कीवर्डहरू -

समाचार

एनआईसी एशियामा अनलाइनबाट १ मिनेट १० सेकेन्डमै खाता खोल्ने थापालाई आईफोन १२

एनआईसी एशिया बैंकले घरमै बसेर अनलाईन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यले अनलाइन अकाउन्ट ओपनिङ्ग च्यालेन्ज प्रतियोगिता योजना ल्याएको छ ।

उक्त योजना अन्तर्गत सबैभन्दा कम समयमा अनलाईन खाता खोल्ने सर्लाहीकी सुदीक्षा थापाले आईफोन–१२ जित्न सफल भएकी छन् ।

गत जेष्ठ २३ देखि आषाढ १९ सम्म सञ्चालन भएको उक्त  प्रतियोगितामा कुल १५८ जना योग्य सहभागी मध्ये सबैभन्दा कम अर्थात १ मिनेट १० सेकेन्डमै खाता खोली थापाले आईफोन–१२ जितेकी हुन् ।

उक्त योग्य सहभागीहरूले बैंकको वेबसाइटबाट खाता खोल्ने, अनलाईन खाताको स्टेप १ देखि सुमिटेड सम्मको प्रकृया देखिने गरी स्क्रीनसर्ट शेयर गर्ने, प्रतियोगिता अवधिभर बैंकको आधिकारिक फेसबुक पेजमा रहेको पिनेड पोष्टको कमेन्टमा च्यालेन्ज असेप्ट लेखि आफ्ना ५ जना साथीहरूलाई ट्याग गरी उक्त स्क्रीनसर्ट पोष्ट गर्ने, उक्त पिनेड पोष्टलाई आफ्नो टाइमलाइनमा ह्याजट्याग घरबाटै अनलाइन खाता तथा ह्याजट्याग एनआईसी बैंक उल्लेख गरी सार्वजनिक रुपमा शेयर गर्ने र यस बैंकको फेसबुक पेज र उक्त पिनेड पोष्टलाई लाइक गरेपश्चात प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्रतियोगिता अवधिभर कम समयमा अनलाईन खाता खोल्ने शीर्ष–१० सहभागीहरूले स्मार्टवाच जित्न समेत जित्न सफल भएको बैंकले जनाएको छ ।

जसमध्ये रुपन्देहीकी मैना कँडेल, झापाका सौरभ दाहाल, काठमाडौंका दिनेश महर्जन, ललितपुरका युवराज तिवारी, बनेपाका राजु लामा, किर्तिपुरकी सिता श्रेष्ठ, डडेलधुराका सम्राट बम, दाङका कुल गिरी, गुल्मीका रविन श्रेष्ठ र पर्साका सरोज कार्की रहेका छन् ।

साथै, प्रतियोगिता अवधिभर साप्ताहिक रुपमा सबैभन्दा कम समयमा सफलपूर्वक अनलाईन खाता खोल्दै पहिलो साता काठमाडौंकी अस्मिता खतिवडा तथा कञ्चनपुरका सुरज चन्द, दोस्रो साता काठमाडौंकी कुसुम तिवारी तथा धरानकी दिपशिका योगी, तेस्रो साता विरगंजकी प्रमिला चौधरी तथा महेन्द्रनगरकी प्रतिक्षा चन्द र चौथो साता सर्लाहीकी सुदिक्षा थापा (आईफोन–१२ विजेता समेत) तथा अर्घाखाँचीका मोहम्मद अलीले स्मार्टवाच जित्न सफल भएका छन् ।

बैंकले सञ्चालनमा ल्याएको सहज अनलाईन खाता प्रक्रियाबाट यस प्रतियोगिता अवधिभर कुल ९ हजार भन्दा बढिले खाता खोलेकामा १५८ जना महानुभावहरू मात्रै यस प्रतियोगितामा सहभागी जनाउनुभएको थियो ।

जसमा विजेता बन्नुभएका १८ जनाले न्यूनतम १ मिनेट १० सेकेन्ड देखि अधिकतम ३ मिनेट ९ सेकेन्ड लगाएर सफलपूर्वक अनलाईन खाता खोलेका थिए ।

यस प्रतियोगिताका सम्पूर्ण विजेताहरूले ७ दिनभित्र बैंकको आधिकारिक फेसबुक पेजमा सम्पर्क गरी आफ्नो पुरस्कार दावी गर्नुपर्नेछ र आफ्नो खाताको हस्ताक्षर भेरिफिकेसनका लागि सक्कल नागरिकता सहित बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ ।

समाचार

एप्पलले सार्वजनिक गर्‍यो आईफोन १२ का लागि आईओएस १४.७

एप्पलले आईफोन १२ का लागि आईओएस १४.७ सार्वजनिक गरेको छ । आजदेखि आईओएस १४.७ डाउनल…

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा डिजिटल भोटिङबाट मतदान हुने

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा डिजिटल भोटिङबाट मतदान हुने भएको छ । कांग्रे…

पिगासस प्रयोग गरेर भारतका लागि नेपाली राजदूतको फोन ह्याक गरी जासुसी गरिएको खुलासा 

पिगासस जासुसी सफ्टवेयर प्रयोग गरेर नयाँ दिल्लीका नेपाली राजदूत निलाम्बर आचार्यको म…

स्मार्ट टेलिकमलाई बक्यौता रकम तिर्न पुनः म्याद थप

सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमलाई बक्यौता रकम भु…

अब खल्तीबाट पनि ‘मेगा रेमिट’ सेवा उपलब्ध हुने

खल्ती डिजिटल वालेटबाट अब मेगा रेमिट सेवा उपलब्ध हुने भएको छ । मेगा बैंक र खल्ती …

पिगासस जासुसी सफ्टवेयर प्रयोग गरेर अभियन्ता र पत्रकारको फोनमा साइबर आक्रमण

अमेरिकामा एनएसओ स्पाईवेयरलाई प्रयोग गरेर अभियन्ता र पत्रकारहरुलाई साइबर आक्रमण गरि…

हाम्रो पात्रोबाट सन्तोष कुमार देवकोटा बिदाइ

हाम्रो पात्रोबाट सन्तोष कुमार देवकोटा बिदाइ भएका छन् । काठमाडौंको म्यारियट होटलमा …

मेरो शेयरमा थपियो नयाँ फिचर ‘माई होल्डिङ’, यसरी गर्नुहोस् प्रयोग

मेरो शेयरमा ‘माई होल्डिङ’ नामक नयाँ सुविधा थपिएको छ । आईतबारबाट यो सुविधा कार्य…

इसेवा मनि ट्रान्सफर र कुवेत इण्डियनबीच सम्झौता, रेमिट्यान्स पठाउन सजिलो 

इसेवा मनि ट्रान्स्फर र कुवेतलाई आधार बनाएर रेमिट्यान्स् कारोबार गर्दै आएको कुवेत इण्डिया इन्टरनेशनल एक्स्चेञ्जबीच रेमिट्य…

स्थानीय तहमा सूचना प्रविधि केन्द्र स्थापना हुने, बजेट १ अर्ब १० करोड

नेपाल दूरसञ्चार प्राधिकरणले हरेक स्थानीय तहलाई सूचना मैत्री बनाउने उद्देश्यले सूचना प्रविधि केन्द्र स्थापना गर्ने भएको …

प्राधिकरणले तीन ठाउँमा मोबाइल र कम्प्युटर मर्मत तालिम संचालन गर्ने 

नेपाल दूरसञ्चार प्राधिकरणले प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले मोबाइल र कम्प्युटर मर्मत तालिम संचालन गर्…

कोरोना संकटमा सामाजिक सञ्जाल दूरुपयोग बढ्यो, अमर्यादित कार्य नगर्न साइबर ब्यूरोको अनुरोध

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालको दूरूपयोग गरी अमर्यादित कार्य नगर्न अ…

आइसिटी अवार्ड २०२१ को कुन विधामा कसरी दिने आवेदन ? 

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसिटी अवार्डक…

आगामी आईफोनमा अल्वेज अन डिस्प्ले हुने

आगामी आईफोनमा अल्वेज अन डिस्प्लेको फिचर हुने पाइएको छ । नाइन टू फाइभ म्याक नोट्स र…

सन् २०२१ को आईफोनमा अल्वेज अन डिस्प्लेको फिचर हुने

आगामी आईफोनमा अल्वेज अन डिस्प्लेको फिचर हुने पाइएको छ । नाइन टू फाइभ म्याक नोट्स र…