काठमाडौं । सामसङ नेपालले दसैं–तिहारको अवसरमा ‘स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा’ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत सामसङका टीभी, रेफ्रिजेरेटर, वासिङ मेसिन र एसी खरिद गर्ने ग्राहकले दैनिक तथा साप्ताहिक लक्की ड्रमा सहभागी हुन सक्नेछन् ।
अफर ४ असोज (२० सेप्टेम्बर) देखि ३० कात्तिक (१६ नोभेम्बर) सम्म सञ्चालन हुनेछ । दैनिक ३१ जना विजेता छनोट हुनेछन् । उनीहरूले ९ केजी फ्रन्ट लोड वासिङ मेसिन वा ५५ इन्च यूएचडी टीभीमध्ये एक उपहार पाउनेछन् । यस्तै, साप्ताहिक ८ जना विजेताले १ टनको एसी जित्ने मौका पाउनेछन् ।
लक्की ड्रमा सहभागी हुन ग्राहकले सामानमा रहेको १४ अंकको सिरियल नम्बर प्रयोग गरी ‘सामसङ सिरियल नम्बर’ लेखेर ३७२७३ मा एसएमएस पठाउनुपर्नेछ । विजेताको घोषणा हरेक बुधबार इमेज च्यानलको ‘म्युजिक अफ योर च्वाइस’ कार्यक्रममा गरिने सामसङले जनाएको छ ।
‘अफरअन्तर्गत छनोट गरिएका टीभीमा अधिकतम २६ प्रतिशत, रेफ्रिजेरेटरमा २१ प्रतिशत र वासिङ मेसिनमा १८ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ, ‘रेफ्रिजेरेटर र वासिङ मेसिनमा क्रमश: ५ हजार र ३ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस पनि पाइनेछ ।’ छनोट गरिएका टीभीमा निःशुल्क साउन्डबार तथा वासिङ मेसिनमा ६ केजी सर्फ एक्सेल म्याटिक डिटर्जेन्टसमेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।
ग्राहकले हुलास फिनसर्भ हायर पर्चेजमार्फत सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवाबाट १२ वा २४ महिनाको ईएमआई योजनामा उपकरण खरिद गर्न सक्नेछन् । पुराना उपकरण अकोस्टोर वा अधिकृत सामसङ रिटेल स्टोरमार्फत एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ।
आईसीटी समाचार