समाचार
अल्का अस्पतालमा अबदेखि इसेवाबाट अनलाइन अपोइन्टमेन्ट लिन सकिने
अल्का अस्पताल प्रा.लि. नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएको छ ।
यो सँगै अल्का अस्पतालमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवा मोबाईल एप्लिकेशन मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेछ ।
ई–अपोइन्टमेन्ट सेवा दिने विषयमा अल्का अस्पतालका तर्फबाट सिओओ सिए दिपेन्द्र पोखरेल र कोजेन्ट हेल्थका तर्फबाट प्रबन्ध निर्देशक डेनियल डि श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपिडी सेवाहरू चुस्त बनाउने र बिरामीहरूको सन्तुष्टी बढाउने अपेक्षा गरिएको छ । बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने हुँदा अस्पतालमा लाइन लाग्नुपर्ने झञ्झटबाट मुक्ति पाउनुका साथै समयको समेत बचत हुनेछ ।
अहिलेको कोभिड १९ को महामारीका बेला यो सेवाले अझ धेरै सहजता ल्याउनेछ । कोजेन्ट हेल्थ र इसेवाले अस्पतालहरुमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरू गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढ्दो छ ।
कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नव प्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ ।
कोजेन्ट हेल्थ र ईसेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपाल भरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।
समाचार
नेपालमा कोरोना नियन्त्रणमा आएको हो ?
नेपालमा केही समययता घट्दै गएको देखिएको कोरोना संक्रमण दर नियन्त्रणभित्र आइसेकेको ह…
इसेवा र कनेक्ट आईपीएसबाट अब ट्राफिक जरिवाना तिर्न सकिने
महानगरीय ट्राफिक महाशाखाले सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना …
नेपाल यातायातमा मुक्तिनाथ बैंकको क्यूआर सेवा, अब क्यूआर स्क्यान गरेरै पैसा तिर्न सकिने
अब बस चढ्दा पैसा बोक्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने भएको छ । मुक्तिनाथ विकास बैंकले …
अमेजनको सीइओ पद त्याग्दै जेफ बेजोस
अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसले यो वर्ष देखि प्रमुख कार्यक…
ह्वावेद्वारा उद्योगको डिजिटल रूपान्तरण गर्न पाँच प्रमुख चरणको प्रस्ताव
ह्वावेले आफ्नो ग्लोबल कनेक्टिभिटी इन्डेक्स (जीसीआई) २०२० जारी गरेको छ । जुन यस कम्पन…
अब अनलाइनबाटै ट्राफिक जरिवाना तिर्न सकिने
आज देखि ट्राफिक नियम उल्लङ्घन गरेमा अनलाइनबाटै जरिवाना तिर्न सकिने भएको छ ।
विभिन्न क्षेत्रमा रोजगारीको अवसर खुम्चिएको समयमा पठाओमा रोजगारी अवसर बढ्दो
कोरोना कहरकै कारण अर्थतन्त्रमा परेको असरले विभिन्न क्षेत्रमा रोजगारीका अवसर खुम्चिएक…
बैंक अफ काठमाण्डूका ग्राहकले खल्तीमा आफ्नो खाता लिंक गर्दा सय रुपैयाँ बोनस पाउने
बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले खल्ती डिजिटल वालेटमा आफ्नो बैंक खातालाई ल…
एपीएफद्वारा भन्सार छलीका १० थान मोबाइल सेट बरामद
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-११ भुजौलीबाट आइतबार एपीएफ टोलीले करीब दुई लाख…
वर्ल्डलिङ्कको ‘तहल्का अफर’ ७९९ रुपैयाँमै इन्टरनेट र टिभी
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले ‘तहल्का अफर’ ल्याएको …
आफू माथि लागेको भेदभावको आरोप सेटल गर्न ३.८ मिलियन डलर गूगलले तिर्ने
गूगलले आफू माथि लागेको भेदभावको आरोप सेटल गर्न ३.८ मिलियन डलर तिर्ने भएको छ । य…
आगामी २३ वर्षमा शतप्रतिशत जनसंख्यामा इन्टरनेट पुर्याउने सरकारको लक्ष्य
सरकारले आगामी २३ वर्षमा शतप्रतिशत जनसंख्यामा इन्टरनेट पुर्याउने लक्ष्य राखेको छ । र…
३१ जिल्लामा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट
नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्क रुपमा इन्टरनेट पुर्याएको छ । प्राधि…
टेस्लाले स-सानो मर्मतको काम अब एक घण्टामै गर्ने, एपबाटै अपोइन्टमेन्ट लिन सकिने
टेस्लाको सर्भिस सेन्टरले गाडी ठोक्किए पछि आएका समस्याहरुलाई एक घण्टामै समाधान गर्ने …
राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्दा नेपाल टेलिकमको सिम सित्तैमा
राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्दा अब नेपाल टेलिकमको सिम सित्तैमा पाइने भएको छ ।…