कीवर्डहरू -

समाचार

हल्ट प्राइज आईओईको सेमिफाइनल सम्पन्न, १८ टिम फाइनलमा प्रवेश

हल्ट प्राइज एट आईओईले सेमिफाइनल सम्पन्न गरेको छ । बज्र टेक्नोलोजिज, भर्टेक्स नेपाल, इम्प्याक्ट नेपाल र दराजसँगको सहकार्यमा माघ २२ गते शनिबार सफलतापूर्वक सेमिफाइनल सम्पन्न भएको हो ।

मिडिया कभरेज प्रबन्धक सुनीतिले सेमिफाइनलमा पुगेका ४७ टोली, निर्णायक प्यानल, अतिथि र रोमाञ्चक दिनको प्रतीक्षामा उपस्थित सबैलाई सम्बोधन गर्दै मैदानमा कडा प्रतिस्पर्धाको बाबजुद सेमिफाइनलसम्म पुग्न सफल भएकोमा सहभागीहरुलाई बधाई दिएकी दिइन् ।

क्याम्पस निर्देशक विशाल बस्यालले दर्शक, निर्णायक मण्डल, सहभागी र अतिथिहरूलाई सम्बोधन गर्दै न्यानो स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रमका  मुख्य वक्ता बजरा टेक्नोलोजीका प्रतिनिधि र हार्डवेयर सोलुसनका वरिष्ठ निर्देशक निशेष तिवारीले ‘ड्रिमिङ बिग’ मा जोड दिदै बज्र टेक्नोलोजीजको यात्रा पनि एउटा सपनाबाट शुरू भएको बताए ।

सपना देखेपछि त्यसलाई वास्तविकतामा साकार पार्न अठोट लिनुपर्ने उनको भनाइ छ । कार्यक्रमको मुख्य आकर्षण पिचिङ पनि थियो । प्रत्येक टिमले ३ मिनेटमा आफ्नो पिच र २ मिनेट निर्णायकहरुको प्रश्नहरुको उत्तर दिएका थिए ।

पिचिङ ३ स्लटमा सम्पन्न भएको थियो, जहाँ प्रत्येक स्लटमा फरक निर्णाय थिए । निकै अन्तरक्रियात्मक रहेको सेमिफाइनलमा दर्शकहरुबाट पनि विध्यमान समस्या र परियोजनाको समायोजनबारे जिज्ञासा हरु आएका थिए । पिचिङ स्लटहरूको बीचमा अभिस्कर केसीले सांगीतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा सौनक भट्टले मानिसको मानसिकता, व्यवहार, भावनात्मक ढाँचा, दृष्टिकोण र आत्म-जागरूकताको साथ विश्वास प्रणालीहरू बढाएर जीवनको विकास गर्न मद्दत गरिरहेको र सबैले गर्नुपर्ने बताए ।

त्यस्तै प्रोजेक्ट म्यानेजर आकृति शर्माले १३ वर्षको उमेरमा थ्रीडी प्रिन्टर आविष्कार गरेको अनुभव र परियोजनाको विषयमा कुराकानी गरेकी थिइन् ।

सहभागीहरुलाई सामाजिक उद्यमशीलताको अवधारणाबारे प्रष्ट पार्दै उनले विश्वव्यापी रुपमा सोच्न र स्थानीय रुपमा समाधान गर्न प्रोत्साहित गरिन ।

कार्यक्रममा पूर्व मिस नेपाल तथा सफल मार्केटिङ उद्यमी इभाना मानन्धरले मार्केटिङ र ब्रान्डिङका कुरा विस्तृत रूपमा बताएकी थिइन् ।

अतिथि वक्ता रेन्डम नेपाली युट्युब च्यानलका राष्ट्रविमोचन तिम्लसिनाले स्रोताको जिज्ञासालाई सम्बोधन गर्दै नेपालमा क्रिप्टोकरेन्सीको वैधानिकताबारे आफ्नो धारणा व्यक्त गरे र यसलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउनुको साटो नयाँ क्षितिज तथा प्रविधिमा आउने चुनौतीलाई आत्मसात गर्नुपर्ने धारणा राखेका थिए ।

सेमिफाइनलबाट १८ टिम फाइनलका लागि प्रवेश गरेका छन् । फाइनलका लागि ५० टिमबीच प्रतिस्पर्धा भएको थियो । ५० टिमको पिचिङ सुनेपछि निर्णायकले फाइनलका लागि १८ टिम घोषणा गरेका थिए ।

फाइनलमा मशुर, एग्रिपथ, ल्यान्स, परिवर्तन, फोनिक्स, मिम, सारथी, एभालेन्च, एफोर, हस्लर्स, स्टिचेच, एलिजेन, स्टिचेच, कापाय, पेमुला, क्वेस्ट, अर्थो, मेजरमेन्ट एआई र पिच बलाइन्सर्स प्रवेश गरेका छन् ।

सेमिफाइनलमा एमआईटीका अनुसन्धानकर्ता तथा उद्यमी पियुष वर्मा, मोहम्मद जिया उद्दिन, श्रीलंका क्लस्टरमा आपूर्ति प्रमुख तुषार जाधव, मनस्तु स्पेसका सहसंस्थापक  क्रिस्टिन गोल्ड, थट फर फूडकी संस्थापक र सीईओ आयुष बत्ती, सोलूसन डेलिबरीका निर्देशक अशोक कोइराला, बज्र टेक्नोलोजीका फुल स्ट्याक विकासकर्ता निशेष तिवारी, हार्डवेयर सोलूसनस्का वरिष्ठ निर्देशक र भारतका मुख्य रणनीति योजनाकार, ईन्जीनियर आदित्य राज निर्णायकमा रहेका थिए ।

समाचार

सरस्वती पूजाको अवसरमा आईटी कोर्षमा ४० प्रतिशत छुट दिदै ब्रोडवे इन्फोसिस

ब्रोडेवे इन्फोसिसले सरस्वती पूजाको अवसरमा आफ्ना आईटी कोर्षमा ४० प्रतिशत छुट दिने भए…

के तपाईको क्लासिक टेकको इन्टरनेटमा रिचार्ज सकियो ? अब सात दिनसम्म यसरी लिनुहोस् सापटी सुविधा

क्लासिक टेकका ग्राहकहरूले अब सातदिन सम्म सापटी सेवा पाउने भएका छन् । क्लासिक टेकको…

नमस्ते पेबाट टेलिकमको हरेक रिचार्जमा १० प्रतिशत क्यासब्याक, हरेक हप्ता एक जनालाई स्मार्टवाच

डिजिटल वालेट नमस्ते पेबाट नेपाल टेलिकमको रिचार्ज गर्दा १० प्रतिशत क्यासब्याक पाइने …

विद्यार्थीको सिकाइमा प्रयोग हुने स्याटेलाइटको नमुना ‘सस्तो क्युब’ आउँदै, कति पर्छ मूल्य ?

विद्यार्थीको सिकाइमा प्रयोग हुने स्याटेलाईटको नमुना ‘सस्तो क्युब’ आउने भएको छ । राष्…

आज टेलिकमको भीओएलटीई कल निःशुल्क

नेपाल टेलिकमले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा शनिबार अर्थात आज निःशुल्क भीओएलटी…

काठमाडौंको प्रवर्द्धन गर्ने इन्नोभेटिभ आईडिया माग, उत्कृष्ट १० आईडियालाई ५ लाख बीउपुँजी 

काठमाडौं महानगरपालिकाले युवा उद्मयमीहरूबाट काठमाडौंको प्रवर्द्धनका लागि इन्नोभेटिभ…

लक्ष्मी बैंकको क्राउडसोर्सिङ प्रतियोगिता, विजेतालाई बैंकको ब्राण्ड फिल्म बनाउन २० लाख

लक्ष्मी विकास बैंकले आउँदो २० औं वार्षिकोत्सवमा बैंकको ब्राण्ड फिल्म निर्माणका लागि न…

मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई होटेल ड्यानडलियनमा विशेष छुट

मुक्तिनाथ विकास बैंकले पोखरामा रहेको होटेल ड्रयानडलियनसँग व्यावसायिक सम्झौतामा हस्…

हल्ट प्राइज एसएमसीको पहिलो सेसन सम्पन्न

हल्ट प्राइज सरस्वती बहुमुखी कलेज (एसएससी) ले आफ्नो पहिलो इन्फर्मेसन सेसन सफलतापूर्वक…

शनिबार टेलिकमको भीओएलटीई कल निःशुल्क 

नेपाल टेलिकमले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा शनिबार दिनभर निःशुल्क भीओएलटीई क…

सीजी नेटको नयाँ अफर, अब १५ दिन निःशुल्क ट्राई गरेपछि मात्रै इन्टरनेट खरिद गर्न सकिने 

इन्टरनेट सेवा प्रदायक कम्पनी सीजी नेटले ‘१५ डेज फ्री ट्रायल’ नामक नयाँ अफर ल्याएको …

अनलाइन नेटवर्किङ व्यवसायमा नलाग्नुस्, कोही लागेको भए सूचना दिनुस्ः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले अनलाइन नेटवर्किङ व्यवसायमा नलाग्न आग्रह गरेका छन् । बिहिबार…

दराजको ‘सेलिब्रेट लभ’ अभियान, निःशुल्क सिपिङसँगै ६० प्रतिशतसम्म छुट

दराजले २०२२ को पहिलो अभियान ‘सेलिब्रेट लभ’ घोषणा गरेको छ । यो अभियान २१ माघ (फ…

जोरपाटीमा डिशहोम फाइबरनेटको सह-वितरण सोरुम

इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोम फाईबरनेटले काठमाण्डौंको जोरपाटीमा पनि सह-वितर…

जिमेलमा वर्कस्पेस प्रयोगकर्ताका लागि नयाँ इन्टीग्रेटेड भ्यू फिचर सार्वजनिक हुँदै

फेब्रुअरी ८ देखि जिमेलमा वर्कस्पेस प्रयोगकर्ताहरुका लागि नयाँ इन्टीग्रेटेड भ्यू फिचर …