समाचार
इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स नेपालको अध्यक्षमा सुशील तण्डुकार निर्विरोध निर्वाचित
इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपालको अध्यक्षमा सुशिल तण्डुकार निर्विरोध निर्वाचित भएका छन् ।
शुक्रबार सम्पन्न आईएई नेपालको तेस्रो साधारण सभाले उपाध्यक्षमा पवित्रविक्रम राणा र सशिन्द्र भण्डारी, महासचिवमा वाशुदेव तिमल्सिना, सचिवमा विश्वास घिमिरे, कोषाध्यक्षमा मधुसूदन सिग्देल र सह–कोषाध्यक्षमा विवेक मिश्रलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा जयराम महर्जन, कृष्ण पोखरेल, मलेश शाह, सञ्जय न्यौपाने, नितु श्रेष्ठ, अस्मित उप्रेती, सुवर्ण पौडेल र सुवाश अर्याल चयन भएका छन् ।
आईएई नेपालको सल्लाहकारमा पूर्वमन्त्री गणेश साहका साथै राजनबाबु श्रेष्ठ, गोविन्द भट्टराई, कपिल शिवाकोटी, पूर्णबहादुर क्षेत्री, प्रदीपमान प्रधान र शान्तराज बतास छन् ।
नेपाली बजारमा उपलब्ध विभिन्न ब्रान्डका गाडी निर्माता कम्पनीका सर्भिस सेन्टर र वर्कसपहरुमा कार्यरत अटोमोबाइल तथा मेकानिकल इन्जिनियरहरुको संस्थाको रुपमा आईएई नेपाल क्रियाशील छ ।
मधुसूदन सिग्देलको स्वागत मन्तव्यबाट प्रारम्भ भएको सो कार्यक्रममा विभिन्न बक्ताहरुले सडक सुरक्षामा सुधार ल्याउनुका साथै अटोमोबाइल मेकानिक्स पेशालाई व्यवस्थित ढंगले अगाडि बढाउनमा आईएईले नेतृत्व गर्ने र यसमा विभिन्न कम्पनीका साथै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, नेपाल अटो मेकानिक्स व्यवसायी महासंघ तथा सरकारी निकायको संयुक्त प्रयासले यो सबै सम्भव हुने धारणा राखेका थिए ।
सो अवसरमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का भाइस चान्सलर सुनिलबाबु श्रेष्ठ, युनेस्को नेसनल कमिसन नेपालका डेपुटी सेक्रेटरी बाबुराम अधिकारी, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य गोविन्द भट्टराई, इन्टरमोडल यातायात विकास बोर्डका कार्यकारी निर्देशक आशिष गजुरेल, राष्ट्रिय शहिद पार्कका अध्यक्ष सुदर्शन सिग्देल, सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजनबाबु श्रेष्ठ, नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका महासचिव ठाकुरप्रसाद न्यौपाने र काठमाडौं युनिभर्सिटीका स्टुडेन्ट वेलफेयर डाइरेक्टरेटका डाइरेक्टर डा. बिमप्रसाद श्रेष्ठले अटोमोटिभ इन्जिनियरहरुले नेपाली सडकलाई सुरक्षित राख्नका लागि खेल्नु पर्ने भूमिका र आफूहरुले गर्न सक्ने सहयोगका वारेमा चर्चा गरेका थिए ।
आईएई नेपालमा हाल संस्थागत र व्यक्तिगत गरी ४५ सदस्य छन् । त्यसैगरी अन्य विभिन्न संस्थासँगको सहकार्यमा विभिन्न कार्य गर्दै आएको छ ।
आईएईले रोड साइड असिस्टेन्ट सर्भिसको लागि त्यधष्लन त्चगअप सञ्चालन गरेको छ । जसले बाटो भन्दा बाहिर फसेको, विग्रेको तथा दुर्घटना भएको गाडीलाई सजिलैसँग निकालेर सेवाग्राहीले चाहेको स्थानमा पुर्याउने गर्छ ।
इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपाल, नेपालमा अटोमोटिभ, मेकानिकल, इण्डष्ट्रियल तथा एरोनोटिकल इन्जिनियरिङ क्षेत्रसँग सम्बन्धित पेशागत संस्था हो । यसले अटोमोटिभ इन्जिनियरिङ क्षेत्रको अन्तर्राष्ट्रिय महासंघ फिसिटा तथा सोसाइटी अफ अटोमोटिभ इन्जिनियरिङ (एसएई) इन्डिया, चाइना, युएसए तथा इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियरिङ सिलोन जस्ता संघ र महासंघसँग समेत बिगत लामो समय देखि सहकार्य गर्दै आइरहेको छ ।
समाचार
शृंखला खतिवडा वल्र्डलिंक कम्युनिकेशन्सको सद्भावना दूत
नेपालकै सबै भन्दा ठूलो ब्रोडव्यान्ड सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले पुर्व मिस नेपाल शृंखला खतिवड…
गूगलले वेयर ओएसको बग फिक्स गर्ने
गूगलले तीन महिना अघिको वेयर ओएसमा भएको बगको समस्यालाई ठिक गर्ने भएको छ । वेयर ओ…
वैदेशिक रोजगारीमा जानेका लागि एनसेलको ‘सहयात्री सिम’
एनसेल आजियाटा लिमिटेडले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुक…
पशुपतिनाथमा अब क्यूआर कोड स्क्यान गरेर भेटी दान गर्न सकिने
पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ …
अब एक महिनामै चालक अनुमतिपत्र पाइने
नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात …
सीडीएससीले ल्यायो आईपीओको मात्रै नतिजा हेर्न मिल्ने नयाँ वेबसाइट
आइपीओको मात्रै नतिजा हेर्न सकिने गरी नयाँ वेबसाइट सञ्चालनमा आएको छ । सीडीएस एण्ड …
शिखर इन्स्योरेन्सको च्याटबटबाट सेवा लिने दिनदिनै बढ्दै, यसरी लिनुहोस् सेवा
शिखर इन्स्योरेन्सले गत मंसिर १७ गतेदेखि सुरु गरेको च्याटबटमार्फत कुनैपनि सेवा लिन …
डिजिटल रूपान्तरणको गतिलाई अगाडि बढाउँदै ह्वावे
ह्वावेले एचएमएस इकोसिस्टमका लागि विकासकर्ता र साझेदारहरुलाई सशक्त बनाउन सिंगापुरक…
ट्वीटरमा सेफ्टी मोड फिचर आउँदै, नराम्रो कमेन्टहरुलाई आफै ब्लक गर्न सक्ने
ट्वीटरले स्वत रुपमा नराम्रो कमेन्टहरुलाई ब्लक गर्न सक्ने सेफ्टी मोड ल्याउन काम गरिरहेक…
आफ्नै प्रोसेसर प्रयोग भएको ल्यापटप ल्याउँदै सामसङ
सामसङले यो वर्ष एएमडी ग्राफिक भएको एक्सीनोस ल्यापटप सार्वजनिक गर्न सक्ने भएको छ । <…
म्यानमारको सैनिक अकाउन्ट माथि फेसबुकको प्रतिबन्ध
फेसबुकले म्यानमारको मिलिटरी (सैनिक) लाई अनिश्चित समयको लागी प्रतिबन्ध गरेको छ । म…
ग्वार्को तरकारी तथा फलफूल बजारमा कुमारी बैङ्कको क्यूआर सेवा शुरु
कुमारी बैङ्क लिमिटेडले ललितपुर स्थित ग्वार्को तरकारी तथा फलफूल बजारमा क्यूआर कोड स…
रुपन्देहीमा १ महिने कम्प्युटर प्रशिक्षण कार्यक्रम सम्पन्न
रुपन्देहीको कञ्चन गाउँपालिकाले आयोजना गरेको १ महिने कम्प्युटर तालिम सम्पन्न भएको छ …
शिक्षालाई व्यावहारिक र प्रविधिमैत्री बनाउँदै डिजिटल रूपान्तरणको रूपमा अघि बढाउन आवश्यक
हरेक वर्ष फेब्रुअरी २५ मा विश्वभर मनाइने डिजिटल लर्निङ डे नेपालमा पनि विविध कार्यक्…
विद्युतीय चुरोटले पनि स्वास्थ्यमा नकारात्मक असर गर्ने
युवा वर्गमा ई–चुरोट (विद्युतीय चुरोट) को प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गर्ने गरे…