कीवर्डहरू -

समाचार

ई-लर्निङ प्लेटफर्म माइ सेकेण्ड टिचरले राष्ट्रिय क्रिक्रेट टोलीलाई दियो ५ लाख

ई-लर्निङ प्लेटफर्म माइ सेकेण्ड टिचरले गत वैशाखमा नेपाल नेदरल्याण्ड र मलेसियाबीच भएको त्रिदेशिय क्रिक्रेट प्रतियोगितामा उपाधि जितेको क्रिक्रेट टोलीलाई ५ लाख रूपैयाँ दिएको छ ।

राष्ट्रिय क्रिक्रेट टोलीलाई ५ लाख दिएसँगै माइ सेकेण्ड टिचरले उक्त प्रतियोगितामा डेब्यु गरेका ४ खेलाडीलाई जनही एक लाख रूपैयाँ पनि प्रदान गरेको छ । निषेधाज्ञाका कारण उक्त पुरस्कार यही बुधबार मात्र हस्तानतरण गरिएको हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिक्रेट स्टेडियम किर्तिपुरमा आयोजित सिरिजमा मलेशिया र नेदरल्याण्डडसलाई पराजित गर्दै नेपाल सिरिजको शीर्ष स्थान हासिल गर्न सफल भएको थियो ।

गत बैशाख १ गते नेपालको शिक्षालाई डिजिटाइज गर्ने उद्देश्यका साथ माइ सेकेन्ड टिचर सार्वजनिक भएको थियो । क्याम्ब्रिज स्कुल सिंगापुरले तयार पारेको यो प्लेटफर्म नेपालसहित विश्वका १८ देशमा लागु भइसकेको छ भने यो वर्ष ५० देशमा पुग्दैछ ।

क्याम्ब्रिज स्कुलले डेभलप गरेको यो प्लेटफर्मलाई नेपालमा आइएनजी ग्रुप र इनोभेटिभ टेकले ल्याएको हो ।माइ सेकेण्ड टिचरले विद्यार्थी, शिक्षक, अभिभावकदेखि शैक्षिक संस्थाहरुबाट धेरै राम्रो प्रतिक्रिया पाएको छ । \\

हाल माइसेकेण्ड टिचरका ग्राहक २० हजार भन्दा बढी भइसकेका छन् । अहिले यस प्लेटफर्ममा कक्षा १० को ४ वटा मात्र विषय उपलब्ध छन् ।

नेपालको शैक्षिक क्षेत्रको स्तरोन्नतिमा लागेको माइ सेकेन्ड टिचर एक इ–लर्निङ प्लेटफम हो। माइ सेकेण्ड टिचरमा भएका कोर्ष पाठ्यक्रम विकास केन्द्र (सिडिसी) को कोर्षअनुसार शैक्षिक सामग्री डिजाइन भइरहेका छन् ।

यसमा प्रयोग भएको भाषा पनि बोलिचालीको छ । सबै विद्यार्थीले बुझ्न सकुन् भनेर अंग्रेजी र नेपाली भाषा दुवै मिसाएर कोर्ष डिजाइन गरिएको छ ।

अहिले कक्षा दशको अंग्रेजी, गणित, विज्ञान र अर्थशास्त्र चार विषय मात्र डिजाइन भए पनि अर्को वर्षसम्म कक्षा ६, ७, ८, ९, ११ र १२ कक्षाको सबै कोर्ष तयार हुँदै छन् ।

समाचार

डिजिटल सेवाहरू एकै ठाउँबाट दिन सिद्धार्थ बैंकले सार्वजनिक गर्‍यो ‘इजी बैंक’

सिद्धार्थ बैंक लिमिटेडले इजी बैंक नामको अनलाइन प्लेटफर्म सार्वजनिक गरेको छ । ग्राहक…

अब नेपालमै विद्युतीय सवारीसाधन निर्माण हुने, रुपन्देहीमा एसेम्बल प्लान्ट स्थापना हुँदै

विद्युतीय बस सञ्चालनका लागि विभिन्न कम्पनीले प्रक्रिया थाल्दै छन् । त्यस क्रममा साझा या…

गूगलले एन्ड्रोइडका लागि डिजिटल कोभिड भ्याक्सिन कार्ड सपोर्टको निर्माण गर्दै

गूगलले एन्ड्रोइडका लागि डिजिटल कोभिड भ्याक्सिन कार्ड सपोर्टको निर्माण गरिरहेको छ । य…

स्पोटीफाईले टिकेट काटेर इभेन्ट गर्न मिल्ने प्रणालीको व्यवस्था गर्दै

स्पोटीफाईले आफ्नो प्लेटफर्ममा टिकेट काटेर ईभेन्ट गर्न मिल्ने प्रणालीको व्यवस्था गर्ने भए…

सेलपे वालेटमा रकम लोड गर्दा १० प्रतिशत क्यास ब्याक पाइने

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमले ग्राहकहरुको माग ब…

अप्राविधिकलाई लक्षित गरी नेपालमै पहिलो पटक एआई वर्कशप हुँदै, यसरी हुनुहोस् सहभागी 

आर्टिफिसियल इन्टेलीजेन्स (एआई) को क्षेत्रमा काम गर्दै आएको संस्था फ्यूजमेसिन इंकले ‘ए…

सीपीभीआर २०२१ मा ओपोले हात पार्‍यो १२ अवार्ड

ओपोले प्रिमियर एन्यूअल कम्प्यूटर भिजन ईभेन्ट, कम्प्यूटर भिजन एण्ड प्याटर्न रिगक्निशन कन्फ…

साउन १ गतेदेखि क्यूआर कोडसहितको लाइसेन्स वितरण हुने

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा पास गरेका चाल…

नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत

सरकारले नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय गरेको …

इन्स्टाग्रामले आफ्नो स्टोरिमा लिकं शेयर गर्न दिने फिचर परीक्षण गर्दै 

इन्स्टाग्रामले आफ्नो स्टोरिमा धेरै मान्छेलाई लिकं सेयर गर्न दिने फिचर परीक्षण गरिरहेक…

रिया मनी ट्रान्सफरबाट अब इसेवा वालेटमा रेमिट्यान्स पठाउन सकिने

विश्वकै अग्रणी रेमिट्यान्स सेवा प्रदायक तथा युरोनेट वर्ल्डवाइड इंकको सब्सिडायरी कम्पनी…

सामाजिक सञ्जाल दिवस, यस्ता छन् केही तथ्य

सामाजिक सञ्जालले विश्वलाई एउटा प्लेटफर्ममा ल्याएको छ । जहाँ विश्वभरका करोडौं व्यक्ति एकै ठाउँ बसेर छलफल गर्न सक्छन् । स…

ट्विटरले समाधान गर्‍यो ‘लेटेस्ट ट्विट’ ट्याबलाई डिसेबल गरिदिने बग

ट्वीटरले ‘लेटेस्ट ट्विट’ भन्ने ट्याबलाई डिसेबल गरिदिने बग समाधान गरेको छ । यसले के…

वास्तविक समयमै अनुवाद गर्ने प्रणाली ल्याउन एक स्टार्टअप खरिद गर्दै जूम 

जूमले भिडियो कलमा वास्तविक समयमै अनुवाद गर्ने प्रणाली ल्याउनका लागि एउटा स्टार्टअप …

अध्यागमन विभागले शुरू गर्‍यो डिजिटल भिसा प्रणाली

अध्यागमन विभागले विदेशी नागरिकलाई डिजिटल भिसा दिन थालेको छ । हस्तलिखित भिसा प्रत…