कीवर्डहरू -

समाचार

क्यूआर कोडसहितको खोप कार्डका लागि १७ हजारको आवेदन, चार हजारलाई वितरण

सरकारले साउन २१ गतेदेखि कोरोना भाइरस कोभिड–१९ को पूर्ण खोप लगाएकाहरुलाई क्यूआर कोड सहितको विद्युतीय प्रमाणीकरण कार्ड उपलब्ध गराउन थाले पनि  एकैपटक धेरैले आवेदन गरेका कारण यस्तो कार्ड उपलब्ध गराउन समस्या भएको छ ।

विद्युतीय प्रमाणीकरण खोप समयमै उपलब्ध गराउन नसक्दा वैदेशिक रोजगारमा जानेहरुले सास्ती खेप्नुपरेको छ । क्यूआर कोड सहितको विद्युतीय खोप प्रमाणपत्र विना विदेश प्रवेशमा रोक लगाएपछि खोप प्रमाणीकरण कार्ड लिन एक सातादेखि राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा लाइन लाग्ने गरेको छ ।

स्वास्थ्य सेवा विभागका खोप शाखाका प्रमुख डा. झलक गौतमका अनुसार चार दिनमा १७ हजार जनाले आवेदन दिएकाले वितरणमा ढिलाइ भएको जानकारी दिए ।

एकै पटकमा धेरै जना आएपछि वितरणमा समस्या भएको स्वीकार गर्नु हुँदै उनले सहज रुपमा पाउने गरी व्यवस्थापनमा जुटेको बताए । कर्मचारीको थप व्यवस्थापन र अनलाइन फारम भर्न सहयोग गरेर छिटो सेवा दिने गरी काम सुरु गरेको उनले जानकारी दिए ।

मन्त्रालयले हालसम्म करिव चार हजार जनालाई क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र वितरण गरिसकेको जनाएको छ ।

मन्त्रालयले विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्नका लागि अनलाइन तथा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा आवश्यक कागजात पेश गर्न अनुरोध गरेको छ ।

अनलाइन रजिस्ट्रेसन गरी माग गरिएका विवरण तथा कागजातहरु अपलोड गरी प्रमाणपत्र लिन सकिन्छ भने अनलाइन पोस्ट् रजिस्ट्रेसन गर्न असमर्थ भएकाहरुले राष्ट्रिय अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा उपस्थित भएर कागजात पेश गरी खोप प्रमाणपत्र लिन सक्ने गरी व्यवस्था गरेको छ ।

मन्त्रालयले खोप प्रमाणपत्र लिनका लागि सक्कल राहदानी, सक्कल खोप कार्ड, हालै खिचिएको एक प्रति पासपोर्ट साइजको फोटो, राहदानीको फोटोकपि, खोप कार्डको फोटोकपी जस्ता कागजातहरु पेश गर्न भनेको छ ।

तीन दिनभित्र विदेश जानेहरुले भिसा र टिकटको फोटोकपीसमेत पेश गर्नु पर्ने मन्त्रालयले जनाएको छ । गाेरखापत्र

समाचार

टेलिफोन र इन्टरनेट सेवा भरपर्दो बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले टेलिफोन र इन्टरनेट सेवा भरपर्दो बनाउन सञ्…

अङ्ग्रेजी नयाँ वर्षदेखि ई-पासपोर्ट

आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि ई-पासपोर्ट (विद्युतीय राहदानी) नेपालमा औपचारिक रूपमा…

मेरो डिजिटल नेपाल, मेरो परिकल्पना प्रतियोगिताको ग्राण्ड फिनाले शुक्रबार हुँदै

मेरो डिजिटल नेपाल, मेरो परिकल्पना प्रतियोगिताको ग्राण्ड फिनाले शुक्रबार आयोजना हुन…

इन्स्टाग्रामको नयाँ एन्टी हेट फिचर, चर्चित पोस्टहरुमा कमेन्ट र रिक्वेस्टहरु सिमित गर्न‍े

इन्स्टाग्रामको नयाँ एन्टी हेट फिचरले चर्चित पोस्टहरुमा कमेन्ट र रिक्वेस्टहरु सिमित गर्न…

पैसा दिएर कोरोनाको खोप बारे भ्रामक जानकारी फैलाइदै, ३०८ अकाउन्टमाथि फेसबुकको प्रतिबन्ध

एउटा मार्केटिङ फर्मले इन्फ्ल्युएन्सरहरुलाई कोभिड १९ खोपको विरुद्ध भ्रामक जानकारी फैला…

विद्युतीय खोप प्रमाणपत्रका लागि कीर्तिपुरमा फारम लिन स्थगित, अनलाइनबाट यसरी भर्नुहोस्

क्यूआर कोडसहितको खोप प्रमाणपत्रका लागि  राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र…

सन् २०२० मा सबैभन्दा धेरै डाउनलोड हुने एपमा टिकटक, शीर्ष १० मा कुन कुन परे ? 

सन् २०२० मा शर्ट भिडियो शेयरिङ एप टिकटक विश्वभर सबैभन्दा बढी डाउनलोड हुने एपमा पर्…

क्यूआर कोडसहितको विद्युतीय खोप कार्ड लागू भएपछि सेवाग्राहीलाई झनै सास्ती

विदेश जान चाहने नागरिकका लागि क्यूआर कोडसहितको कोरोनाको विद्युतीय खोप कार्ड लागू…

अनलाइनबाट टोकन लिएरमात्र यातायात कार्यालयको सेवा लिन सकिने, यस्तो छ तरिका

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात व्यवस्था कार्यालयमा भेटघाट…

फोनपेको ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एकलाख’ योजनाका विजेता सार्वजनिक

फोन पे पेमेन्ट सर्भिस लिमिटेडले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै सुरू गरेको ‘आम्मामा…

टर्कसेल र चाइना मोबाइल झेजियाङ्गसँग ह्वावेले सम्पन्न गर्‍यो ८०० जीको लाईभ परीक्षण 

ह्वावेले लाइभ नेटवर्कमा दुई वटा ८०० जीको परीक्षण पूरा गरेको छ । ह्वावेले एउटा चाह…

राष्ट्रिय वाणिज्य बैंकले शुरु गर्‍यो क्रेडिट कार्ड, ५ लाखसम्मको क्रेडिट लिमिट

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले मंगलबार क्रेडिट कार्ड सेवा शुरु गरेको छ । बैंक सं…

ग्लोबल आइएमई बैंकले शिक्षकहरुलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउने

ग्लोबल आइएमई बैंक लिमिटेड र लियो क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रे बीच गुणस्तरीय …

काठमाडौंको बनस्थली बसुन्धरासम्म टेलिकमको इन्टरनेट केही दिन अवरुद्ध हुने

नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय काठमाडौंले काठमाडौंका केही ठाउँमा केही दिन…

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त भएका छन् । सोम…