कीवर्डहरू -

समाचार

ई-कमर्स कम्पनी भेषभुषा दोस्रो वर्षमा प्रवेश, नेपाली उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य 

ब्युटी, फेसन तथा लाइफस्टाइल ई-कमर्स कम्पनी भेषभुषाले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा गाला नाइट आयोजना गरेको छ ।

मंगलबार रोयल इभेन्ट बैंक्वयट तीनकुनेमा आयोजना भएको गाला नाइटमा प्रडक्ट प्रदर्शनी, फेसन लाइभ म्युजिक, नेपालमै पहिलो पटक सिनेम्याटिक फेसन शो, कल्चर फेसन शो लगायतका कार्यक्रम भएका थिए ।

भेषभुषा दोस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजना भएको मनोरञ्जनपूर्ण कार्यक्रम गाला नाइटमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा भेषभुषाले आफ्नो नयाँ वेबसाइट तथा मोबाइल एप सार्वजनिक गर्नुका साथै क्लोदिङ र लाइफस्टाइल क्याटेगोरीको ‘एफएलवाई’ नामक नयाँ ब्राण्ड समेत सार्वजनिक भएको छ ।

कार्यक्रममा भेषभुषाका अध्यक्ष दिपक पाण्डेले एक वर्षको अवधिमा १५० अन्तर्राष्ट्रिय ब्राण्ड र १०० बढी नेपाली ब्राण्डसँग सहकार्य गर्न सफल भएको बताए ।

‘सौन्दर्य, पहिरन र जीवनशैलीसँग सम्बन्धित विश्वस्तरीय ब्राण्डहरुलाई  उत्कृष्ट ई-वितरण प्रणालीसहितको बहुआयामिक ई-कमर्स प्लेटफर्म बनाउने गरी १ वर्ष अगाडि भेषभुषा स्थापना गरेका हौं,’ उनले भने, ‘एक वर्षको अवधिमा हामीले २५० स्वदेशी र विदेशी ब्राण्डसँग सहकार्य गरिसकेका छौं ।’

\"\"

भेषभुषाले आउँदो वैशाखदेखि टेलिभिजन शो समेत ल्याउँदै छ । यस कार्यक्रममा विभिन्न ब्राण्डका प्रडक्टहरू प्रर्दशनी हुनेछन् ।

नेपाली भेषभुषा संस्कारलाई प्रवर्द्धन गर्न टेलिभिजन कार्यक्रम ल्याउन लागेको भेषभुषाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल बस्नेतले जानकारी दिए ।

भेषभुषाले क्लोदिङको क्षेत्रमा आफ्नै उद्योग स्थापना गरेको छ । पछिल्लो समय नेपालमा पनि अनलाइनबाट किनमेल गर्ने प्रचलन बढ्दै छ । यस्तैमा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरीय सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धित सामानहरू उपलब्ध गराउन १ वर्ष अगाडि भेषभुषा स्थापना भएको थियो ।

एक वर्षमा ग्राहकहरूले देखाएको मायाले अझै हौसला मिलेको सीईओ बस्नेतले बताए ।  ‘ग्राहकबाट १ वर्षको अवधिमा अत्यन्तै सकारात्मक प्रतिक्रिया पाएका छौं,’ उनले भने, ‘अब भेषभुषालाई देशभर विस्तार गर्ने योजना अनुसार अगाडि बढेका छौं ।

अहिले अनलाइनबाट मात्रै सेवा दिइरहेको भेषभुषाले चाँडै नै आउटलेटबाट समेत सेवा दिने योजना बनाएको छ । भेषभुषाले काठमाडौं उपत्यकाभर निःशुल्क सामान डेलिभरी समेत गर्दै आएको छ ।

नेपाली रैथाने सभ्यता र संस्कारको मौलिकता तथा सुगन्ध बोकेका नेपाली सामानहरु उत्पादन र प्रवर्द्धन गर्ने लक्ष्यसहित काम गरिरहेको अध्यक्ष पाण्डेले बताए । कम्पनीको प्लेटफर्ममा विदेशी प्रडक्ट उपलब्ध भएपनि अल्टिमेट लक्ष्य भनेको स्वदेशी प्रडक्टलाई प्रवर्द्धन गर्ने रहेको छ ।

\"\"

भेषभुषाको वेबसाइट (vesvusa.com) र मोबाइल एपबाट ब्युटी, फेसन तथा लाइफस्टाइल प्रडक्टहरू घरमै बसेर खरिद गर्न सकिन्छ । भेषभुषाले हाल एआई फिचरमा समेत काम गरिरहेको छ, जसले तपाईलाई कुन कपडा फिट हुन्छ भनेर बताउने छ ।

गाला नाइटमा लेकमी, मामा अर्थ, सुगर, लोरेल, द ड्रिमा को, मिलि क्रियसन, फाइब्रो, योलो, टाइटन, फास्ट ट्रयाक, वरिफ्लेम, बेलाभिता, निभिया, फ्लाइ, झुम्का, क्याफिन, डेफी, रिभलन, मेबीलाइन न्यु योर्क, नुगा, रेजभोल लगायतका ब्राण्डको सहकार्य रहेको थियो ।

कार्यक्रमको पावर्ड बाई पार्टनरमा फ्लाइ, को स्पोन्सर्डमा प्लस साइज नेपाल, हाम्रो पे र प्रभु लाइफ रहेका थिए भने यस बाहेक आइसिटी समाचार, वर्ल्डलिंक, पठाओ, टेक्सास कलेज, साझा डटकम, एकेडेमी अफ कमर्स, रेडमड कफी, संसारा रेमिट, नक्षेत्र लगायतका संस्थाको समेत सहकार्य रहेको थियो ।

समाचार

सिटी एक्स्प्रेसबाट पठाएको रेमिट्यान्स अब आईएमई पेमा पाउन सकिने

आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता भएको छ । सम्झौता अनुसार विदेशबाट पठाइएको रेम…

एन्ड्रोइड तथा वेयर ओएसमा नयाँ फिचर आउने

गूगलले एन्ड्रोइड तथा वेयर ओएसका नयाँ फिचरहरु सार्वजनिक गर्ने भएको छ । गूगलले गूगल…

खल्ती र गुडविल फाईनान्सबीच सहकार्य

खल्ती र गुडविल फाईनान्स बिच सम्झौता भएको छ र यस सम्झौता भए लगत्तै खल्ती प्रयोगकर्ताले…

नेपाल एयरलाइनसको टिकट बुक गर्दा आइएमई पेबाट पैसा तिर्न सकिने

आइएमई पे र नेपाल एयरलाइनसबीच आइएमई पेबीच सम्झौता भएको छ । सम्झौतासँगै अब नेपाल …

मोबाइल व्यापार संघ ताम्राकार कम्प्लेक्सको अध्यक्षमा गुरुदत्त शर्मा चयन

पाको, न्यूरोडमा स्थित ताम्राकार मोबाइल कम्प्लेक्सका व्यवसायीहरुको संगठनले नयाँ नेतृत्…

एससीटीमा आबद्ध बैंक तथा वित्तीय संस्थाका एटीएममा अब रूपे कार्ड प्रयोग गर्न सकिने

डिस्कबर फाइनन्सियल सर्भिस, डाईनर्स क्लब इन्टरनेसनल तथा भारतको एनपीसीआई अन्तर्गत जारी …

फागुन १८ र १९ गते काठमाडौं विश्वविद्यालयमा रोबोटिक्स प्रतियोगिता हुँदै 

काठमाडौं विश्वविद्यालयको रोबोटिक्स क्लबले ‘यार्सा टेक आविष्कार २३’ आयोजना गर्ने भएको…

सेगवेको नयाँ शोरूम पोखरामा

सेगवे ई-स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले पोखराको पुरानो विमान…

साओमी १३ सिरिज सार्वजनिक, यस्ता छन् सुविधा 

स्मार्टफोन निर्माता कम्पनी साओमीले साओमी सिरिज विश्वबजारमा सार्वजनिक गरेको छ । साओम…

नोकियाको नयाँ लोगो सार्वजनिक 

६० वर्षमा नोकियाले पहिलो पटक लोगो परिवर्तन गरेको छ । नोकियाले यसअघि पनि लोगोमा …

सिटिजन्स बैंकका कार्डबाहकले भारतको मेदान्त अस्पतालमा छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल र भारतको गुँडगाँवस्थित मेदान्त– द मेडिसिटि अस्पतालबीच सिट…

सातै प्रदेशका लोकसेवा आयोगको आवेदन अब नागरिक एपबाटै दिन मिल्ने व्यवस्था हुँदै

नागरिक एपमा प्रदेश लोकसेवा आयोगको प्रणाली आवद्ध हुने भएको छ । प्रणाली आवद्ध भएपछि …

ई-कमर्स ब्राण्ड भेषभुषाले मंगलबार नेपालमै पहिलो पटक सिनेम्याटिक फेसन शो आयोजना गर्दै 

अनलाइन ई-कमर्स ब्राण्ड भेषभुषाले फागुन १६ गते नेपालमै पहिलो पटक सिनेम्याटिक फेसन …

स्पोटिफाईको एआई डीजे फिचर सार्वजनिक

पछिल्लो समय विश्वमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चर्चा बढ्दै गएको छ । विश्वका ठूला …

कम स्टोरेज भएको डिभाइसमा पनि विन्डोज ११ उपयुक्त हुने माइक्रोसफ्टको म्यासेज !

माइक्रोसफ्टले सपोर्ट नभएको पिसीमा पनि झुक्किएर विन्डोज ११ सफ्टवेयर इन्स्टल गर्न सकिने …