कीवर्डहरू -

समाचार

एक महिनाभित्र विदेशस्थित सबै नियोगबाट ई-पासपोर्ट जारी गर्ने तयारी 

राहदानी विभागले एक महिनाभित्र विदेशस्थित सबै नियोगबाट विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्ने तयारी गरेको छ । अहिले नेपाली दूताबास कतारबाट ई-पासपोर्ट जारी गर्न शुरू भएको छ ।

एक महिनाभित्र विदेशस्थित सबै नियोगबाट विद्युतीय राहदानी जारी गर्नलाई विभागले ई-पासपोर्टका लागि आवश्यक सामग्री नियोगहरूमा पठाउन थालेको छ ।

राहदानी विभागबाट शुरू भएको ई-पासपोर्ट वितरण अहिले ३० भन्दा बढी जिल्लाबाट वितरण गर्न थालिएको छ । ई-पासपोर्ट वितरण गर्न शुरू भएसँगै अहिले एमआरपी राहदानी वितरण गर्न बन्द गरिएको छ ।

राहदानी विभागका अनुसार हालसम्म झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सप्तरी, धनुषा, सर्लाही, पर्सा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ्ग, मकवानपुर, चितवन, तनहुँ, लमजुङ्ग, गोर्खा, कास्की, परासी, रुपन्देही, बुटवल, कपिलबस्तु, गुल्मी, सुर्खेत, कैलाली, कञ्चनपुर,काभ्रे, रामेछाप, सिराहा,ईलाका प्रशासन कार्यालय गौशाला, ईलाका प्रशासन कार्यालय हरिवनबाट ई-पासपोर्ट लिन सकिन्छ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरूमा करिब १ हप्ता भित्र नै राहदानी उपलब्ध हुन्छ भने काठमाडौं बाहिर महेन्द्र राजमार्ग र आसपासका जिल्ला र हवाई सुविधा भएका जिल्लामा करिब १५ दिन भित्र राहदानी उपलब्ध हुनेछ । जिल्ला प्रशासन कार्यालयहरुमा राहदानी प्राप्त भइसकेपछि  लिन आउनको लागि मोबाइलमा एसएमएस आउने छ ।

ई-पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य आवश्यक पर्छ । विदेशबाट निवेदन दिनेको हकमा यो अनिवार्य छैन । राष्ट्रिय परिचयपत्र नम्बर जिल्ला प्रशासन कार्यालयबाट पाउन सकिन्छ ।

ई-पासपोर्टमा विद्युतीय चिप र एन्टेना जडान गरिएको हुन्छ । चिपमा औठाछाप, तस्विर लगायतका व्यक्तिगत विवरणहरु हुन्छन् । यी विवरणहरु राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैन ।

यो हालसम्म संसारमा विभिन्न मुलुकहरुमा जारी भएको अत्याधुनिक राहदानी मध्येमा पर्दछ । ICAO PKD मार्फत सुचनाहरु रुजु हुने हुँदा विभिन्न मुलुकका अध्यागमन कार्यालयहरुमा निकै सहज र छिटो हुन्छ । विद्युतीय गेटहरु भएका ठाउँमा स्वत: खुल्ने व्यवस्था समेत गरिएको हुन्छ ।

समाचार

विगत ३९ वर्षमा निन्टेन्डोले विक्री गर्‍यो ६ खर्ब ३५ अर्ब बढी गेम

निन्टेन्डोले विगत ३९ वर्षमा ६ खर्ब ३५ अर्ब बढी गेमहरु विक्री गर्न सफल भएको छ । एनईएस…

इसेवामा नबिल बैंक र एभरेष्ट बैंकको खाता लिंक गर्दा १०० रूपैयाँ बोनस

मोबाइल वालेट इसेवामा आफ्नो अकाउन्ट लिंक गर्दा १०० रूपैयाँ बोनस पाइने भएको छ । नब…

रिसाइकल गरिएको माछा मार्ने जालोबाट ग्यालेक्सी डिभाइस निर्माण गर्दै सामसङ

सामसङका आगामी ग्यालेक्सी डिभाइसहरु रिसाइकल गरिएको माछा मार्ने जालोबाट निर्माण गरि…

नेपाली राजदूतावास कतारबाट ई-पासपोर्ट जारी गर्न शुरू

आज परीक्षणको रुपमा नेपाली राजदूतावास, दोहा कतारबाट लाइभ इनरोलमेन्ट गरी राहदानी …

निफ्राको लगानीमा पाँचखालमा स्मार्ट सिटी बनाइने

पाँचखाल नगरपालिकामा विकास गरिने ‘स्मार्ट सिटी’को अध्ययन अमेरिकन कम्पनीले गर्ने भएक…

टेलिकमको सोधपुछ तथा ग्राहक सेवामा प्राविधिक समस्या

नेपाल टेलिकमको सोधपुछ तथा ग्राहक सेवामा प्राविधिक समस्या देखिएको छ । टेलिकमको सो…

‘राम्रो इन्टरनेटका लागि हातेमालो’ नाराका साथ नेपालमा पनि सुरक्षित इन्टरनेट दिवस मनाइँदै

‘राम्रो इन्टरनेटका लागि हातेमालो’ नाराका साथ २०७८ माघ २३ गते ‘सुरक्षित इन्टरनेट द…

हल्ट प्राइज आईओईको सेमिफाइनल सम्पन्न, १८ टिम फाइनलमा प्रवेश

हल्ट प्राइज एट आईओईले सेमिफाइनल सम्पन्न गरेको छ । बज्र टेक्नोलोजिज, भर्टेक्स नेपाल, इ…

आठ वर्षपछि क्रोमको लोगो परिवर्तन

गूगलले क्रोमको आइकन पुनः रिडिजाईन गरेको छ । आठ वर्षको अन्तराल पछि यो लोगो परिवर्त…

हल्ट प्राइज आईओई पुलचोक क्याम्पसको ‘टर्निङ्ग ड्रिम टु रियालिटी’ कार्यशाला सम्पन्न

हल्ट प्राइज आईओई पुलचोक क्याम्पसले बज्र टेक्नोलोजिज, श्रम, रोजगार तथा सामाजिक सुरक्षा…

एनआईसी एशियाको ‘सर्वश्रेष्ठ बचत खाता’, ५ वर्षसम्म मोबाइल बैंकिङदेखि डिम्याट खाता निःशुल्क

एनआईसी एशिया बैंकले २०७८ कार्तिक १ देखि ल्याएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनामा ग्रा…

सरस्वती पूजाको अवसरमा आईटी कोर्षमा ४० प्रतिशत छुट दिदै ब्रोडवे इन्फोसिस

ब्रोडेवे इन्फोसिसले सरस्वती पूजाको अवसरमा आफ्ना आईटी कोर्षमा ४० प्रतिशत छुट दिने भए…

के तपाईको क्लासिक टेकको इन्टरनेटमा रिचार्ज सकियो ? अब सात दिनसम्म यसरी लिनुहोस् सापटी सुविधा

क्लासिक टेकका ग्राहकहरूले अब सातदिन सम्म सापटी सेवा पाउने भएका छन् । क्लासिक टेकको…

नमस्ते पेबाट टेलिकमको हरेक रिचार्जमा १० प्रतिशत क्यासब्याक, हरेक हप्ता एक जनालाई स्मार्टवाच

डिजिटल वालेट नमस्ते पेबाट नेपाल टेलिकमको रिचार्ज गर्दा १० प्रतिशत क्यासब्याक पाइने …

विद्यार्थीको सिकाइमा प्रयोग हुने स्याटेलाइटको नमुना ‘सस्तो क्युब’ आउँदै, कति पर्छ मूल्य ?

विद्यार्थीको सिकाइमा प्रयोग हुने स्याटेलाईटको नमुना ‘सस्तो क्युब’ आउने भएको छ । राष्…