समाचार
एफवान सफ्टका केही रोचक तथ्य
नेपालको वित्तीय सेवामा प्रविधि मार्फत सहजीकरण गर्ने पायोनियर कम्पनी हो ‘एफवानसफ्ट’ । परम्परागत कारोबारलाइ आधुनिक प्रविधिसंग जोड्ने श्रेय यसै कम्पनिलाइ जान्छ ।
आज हामी एफवान सफ्ट इन्टरनेसलका केही रोचक तथ्य बारे जानकारी दिदैछौं ।
- सन् २००४ मा वेब डेभलपमेन्ट, वेब होस्टिङ गर्ने कामबाट स्थापना भएको एफवान सफ्ट इन्टरनेसल आज एउटा ग्रुपमा परिणत भएको छ ।
- नेपालमा विभिन्न अवसरहरू खोज्ने क्रममा सन् २००६ बाट वित्तिय क्षेत्रमा काम गर्ने योजना अनुरूप कम्पनी वित्तिय क्षेत्रमा केन्द्रीत भएको थियो ।
- एसएमएस बैंकिङबाट फिनटेक क्षेत्रमा हात हालेको कम्पनीले वित्तीय क्षेत्रलाई आवश्यक पर्ने ईन्टरनेट बैंकिङ, मोबाईल बैंकिङ, भाइबर बैंकिङ, फोनलोन जस्ता निकै रूचाइएका प्रविधि निर्माण गरेको छ । यस्तै एफवान सफ्टले इसेवा र फोनपे जस्ता मोबाईल मार्फत हुने भुक्तानीको विकास गरेको छ । फिनटेक क्षेत्रको ‘पायोनियर’ हो एफवान सफ्ट ।
- एफवान सफ्टले सिरान टेक्नोलोजी, दर्शन टेक, लोजिका बिन्स, एक्सटेन्सो डेटा, कोजेन्ट हेल्थ स्वस्तिक कलेज, फिट इन्टरनेसनल लगायत एक दर्जन कम्पनीमा लगानी गरिसकेको छ ।
- पछिल्लो समय धेरै लोकप्रिय भएको कम्पनीको प्रविधि हो फोनपे । डिजिटल पेमेन्ट नेटवर्कमा काम गर्ने उद्देश्यले फोनपे एफवान सफ्टको सहायक कम्पनीको रूपमा दर्ता भएको छ । राष्ट्र बैंकबाट भुक्तानी सेवा सञ्चालकको अनुमति पाएको संस्था समेत फोनपे हो ।
- फोनपेका एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता छन् । फोनपेको क्युआर कोडबाट मात्रै दैनिक ३० करोड भन्दा माथिको कारोबार हुँदै आएको छ ।
- एफवान सफ्ट ग्ररुपले वार्षिक अर्बौँको कारोबार गर्दै आएको छ । कम्पनीका एक दर्जन बढी कम्पनीबाट वार्षिक अर्बौँमा कारोबार हुन्छ । एफवान सफ्टले वार्षिक ५० देखि ६० करोडको सफ्टवेयर विक्री गर्दै आएको छ ।
- डिजिटल नेपाललाई फिनटेकको रुपमा एफवान सफ्टले सहयोग गर्दै आएको छ ।
- विगत १८ वर्षदेखि नेपाली आईटी उद्योगमा दिनरात खटिएको कम्पनी हो एफवान सफ्ट । विशेष गरी फिनटेक क्षेत्रमा कम्पनी केन्द्रित छ र त्यसैअनुसार सहायक कम्पनी स्थापना गरिरहेको छ ।
-
एफवान सफ्ट ग्रुपले रोजगारी पनि १ हजार बढीलाई दिएको छ ।
समाचार
विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा रोबोटिक प्रविधिबाट शल्यक्रिया
नेपालमै पहिलो पटक रोबोटिक आर्म प्रविधिबाट विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बु…
वैशाखदेखि पूर्ण रूपमा सञ्चालनमा आउँदै एमडीएमएस, आईएमईआई नम्बर दर्ता नभएका मोबाइल नचल्ने
नेपाल दूरसञ्चार प्राधिकरणले वैशाखदेखि पूर्ण रूपमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम…
हाम्रो पात्रोको फेलोशीप प्रोग्राम मार्च १५ देखि आयोजना हुने, यी विद्यार्थी छनौटमा पर्न सफल
हाम्रो पात्रोले आफ्नो फेलोशीप प्रोग्रामका लागि मागेको विद्यार्थीहरुको सूची सार्वजनिक …
३० रुपैयाँ प्रतिदिनमा डिशहोमको १०० एमबिपिएसको इन्टरनेट
डिशहोम फाइबरनेटले १०० एमबिपिएसको इन्टरनेट करिब ३० रुपैयाँ प्रतिदिनमै उपलब्ध गराइ…
हल्ट प्राइज एसएमसीको मिनी एक्सीलेरेटर बिजनेश क्यानभास मोडेल सेसन सम्पन्न
हल्ट प्राइज सरस्वती बहुमुखी कलेज (एसएमसी) ले आयोजना गरेको मिनी एक्सीलेरेटर बिजनेश…
मोबाइल चोरी गर्ने २ जना पक्राउ
काठमाडौं महानगरपालिका-४ विशालनगरस्थित सुरज ईलोक्ट्रिनिक्स मोबाइल पसल पछाडीको झ्याल…
नमस्ते पेमा अब डेबिट तथा क्रेडिट कार्डबाटै पैसा लोड गर्न सकिने
अब डेबिट तथा क्रेडिट कार्डबाट मोबाइल वालेट नमस्ते पेमा पैसा राख्न सकिने भएको छ । …
हल्ट प्राइज एट ब्रिटिस कलेजले प्रायोजकहरुसँग गर्यो सम्झौता
हल्ट इन्टरनेशनल बिजनेस स्कूल र संयुक्त राष्ट्र संघको संयुक्त पहल हो जुन २०१६ देखि ने…
माई पे वालेट प्रयोग गर्दा १ लाखको बीमा सुविधा, के के छन् सर्त ?
डिजिटल वालेट माई पेले १ लाखको बीमा सुविधा ल्याएको छ । योसँगै माई पे वालेट प्रयो…
इन्फोडेभलपर्स र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच सम्झौता
विगत १९ वर्षदेखि विभिन्न क्षेत्रका सफ्टवेयर निर्माणमा क्रियाशिल कम्पनी इन्फोडेभलपर्स र …
स्प्राइटमा हरेक घण्टा र हप्ता स्मार्ट फोन र घडी जित्ने मौका
स्प्राइटले यो गर्मीको लागि ‘स्प्राइटसँग जित्ने मौका’ नामक अभियानको सुरुवात गरेको छ …
दराजमा अब हरेक आईतबार आईएमई पे डे, भुक्तानीमा १० प्रतिशतसम्म छुट
नेपालको अग्रणी ई-कमर्स कम्पनी दराजले आइएमई पेसँग साझेदारी गरी हरेक आइतवार आइएमई …
राष्ट्रिय आविष्कार केन्द्रमा निर्माण भयो खुवा बनाउने मेसिन
राष्ट्रिय आविष्कार केन्द्रमा खुवा बनाउने मेसिनको निर्माण भएको छ । राष्ट्रिय आविष्कार क…
‘आइएमई पे’ बाट यती एयरलाइन्सको टिकट काट्दा विभिन्न ठाउँको टिकट निःशुल्क
‘आइएमई पे’ले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ ।