समाचार
प्रमाणपत्र धितो राखेर कर्जा दिन हच्किन्छन् बैंकहरू
कोभिड महामारीका बीच सरकारले गत असोजमा युवा स्वरोजगारलाई प्रोत्साहन गर्न ५ प्रतिशत ब्याज अनुदानमा ल्याएको सहुलियतपूर्ण कर्जामा बैंक तथा वित्तीय संस्थाहरूले अझै कर्जा प्रवाह गरेका छैनन् ।
मन्त्रिपरिषद्ले गत असोज ८ गते ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकिकृत कार्यविधि, २०७५’को तेस्रो संशोधन, गर्दै युवा स्वरोजगार कर्जा थपेको थियो ।
यसैअनुसार नेपाल राष्ट्र बैंकले पनि गत असोज २७ गते कार्यान्वयनमा ल्याउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको थियो । करीब ३ महीना अवधि बितिसक्दा पनि एउटै कर्जा प्रवाह भने भएको छैन ।
कार्यविधिमा १२ कक्षा पास वा माध्यमिक शिक्षा वा सोसरह उत्तीर्ण युवावर्गले तोकिएको उद्यमका लागि ५ प्रतिशत ब्याज अनुदानमा रू. ५ लाखसम्मको युवा वर्ग स्वरोजगार कर्जा लिन पाउने व्यवस्था छ । यस्तो खालको कर्जाको माग नआएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको भनाइ छ ।
उनका अनुसार युवाहरू देशभित्र भन्दा पनि देशबाहिर जाने क्रम बढेकाले पनि यसको माग नआएको हुनसक्छ । ‘यद्यपि यो कार्यक्रम लागू भएको भर्खर ३ महीना भएकाले पनि प्रवाह नभएको देखिनसक्छ । साथै कोभिडका कारणले कुनै पनि नयाँ व्यवसाय शुरू गर्ने अवस्था पनि थिएन ।
उद्यमका लागि राम्रो परियोजना प्रस्ताव पनि आएको छैन । तर, यो पनि अब क्रमशः जाला,’ उनले अभियानसँग भने । साथै प्रमाणपत्र धितो राखेर प्रवाह गर्ने कर्जामा बैंकहरू भने हच्किने गरेको उनको भनाइ छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा ममता थापाले लेखेकी छन् ।
समाचार
बैंक अफ काठमाण्डूको परिमार्जित ईन्टरनेट बैंकिङ्ग सेवा, यस्ता छन सुविधा
बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई प्रदान गर्दै आईरहेको ईन्टरनेट बैंकिङ्ग स…
एप्पलले यी म्याकबुक मोडेलमा दिदै छ निःशुल्क ब्याट्री रिपलेसमेन्ट सुविधा
एप्पलले म्याकबुकको केही मोडेलहरुका लागी निःशुल्क ब्याट्री परिवर्तन गरिदिने भएको छ ।…
टेस्लाले खरिद गर्याे १.५ बिलियन डलर बिटकोइन, बिटकोइन प्रयोग गरेरै गाडी खरिद गर्न सकिने
टेस्लाले १.५ बिलियन अमेरिकी डलर बिटकोइन खरिद गरेको छ । चाँडैनै कम्पनीले ग्राहकको…
टेस्लाले खरिद गर्याे १.५ बिलियन डलर बिटकोइन, बिटकोइन प्रयोग गरेरै टेस्लाको गाडी खरिद गर्न सकिने
टेस्लाले १.५ बिलियन अमेरिकी डलर बिटकोइन खरिद गरेको छ । चाँडैनै कम्पनीले ग्राहकको…
कोरोनाको खोप बारे गलत जानकारी फैलिन नदिन विश्व स्वास्थ्य संगठनसँग सहकार्य गर्दै फेसबुक
विश्व स्वास्थ्य संगठनको सहकार्यमा फेसबुकले कोरोनाको खोप बारे गलत जानकारी फैलिन नदि…
एमआइटीका अन्वेषकले विकास गरे ड्रोन,रोबोट तथा इलेक्ट्रोनिक डिभाइसहरु बनाउने सक्ने प्रणाली
एमआइटीको कम्प्यूटर साइन्स तथा आर्टिफिसियल इन्टेलिजेन्स ल्याबका अन्वेषकहरुले ड्रोन,रोबो…
नेसनल जियोग्राफिकको वृतचित्रमा नेपाली युवाको कथा
विश्वका पाँच युवा उद्यमीको कथालाई समावेश गरी नेसनल जियोग्राफिक डकुमेन्ट्री फिल्म्सल…
आविष्कार केन्द्रले अब अनलाइनबाटै कम्प्युटर र ट्याबलेटको आईटी सपोर्ट उपलब्ध गराउने
राष्ट्रिय आविष्कार केन्द्रले अब कम्प्युटर र ट्याबलेटको आईटी सपोर्ट दिने भएको छ । केन्द्र…
म्यानम्यारमा फेसबुक प्रतिबन्ध भएसँगै ट्वीटरका प्रयोगकर्ता बढे
म्यानम्यारमा फेसबुक प्रतिबन्ध भएदेखि धेरै प्रयोगकर्ताहरुले ट्वीटर प्रयोग गर्न थालेका छ…
म्यानम्यारमा फेसबुक प्रतिबन्ध भएसँगै ट्वीटरका प्रयोगकर्ता बढे
म्यानम्यारमा फेसबुक प्रतिबन्ध भएदेखि धेरै प्रयोगकर्ताहरुले ट्वीटर प्रयोग गर्न थालेका छ…
‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ योजना अब केही दिन मात्रै बाँकी
डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले संचालनमा ल्याएक…
कुमारी स्मार्टमार्फत आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने
कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैकिङ्ग एप्लिकेसन कुमारी स्मार्टमार्फत नै आन्तरिक…
अष्ट्रेलियामा समाचार दिने प्लेटफर्महरुलाई गूगलले पैसा दिन थाल्यो
गूगलले अष्ट्रेलियामा समाचार दिने प्लेटफर्महरुलाई पैसा तिर्न थालेको छ । क्यानबेराले …
वानप्लस नर्डमा आयो सफ्टवेयर अपडेट, डिस्प्ले, क्यामेरा र सफ्टवेयर देखिएका समस्या समाधान हुने
वानप्लसले वानप्लस नर्ड स्मार्टफोनमा आएको सफ्टवेयरको समस्या ठिक गर्न बेटा अपडेट ल्याएको…
हिमालयन बैंकको मोबाइल बैंकिङबाट नेपाल सरकारको राजस्व भुक्तानी गर्न सकिने
हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ्ग सेवाबाट नेपाल सरकारको राजस्व भुक्तान…