कीवर्डहरू -

समाचार

रिया मनी ट्रान्सफरबाट अब इसेवा वालेटमा रेमिट्यान्स पठाउन सकिने

विश्वकै अग्रणी रेमिट्यान्स सेवा प्रदायक तथा युरोनेट वर्ल्डवाइड इंकको सब्सिडायरी कम्पनी रिया मनी ट्रान्सफर र एफवानसफ्टको भगिनी कम्पनी इसेवा मनी ट्रान्स्फरबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

यो सम्झौतासँगै नेपालीहरूले रियाको संजालमा रहेका विश्वका १ सय ६० देशका ४ लाख ७५ हजार भन्दा धेरै स्थानहरूबाट सहजै इसेवा वालेटमा रेमिट्यान्स पठाउन सक्नेछन् ।

यो सम्झौताले रिया मनी ट्रान्स्फरले विश्वभर रेमिट्यान्सको डिजिटल भुक्तानीका लागि गरिरहेको प्रयासलाई थप सहयोग पुर्याएको छ र डिजिटल रेमिटेन्स सेवाको बढ्दो महत्वलाई अझ बढि मान्यता दिएको छ ।

यसले ‘डिजिटल भुक्तानी इकोसिस्टम’ तिब्र रूपमा निर्माण भएका नेपालजस्ता देशहरुमा रेमिट्यान्सको क्षेत्रमा ठुलो सहयोग पुग्ने विश्वास गरिएको छ । रियासँग अब नेपालको पहिलो र अग्रणी डिजिटल वालेट सेवा प्रदायक इसेवाका ४२ लाख बढि ग्राहकसम्म पहुँच हुनेछ ।

रिया मनि ट्रान्स्फरका ग्लोबल सिईओ शौन फिल्डरले नेपालमा इसेवा मनी ट्रान्स्फरसँग साझेदारी गर्न पाउँदानिकै उत्साहित भएको बताए ।

‘हाम्रो सहकार्यले यस क्षेत्रमा नयाँ अवसरहरु ल्याउनेछ र सुलभ, सुविधाजनक र किफायति रेमिट्यान्स् सेवा मार्फत प्रवासी समुदायलाई सहयोग गर्ने हाम्रो प्रतिवद्धतालाई जारी राख्न सहयोग पुर्याउनेछ’ उनले भने ।

एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले अन्तरदेशीय रेमिट्यान्समा विश्वको अग्रणी कम्पनीरियासँग साझेदारी गर्नु २००९ देखि नेपालमा दिगो डिजिटल भुक्तानी इकोसिस्टम निर्माण गर्ने हाम्रो यात्राको महत्वपूर्ण कोसेढुङ्गा रहेको बताए ।

उनले अगाडि भने ‘हामी वैकल्पीक भुक्तानी सेवाहरू प्रदान गर्ने र वित्तीय सेवामा अधिक पहुँच पुर्याउने मात्र होइन विश्वभरी रहेका नेपालीहरूका लागि पैसा पठाउँदा लागत घटाउने दिशामा काम गर्न उत्साहका साथ लाग्नेछौँ ।’

इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्राउँदै आएको छ ।

इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दशलाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमाआधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्तबनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

समाचार

अध्यागमन विभागले शुरू गर्‍यो डिजिटल भिसा प्रणाली

अध्यागमन विभागले विदेशी नागरिकलाई डिजिटल भिसा दिन थालेको छ । हस्तलिखित भिसा प्रत…

नबिल बैंकले स्थापना गर्‍यो ‘नबिल दिगो बैंकिङ’

नबिल बैंकले नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरेको छ । बैंकले मंगलबार एक भर्चअल…

विन्डोज ११ को प्रिभ्यूले ब्याट्री जोगाउन रिफ्रेस दर परिवर्तन गर्ने

विन्डोज ११ को प्रिभ्यूले ब्याट्री जोगाउन रिफ्रेस दरलाई परिवर्तन गर्ने भएको छ । रिफ्रेस…

स्मार्टले ८ जीबी डेटासहितको निःशुल्क सीम दिने, यसरी गर्नुहोस् अनलाइन अर्डर

मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले निःशुल्क सीम दिने भएको छ । ८ जीबी डेटा…

साउनबाट सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी

सरकारले आगामी साउनदेखि  सरकारी तथा निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य …

चीनले शेयर गर्‍यो मङ्गल ग्रहको रोभरले खिचेको भिडियो र अडियो (भिडियो)

चीनले मङ्गल ग्रहको रोभरले खिचेको भिडियो र अडियो सेयर गरेको छ । चीनको रोभर जुरोङ…

पठाओ फुडबाट अर्डर गर्दा ३० प्रतिशतसम्म छूट पाइने

पठाओ फुडबाट अर्डर गर्दा ३० प्रतिशतसम्म छूट पाइने भएको छ । ‘डेलिभरी ह्यापिनेस एट यो…

टेलिग्राममा अब ग्रुप भिडियो कल पनि गर्न सकिने

टेलिग्रामले ग्रुप भिडियो कलको फिचर सार्वजनिक गरेको छ । टेलिग्रामको पछिल्लो आईओएस, …

एनआईसी एशिया बैंकको एटीएम मेसिन फोड्दा फोड्दै एक युवक पक्राउ

बुढीगंगा गाउँपालिका-३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटिएम ‘फोड्दा फोड्दै’ एक…

भोलिबाट सातै दिन मोबाइल तथा कम्प्युटर पसल खुल्ने

भोलिबाट सातै दिन मोबाइल तथा कम्प्युटर पसल खुल्ने भएका छन् । आज बसेको काठमाडौं उपत्…

प्रभु बैंकका ग्राहकले आफ्नो बैंक खाता अब कनेक्ट आईपीएसमा सेल्फ भेरिफाई गर्न सक्ने

प्रभु बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै स…

टोकियो समर ओलम्पिक प्रवर्द्धन गर्न दराज र नेपाल ओलम्पिक कमिटीको साझेदारी

अनलाइन सपिङ बजार दराजले नेपाल ओलम्पिक कमिटी (एनओसी)सँग ‘टोकियो २०२० समर ओलम्पिक…

सिआरआईएसपिआर जिन एडिटीङले थुप्रै उपचार नभएको रोगहरु ठिक गर्न सक्ने

सिआरआईएसपिआर जिन एडिटीङले थुप्रै रोगहरुलाई ठिक गर्न सक्ने भएको छ । जसको कारणले प…

अनलाइनबाटै नबिल इन्भेष्टमेन्टमा निःशुल्क डिम्याट खाता खोल्न सकिने

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले चालु आर्थिक वर्षको आषाढ मसान्तसम्मको लागि निःशुल्…

स्पेसएक्सले जुलाईमा पहिलो अर्बिटल स्टारसीप परीक्षण उडान गर्ने

स्पेसएक्सले जुलाईमा पहिलो अर्बिटल स्टारसीप परिक्षण उडान गर्ने योजना राखेको छ । आउँद…