कीवर्डहरू -

समाचार

नेपाललाई श्रमिक होइन सेवा निर्यात गर्ने देशको रुपमा स्थापित गर्न चाहन्छौंः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमिक मात्र निर्यात गर्ने देशको पहिचान बदलेर अब नेपाललाई सेवा निर्यात गर्ने देशको रुपमा स्थापित गर्न चाहेको बताएकी छिन् ।

इन्टिच्यूट फर इन्टेग्रेटेड डेभलपमेन्ट स्टडिजले गरेको नेपालमा सूचना प्रविधिको वृद्धिसम्बन्धी राष्ट्रिय प्रसार सम्मेलनलाई सम्वोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन् ।

कार्यक्रममा नेपालमा सूचना प्रविधिको समग्र अवस्था र सेवा निर्यातसम्बन्धी प्रतिवेदन सार्वजनिक गरिएको थियो । प्रतिवेदनलाई उदृत गर्दै मन्त्री शर्माले सन् २०२२ सम्म १०६ वटा कम्पनी र ६६ हजार ५०९ जना फ्रिलान्सरले नेपालमै बसेर सूचना प्रविधि सेवा निर्यात गरेको तथ्य सार्वजनिक हुनु महत्वपूर्ण पक्ष भएको बताइन् । ५ सय १५ मिलियन अमेरिकी डलर बराबरको सेवा निर्यात गरी नेपालको कूल गार्हस्थ उत्पादनमा १ दशमलव ४ प्रतिशत योगदान गरेको तथ्य प्रतिवेदनमा सार्वजनिक भएको छ ।

यसबाट विदेशी मुद्रा सञ्चितिमा साढे पाँच प्रतिशत योगदान पुगेको उनको भनाइ छ । उनले भनिन्, ‘नेपालका लागि यो निकै सुखद् र महत्वपूर्ण जानकारी हो । सूचना प्रविधिको सेवा निर्यात गर्ने जनशक्तिमध्ये ८३.५ प्रतिशत २० देखि २९ वर्ष उमेर समूहका युवाहरु सक्रिय रहेको जुन तथ्य सार्वजनिक भएको छ, नेपालको समग्र विकास र यसमा युवा सहभागिताको दृष्टिले पनि यो निकै महत्वपूर्ण प्रगति हो ।’

उनले सरकारले सूचना प्रविधिलाई राष्ट्रिय प्राथमिकतामा राखेर काम अघि बढाएको उल्लेख गर्दै यो क्षेत्रका विज्ञहरुको सुझाव लिएर सरकारले नयाँ कार्यक्रमको थालनी र पुराना कार्यक्रम परिमार्जन गर्दै अघि बढ्ने बताइन् ।

‘आधुनिक जीवनको आधारः सूचना प्रविधि र सरकार’ भन्ने मूल नाराका साथ नेपाल सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले सरकारको कूल पूँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिएको बताइन् ।

सूचना प्रविधिको उद्योगमा वैदेशिक लगानीको सीमा यसै वर्षदेखि हटाइएको जानकारी दिंदै मन्त्री शर्माले सूचना प्रविधि सेवा निर्यात गर्ने उद्देश्यले सञ्चालित उद्योगलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय स्थापना गर्न र सफ्टवेयर वा प्रोग्राम खरिद तथा उपकरण जडान गर्ने उद्योगले गरेको विदेशी मुद्रा आर्जनको १० प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउने चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा भइसकेको बताइन् ।

समाचार

नेपाल धितोपत्र बोर्डले आफ्नै डाटा सेन्टर स्थापना गर्ने

नेपाल धितोपत्र बोर्डले आफ्नै डाटा सेन्टर स्थापना गर्ने घोषणा गरेको छ ।

महेन्द्रनगर-कंचनपुरमा डिशहोम फाइबरनेटको शोरूम

महेन्द्रनगर - कंचनपुरमा डिशहोम फाइबरनेटको औपचारिक सुरुवात भएको छ ।  साउन १२ गते…

कुमारी क्यापिटल नेशनल पेमेन्ट स्वीचमा आबद्ध

कुमारी क्यापिटल नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरूमा आबद्ध भएको…

विज्ञापनरहित निःशुल्क स्ट्रिमिङ प्लेटफर्म ल्याउँदै नासा

नेशनल एरोनोटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) ले नासा प्लस नामक अन–डिमान्ड स्ट्रिम…

कोरियन भाषा परीक्षाको आवेदन अनलाइनबाट मात्रै दिन सकिने, यस्तो छ तरिका

कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । दक्षिण कोरियाको पानी जहाज कम्पनीमा काम…

भिजन सेक्युरिटिजले डिजिटल केवाईसी सेवा उपलब्ध गराउने

भिजन सेक्युरिटिजले डिजिटल केवाईसी सेवा प्रदान गर्ने भएको छ । डिजिटल अर्थात विद्युत…

सानिमा बैंकको ‘५इन१’ खाता, डिम्याट खातादेखि मेरो शेयरसम्म सुविधा

सानिमा बैंकले ग्राहकहरुका लागि ‘५इन१’ सेवा सार्वजनिक गरेको छ । ‘५इन१’ सेवा सानि…

एनसीआईटीमा आयोजना भएको विद्यार्थीका परियोजना प्रदर्शनी तथा करियर फेयर सम्पन्न 

काठमाडौंको बालकुमारी स्थित नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा शनिब…

आइएमई पेको ‘फ्ल्यास सेल’ अफर, एयलाइन्सको टिकट काटदा २०० रूपैयाँ क्यासब्याक

आइएमई पेले  आन्तरिक हवाई उडानमा फ्ल्यास सेल्सको अफर सार्वजनिक गरेको छ । यस अफरमा स…

सानिमा बैंकको बैंक ग्यारेन्टी अब अनलाइनबाटै

सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवाको सुरुवात ग…

एनआईसी एशिया बैंकको स्मार्ट अडियो अलर्ट डिभाइस, आवाजबाटै क्युआर भुक्तानीको जानकारी

एनआईसी एशिया बैंकले क्युआर कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै तत्काल प्राप्…

यस्ता छन् सफ्टवेरिका कलेजका विद्यार्थीले तयार पारेका स्मार्ट प्रविधि (फोटो फिचर)

सफ्टवेरिका कलेजमा टेक एक्स २०२३ सुरू भएको छ । बिहीबारदेखि डिल्ली बजार काठमाडौँ स्…

आईटीका जनशक्तिलाई सरकारी सेवामा ल्याउन हाइब्रिड मोडेल सोचिरहेका छौं : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि (आईटी) समूहलाई संघीय निजामती सेवा ऐनमा समेट्ने कोशिस भइरहेको बताएकी छन् ।

आज काठमाडौं…

शनिबार एनसीआईटी कलेजमा विद्यार्थीका परियोजना प्रदर्शनी तथा करियर फेयर हुँदै

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा शनिबार विद्यार्थीका परियोजना प्रद…

नेपाल भित्रिने मोबाइल फोनको संख्यामा ठूलो गिरावट

नेपाल भित्रिने मोबाइल फोनको संख्यामा ठूलो गिरावट आएको छ । भन्सार विभागले सार्वजनि…