समाचार
५५ रूपैयाँमा २ जीबी डाटा दिदै नेपाल टेलिकम
नेपाल टेलिकमले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी उपलब्ध गराइरहेको विभिन्न प्याकेज सहितको अफरलाई परिमार्जन गरी समर अफर अन्तर्गत थप सुविधा उपलब्ध गराएको छ । कम्पनीले पहिलेदेखि उपलब्ध गराइरहेको अधिकांश प्याकेजलाई निरन्तरता दिएको छ ।
नयाँ सुविधा अन्तर्गत अब प्रतिदिन रु. ५५ मा २ जीबी डाटा प्रयोग गर्न सकिने छ । त्यसैगरी लकडाउन अफरको रुपमा उपलब्ध प्रतिदिन बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म रु. ३९ मा उपलब्ध हुने १ एमबीपीएस डे टाइम अनलिमिटेड अफरलाई निरन्तरता दिइएको छ । लकडाउन अफर अन्तर्गतको बोनस अन रिचार्ज अफरलाई भने हटाइएको छ ।
नेपाल टेलिकमले सञ्चालनमा ल्याएको भीओएलटीई सेवा प्रयोग गर्न चाहने ग्राहकका लागि एक पटकका लागि उपलब्ध हुने १०० मिनेट निःशुल्क भ्वाइस कल सुविधालाई यथावत राखिएको छ । उक्त सुविधा २८ दिनभित्र प्रयोग गर्न सकिन्छ ।
कम्पनीले उपलब्ध गराइरहेको कर्पोरेट युजर ग्रुप (सीयूजी) अफरलाई पनि थप आकर्षक बनाइएको छ । कम्पनीले पहिलेदेखि नै उपलब्ध गराइरहेको प्रिपेडतर्फ २०० र पोस्टपेडतर्फ ५०० रुपैयाँको प्याकेजमा उपलब्ध हुने डाटा भोल्युम थप गरिएको छ ।
अब प्रिपेडमा रु. २०० को प्याकेज अन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल, १०० मिनेट अन नेट (नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने) र १० मिनेट अफ नेट (अन्य नेटवर्कमा समेत प्रयोग गर्न सकिने) भ्वाइस तथा ५० वटा अन नेट एसएमएस सुविधाका साथै जुनसुकै समय प्रयोग गर्न सकिने १ जीबी डाटासमेत उपलब्ध हुनेछ ।
त्यसैगरी सीयूजी ५०० पोस्टपेड अन्तर्गत पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल, ५०० मिनेट अन नेट र ५० मिनेट अफ नेट भ्वाइस तथा १०० वटा अन नेट एसएमएस र ३० वटा अफ नेट एसएमएस सुविधाका साथै जुनसुकै समय प्रयोग गर्न सकिने ५ जीबी डाटासमेत उपलब्ध हुनेछ ।
समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।
समाचार
महानगरीय ट्राफिक प्रहरी महाशाखामा अब फ्री वाईफाई
वर्ल्डलिंक कम्युनिकेशन प्रालिले सामाजिक उतरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी मह…
डिजिटल नेपाल बारे आफ्नो परिकल्पना पठाउने समय सकियो, छनोट प्रक्रिया शुरू
मेरो डिजिटल नेपाल, मेरो परिकल्पना विषयमा आफ्नो परिकल्पना पठाउने समय सकिएको छ । ब…
एआईले अब गीत लेख्न सक्ने, कस्ता छन् ति गीत ?
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात रोबोटले मानिसको जस्तै काम गर्न सक्छ । विश्वमा य…
आजदेखि नेपालमा लागु भयो मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम
नेपाल दूरसञ्चार प्राधिकरणले साउन १ गते अर्थात आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सि…
ट्राफिक प्रहरीको कारवाहीमा परेका कागजपत्रको जानकारी अब एसएमएसबाटै लिन सकिने
के तपाई, ट्राफिक प्रहरीको कारवाहीमा परेका कागजपत्रको बारेमा जानकारी लिन चाहानुहु…
जोसियल, क्राउड वानसहित ७ नेटवर्किङ व्यवसाय गैरकानूनी
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जोसियल, क्राउड वानसहित ७ नेटवर्किङ व्य…
कन्टेन्ट क्रियटरलाई सन् २०२२ देखि एक अर्ब अमेरिकी डलर उपलब्ध गराउँदै फेसबुक
फेसबुकले आगामी वर्ष देखि कन्टेन्ट क्रियटरहरूलाई राम्ररी आम्दानी गर्न दिनका निम्ति एक …
अपेक्षा अनुसार प्रयोगकर्ता नआएपछि फ्लिट्स फिचर बन्द गर्दै ट्विटर
ट्विटरले फ्लिट्स फिचर बन्द गर्ने भएको छ । यो फिचर सार्वजनिक भएको एकवर्ष नहुँदै बन्द ह…
क्लबहाउसमा अब म्यासेज पनि गर्न सकिने
क्लबहाउसले म्यासेजिङ फिचर सार्वजनिक गरेको छ । क्लबहाउसले ब्याकच्यानल भन्ने मेसेजिङ फ…
माइक्रोसफ्टले सार्वजनिक गर्यो क्लाउडमा आधारित विन्डोज ३६५ ओएस
माइक्रोसफ्टले क्लाउडमा आधारित विन्डोज ३६५ ओएस सार्वजनिक गरेको छ । माइक्रोसफ्टले अब व…
डिजिटल नेपाल बारे आफ्नो परिकल्पना पठाउने भोली अन्तिम दिन, यसरी पठाउनुहोस् परिकल्पना
डिजिटल नेपाल बारे आफ्नो परिकल्पना पठाउने भोली अन्तिम दिन रहेको छ । माइ सेकेण्ड टि…
अन्तरिक्षमा जान भर्जिन ग्यालाक्टिकमा एलन मस्कले बुक गरे टिकेट
टेस्लाका सीईओ एलन मस्कले अन्तरिक्षमा जान रिचार्ड ब्रान्सनको कम्पनी भर्जिन ग्यालाक्टिकमा …
रुसको र्यान्समवेयर समूह ‘रेभिल’ इन्टरनेटबाट गायब
रुसको र्यान्समवेयर समूह ‘रेभिल’ इन्टरनेटबाट गायब भएको छ । अहिलेसम्म थुपै ठूला ठू…
राष्ट्र बैंकले सार्वजनिक गर्यो मोबाइल एप, यस्ता छन् सुविधा
नेपाल राष्ट्र बैंकले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । बुधबार आयोजित एक भर्चुअल …
विद्यार्थीको सिकाइ सहज बनाउन टोखा नगरपालिकाद्वारा निःशुल्क इन्टरनेट प्रदान
टोखा नगरपालिकाले विद्यार्थीको सिकाइ सहज बनाउन निःशुल्क इन्टरनेट सेवा प्रदान गरेको …