कीवर्डहरू -

समाचार

एनआईसीको मोबाइल बैंकिङबाट हुने प्रत्येक कारोबारमा १ रुपैयाँ सामाजिक उत्तदायित्वका लागि प्रदान गरिने

एनआईसी एशिया बैंकले वडादशैंको अवसरमा ‘सेलिब्रेट फर कज’ सामाजिक उत्तरदायित्व योजना ल्याएको छ ।

यस योजना अनुसार बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत मोबाइल बैंकिङ्गबाट क्युआर, युटिलिटी तथा मर्चेन्ट भुक्तानी गरी हुने प्रत्येक कारोबारमा बैंकको तर्फबाट १ रुपैयाँका दरले समाजिक उत्तरदायित्वका लागि योगदान गरिनेछ ।

ग्राहकहरूको चाडपर्वलाई उल्लासमय बनाउने उद्देश्यले बैंकले ‘डिजिटल उत्सव’ योजना डिजिटल कारोबारलाई प्रोत्साहन गर्न विभिन्न ब्राण्ड तथा स्टोरहरूमा डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म आकर्षक छुट तथा नगद फिर्ता (क्यास ब्याक) योजना ल्याएको मा बैंकले सोही योजनाअन्तर्गत सामाजिक काममा आफ्नो परोपकारी भावनालाई गतिशील रुपमा अगाडी बढाउन ‘सेलिब्रेट फर कज’ योजना समेत ‘डिजिटल उत्सव’ मा समावेश गरी ल्याएको हो ।

करिब १२ लाख मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले १ कार्तिक देखि १० कार्तिक सम्म गर्ने डिजिटल भुक्तानीलाई यस योजनामा समावेश गरिनेछ ।

कोरोना महामारीका कारण मुलुकका उद्योग, कलकारखाना, विकास निर्माण, बैंक तथा वित्तीय क्षेत्र लगायतका क्षेत्रहरूमा गम्भीर असर पारिरहेको अवस्थाबीच बैंकले यस अभियानमार्फत उक्त १० दिनसम्म संकलन भएको रकम कोरोना महामारीबाट गम्भीर असर भोगिरहेका बृद्धाश्रम, बालगृह जस्ता सामाजिक संस्थाहरूलाई प्रदान गर्नेछ ।

मोबाइल बैंकिङ्गबाट गरिने भुक्तानी निकै लोकप्रिय बनेसँगै ठूलो जनमानसलाई डिजिटल कारोबारतर्फ आकर्षित गर्नका निमित्त बैंकले यस योजनालाई बृहतरूपमा लैजाने सोच बनाएको छ ।

यस अभियानबाट सामाजिक संस्थाहरूको हितको रक्षामात्र नभई अप्ठ्यारामा परेका नागरिकहरूलाई आड भरोसा समेत मिल्ने विश्वास बैंकले लिएको छ ।

हाल मोबाइल बैंकिङ्गबाट देशभरका १ लाख ५० हजार भन्दा बढी मर्चेन्टहरूमा क्युआर भुक्तानी एवं विद्युत महसुल, खानेपानी, टेलिफोन, इन्टरनेट, केबुल, मोबाइल रिचार्ज, हवाइ तथा बस टिकटको शुल्क भुक्तानी तथा रकम स्थानान्तरण जुनसुकै स्थानबाट जुनसुकै समयमा गर्न सकिने सुविधा रहेको छ ।


समाचार

सिटिजन्स बैंकका ग्राहकले डिल आयो डटकममा २५ प्रतिशतसम्म क्यास ब्याक पाउने

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकहरुले डिल आयो डटकममा २५ प्रतिशतसम्म क्यास …

कनेक्ट आइपीएसको डिजिटल दक्षिणा योजना, हरेक दिन १० विजेतालाई १ हजारको गिफ्ट

दशैँको चाड नगदरहित रुपमा मनाउन र डिजिटल भुक्तानीका माध्यमहरुलाई प्रोत्साहन गर्नका …

फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप चलाउने व्यक्ति पक्राउ

सामाजिक संजाल फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप चलाएको अभियोगमा एक जनालाई श…

दुर्घटना न्यूनीकरणका लागि ‘लाइडर गन’को प्रयोग

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ‘लाइडर गन’मार्फत जाँच शुरु गरेको छ । चाडपर्व…

ह्वावेद्वारा अल सिनारियो इन्टेलिजेन्ट कनेक्टिभिटी सोलुसन्सको शुरुवात

संयुक्त राष्ट्र ब्रोडब्याण्ड आयोग र ह्वावेले बेइजिङमा छैठौं अल्ट्रा–ब्रोडब्यान्ड फोरम (यु…

अब जुमका निःशूल्क प्रयोगकर्तालाई पनि इन्ड टु इन्ड इन्क्रिप्सन फिचर उपलब्ध हुने 

जूमका निःशूल्क प्रयोगकर्तालाई पनि अब इन्ड टु इन्ड इन्क्रिप्सन फिचर उपलब्ध हुने भएको छ …

एनआईसी एशियाको डिजिटल उत्सव योजना, डिजिटल भुक्तानीमा ५० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकले बडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठ पर्वलाई उल्लासमय बन…

फोन सम्पर्क गर्न आधा घण्टा पैदल यात्रा

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र ६ दुई वडाका बासिन्दालाई अझै पनि सञ्चार क्षेत्रल…

मकवानपुर प्रहरीले हराएका २५ थान माेबाइल फेला पारेर फिर्ता दियो

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिभिन्न मितिमा हराएका २५ थान मोबाइल फेला पारी स…

टेलिकमको एप डाउनलोड गर्दा र सिम फोरजीमा स्तरोन्नती गर्दा ५०० एमबी डेटा निशूल्क

कात्तिक १ गतेबाट नेपाल टेलिकम एप पहिलो पटक डाउनलोड गर्दा ५०० एमबी डाटा एक पटकका…

प्रहरी अस्पतालले अब टेलिमेडिसिन मार्फत पनि सेवा दिने

नेपाल प्रहरी अस्पताल महाराजगंजमा टेलिमेडिसिन सेवा शुभारम्भ गरिएको छ । ६५ औं प्रहर…

 द भ्वाइस अफ नेपालको मुख्य प्रयोजक ओप्पो

स्मार्टफोन ब्राण्ड ओपोले बहुचर्चित सिंगिङ रियालिटी टीभी शो ‘ओपो द भ्वाइस अफ नेपाल’ …

अब सबै ग्राहकका लागि उपलब्ध भयो टेलिकमको ह्याप्पी लर्निङ प्याक

नेपाल टेलिकमले उपलब्ध गराएको ‘ह्याप्पी लर्निङ प्याक’ अब सबै ग्राहकका लागि उपलब्ध भएक…

फोन पेको ग्यापुसँग फ्ल्यास सेल, खसि किन्दा गज्जबको रकम रिडिम गर्ने मौका

ग्यापु डटकमले फोन पे को सहकार्यमा असोज ३० गते फ्ल्यास सेल गर्ने घोषणा गरेको छ । उप…

नेपालमै बनेको मेडिकल ड्रोनले जित्यो अन्तराष्ट्रिय अवार्ड, पायो ५ हजार डलर पुरस्कार

नेपालमा बनेको मेडिकल ड्रोनले अन्तराष्ट्रिय पुरस्कार जित्न सफल भएको छ । ड्रोन अप्टिमाइ…