कीवर्डहरू -

समाचार

ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को प्रि-अर्डर सुरू

ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को प्रि-अर्डर नेपालमा खुला भएको छ । सामसङको आधिकारिक स्टोरमा गएर यी फोन प्रि-बुकिङ गर्न सकिने छ ।प्रयोगकर्ताहरुले स्लीक र कम्प्याक्ट डिजाइन, अनगिन्ती अप्सन्स र शक्तिशाली पर्फरमेन्सका साथ उत्कृष्ट अनुभव पाउने सामसङको दावी छ ।

ग्यालेक्सी जेड फ्लिप फाइभले सेल्फ एक्सप्रेसनको लागि निर्मित कुनै पकेट साइजको उपकरण मध्येबाट स्टाइलिस, उत्कृष्ट फोल्डबल अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

ग्यालेक्सी जेड फ्लिप ५ मिन्ट लाभेण्डर र कालो तीन रङ्गहरुमा उपलब्ध छ । यसमा ८ जीबी र्‍याम र २५६ जीबी रहेको छ । यसको मूल्य १ लाख ३९ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

ग्राहकहरुले प्रि-अर्डरमा २ वटा गिफ्ट २४ इन्चको सामसङ मोनिटर वा सामसङ ए ७ लाइट एलटिइ(३ प्लस ३२ जीबी) मध्ये कुनै एक रोज्न सक्नेछन्, जसमध्ये २४ इन्चको सामसङ मोनिटरको लागि ५ हजार रूपैयाँ र सामसङ ए ७ लाइट एलटिइको लागि २ हजार रूपैयाँ अतिरिक्त व्यहोर्नु पर्नेछ ।

त्यस्तै अर्कौ फोन जेड फोल्ड ५ मा ग्यालेक्सी जेड सिरिजमा सबैभन्दा शक्तिशाली पर्फरमेन्स प्रदान गर्ने कम्पनीले जनाएको छ । ग्यालेक्सी जेड फोल्ड ५ कालो र लाईट ब्लु रङ्गमा उपलब्ध छ । ग्यालेक्सी जेड फोल्ड ५ र १२ जीबी र्‍यामसहित २५६ जीबी र ५१२ जिभी आन्तरिक स्टोरेजमा उपलब्ध छ ।

ग्यालेक्सी जेड फोल्ड ५ (१२ जीबी र्‍याम २५६ जीबी स्टोरेज) को मुल्य २ लाख २६ हजार ९९९ रूपैयाँ र ग्यालेक्सी जेड फोल्ड ५ (१२ जीबी र्‍याम ५१२ जीबी स्टोरेज) को मुल्य २ लाख ३९ हजार ९९९ रूपैयाँ कायम गरिएको छ ।

यसका साथै १२ जीबी र्‍याम ५१२ जीबी स्टोरेज ग्यालेक्सी जेड फोल्ड ५ को प्रि-अर्डरमा ग्राहकहरुले फोन कभरसंगै प्रि मेमोरी अपग्रेड गर्न पाउनेछन् वा ३ हजार थपेर २४ इन्चको सामसङ मोनिटर वा ४० हजार थपेर ४७ एमएमको ग्यालेकसी वाच ६ क्लासिक प्राप्त गर्न सक्नेछन् ।

समग्रमा ग्राहकहरुले प्रि-अर्डर मार्फत् बढीमा २५ हजारसम्मको लाभ लिन सक्ने सामसङले जनाएको छ । साथसाथै नयाँ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ मा स्तरोन्ति गर्न वा किन्नका लागि इन्स्टा फाइनान्स सुविधा पनि प्रयोग गर्न सकिने छ ।

न्यूनतम इएमआइ प्रति महिना ७ हजार रूपैयाँका दरले शुन्य प्रतिशत ब्याजमा सुरू हुनेछ । ग्राहकहरुले एक वर्षभित्र एकपटक ब्रेकेज इन्सुरेन्सको साथ एकपटक प्रोटेक्टिभ फिल्म पनि प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले एक्स्चेन्ज सुविधाको पनि लाभ उठाउन सक्नेछन् । दुबै फोनमा ५ वर्षको सुरक्षा अद्यावधिक र ४ वर्षको ओएस स्तरोन्नतिको सुविधा उपलब्ध हुनेछ ।

समाचार

विद्युतीय कारोबार गर्ने ६ विदेशी कम्पनीले तिरे कर, कति भयो राजस्व सङ्कलन ?

विद्युतीय कारोबार गर्ने ६ विदेशी कम्पनीले कर तिर्न सुरु गरेका छन् । गत आर्थिक वर्ष २…

क्लोदिङ ब्राण्ड प्लस साइज नेपालको वेबसाइट सार्वजनिक, अब वेबसाइटबाटै अर्डर गर्न सकिने

क्लोदिङ ब्राण्ड प्लस साइज नेपालको वेबसाइट सार्वजनिक भएको छ । प्लस साइज नेपालले इस्मल…

बससेवाबाट बसको टिकट काट्दा दश दिनसम्म हरेक दिन १० जनाले निशुल्क यात्रा गर्न पाउने 

नेपालको एकमात्र अनलाइन बस टिकटिङ्ग सेवा प्रदायक बससेवा डटकम नवौँ वार्षिक उत्सव पूर…

सानिमा बैंकका ग्राहकहरुलाई फुडमाण्डुमा क्यासब्याक

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्…

अब अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण

प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण अब अनलाइनबाटै हुने भएको छ । परराष्ट्रमन्त्री एन…

१० औं वर्षमा बससेवा, अनलाइनबाटै सार्वजनिक बसका ३५ हजार सिट बुक गर्न सकिने

नेपालको पहिलो अनलाइन बस टिकेटिङ प्लेटफर्म बससेवा ९ वर्ष पुरा गरी १० औं वर्षमा प्रव…

यार्सा टेकको अडिक्युआर डिभाइस सार्वजनिक, एक वर्षको वारेन्टीसँगै निःशुल्क मर्मतको पनि सुविधा

क्युआर भुक्तानीको जानकारी आवाजबाटै दिने गरी यार्सा टेकले अडिक्युआर डिभाइस सार्वजनि…

इसेवा मनि ट्रान्सफरका सीईओ कोइराला बिजनेस एक्सिलेन्स सर्टिफिकेटबाट सम्मानित

ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजेस कोइरालाले वर्ल्ड कन्फेडेरे…

बाढी सम्बन्धी एसएमएसले जनधनको क्षति न्यूनीकरणमा सहयोग पुर्याउँदै एनसेल

एनसेलले हरेक वर्ष बाढीे पहिरोको उच्च जोखिम रहेका स्थानहरुमा बसोबास गर्ने जनसमुदाय…

नास्टको उपकुलपतिमा प्रा.डा. दिलीप सुब्बा नियुक्त

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपतिमा प्रा.डा. दिलीप सुब्…

हिमालयन ब्रोक्रेज र इसेवाबीच सम्झौता, सेयर खरिदबिक्रीमा लगानीकर्तालाई सहज भुक्तानी

हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) र भुक्तानी सेवाप्रदायक कम्पनी इसेवाबीच सम्झौता भए…

२१ औं वर्षमा आईटी कम्पनी इन्फोडेभलपर्स, वित्तीय क्षेत्रमा ६० प्रतिशत बजार हिस्सा

स्वदेशी सफ्टवेयर कम्पनीको नाम लिँदा अग्रपंक्तिमै आउने एउटा नाम हो, इन्फोडेभलपर्स । द…

गूगल सर्चबाट निजी जानकारी हटाउन सकिने

गूगल सर्चबाट फोन नम्बर, इमेल जस्ता निजी जानकारी हटाउन सकिने भएको छ । यसका लागि ग…

ईसेवा मनि ट्रान्स्फर र ट्र्याङ्ग्लोबीच रेमिट्यान्स भुक्तानी सम्झौता 

इसेवा मनि ट्रान्स्फरको रेमिट्यान्स सेवा ट्र्याङ्ग्लोबाट पनि सुरु भएको छ। स्थापना भएको त…

डिजिटल टिकट र स्मार्ट बेलको सुविधासहित रविले ल्याए ‘ब्लू बस’ सेवा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले …