समाचार
सफ्टवेरिकामा दोश्रो आइओटी प्रदर्शनी हुँदै: अटोनोमस भेहिकल देखि रेस्क्यु ड्रोन सम्म
कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्ट्वरिका कलेज अफ आइ टि एण्ड इकमर्सले काठमाण्डौमा आइओटी प्रदर्शनी गर्ने भएको छ ।
फागुन २८ गते देखि ४ दिन सम्म डिल्लीबजारमा चल्ने प्रदर्शनीका लागि अटोनोमस भेहिकल, स्मार्ट ह्विलचियर, स्मार्ट डेलिभरी स्कुटर, स्मार्ट बगैंचा, सर्च एण्ड रेस्क्यु ड्रोन, स्मार्ट फोहत ब्यवस्थापन, रोबोटिक हात लगायत ३० वटा प्रोजेक्टको नमुना तयार गरिएको छ । स्मार्ट सवारी नेपालमा कलेज स्तरमा पहिलो पट निर्माण गरिएको कलेजका निर्देशक अमृत थापाले बताए।
प्रदर्शनीमा राखिने स्मार्ट सोलुसनका मोड्युल सफ्ट्वरिका कलेजमा कम्प्यूटिङ र साइबर सेक्युरिटी विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले तयार गरेको कलेज प्रमुख प्रमोद पौडेलले बताए।
विद्यार्थीलाई प्रयोगात्मक पढाइमा जोड दिइ दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधरणलाई कम्प्यूटिङ सोलुसनको अवधारणा बुझाउने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए ।
निशुल्क प्रवेश रहेको प्रदर्शनी राज्यका नीति निर्माता, निजी क्षेत्र, विद्यार्थी, अभिभावक र आइटी क्षेत्रका जिज्ञाशुका लागि उपयोगी हुने श्रेष्ठको भनाइ छ ।
प्रविधिको सदुयोग गर्न सके कसरी हाम्रो जीवनयापन सहज हुन्छ भन्ने प्रदर्शनीले स्पष्ट पार्ने प्रदर्शनीका संयोजक एवम् सफ्ट्वरीका कलेजका स्ट्याटेजिक हेड मनोज श्रेष्ठ बताउँछन् ।
बेलयातको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको सफ्ट्वेरिका कलेजले बिआइटी अध्ययन गर्ने विद्यार्थीका लागि इनोभेसन हब समेत तयार गरेको छ। हालको प्रदर्शनी सोही इनोभेसन हवमै विद्यार्थीहरुले तयार गरेको बताइएको छ।
कलेजको पढाई सँगसँगै विद्यार्थीले अनुसन्धानमा समेत जोड दिन सकुन भनेर इनोभेसन हबको परिकल्पना गरिएको बताइएको छ।
आर्थिक अभावको कारण अनुसन्धानमा असर नपरोस् भनेर कलेजले ब्यवसायिक सम्भावना भएका उत्कृष्ट परियोजनालाई पाँच लाख रुपैयाँ सम्म अनुदान दिने अध्यक्ष श्रेष्ठले बताए।
५ हजार जनाले अवलोकन गर्ने अपेक्षा राखिएको प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको बताइएको छ ।
समाचार
नेपाली आकाशमा अब इन्टरनेट सेवा
विदेशी एयरलाइन्सहरुले अब नेपाली आकाशमा इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन् । …
प्राधिकरणले सार्वजनिक गर्यो इन्फरमेसन सिस्टम अडिटर र क्लाउड अडिटरको सूची
नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी अडिट र क्लाउड अडिटका लागी अडिटर फर्मह…
६७ लाखले फोरजी सेवा प्रयोग गर्दै
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले करिब ६७ लाख सर्वसाधारणले फोरज…
स्मार्ट सिटी, आईओटी र मसिन टु मसिन कम्युनिकेसनका लागि फ्रिक्वेन्सी व्यवस्था गर्दै प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट सिटी, इन्टरनेट अफ थिङ्स (आईओटी) र मसिन टु मसिन …
३ हजार ७१४ सामुदायिक विद्यालयमा इन्टरनेट पुग्यो
३ हजार ७१४ सामुदायिक विद्यालयमा इन्टरनेट पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको २…
पूर्वाधार कम्पनी बनाउनु अहिलेको आवश्यकता होः सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पूर्वाधार कम्पनी बनाउनु अहिलेको आवश्य…
जेठभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम कार्यान्वयनमा आउने
आगामी जेठभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा आउने भएक…
दूरसञ्चार प्राधिकरणका उप निर्देशक सन्दिप अधिकारी वर्षकै उत्कृष्ट कर्मचारी घोषित
नेपाल दूरसञ्चार प्राधिकरणले प्राधिकरणका उप निर्देशक सन्दिप अधिकारीलाई उत्कृष्ट कर्मचा…
२३ औं वार्षिकोत्सव मनाउँदै नेपाल दूरसञ्चार प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणले आज आफ्नो २३ औं वार्षिकोत्सव मनाउँदै छ । प्राधिकरणले सञ्च…
नेपालको पिकोस्याट प्रोजेक्ट माइक्रोसफ्ट इम्याजिन कपको फाइनलमा
नेपालको पिकोस्याट प्रोजेक्ट माइक्रोसफ्ट इम्याजिन कपको फाइनलमा पुगेको छ। पिकोस्याट ने…
नारी दिवसका दिन महिलाहरुले प्रयोग गर्ने सामानमा ग्यापुले ५० प्रतिशत छुट दिने
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ग्यापु मार्केटप्लेसले नेपाली महिलाहरूको गौरवशाली …
अब मोबाइल बैंकिङबाट दैनिक २ लाख सम्म कारोबार गर्न सकिने
नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीम संशोधन गरेको छ । विद्युतीय माध्यमबाट …
आगामी आइफोनमा यस्ता हुनेछन् फिचरहरु
एप्पलले सन् २०२१ मा चार ओटा आइफोन मोडेल निकाल्ने भएको छ । एप्पलले सन् २०२१ को दोस्र…
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आइसिटी वुमन कन्क्लेभ आयोजना हुँदै
आगामी मार्च ७ मा आइसिटी वुमन कन्क्लेभ आयोजना हुने भएको छ।
त्रिवि सेवा आयाेगकाे दरखास्त फारम शुल्क खल्ती बाटै तिर्न गर्न सकिने
त्रिभुवन विश्वविद्यालय सेवा आयाेगले विभिन्न पदका लागि माग गरेकाे आवेदनकाे शुल्क मो…