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामा रहेको छः सञ्चारमन्त्री गुरूङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
…सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसई चौथो वर्षमा, ११७ नयाँ उद्यम स्थापना
नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । २०२१ नोभेम्बर २६ मा स्थापना गरिएको नबिल…
इतिहासकै सबैभन्दा ठूलो पासवर्ड लीक, करोडौं मानिसहरूको सुरक्षा जोखिममा
यस डिजिटल युगमा आफ्नै सुरक्षा र गोपनीयतालाई सुरक्षित राख्न ठूलो चुनौती बनेको छ । एउटा सानो गल्तीले पनि ह्याकरहरूलाई ठगी गर्न प…
सामाजिक सञ्जालमा आउने अराजक र आधारहीन समाचारको पछि नलाग्न सञ्चारमन्त्री गुरुङको आग्रह
सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालमा अराजक र अमर्यादित प्रस्तुतिले प्रश्रय पाएकामा चिन्ता व्यक्त गर्दै…
एनपीएलका खेलहरू डिशहोमको एक्सन स्पोर्ट्स च्यानलबाट लाइभ हेर्न सकिने
नेपाल प्रिमिर लिग (एनपीएल) का खेलहरू डिशहोमको एक्सन स्पोर्ट्स च्यानलबाट लाइभ हेर्न सकिने भएको छ ।
आइसिटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक
आइसिटी क्षेत्रको सबैभन्दा प्रतिष्ठित र लोकप्रिय आइसिटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक गरिएको छ । स्टार्टअप आइसिटी अवा…
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा एनसेल फाउन्डेसनको सहकार्य
विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा, जोन्टा, एनसेल फाउन्डेसन, युएनएफपीए, र युनिसेफ नेपालले बालविवा…
एनपीएलको टिकट बिक्री सुरू, खल्तीबाट बुकिङ गर्न सकिने
नेपाल प्रिमियर लिग (एनपीएल) को अनलाइन टिकट बुकिङ सुरू भएको छ । सिद्धार्थ बैंक एनपीएलको टिकेटिङ पार्टनर खल्तीले अनलाइन ट…
दाङको विकट क्षेत्र मलैमा टेलिकमको टावर बन्दै, फोन गर्न डाँडोमा जानुपर्ने बाध्यता अन्त्य हुने
दाङको विकट क्षेत्र बबई गाउँपालिका–७ मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा पुगको छ। त्यहाँ टेलिकम टावर नहुँदा फोन गर्…
ओपनएआईले च्याटजीपीटीलाई समावेश गरेर नयाँ वेब ब्राउजर बनाउँदै, गुगल क्रोमलाई चुनौती दिने संकेत
च्याटजीपीटी निर्माण गरेर आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) को क्षेत्रमा क्रान्ति ल्याइसकेपछि, ओपनएआई अब एउटा ठूलो योजना…
ग्लोबल आईएमईको मोबाइल बैंकिङबाट समाज डेन्टलमा भुक्तानी गर्दा विशेष छुट
ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् ।
इसेवामा रेमिट्यान्स पठाउने एकजनालाई काठमाडौंमा घर, विजेता मंसिर १२ गते घोषणा हुँदै
मेरो डिजिटल देश अभियान अन्तर्गत काठमाडौंमा घर जित्ने भाग्यशाली विजेताको घोषणा मंसिर १२ गते हुने भएको छ । यो घोषणा कान्तिपुर …
सर्भरमा मालवेयर छिरेपछि राहदानी वितरण सेवा पाँच दिनदेखि अवरूद्ध
राहदानी विभागको सर्भरमा समस्या आउँदा पाँच दिनदेखि राहदानी वितरण सेवा अवरूद्ध भएको छ ।