कीवर्डहरू -

समाचार

‘टेलिकम प्रदायकको नवीकरण शुल्क ८ किस्तामा तिर्ने प्रचलन घुसखोरी भयो, अन्त्य गर्नुपर्छ’

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले नेपाल टेलिकम र एनसेल नवीकरण शुल्क ८ किस्तामा तिर्ने प्रचलनको अन्त्य गर्ने बताएका छन् । 

आईतबार आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को २५ औँ स्थापना दिवसका अवसरमा बोल्दै मन्त्री गुरूङले पाँच वर्षको लागि नवीकरण गर्ने २० अर्ब शुल्क ८ किस्तामा तिर्ने प्रचलनले घुसखोरी हुने गरेको भन्दै त्यसको अन्त्य गर्ने बताएका हुन् । 

टेलिकम सेवाको अनुमतिपत्र नवीकरण गर्न पाँच वर्षको २० अर्ब रुपैयाँ लाग्ने तर इन्टरनेट प्रदायकहरूलाई ३ लाख मात्रै लिने गरेको भन्दै त्यसलाई सच्याउन आवश्यक रहेको उनको भनाइ छ । 

६० वर्ष पुराना ऐनको कारणले काम गर्न असहज भएको भन्दै एक वर्षभित्र सबै कानुन संशोधन र सुधार गर्ने गरी काम गरिरहेको गुरूङले जानकारी दिए । 

आगामी दिनमा नेपालको आफ्नै स्याटलाइट बनाउने बताउँदै उनले चार वर्षमा नेपाललाई सम्पूर्ण रूपमा डिजिटलाइजेसनमा लैजाने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । 
 

समाचार

आईटीयुको एरिया अफिस एण्ड इन्नोभेसन सेन्टरको प्रमुखमा डा. प्रनिता उपाध्याय नियुक्त

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को एरिया अफिस एण्ड इन्नोभेसन सेन्टरको प्रमुखमा डा. प्रनिता उपाध्याय नियुक्त भएकी छन् ।  …

टाटा मोटर्सको साउनमै ल्यायो दशैं अफर, पुराना गाडीसँग टियागो इभी साट्न सकिने

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले साउनमै दसैँ अफर ल्याएको छ । अफरअनुसार जुनसुकै ब्राण्…

आरिफ शेख र आशिफ शेख टेक्नो मोबाइलको ब्राण्ड एम्बेसेडर नियुक्त

टेक्नो मोबाइल कम्पनीको ब्राण्ड एम्बेसेडरमा क्रिकेट खेलाडी आरिफ शेख र आशिफ शेख नियुक्त भएका छन् । काठमाडौँको हायात प्ले…

ललितपुर प्रहरीले अब बडी वर्न क्यामेरासहित क्विक रेस्पोन्स टिम परिचालन गर्ने

जिल्ला प्रहरी परिसर ललितपुरले बडी वर्न क्यामेरासहित क्विक रेस्पोन्स टिम परिचालन गर्ने भएको छ । 

फिनटेक कम्पनी जुनो र आईएमई पेबीच सहकार्य, अमेरिकाबाट रियल टाइममै पैसा पठाउन सकिने

डिजिटल वालेट आईएमई पे र फिनटेक कम्पनी जुनोबीच साझेदारी भएको छ । यस सहकार्यसँगै जुनोबाट रियल टाइममै आईएमई पेमा रेमिट्यान्स प…

गूगल प्ले स्टोरमा पुनः उपलब्ध भयो इसेवा एप

डिजिटल वालेट इसेवाको एन्ड्रोइड एप प्ले स्टोरमा फर्किएको छ । मंगलबारदेखि प्लेस्टोरबाट गायबमा भएको एप बिहीबार फर्किएको हो । …

अकाउन्टिङ सफ्टवेयर ‘जुनेली ट्रेडिङ’ बजारमा

सूचना प्रविधिमा काम गरिरहेको कम्पनी जुनेली इंकले बजारमा अकाउन्टिङ सफ्टवेयर ‘जुनेली ट्रेडिङ’ ल्याएको छ । 

कृषि क्षेत्रलाई प्रवर्द्धन गर्न एग्री डिजी टेक च्यालेन्ज हुँदै, यसरी दिनहोस् आवेदन

स्वीस सरकार विकास सहयोग एसडीसीको सहयोगमा बीड म्यानेज्मेन्ट र ट्यान्जेन्ट वेभ्सको सहकार्यमा एग्री डिजी टेक च्यालेन्ज परियोजनाको घोषण…

नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी

नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको  छ । यो साझेदारीले नबिल बैंकका ग्राहकहरूले नमस्ते पे वालेटका विभिन्न सेव…

स्मार्टच्वाइस टेक्नोलोजिजको अध्यक्षमा रविन कुमार नेपाल नियुक्त

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका अध्यक्ष पदमा रविन कुमार नेपाल…

डिजिटल ठेगाना प्रणाली कता होमा नयाँ सेवा, हराएको सामान भेटाउन सहज हुने

दुइ दशकदेखि नेपालमा विभिन्न प्रविधिहरुको अनुसन्धान गर्दै आइरहेका अनुसन्धानकर्ता रामलक्ष्मणको टिमले तयार गरेको डिजिटल ठेगाना प्रण…

यस्तो छ गूगल प्लेस्टोरबाट इसेवा एप गायब हुनुको कारण

गूगल प्लेस्टोर र डेटा युनिभर्सनल नम्बरिङ सिस्टममा अपडेट गर्ने क्रममा रहेकाले एप प्लेस्टोरमा नदेखिएको इसेवाले जनाएको छ ।  

यसरी थाहा पाउनुस् बाढी, पहिरोजस्ता प्रकोपको लाइभ अपडेट

नेपाल प्राकृतिक जोखिमयुक्त क्षेत्र हो । भूकम्प, बाढी, पहिरो, डुबानको जोखिम छ ।

जोखिम क्ष…

न्यूरालिंकको ब्रेन कम्प्युटर इन्टरफेस डिभाइस पक्षघातको दोस्रो विरामीमा पनि सफल इम्प्लान्टेसन

एलन मस्कको स्टार्टअप न्यूरोटेक्नोलोजी न्यूरालिंकले कम्पनीको ब्रेन–कम्प्युटर इन्टरफेस डिभाइसलाई दोस्रो बिरामीको ब्रेनमा सफल रूप…

टेक एक्स २०२४ सम्पन्न, १० हजारभन्दा बढीले गरे अवलोकन

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्शले आयोजना गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरुको प्…