समाचार
शहर बजारमा अनलाइन कक्षा, गाउँमा सुनसान
कोरोना भाइरसका कारण विद्यालय खुल्न नसके पनि डोटीका शहर बजारमा अनलाइन कक्षाबाट धमाधम पढाइ शुरु हुन थालेको छ ।
शहर बजारमा बस्ने विद्यार्थी अनलाइन कक्षाबाट आफ्नो पढाइलाई निरन्तरता दिइरहेका बेला यहाँका अन्य गाउँघरमा भने कुनै पढाइ हुन सकेको छैन ।
ग्रामीण क्षेत्रमा इन्टरनेट सुविधा नभएका कारण गाउँघरका विद्यार्थीको पढाइ हुन नसकेको बडिकेदार गाउँपालिका–१ विपीनगरकी रक्षा कलेलले बताइन्।
उनले भनिन्, ‘गाउँमा फोनले समेत खासै काम गर्दैन, अनलाइन कक्षा पढाउने त झनै कुरै भएन, हाम्रा बालबालिकाको भविष्य अन्धकार भयो ।’
यहाँका गाउँघरमा शहर बजारभन्दा बढी विद्यालय भएको र गाउँमा इन्टरनेट नभएका कारण विद्यार्थीको पढाइ प्रभावित भएको भन्दै अभिभावकमा चिन्ता थपिएको छ ।
लामो समयदेखि दोस्रो लहरका रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सरकारले शैक्षिक संस्था बन्द गरेपछि पठनपाठन नियमित गर्न जिल्ला सदरमुकाम तथा पुरानो क्षेत्रीय सदरमुकाममा रहेका विद्यालयले अनलाइनबाट पठनपाठन सञ्चालन गर्ने गरेका भए पनि गाउँमा रहेका विद्यालयले अहिलेसम्म कुनै पनि वैकल्पिक उपाय अपनाउन सकेका छैनन् ।
कोरोना कहर कायमै रहे विद्यालय नखुलेको खण्डमा यहाँका विद्यार्थी नपढिकनै परीक्षा दिन बाध्य हुने अर्का स्थानीयवासी चक्रबहादुर बोहराले बताए ।
उनले भने, ‘कोरोना कहरका कारण शैक्षिक संस्था खुल्न सकेका छैनन्, विद्यार्थीको पढाइ हुन सकेको छैन, यस्तै चलिरहे विद्यार्थीले नपढेरै परीक्षामा समाले हुन अवस्था आउने छ ।’
गाउँका विद्यालयमा कुनै पनि माध्यमबाट पढाइ नभएपछि यहाँका स्कूले बालबालिका दिउँसोको समय गोरु गोठालो तथा राति सुत्नेभन्दा अरु कुनै विकल्प नरहेको सामुदायिक विकास मञ्च नामक गैरसरकारी संस्थामा कार्यरत यशोदा मल्लले बताइन् ।
उनले भनिन्, ‘गाउँमा न अनलाइन कक्षा शुरु छ, न त विद्यालय खुलेका छन्, बालबालिका त दिनभरि गोरु गोठालो हुनमै व्यस्त छन्, उनीहरुको भविष्य अन्धकार हुँदै गएको छ ।’ यतिमात्र नभई यहाँका शहर बजार नजिकका विद्यालयमा नयाँ शैक्षिक सत्रका पुस्तक पुगे पनि गाउँघरमा पाठ्यपुस्तक पुग्न सकेका छैनन् ।
बर्सातले बाटो अवरुद्ध भएका कारण गाउँघरमा समयमै पुस्तक ढुवानीका लागि समस्या हुँदै आएको अमरपुस्तक भण्डार दिपायल पिपल्लाका सर्वजीत देउवाले बताए ।
उनले भने, ‘शहर बजार क्षेत्रका विद्यालयमा पाठ्यपुस्तक पुर्याइसकेका छौँ, गाउँमा वर्षाले समस्या भएका कारण ढुवानी हुन सकेको छैन, सहज भए चाँडै पुर्याउने छौँ ।’
यहाँका दिपायल, पिपल्ला, राजपुर, सिलगढीलगायतका शहरी क्षेत्रमा वैकल्पिक माध्यम अनलाइनबाट कक्षा ५ देखि ८ सम्मको पढाइ शुरु गरिएको दिल्पेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक दीर्घबहादुर कठायतले जानकारी दिए ।
कोरोनाका कारण नयाँ शैक्षिक सत्र शुरु भए पनि गाउँमा कुनै पनि माध्यमबाट पठनपाठन हुन नसक्दा गाउँघरमा रहेका विद्यार्थीलाई पढाइमा निकै समस्या भएको उनको भनाइ छ ।
शहरी क्षेत्र तथा इन्टरनेटले काम गर्ने क्षेत्रका विद्यालयले यही असार १५ गतेदेखि अनलाइन कक्षाबाट पठनपाठन सञ्चालन गरेका छन् ।
यहाँका बजार क्षेत्रका विद्यालयमा अनलाइनबाट अङ्ग्रेजी, नेपाली, गणित र विज्ञान विषयमा धामधम पठनपाठन भइरहेको बताइएको छ ।
विद्यार्थीको पढाइमा निकै समस्या भएको भन्दै यहाँका गाउँघरमा समेत इन्टरनेटको पहुँच पुर्याउन अभिभावकले माग गरेका छन् । रासस
समाचार
युवालाई उद्यमसँग जोडन सम्मेलन शुरू, करिब चारसय युवा वैज्ञानिक सहभागी
युवालाई अनुसन्धान, उद्यमतासंग जोड्नका लागि राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘विज्ञान…
अर्काे वर्ष ११ इन्चको आईप्याड प्रोमा मिनी एलईडी डिस्प्ले आउने
मिनी एलईडी डिस्प्ले अर्काे वर्ष ११ इन्चको आईप्याड प्रोमा आउने भएको छ । एप्पलले यो वर्ष…
इसेवा मनि ट्रान्सफर र इन्टेल एक्स्प्रेसबीच सम्झौता, युरोपबाट रकम पठाउन अझ सहज
रेमिट्यान्स बजारमा तिब्र गतिमा बजार विस्तार गरिरहको इसेवा मनि ट्रान्सफर र युरोपबाट …
ब्रिटिश अर्बपति रिचार्ड ब्रान्सन आज अन्तरिक्ष यात्रामा जाँदै
ब्रिटीश अर्बपति रिचार्ड ब्रान्सन आज अन्तरिक्ष यात्रामा जाने भएका छन् । ब्रान्सनका कम्पनी …
अनलाइनबाटै मोबाइलको आईएमईआई दर्ता पुनः सुचारू, यसरी गर्नुहोस् दर्ता
अनलाइनबाटै मोबाइलको आईएमईआई नम्बर दर्ता गर्ने सिस्टम चल्न थालेको छ । केही समय अगाड…
फेसबुकले हटायो ५ हजार ३८१ म्यालिसियस अकाउन्ट, ग्रुप र पेज
फेसबुकले ५ हजार ३८१ म्यालिसियस अकाउन्ट, ग्रुप र पेज हटाएको छ । फेसबुकले इन्स्टाग्रा…
३६ करोड पुरस्कार राशीको पब्जी प्रतियोगिता हुँदै, नेपालबाट डीआरएस गेमिङले प्रतिस्पर्धा गर्ने
पब्जी मोबाइल वर्ल्ड डन्भिटेसनल २०२१ आयोजना हुने भएको छ । आगामी जुलाई २२ देखि २५ स…
अनलाइनबाट युरोकप खेलमा सट्टेबाजी खेलाउने ५ जना पक्राउ
हाल भइरहेको युरोकप फुटबल प्रतियोगिता २०२० का खेलमा सट्टेबाजी खेलाउने गरेको अभिय…
भर्चुअल विधिबाटै नमूना संसद सञ्चालन
राष्ट्रिय युवा परिषद्ले प्रविधिको प्रयोग गरेर नै नमूना युवा संसद सञ्चालन गरेको छ । …
कृषि विकास बैंकले ल्यायो अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने सुविधा
कृषि विकास बैंकले अनलाइन डिम्याट खाता सेवा सञ्चालनमा ल्याएको छ । शुक्रबारदेखि बैं…
एआई प्रविधियुक्त सामसङका वासिङ मेसिन नेपालमा
सामसङले पहिलो पटक बहुभाषी प्रयोगकर्ता इन्टरफेसको साथ एआई प्रविधियुक्त वासिङ्ग मेसिन…
क्यान महासंघमा आवद्ध व्यवसायीलाई ज्योति विकास बैंकले बिनाधितो १५ लाखसम्म ऋण दिने
ज्योति विकास बैंक र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बीच देशका विभि…
निजी सवारीसाधनमा इम्बोस्ड नम्बर लिनेको संख्या बढ्दै
टेकुस्थित सवारीसाधन जाँच केन्द्र (भेहिकल फिटनेस सेन्टर) मा चार पाङ्ग्रे निजी सवारीस…
‘प्रिन्ट नाइटमेयर’ बग समाधान गर्ने अपडेटले विन्डोजमा ल्यायो प्रिन्टर नचल्ने समस्या
विन्डोजले ‘प्रिन्ट नाईटमेयर’ बग ठिक गर्न ल्याएको अपडेटले केही प्रयोगकर्ताको प्रिन्टर च…
गूगल क्यालेण्डरमा सार्वजनिक भयो आरएसभिपी फिचर
गूगल क्यालेण्डरको इन्भाइटले अब प्रयोगकर्ताहरुले भर्चुअल माध्यबाटै कार्यक्रमहरुमा सहभाग…