कीवर्डहरू -

समाचार

हाम्रो पात्रोबाट अब रेडियो एचडीमा सुन्न सकिने

नेपालकै लोकप्रिय एप ‘हाम्रो पात्रो’ मा अब रेडियो एचडी (हाइ डेफिनेसन) अर्थात उच्च गुणस्तरीय आवाजमा सुन्न सकिने भएको छ ।

उच्च गतिको इन्टरनेट सेवा विस्तार हुँदै गएसँगै हाम्रो पात्रोमा उपलब्ध रेडियो स्टेसनलाई थप स्पष्ट सुन्न सकिने व्यवस्था मिलाइएको हो ।

यसअघि ३२ केबीपीएस तथा ६४ केबीपीएसमा उपलब्ध रेडियोहरु अब एचडी अर्थात १२८ केबीपीएसमा समेत सुन्न सकिनेछ । हाल ईमेज एफएम, उज्यालो रेडियो नेटवर्क, विजया एफएम, नेपाली रेडियो नेटवर्क, क्लासिक एफएम एचडीमा गइसकेका छन् ।

बाँकी रेडियोलाई समेत क्रमशः एचडीमा रुपान्तरण गर्ने तयारी चलिरहेको हाम्रो पात्रोका प्रबन्ध निर्देशक सुदिना गौतमले जानकारी दिइन् । ‘अबको केही दिनमा ५०  वटा एफएम रेडियोलाई एचडीमा लैँजादैछौं,’ उनले भ‍निन्, ‘यसैगरी अबको दुई महिनाभित्र सय वटा रेडियोलाई एचडीमा उपलब्ध गराउने हाम्रो योजना छ ।’

हाल हाम्रो पात्रोमा देशभरका करिब पाँच सय रेडियो सुन्न सकिने सुविधा छ । हाम्रो पात्रो एपमार्फत देश-विदेश जहाँबाट नेपाली रेडियो सुन्न सकिन्छ ।

परम्परागत प्रविधि अर्थात एफएम रेडियो सेटमार्फत सीमित क्षेत्रमा मात्र एफएम रेडियो सुन्न सकिने सीमिततालाई हाम्रो पात्रोले तोडेको छ । जसले गर्दा रेडियो फ्रिक्वेन्सी बिना देशभरका रेडियो विश्वभर सुन्न सम्भव भएको हो ।

८ वर्ष अघि अर्थात् सन् २०१३ मा रेडियो प्रसारणलाई आफ्नो प्लेटफर्ममा जोडेको हाम्रो पात्रोमा हाल दैनिक चार लाख स्रोताले रेडियो सुन्ने गरेका छन् ।

न्यून इन्टरनेट ब्याण्डविथ खपत गर्ने भएकाले वाईफाई तथा फिक्स लाइन इन्टरनेट नहुँदाको बखत मोबाइल डेटाबाट समेत हाम्रो पात्रोमा रेडियो सुन्न सकिन्छ । यस किसिमको सहजताले अहिले अनलाइनमा रेडियो सुन्नेको संख्या समेत बढ्दै गएको छ ।

हाम्रो पात्रोले साउथकास्ट स्ट्रिमिङ प्रविधिमार्फत देशभरका रेडियोलाई आफ्नो एपमा स्ट्रिमिङ गर्दै आएको छ । यसका लागि सम्बन्धित रेडियोले कम्पनीलाई स्ट्रिमिङ लिङ्क उपलब्ध गराएका छन् । त्यस वापत रेडियो स्टेसनले हाम्रोपात्रोलाई कुनै शुल्क समेत तिर्नु पर्दैन ।

समाचार

भक्तपुरमा ६४ वटा सिसिटिभी क्यामेरा जडान

भक्तपुरमा ६४ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ ।

फेसबुकका संस्थापक मार्क जुकरबर्ग जस्तै देखिने एक अपराधि फेला पार्नेलाई कोलमबियन प्र…

ब्रिटिस अर्बपति रिचार्ड ब्रान्सन बेजोसभन्दा नौँ दिन अगाडि अन्तरिक्ष यात्रामा जाँदै

ब्रिटीस अर्बपति रिचार्ड ब्रान्सन आफ्ना प्रतिद्वन्दी अमेजनका संस्थापक जेफ बेजोस भन्दा नौँ…

५ लाख घरधुरीमा पुग्यो वर्ल्डलिंकको इन्टरनेट सेवा

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सको इन्टरनेट सेवा ५ लाख घरधुरीमा …

१२ घण्टा राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण सेवा बन्द हुने

आज साझ देखि भोलि बिहानसम्म राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण सेवाहरु बन्द हुने भएका …

अब सबै प्रयोगकर्ताले टिकटकमा ३ मिनेटसम्मको भिडियो बनाउन सक्ने

अब सबैले टिकटक प्रयोगकर्ताले ३ मिनेट लामो भिडियो बनाउन सक्ने भएका छन् । गत डिसेम्ब…

विद्युतीय भुक्तानीको सीमा हटाउन चेम्बरको राष्ट्र बैंकलाई सुझाब 

नेपाल चेम्बर अफ कमर्सले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न ‘डिजिटल ट्रान्जेक्सन’को सीमा खारेज गर्न नेपाल राष्ट्र बैंकल…

ई-लर्निङ प्लेटफर्म माइ सेकेण्ड टिचरले राष्ट्रिय क्रिक्रेट टोलीलाई दियो ५ लाख

ई-लर्निङ प्लेटफर्म माइ सेकेण्ड टिचरले गत वैशाखमा नेपाल नेदरल्याण्ड र मलेसियाबीच भएक…

सामसङ ग्यालेक्सी एस २१ अल्ट्रा फाइभजीले पायो सर्वोत्कृष्ट स्मार्टफोनको उपाधि

सामसङ ग्यालेक्सी एस २१ अल्ट्रा फाइभजीले गत सालको सर्वोत्कृष्ट स्मार्टफोनको उपाधि पाएको…

‘प्रकोप जोखिम व्यवस्थापनमा डिजिटलाइजेसन’ विषयमा डिजिटल संवाद हुँदै, यसरी हुनुहोस् सहभागी

‘नेपालमा प्रकोप जोखिम व्यवस्थापनमा डिजिटलाइजेसन’ विषयमा डिजिटल संवाद आयोजना हुने…

फाइभजी विकासका लागि इनोभेसन चाहिन्छः रायन डिंग

मोबाइल वर्ल्ड कंग्रेस बार्सिलोना २०२१ को क्रममा ह्वावे कार्यकारी निर्देशक र क्यारियर ब…

डिजिटल सेवाहरू एकै ठाउँबाट दिन सिद्धार्थ बैंकले सार्वजनिक गर्‍यो ‘इजी बैंक’

सिद्धार्थ बैंक लिमिटेडले इजी बैंक नामको अनलाइन प्लेटफर्म सार्वजनिक गरेको छ । ग्राहक…

अब नेपालमै विद्युतीय सवारीसाधन निर्माण हुने, रुपन्देहीमा एसेम्बल प्लान्ट स्थापना हुँदै

विद्युतीय बस सञ्चालनका लागि विभिन्न कम्पनीले प्रक्रिया थाल्दै छन् । त्यस क्रममा साझा या…

गूगलले एन्ड्रोइडका लागि डिजिटल कोभिड भ्याक्सिन कार्ड सपोर्टको निर्माण गर्दै

गूगलले एन्ड्रोइडका लागि डिजिटल कोभिड भ्याक्सिन कार्ड सपोर्टको निर्माण गरिरहेको छ । य…

स्पोटीफाईले टिकेट काटेर इभेन्ट गर्न मिल्ने प्रणालीको व्यवस्था गर्दै

स्पोटीफाईले आफ्नो प्लेटफर्ममा टिकेट काटेर ईभेन्ट गर्न मिल्ने प्रणालीको व्यवस्था गर्ने भए…