कीवर्डहरू -

समाचार

करका अधिकांश काम अनलाइनबाटै

करमा दर्ता हुन होस् अथवा विवरण अद्यावधिक गर्न या त कर दाखिला नै । करदाता सेवा कार्यालयमा यति सामान्य कामका लागि पनि लामो लाइन र अनेक प्रक्रियागत झन्झटसहितको कष्ट बेहोर्नुपर्ने विगत अहिले फेरिएको छ ।

कर प्रणालीको परम्परागत ढर्रामा परिवर्तन गर्दै आन्तरिक राजस्व विभागले कर प्रक्रियाका अधिकांश कामलाई अनलाइनबाटै लिन सकिने गरी पछिल्लो समय व्यापक सुधार थालनी गरेको छ ।

कोभिडका कारण कार्यालयमा उपस्थित भएर हुनसक्ने जोखिमलाई कम गर्दै करदातालाई घरमै बसेर अनलाइनबाटै अधिकांश सुविधा उपलब्ध गराइरहेको विभागका उपमहानिर्देशक मुक्तिप्रसाद पाण्डेले जानकारी दिए ।

उनका अनुसार व्यक्तिगत स्थायी लेखा नम्बर (पी पान) दर्ताको यसअघिको अनलाइन प्रणालीमा सुधार गरेर अनलाइनबाटै लिनसक्ने व्यवस्था गरिएको छ ।

त्यस्तै विवरण बुझाउने अनि अद्यावधिक गर्ने कामलाई पनि सम्पूर्ण रूपमा अनलाइनमा ल्याइएको तथा पहिलेको प्रक्रियामा सुधार गरिएको उनले जानकारी दिए ।

जतिसुकै कर पनि अनलाइन माध्यमबाटै भुक्तानी गर्न सकिने पनि व्यवस्था पनि गरिएको छ, उनले भने । नेपाल राष्ट्र बैङ्कसहित अन्य आठवटा बैङ्कको समेत लगानी रहेको कनेक्ट आईपीएसमार्फत करदाताले कर भुक्तानी गर्न सक्छन् ।

यसबाहेक ‘डे वान’ प्रकृतिका करदाताले अनलाइनबाटै कर चुक्ता गर्नसक्ने व्यवस्था पनि विभागले गरेको छ । आय विवरण बुझाउने म्याद थपको विवरण र त्यसको जानकारी पनि करदाताले अनलाइनबाटै प्राप्त गर्नसक्ने छन् ।

करदाता स्वयंले युजर आईडी र पासवर्ड सिर्जना गर्नसक्ने र बिर्सिएमा आफैँ अर्को बनाउन सक्नेगरी अनलाइन प्रणाली सहज बनाएको पनि विभागले जनाएको छ ।

आफ्नो विवरण आफैँ अद्यावधिक गर्न पनि अनलाइनको प्रयोग गर्नसक्ने व्यवस्था विभागले गरेको छ । विभागले आफ्नो वेबसाइट डब्लूडब्लूडब्लू डट आईआरडी डट जीओभी डट एनपीमा करदातालाई अनलाइन प्रयोगसँग सम्बन्धित सम्पूर्ण जानकारी पनि उपलब्ध गराएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिक मा रहेको छ ।

समाचार

सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरुङ नियुक्त

सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरुङ नियुक्त भएका छन् । गुरुङ बुधबार सञ्चा…

सूचना प्रविधिविज्ञ पदको अन्तरवार्ता यथास्थितिमा राख्न सर्वोच्चको अदालतको आदेश

लोकसेवा आयोगले लिने तयारी गरेको सूचना प्रविधिविज्ञ पदको अन्तरवार्ता यथास्थितिमा रा…

एनसेलको स्टुडेन्ट प्लान मार्फत अब डायनामिक ईआरपी एप चलाउन सकिने

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले उपलब्ध गराएको स्टुडेन्ट प्लान अन्तरगतको जुम, माइक्…

कार्तिक ७ गतेभित्र क्लिन फिड लागु गर्नुपर्ने, नगरेमा कारबाही 

सरकारले तोकिएको समयमा नै क्लिन फिड लागु गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि म…

दूरसञ्चार प्राधिकरणले तयार पार्‍यो दूरसञ्चार ऐनको मस्यौदा

नेपाल दूरसञ्चार प्राधिरणले नयाँ दूरसञ्चार ऐनको मस्यौदा तयार पारि सञ्चार तथा सूचना …

मिस यूनिभर्स नेपाल २०२० को लागि मोबाइल एपबाटै आवेदन दिन सकिने

मिस यूनिभर्स नेपालका २०२० लागि ब्रेभ बोल्ड एण्ड ब्यूटिफूल प्रालिले आफ्नो एप मार्फत सम्…

मिसकल गरेकै भरमा अब विद्युत महशुल भुक्तानी गर्न सकिने 

नेपालमै पहिलो पटक सनराइज बैकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी मिस्ड कल सेवा मार्फत …

‘सामाजिक उद्यमशीलता कोष’ स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर…

एनएमबी बैंक र टेन्सेन्ट होल्डिंग्सबीच विच्याटबाट भुक्तानी सम्बन्धी सम्झौता

एनएमबी बैंकले चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिंग्स लिमिटेडसँग सम्झौता गरेको छ । यो स…

सानिमा बैंकका ग्राहकले क्युआर कोड मार्फत भुक्तानी गर्दा सस्तोडिलमा २५ प्रतिशतसम्म छूट

सानिमा बैंकले वडा दशैंको अवसरमा सानिमा ग्राहकहरुका लागि विभिन्न छुटका योजनाहरु …

भूकम्प प्रभावित ११ जिल्लाका स्थानीय निकायहरुले अब इन्टरनेटको शूल्क तिर्नुपर्ने 

भूकम्प प्रभावित ११ जिल्लाहरुमा प्रदान गरिएको निःशूल्क इन्टरनेट सेवाको अवधि सकिएको छ…

नेपालको सबैभन्दा ठूलो अनलाइन सपिङ मेला सुरु, उपभोक्ताले ८० प्रतिशतसम्म छुट पाउने

नेपालको अग्रणी स्थानीय ई(कमर्स सस्तोडिल डटकमले दशैंको अवसर पारेर ’बिग डिल एट सस्तो…

विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान गर्न प्रदेश १ मा ‘मनमोहन अनुसन्धान केन्द्र’ स्थापना हुने

विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान गर्न प्रदेश नम्बर १ मा ‘मनमोहन अनुसन्धान केन्…

एन्ड्रोइड फोन प्रयोगकर्ताहरुलाई माइक्रोसफ्टको चेतावनी, कुनै पनि एप डाउनलोड गर्दा ध्यान दिनुहोस् 

एन्ड्रोइड फोन प्रयोगकर्ताहरुको लागि माइक्रोसफ्टले चेतावनी जारी गरेको छ । माइक्रोसफ्टल…

ट्राफिक प्रहरीको सुरक्षा योजना: एपबाटै चालकको निगरानी

नजिकिँदै गरेको वडादशैं, तिहार तथा छठ जस्ता चाडपर्वलाई लक्षित गरेर महानगरीय ट्राफि…