समाचार
नेपाल टेलिकमको अटम अफर, १३ रूपैयाँमै १२ घण्टासम्म अनलिमिटेड कुराकानी गर्न पाइने
नेपाल टेलिकमले अटम अफर उपलब्ध गराएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा अफरलाई अझ आकर्षक बनाएको छ ।
अनलिमिटेड अन-नेट भ्वाइस प्याकेज अन्तर्गत १३ रूपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असिमित कुराकानी गर्न सकिने (अनलिमिटेड डे टाइम भ्वाइस) प्याकेज उपलब्ध हुनेछ ।
त्यसैगरी सोही अनलिमिटेड अन-नेट भ्वाइस प्याकेज अन्तर्गत १३ रूपैयाँमै बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असिमित कुराकानी गर्न सकिने गरी (अनलिमिटेड नाइट टाइम भ्वाइस) प्याकेज पनि उपलब्ध हुनेछ ।
अल नेट भ्वाइस प्याक अन्तर्गत १८ रूपैयाँमा १ दिनभित्र सबै नेटवर्कमा २५ मिनेट कल गर्न सकिने सुविधा उपलब्ध हुनेछ । यसैगरी अल टाइम डाटा प्याक अन्तर्गत ९५ रूपैयाँमा ७ दिनसम्म जुनसुकै समयमा चलाउन सकिने २.५ जीबी डाटा उपलब्ध हुनेछ ।
त्यसैगरी आकर्षक सुविधा सहितको फोरजी अल टाइम डाटा अफर, युट्युब र फेसबुक चलाउन सकिने सोसल मिडिया प्याक र स्टे कनेक्टेड अल टाइम अफर समेत उपलब्ध हुनेछ ।
प्रिपेडमा पनि सजिलो अनलिमिटेड ६३६ प्याकेज कम्पनीले पोस्टपेड मोबाइलमा उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड ६३६ प्याकेज प्रिपेड मोबाइलमा पनि उपलब्ध गराउने भएको छ । यस अनुसार ६३६ रूपैयाँमा नेपाल टेलिकमको नेटवर्कमा अनलिमिटेड भ्वाइस, १५० मिनेट अन्य नेटवर्कमा (अफ-नेट) भ्वाइस, २०० वटा सबै नेटवर्कमा एसएमएस र ९ जीबी डाटासहितको प्याकेज उपलब्ध हुनेछ । सो प्याकेज २८ दिनसम्म चलाउन सकिने छ ।
नेपाल टेलिकम एप डाउनलोड गर्दा १ जीबी बोनस डाटा कम्पनीका सेवाग्राहीले ‘नेपाल टेलिकम’ एप डाउनलोड गरेर चलाउदा १ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ । सो डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने छ ।
अटम अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*1# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।
समाचार
फोनपेबाट एयरलाइन्सको टिकेट काट्दा म्याकबुक एयर जित्ने मौका
नेपालको अग्रणी भुक्तानी प्रणाली संचालक फोनपेले फोनपे सुपरयात्रा नामक अभियान संचाल…
एप्पलले हरेक वर्ष किन ल्याउँछ नयाँ आईफोन ?
एप्पलले हरेक वर्ष आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ आईफोन ल्याउँछ । केही समय अगाडि म…
डिशहोमका ग्राहक राईले जिते एक लाख नगद
‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ०२५६४१९५२९६ क्यास आईडीका ग्रा…
सामसङको मोबाइल वा ट्याबलेट किन्दा स्कुटर जित्ने मौका
‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै’ दशैं कन्जुमर प्रमोसन योजनाका ९ जना भाग्यशाली…
शत्रुले प्रहार गरेका रकेट आकाशमै नष्ट गर्ने इजरायलको ‘आईरन डोम’ प्रविधि, कसरी गर्छ काम ?
गत शनिबारदेखि इजरायल र हमासबीच युद्ध जारी छ । गत ७ अक्टोबरमा प्यालेस्टिनी इस्लामिक…
अनरको फेस्टिभ अफर, स्मार्टफोन किन्दा दैनिक उपहारसँगै भेस्पा स्कुटर जित्ने मौका
नेपालका लागि अनर स्मार्टफोनको आधिकारिक वितरक सेलट्रोन नेपालले आफ्ना ग्राहकका लागि …
एनटी फाइबरको दशैं तिहार अफर, पुरानै मूल्यमा बढी स्पीडको इन्टरनेट पाइने
नेपाल टेलिकमले आगामी बिहिबारदेखि लागु हुनेगरी एनटी फाइबर सेवाका व्यक्तिगत प्याके…
कुशल, रोहित र दीपेन्द्र एफवान सफ्ट ग्रुपको ब्रान्ड एन्डोर्सरको रूपमा आवद्ध
एफवान सफ्ट ग्रुप, नेपालको अग्रणी फिनटेक समूहले तीन प्रख्यात नेपाली राष्ट्रिय क्रिकेट …
कार्ड नहुँदा रोकियो ड्राइभिङ लाइसेन्सको छपाइ
‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड नहुँदा आकस्मिकबाहेक अरु छपाइ रोक…
हुलाकलाई पुनर्संरचना गरी नयाँ व्यवसायिक ढाँचामा लैजानुपर्छः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवालाई पुनःसंरचनामार्फत मौजुदा …
सस्तोडिल र सेल्सबेरीबीच सहकार्य, सामान खरिदमा विशेष छुट पाइने
ई-कमर्स कम्पनी सस्तोडिल र सुपरमार्केट चेन सेल्सबेरीबीच एक्सक्लुसिभ सहकार्य भएको छ । …
इजाजतबिना ओटीटी, भीओडी र आईपीटीभी सेवा सञ्चालन नगर्न सूचना तथा प्रशारण विभागको चेतावनी
सूचना तथा प्रशारण विभागले इजाजत लिएर मात्रै ओटीटी, भीओडी र आईपीटीभी सेवा सञ्चालन…
दशैंका लागि अग्रिम टिकट बुकिङ बससेवाबाटै, हरेक दिन ५ जनालाई शतप्रतिशत क्यासब्याकको सुविधा
सोमबारबाट दशैंका लागि अग्रिम टिकट बुकिङ सुरू भएको छ । यातायात व्यवसायीहरूले असो…
ईसेवा मनि ट्रान्सफर र मलेसियाको सिबिएल मनि ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता
ईसेवा मनि ट्रान्स्फर र मलेसियाको सिबिएल मनि ट्रान्स्फरबिच रेमिट्यान्स भुक्तानी सम्बन्धमा…
फुडमाण्डुको दशैं अफर, खानामा ५० प्रतिशतसम्म छुट
नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले नेपालीहरुको महान चाड व…