कीवर्डहरू -

समाचार

दक्षिण एसिया र चीन बिच समृद्धि पुलको रूपमा नेपालले महत्त्वपूर्ण भूमिका निभाउन सक्छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चीन र दक्षिण एसियाबिचको पुलको रूपमा रहेकाले यो क्षेत्रको समृद्धिमा नेपालले महत्त्वपूर्ण भूमिका निभाउन सक्ने बताएका छन् ।

चीनको कुन्मिङमा आयोजित १६औँ चीन–दक्षिण एसिया व्यापार मञ्चको अध्यक्षको रूपमा समेत सम्बोधन गर्दै अध्यक्ष ढकालले चीन र दक्षिण एसियाली क्षेत्र बिच बृहत्तर सहयोगका लागि  थप सहकार्य तथा साझेदारी सुदृढ गर्नु पर्ने बताएका हुन् ।

सम्बोधनमा अध्यक्ष ढकालले विश्व परिदृश्यमा देखिएका जटिलतालाई सामना गर्दै अघि बढ्न क्षेत्रीय तथा उपक्षेत्रीय अन्तर निर्भरतालाई थप बलियो बनाउनु पर्ने पनि उल्लेख गरेका छन् ।

साझा आर्थिक लाभ र आपसी लगानी वृद्धिमा आधारित सहकार्यले मात्र अहिलेका चुनौतीहरूलाई समाधान गर्न सकिनेमा अध्यक्ष ढकालले जोड दिए ।

अध्यक्ष ढकालले लगानीका लागि नयाँ क्षेत्र पहिचान गर्ने, पर्यटन प्रवर्द्धन, आपसी व्यापार अभिवृद्धि र औद्योगिक साझेदारीलाई थप सुदृढीकरणका लागि समेत आह्वान गरे।

विश्व अर्थतन्त्रमा देखिएका अनिश्चितताहरू कम गर्न, द्वन्द्व र जलवायु परिवर्तनले सृजना गरेको महामारी र आपूर्ति शृङ्खलामा देखा परेका अवरोधहरूबाट जोगाउन सक्ने बलियो रणनीति तयार गर्न आपसी सहकार्य बढाउनु पर्ने पनि अध्यक्ष ढकालको ठहर थियो ।

दक्षिण एसियाली क्षेत्रमा बजारको पर्याप्त सम्भावना रहे पनि  कमजोर यातायात तथा आपूर्ति पूर्वाधार र व्यापार सहजीकरण नहुँदा  आर्थिक वृद्धि प्रभावित भएको अध्यक्ष ढकालको भनाइ छ ।

दक्षिण एसियाको जनसाङ्ख्यिक लाभांश उपयोग गर्ने तथा प्रचुर प्राकृतिक स्रोतको उपयोग गर्न पनि चीन र दक्षिण एसियाली क्षेत्रले ढिलाइ गर्न नहुने अध्यक्ष ढकालको धारणा थियो । यसबाट दक्षिण एसियाली मुलुकहरू र चीनबिचको अन्तर क्षेत्रीय लगानी प्रवाह र व्यापार बढाउन सकिने पनि अध्यक्ष ढकालले उल्लेख गरे।

डिजिटल अर्थतन्त्रमा एकाकार हुने तथा आपूर्ति र औद्योगिक श्रृखलाहरुको साझेदारी,  कृषि, पर्यटन, नवीकरणीय ऊर्जा, खानी, पूर्वाधार, आइसिटी, जडीबुटी र औषधि उत्पादन लगायतका महत्त्वपूर्ण क्षेत्रहरूमा चीनको विशेषज्ञतालाई  प्रविधि र लगानीको हस्तान्तरणबाट नेपाल सहित दक्षिण एसियाले लाभ लिन सक्ने अध्यक्ष ढकालले उल्लेख गरेका छन् ।

दक्षिण एसिया र चीनबिचको आर्थिक साझेदारी बढाउन उद्योग वाणिज्य महासंघको  प्रतिबद्धता दोहोर्याउँदै ढकालले नेपालमा रहेका लगानी अवसरहरूको उपयोग गर्न पनि अध्यक्ष  ढकालले लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।

मध्यम वर्गीय जनसङ्ख्याको वृद्धि, बहुराष्ट्रिय कम्पनीहरूले गरेको उच्च नाफा र  चीन तथा भारतका बजारहरू सम्मको सहज पहुँचले लगानीकर्ताहरूका लागि नेपाल आकर्षक लगानी गन्तव्य रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

सम्बोधनमा अध्यक्ष ढकालले चीन(दक्षिण एसिया व्यापार मञ्चले चीन, दक्षिण एसिया र नेपालबिचको आर्थिक सम्बन्धलाई प्रगाढ बनाउन, व्यवसायीक संस्था र सरकारी निकायहरूबिचको सम्बन्ध प्रगाढ बनाउन गतिशील माध्यमको रूपमा काम विश्वास समेत व्यक्त गरेका छन् ।

समाचार

ईस्पोर्ट्सको इकोसिस्टम बनाउन नेसा र फिटजीएमआर बीच सम्झौता

ईस्पोर्ट्सको इकोसिस्टम बनाउन नेपाल ईस्पोर्ट्स एसोसियसन (नेसा) र ईस्पोर्टस टेक्नोलोजी कम्…

युवा उद्यमशीलता शिखर सम्मेलनको इन्टरनेट पार्टनरमा वर्ल्डलिंक

नेपाल सरकार, राष्ट्रिय युवा परिषद्, बागमती प्रदेश सरकार र नेपाल बिजनेस इन्स्च्यिुट (…

नाफा घटेपछि नेपाल टेलिकमको स्पष्टिकरणः “ट्यारिफ परिमार्जन, फोरजी विस्तारसँगै सस्तो डेटा प्याकेजका कारण आम्दानी घट्यो”

नेपाल दूरसञ्चार कम्पनी अर्थात नेपाल टेलिकमले दूरसञ्चार सेवा तर्फको आफ्नो आम्दानी घटे…

दाङको राजपुर मुसिनाकामा टेलिकम सेवा विस्तार हुने

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङ जिल्लाको विकट क्षेत्रका रुपमा रहेको …

श्रम कानून उल्लघंन गर्ने प्रतिष्ठानविरुद्ध अनलाइनबाट उजुरी दिन सकिने

श्रम कानून कार्यान्वयन नगर्ने प्रतिष्ठानविरुद्ध अनलाइनबाट उजुरी दिन सकिने भएको छ । श्…

अमेरिकी कम्पनीले किन्याे वर्ल्डलिंकको साढे १३ हजार कित्ता सेयर

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले सेयर बिक्…

एसके टेलिकमले अमेरिकी एआई स्टार्टअप एन्थ्रोपिकमा १०० मिलियन डलर लगानी गर्ने

दक्षिण कोरियाको सबैभन्दा ठूलो टेलिकम एसके टेलिकमले अमेरिकी आर्टिफिसियल इन्टेलिजेन्…

नेपाल टेलिकमको त्रैमासिक नाफामा कमी 

नेपाल दुरसञ्चार कम्पनी अर्थात नेपाल टेलिकम (एनटीसी) ले गत आर्थिक वर्ष २०७९/०८० को …

एनसेलको ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता 

एनसेल आजियाटा लिमिटेडले हाल संचालनमा रहेको इङ्लिस प्रिमियर लिग (ईपीएल) २०२३/२४ …

डीआरएस गेमिङले पब्जी प्रतियोगिता आयोजना गर्ने

नेपाली पब्जी टिम डीआरएस गेमिङले पब्जी प्रतियोगिता आयोजना गर्ने भएको छ । पब्जी मोबा…

नेपाल टेलिकमको १ जीबीपीएससम्म उच्च गति भएको एफटीटीएच इन्टरनेट सेवा प्रारम्भ

नेपाल टेलिकमले १ जीबीपीएस (१००० एमबीपीएस) सम्म उच्च गति भएको एफटीटीएच इन्टरनेट स…

अष्ट्रेलियामा डेललाई किन तिराइयो साढे ६ मिलियन डलर जरिवाना ?

छूटमा ग्राहकहरूलाई भ्रमित गरेको आरोपमा अष्ट्रेलियामा डेल युनिटलाई साढे ६ मिलियन ड…

पोखरा विश्वविद्यालयको \'ईन्जिनियरिङ अध्ययनका अवसरहरु\' विषयमा एक दिने अभिमुखि कार्यक्रम सम्पन्न

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको आयोजनामा पोखरा विश्वविद्यालयमा ईन्जि…

अब सूचना प्रविधिको क्षेत्रमा डिपार्चर गर्नुपर्छः मन्त्री शर्मा

काठमाडौं, २८ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन कायम गर्न र…

ईसेवा वालेटले पायो पब्लिक कम्पनीमा जानलाई पुर्व स्वीकृति 

नेपालको पहिलो वालेट कम्पनी इसेवालाई पब्लिक कम्पनीमा जानलाई पूर्व स्वीकृति दिएको छ …