समाचार
डिजिटल नेपाल बारे आफ्नो परिकल्पना पठाउने भोली अन्तिम दिन, यसरी पठाउनुहोस् परिकल्पना
डिजिटल नेपाल बारे आफ्नो परिकल्पना पठाउने भोली अन्तिम दिन रहेको छ । माइ सेकेण्ड टिचरसँगको सहकार्यमा लिभिङ विथ आइसिटीले आयोजना गरेको मेरो डिजिटल नेपाल, मेरो परिकल्पना विषयमा आफ्नो परिकल्पना पठाउने भोली अर्थात असार ३१ गतेराति १२ बजे सम्म पठाउन सकिने छ ।
मेरो डिजिटल नेपाल, मेरो परिकल्पना प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थी वा १९ वर्ष पुरा नभएका व्यक्तिले सहभागी हुन सक्ने छन् ।
विद्यार्थीहरुले डिजिटल नेपालको बारेमा निवन्ध, कविता, लेख, चित्र, वक्तृत्व, भिडियो एनिमेशन पठाउन सक्नेछन । उत्कृष्ट ७ ले २५ हजारदेखि १ लाख रूपैयाँसम्मको पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस प्रतियोगितामा नेपाल सरकारले सन् २०१९ मा जारी गरेको डिजिटल नेपाल फ्रेमवर्कमा आधारित रहेर डिजिटल नेपालको कल्पना पठाउन सकिने छ ।
इच्छुक विद्यार्थीले यहाँ क्लिक गरी आफ्नो निवन्ध, कविता, लेख, चित्र, वक्तृत्व, भिडियो एनिमेशन पठाउन सक्नेछन ।
यस कार्यक्रममा माई सेकेण्ड टिचरको मुख्य प्रायोजको रूपमा रहेको छ भने एनआइसी एसिया र्बैंक बैकिङ पार्टनर, प्रभु पे पेमेन्ट पार्टनर, एसीसीए नलेज पार्टनर र फ्युज मेशिन्स प्रविधि पार्टनरको रूपमा रहेका छन ।
त्यस्तै नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, क्यान महासंघ, प्याब्सन आदिको सहयोग रहेको छ । उत्कृष्ट विद्यार्थीहरुको रचना तथा सोच आइसिटी समाचार डटकममा समेत प्रकाशित हुनेछ ।
यो पनि पढ्नुहोस्: डिजिटल नेपालको परिकल्पना गरेर १ लाख रकम जित्ने अवसर ! कसरी हुने सहभागी ?
समाचार
विद्यार्थीको सिकाइ सहज बनाउन टोखा नगरपालिकाद्वारा निःशुल्क इन्टरनेट प्रदान
टोखा नगरपालिकाले विद्यार्थीको सिकाइ सहज बनाउन निःशुल्क इन्टरनेट सेवा प्रदान गरेको …
इन्स्टाग्राममा अब नयाँ सुविधा, जसले गर्नेछ अकाउन्ट सुरक्षित राख्न मद्दत
इन्स्टाग्रामले सेक्युरिटी चेकअप नामक नयाँ फिचर ल्याएको छ । यसले ह्याक भएपछि पनि इन्…
कलर ओएसका प्रयोगकर्ताले अब अमेजन क्लाउडमा स्टोरेज सुविधा पाउने
ओपोले आफ्नो कलर ओएस सञ्चालन प्रणालीको प्रयोग गर्ने अन्तर्राष्ट्रिय प्रयोगकर्तालाई पावर ई…
डिशहोमको ‘खुशीको कनेक्सन’ अभियान अन्तर्गत भिडियो सार्वजनिक (भिडियोसहित)
डिशहोमले आफ्नो ‘खुशीको कनेक्सन’ अभियान अन्तर्गत भिडियो सार्वजनिक गरेको छ । डिशहोम …
अनलाइनबाटै यसरी दिनुहोस् ग्लोकल टिन हिरोमा आवेदन
सातौं संस्करणको वाई वाई ग्लोकल टिन हिरोका लागि केही दिनअघि आवेदन खुल्ला भएको थिय…
अब विश्वका सय देशमा युट्युब शर्ट्स उपलब्ध
युट्युब शर्ट्स विश्वका सय देशमा उपलब्ध भएको छ । गत वर्ष भारतमा र सन् २०२१ मा अमेरिका…
साओमीले सार्वजनिक गर्यो ६७ वाटको फास्ट चार्जर, सबै खालका डिभाइसमा प्रयोग गर्न सकिने
साओमीले भारतमा ६७ वाटको सोनिक चार्ज ३.० फास्ट चार्जर सार्वजनिक गरेको छ । सबैखाले …
क्लाउड साइबर सुरक्षा कम्पनी रिस्क आईक्यू खरिद गर्दै माइक्रोसफ्ट
माइक्रोसफ्टले रिस्क आईक्यू नामक क्लाउड साइबर सुरक्षा कम्पनी किन्ने भएको छ । यो कम्पनील…
गूगलले फाइल र फोटोहरु सिंक गर्न सार्वजनिक गर्यो नयाँ ड्राइभ डेक्स्टप एप
गूगलले फाइल र फोटोहरु सिंक गर्न नयाँ ड्राइभ डेक्स्टप एप सार्वजनिक गरेको छ । यसले ड्…
आईफोनमा उपलब्ध भयो नागरिक एपको नयाँ अपडेट, आफ्नो सवारीसाधन र करको जानकारी हेर्न सकिने
आईओएसका लागि नागरिक एपले नयाँ अपडेट सार्वजनिक गरेको छ । नागरिक एपको पछिल्लो आईओ…
नेपाल बंगलादेश बैंकले वितरण गर्यो किसान कृषि लोन कार्ड
नेपाल बंगलादेश बैंकले मकवानपुर जिल्लाको मकवानपुरगढी गाँउपालिकामा किसान कृषि लो…
३७ औं वार्षिकोत्सवको अवसरमा नबिल बैंकले वीर अस्पताललाई हस्तान्तरण गर्यो अक्सिजन प्लान्ट
नबिल बैंक लिमिटेडले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लागि अत्याधुनिक…
सामसङले वेबमा सार्वजनिक गर्यो टिभी प्लस स्ट्रिमिङ सेवा
सामसङले वेबमा टिभी प्लस स्ट्रिमिङ सेवा सार्वजनिक गरेको छ । यो लाइभ र लिनियर प्रोग्र…
नयाँ प्रो ईयरबड सार्वजनिक गर्दै वानप्लस
वानप्लसले नयाँ प्रो इयरबडमा काम गरिरहेको छ । यो हेडफोन सस्तो नै हुने अनुमान गरिए…
नबिल बैंकको ३७ औं वार्षिकोत्सवको अवसरमा कार्ड, स्मार्ट बैंक तथा लकरमा छुट
नबिल बैंकले ३७ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको लागि कार्ड, स्मार्टबैंक लगायत ल…