कीवर्डहरू -

समाचार

भ्वाइस फ्री र डेटा आधा सस्तो हुने घोषणा गरेको सीजी टेलिकमलाई युनिफाइड लाइसेन्स दिने तयारी

सरकारले चौधरी ग्रुप अन्तर्गतको सीजी टेलिकमलाई मोबाइल सेवाको अनुमति पत्र (युनिफाइड लाइसेन्स) दिने गरी तयारी गरेको छ ।

त्यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०७४ साल जेठ १५ गते भएको मन्त्रिपरिषदको निर्णयलाई राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको हो ।

२०७४ साल जेठ १५ गते तत्कालिन प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)को पालामा सीजी टेलिकमलाई आधारभूत टेलिफोन सेवाको लाइसेन्स दिने निर्णय भएको थियो । तर उक्त निर्णय राजपत्रमा प्रकाशित नहुँदा सीजी टेलिकमले लाइसेन्स पाउन सकेको थिएन् ।

अहिलेको सरकारले सोही निर्णय राजपत्रमा प्रकाशित गर्ने गरी गृहकार्य अघि बढाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही दिन अगाडि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउँदै कस्ता कस्ता विषय  राखेर राजपत्रमा प्रकाशित गर्ने भनेर राय मागेको छ ।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले पत्र प्राप्त भएको र अहिले अध्ययनकै क्रममा रहेको बताए । सरकारले अब नयाँ राजपत्र प्रकाशित गरेमा २०६९ जेठ १ गते सरकारले प्रकाशित गरेको ‘दूरसञ्चार सेवा प्रदान गर्न अनुमतिपत्र प्रदान गर्ने, नवीकरण दस्तुर, आवश्यक योग्यता र शर्तहरूबारेको नेपाल राजपत्र’का व्यवस्थाहरु संशोधन हुनेछन् ।

सीजी टेलिकमले लाइसेन्स पाए भ्वाइस, एसएमएस निःशुल्क हुने र डेटाको मूल्य अहिलेको भन्दा आधा सस्तो हुने यसअघि घोषणा गरिसकेको छ ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी नेपाली कांग्रेसका सांसद हुन् । यसपटक नेपाली कांग्रेसको सरकार रहेका कारण सीजी टेलिकमले मोबाइल सेवाको लाइसेन्स पाउने सम्भावना बढेको छ ।


समाचार

यी देशबाट पाइन्छ नेपालीलाई विदेशमै ई-पासपोर्ट

विदेशमा रहेका नेपालीले अब आफू रहेकै मुलुकबाट विद्युतीय राहदानी प्राप्त गर्न सक्ने …

ब्रिटिस कलेजमा ‘हल्ट पुरस्कार’ कार्यक्रम आयोजना हुँदै

ब्रिटिस कलेजमा यस वर्ष पनि हल्ट पुरस्कार कार्यक्रम आयोजना हुने भएको छ । २०२०/२१ मा …

डिजिटल टिकटको पीडीएफ देखाएर विमानस्थलबाट यात्रा गर्न सकिने, पीएनआर कोडले मात्र प्रवेश नपाइने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान गर्दा पूर्ण विवरणसहितको डिजिटल कपी …

मासिक १७७० रूपैयाँमा सुबिसुले ल्यायो ६५० एमबीपीएस गतीको इन्टरनेट

इन्टरनेट सेवा सुबिसु केबल नेटले सेवाग्राहीको निम्ति ‘सुपर रफ्तार’ अफर ल्याएको छ । …

नागरिक एपमा उपलब्ध भएको ड्राइभिङ लाइसेन्स सेवा प्राविधिक कारणले बन्द, छिट्टै उपलब्ध हुने

नागरिक एपमा उपलब्ध भएको ड्राइभिङ लाइसेन्स सेवा हाललाई बन्द गरिएको छ । प्राविधिक र …

त्रिभुवन विमानस्थलबाट यात्रा गर्दा अब पूर्ण विवरणसहितको टिकट देखाउनु पर्ने

अब त्रिभुवन विमानस्थलमा यात्रा गर्दा पूर्ण विवरणसहितको टिकट चाहिने भएको छ । यसअघि …

आइएमई पे र एभरेष्ट बैंकबीच सम्झौता

आइएमई पे र एभरेष्ट बैंक बीच बैंक लिङ्क गर्न मिल्ने सम्झौता भएको छ । डिजिटल सहजताको…

वर्ल्डलिंकको सहकार्यमा ३७ बाल आश्रममा निःशुल्क इन्टरनेट सेवा दिदै नेपाल इन्टरनेट फाउन्डेसन

नेपाल इन्टरनेट फाउन्डेसनले वर्ल्डलिंकसँगको सहकार्यमा ३७ वटा बाल आश्रममा निःशुल्क इन्ट…

क्रिप्टो र हाईपर फण्डको कारोबार गरे कारवाही गर्ने सीआईबीको चेतावनी, संलग्नको सूचना दिन आग्रह

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो…

राष्ट्रिय परिचयपत्र बारे जान्नै पर्ने १५ कुरा 

नेपालमा २०७५ साल मंसिर ३ गतेबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न शुरू गरिएको थियो ।…

फ्री फायर, अलिबाबा लगायत ५२ चिनियाँ एपमा भारतको प्रतिबन्ध

भारतले ५४ ओटा चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको छ । भारतले राष्ट्रिय सुरक्षामा समस्य…

सिन्धुपाल्चोकमा ई–पासपोर्ट वितरण सुरु

जिल्लामा ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण थालिएको छ । जिल्ला प्रशासन कार्यालय स…

एप्पल वर्ल्डमा ‘भ्यालेन्टाइन डे’ अफर, नयाँसँग पुरानो मोबाइल साट्न पाइने

एप्पल वर्ल्ड मोबाइलले ‘भ्यालेन्टाइन डे’ अवसरमा नयाँ तथा पुराना मोबाइल ‘एक्सचेञ्ज अफर…

अक्सिजन ओएस १३ सार्वजनिक गर्दै वानप्लस

वानप्लसले अक्सीजन ओएस १३ सार्वजनिक गर्ने भएको छ । यो एन्ड्रोइड १३ मै आधारित हुनेछ ।…

अब खल्तीबाटै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको बिल तिर्न सकिने

काठमाडौँ बासीले लामो समय देखि प्रतिक्षा गरिरहेको ‘काठमाडौँ उपत्यका खानेपानी लिमि…