समाचार
हल्ट प्राइज आइओईको फाइनल शनिबार
हल्ट प्राइज आइईओ (इञ्जिनियरिङ अध्ययन संस्थान) को फाइनल आगामी शनिबार (माघ २९ गते) आयोजना गरिने भएको छ ।
चार उद्यमशील वक्ता श्रृंखला, दुई कार्यशाला, दुई सल्लाहसत्र, र सेमिफाइनलपछि कार्यक्रमको फाइनल आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।
युवा उद्यमीका विचार र योजनाबारे औपचारिक कार्यक्रममार्फत जानकारी दिँदै यो कार्यक्रम शुरू भएको थियो । कार्यक्रम बज्र टेक्नोलोजिज, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृषि विकास बैंक, इम्प्याक्ट हब नेपाल, भर्टेक्स नेपाल र दराजसँगको सहकार्यमा भएको हो ।
कार्यक्रममा सहभागी १०६ जनामध्ये १८ टोलीहरू फाइनलमा पुगेका छन् । अन्तिम चरणमा तीन शीर्ष फाइनलिस्ट र एक विजेता टोली घोषणा हुनेछ । फाइनल कार्यक्रममा अनिलकेशरी शाह, आकाश खड्का, समीर श्रेष्ठ, संजोग कोइराला, सनुप पौडेल, ऋचा शर्मा र ओसिस थापा उपस्थित हुनेछन् ।
आयोजकका अनुसार अनुकार महर्जन, डेगेन्द्र शिवाकोटी, नवरुप सहदेव, आँचल कुँवर, सोनिका मानन्धर, आरती गुरुङ मल्ल र डा. सूर्यराज आचार्य निर्णायक रहनेछन् ।
कार्यक्रमका विजेताहरूले १८ हजार प्राप्त गर्नेछन् । साथै, एक पासवर्डबाट एक वर्षको निःशुल्क खाता प्राप्त गर्नेछन् । फेब्रुअरी १५ मा दराजले समग्र क्याम्पस अन्तर्गत शीर्ष विजेता टोलीको लागि अन–साइट सत्रको आयोजना गर्नेछ ।
समग्रमा क्याम्पस अन्तर्गत सबै विजेता टोलीका प्रत्येक सदस्यले ५०० रुपैयाँ बराबरको दराज भौचर प्राप्त गर्नेछन् । क्लर्की, डिजिटल ओशन र टास्केडबाट पनि अन्य पुरस्कारहरू उपलब्ध हुने आयोजनाले जानकारी दिएको छ ।
समाचार
सामसङले आफ्ना फ्ल्यागशिप फोनमा चार वर्षसम्म एन्ड्रोइड अपडेट दिने
सामसङले आफ्नो फ्ल्यागशिप डिभाइसहरुमा चार वर्ष सम्म एन्ड्रोइड अपग्रेड दिने घोषणा गरेको…
फोनपे नेटवर्कमा प्रभुपे आबद्ध, प्रभु पेका ७ लाख प्रयोगकर्तालाई भुक्तानीमा झनै सहज
पछिल्ला दिनमा नेपालमा डिजिटल कारोबारमा काम गरिरहेका संस्थाहरुबीच अन्तर आबद्धता का…
स्थानीय तहको निर्वाचनमा सीसीटीभी, क्यामरा, ड्रोन लगायतका प्रविधि प्रयोग गर्ने तयारी
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मतद…
नेपाली राजदूतावास मलेसियाबाट ई-पासपोर्ट जारी गर्न शुरू, पहिलो दिननै ३३ जनाको लाइभ इनरोलमेन्ट
नेपाली राजदूतावास मलेशियाबाट विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट शुरुवात गरिएको…
स्मार्ट डोकोले ल्यायो ‘डोकोभरी माया’ अफर
भ्यालेन्टाईन्सको अवसरमा स्मार्ट डोकोले ‘डोको भरि माया’ अफर ल्याएको छ । यस अफरमा ग्र…
भारतका अस्पतालमा चिकित्सा सुविधामा सहज भुक्तानीका लागि भिजा र वैदम बिच सहकार्य
डिजिटल भुक्तानीलसंस्था भिजाले स्वास्थ्य सेवा खोज्ने दक्षिण एसियाली देशहरूका चिकित्सा …
ई-पासपोर्ट बारे थाहा पाउनै पर्ने १२ कुरा
गत मंसिर १ गतेदेखि राहदानी विभागले ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी दिन शुरू …
गल्याङको लबरकोटमा नेपाल टेलिकमको नयाँ टावर सञ्चालन
नेपाल टेलिकमले गल्याङ नगरपालिकाको लबरकोटमा जिएसएम सेवाको नयाँ विटिएस टावर सञ्चा…
जटिल बन्दै विद्युतीय बसको कर विवाद
भन्सार महसुललगायतका कर तिर्न नसकेको भन्दै चीनबाट ल्याइएका १८ वटा सार्वजनिक विद्युती…
महेन्द्रनगरमा डिशहोम डिलर दाईलाई सम्मान
डिशहोमले आफ्ना ‘डिलर दाइ’हरुलाई सम्मान गरेको छ । महेन्द्रनगर सेन्टरमा एक कार्यक्रम…
क्रिप्टोकरेन्सीको कारोबार नगर्न राष्ट्र बैंकको पुनः आह्वान, साक्षरता सामग्री प्रकाशन
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नगर्न पुनः आह्वान गरेको छ । मंगलबार क्…
६९५ स्थानीय तहमा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट
मुलुकभर ब्रोडव्यान्ड इन्टरनेट पुर्याउने परियोजना अन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणले…
अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता आयोजना हुँदै, कसरी हुने सहभागी ?
अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल दूरसञ्चा…
कार्टुन जनावरको प्रयोग गरेर ग्यालेक्सी वाच फोरले प्रयोगकर्ताको निद्रा ट्रयाक गर्ने
कार्टुन जनावरको प्रयोग गरेर ग्यालेक्सी वाच फोरले प्रयोगकर्ताको निद्रा ट्रयाक गर्ने भएक…
आफ्नै शपिङ व्यवसायलाई प्राथमिकता दिएको भन्दै गूगललाई ३ खर्ब ४० अर्ब जरिवाना
गूगललाई यूरोपेली युनियनले ३ खर्ब ४० अर्ब रूपैयाँ जरिवाना तिर्न आदेश दिएको छ। आफ्न…