समाचार
अष्ट्रेलियामा गरेको समाचार प्रतिबन्ध बारे फेसबुकले दियो यस्तो प्रतिक्रिया
सामाजिक सञ्जालमा गरिने समाचार सम्पे्रषण (न्युज फिड) र साझा गर्ने विषयलाई सम्बोधन गर्न अस्ट्रेलियामा हालै जारी नयाँ कानुनी व्यवस्थाले विश्वको ध्यान तानेको छ ।
अस्ट्रेलियाले ल्याएको नयाँ कानुनप्रति फेसबुकले देखाएको कडा प्रतिक्रियापछि यो घटनाले नेपाललगायत समग्र विश्वमा के प्रभाव पार्ला भन्ने चर्चा चुलिएको छ । अस्ट्रेलियाको कानुनी व्यवस्थाको प्रभाव केही देशमा देखिन थालिसकेको छ ।
गत बुधबार संसद्द्वारा पारित एक कानुनले गुगल तथा फेसबुकजस्ता कम्पनीले सम्बन्धित समाचार संस्थाका समाचार आफ्नो सोसल प्लेटफर्ममा प्रकाशन गर्न व्यापारिक सम्झौता गर्नुपर्ने प्रावधान राखेको छ । अर्थात्, अब यसअघि जस्तो समाचार सामग्री सामाजिक सञ्जालमा पूर्ववत् हिसाबले निःशुल्क उपलब्ध हुनेछैनन् ।
सुरुदेखि नै उक्त प्रस्तावित प्रावधानको विरोधमा रहेको फेसबुकले अस्ट्रेलियाले उक्त कानुन ल्याएलगत्तै आफ्नो प्लेटफर्ममा अस्ट्रेलियाका प्रयोगकर्ताले कुनै पनि समाचार हेर्न तथा साझा गर्न नपाउने बनायो ।
फेसबुकका अनुसार अस्ट्रेलियाबाट फेसबुकमा अस्ट्रेलियाली तथा अन्तर्राष्ट्रिय समाचार हेर्न र सेयर गर्न पाइनेछैन भने अस्ट्रेलियाबाहिर रहेकाले अस्ट्रेलियाका न्युज पृष्ठमा गएर फेसबुकमार्फत समाचार हेर्न र साझा गर्न पाउनेछैनन् ।
यसैगरी अस्ट्रेलियाका प्रकाशकले आफ्ना सामग्री फेसबुक पृष्ठमा सेयर गर्न पाउनेछैनन् भने अन्तर्राष्ट्रिय प्रकाशकले फेसबुकमा समाचार सामग्री राख्न त पाउनेछन् तर उक्त सामग्री अस्ट्रेलियाबाट हेर्न र साझा गर्न पाइनेछैन ।
फेसबुकका अस्ट्रेलिया र न्युजिल्यान्डका प्रबन्ध निर्देशक विलियम इस्टनले बुधबार आफ्नो एक ब्लगमा भनेका छन्, ‘गत वर्ष फेसबुकले ५ अर्ब १ करोडको संख्यामा अस्ट्रेलियाली प्रकाशकका लागि उनीहरूका समाचारको निःशुल्क रिफरल सिर्जना गरेको थियो र मूल्यका हिसाबले यो ४० करोड ७० लाख अस्ट्रेलियाली डलर बराबर थियो ।’ तर फेसबुकको पछिल्लो कदमले ट्राफिक र आय दुवै हराउने भएको छ ।
चाखलाग्दो के छ भने अस्ट्रेलियाको नयाँ नियमप्रति खुसी नहुँदानहुँदै पनि गुगलले नयाँ नियमअनुसार नै सिड्नी मर्निङ हेराल्ड र द एज प्रकाशन गर्ने कम्पनी नाइन इन्टरटेनमेन्ट कर्पाेरेसनसँग वार्षिक ३ करोड अमेरिकी डलरको सम्झौता गरेको छ, जसअन्तर्गत यी समाचार माध्यमका समाचार सामग्री गुगलमा उपलब्ध हुनेछन् ।
यसैगरी दी अस्ट्रेलियन, द डेली टेलिग्राफ र द हेराल्ड सन प्रकाशन गर्ने कम्पनी रुपर्ट मुर्डाेक न्युज कर्पाेरेसनसँग पनि गुगलले तीन वर्षे सम्झौता गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।
समाचार
प्रत्येक वडा कार्यालय, विद्यालय र घरघरमा इन्टरनेट पुर्याइने
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको आगामी नीति/कार्यक्रम र बजेटमा…
फाइभजी इनोभेसन टेलिकम बाहेकका ईण्डष्ट्रीहरूमा अन्वेषण गर्दै ह्वावे
ह्वावेका संस्थापक तथा सीईओ रेन झेंगफेईले हालसालै चीनमा ग्लोबल मिडिया सँग गरेको अ…
सगुनमा नयाँ फिचर
सामाजिक सञ्जालमा आधारित इकमर्स कम्पनी सगुनको पछिल्लो फिचरहरुबारे सगुनका संस्थापकहर…
नेपाली सेयर बजारको आकार अर्थतन्त्रको बराबरी अवस्थामा
नेपाली सेयर बजारको आकार अर्थतन्त्रको बराबरी अवस्थामा पुगेको छ। बिहीबार नेप्सेको बज…
पारमाणविक अनुसन्धान केन्द्र स्थापना हुने
मुलुकको पारमाणविक कार्यक्रमलाई अगाडि बढाउन छवटा कम्पनीका आशयपत्र छानिएका छन् । पार…
क्रोम ओएसमा बिल्ट इन स्क्रीन रेकडर आउँदै
गूगलले क्रोम ओएसमा बिल्ट इन स्क्रीन रेकडर ल्याउने भएको छ । गूगलले क्रोमबुकलाई विद्या…
एप्पलको एम वान प्रयोग भएको म्याकलाई ह्याक गर्ने प्रयास गर्दै ह्याकर
ह्याकरहरुले एप्पलको एम वान प्रोसेसर भएको म्याकलाई ह्याक गर्ने प्रयास गरिरहेका छन् । …
हेल्थ अथोरिटीबाट प्रमाणित कोभिड–१९ भ्याक्सिन एपलाई मात्रै एप्पलले अप्रुभ गर्ने
अहिले पुरै संसारमानै बिस्तारै कोरोनाको खोप लगाउने प्रक्रिया सुरु भएको छ । तर मौख…
‘क्यान इन्फोटेक २०२१’ आयोजना हुने, सरोकारवाला र प्रायोजकसँग क्यान महासंघको छलफल
क्यान महासंघले वर्षेनी आयोजना गर्दै आएको सूचना प्रविधि क्षेत्रको एक मेघा इभेन्ट ‘क्या…
प्लस टु पास गरेका गर्ल्सलाई रोबोटिक्स र एआई विषयमा निःशुल्क वर्कशप, यसरी हुनुहोस् सहभागी
रोबोटिक्स एशोसिएसन नेपाल र एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको सहकार्यमा…
कुमारी बैंक र ठमेल पर्यटन विकास परिषदबीच सहकार्य
कोभिड महामारीले प्रभावित पर्यटन व्यावसा…
बुटवलमा अनलाइन फुड डेलिभरी सेवा दिदै मजुर एप
नेपालमा पछिल्लो समय स्टार्टअपकाे प्रभाव विस्तारै देशका अन्य शहरहरूमा पनि देखिन थाले…
महंगियो डाक्टरको जाँच्ने शुल्क
डाक्टरहरूले परामर्श तथा जाँच्ने शुल्क बढाएका छन् । अबदेखि चिकित्सकले परामर्श दिएबापत…
सरकारले धेरै कर लगाउँदा इन्टरनेट महंगो
सरकारले धेरै कर लगाउँदा इन्टरनेट महंगो भएको गुनासो व्यवसायीले गरेका छन् ।
सोलुखुम्बुको विकट गाउँमा फोरजी सेवा
हिमाली जिल्ला सोलुखुम्बुमा फोर जी सेवा पुनः सञ्चालनमा आएको छ । जिल्लामा निर्माण हु…