समाचार
१४ लाख थान स्मार्ट लाइसेन्स कार्ड किन्दै यातायात व्यवस्था विभाग
यातायात व्यवस्था विभागले थप १४ लाख थान स्मार्ट लाइसेन्स कार्ड खरीद प्रक्रिया अघि बढाएको छ । विभागले १४ लाख ८ सय थान कार्ड खरीदका लागि फ्रान्सेली कम्पनी स्मार्ट कार्ड एन्ड सोलुशन (एसईएलपी)लाई ठेक्का दिएको छ ।
विभागले १२ लाख ४ हजार अमेरिकी डलर (१४ करोड रुपैयाँ)मा उक्त कम्पनीलाई ठेक्का दिएको हो । विभागले गत भदौ दोस्रो साता स्मार्ट लाइसेन्स कार्डका लागि ठेक्का आह्वान गरेको थियो, जसमा मलेशियाको कम्पनी आइरिस बर्हाड कर्पोरेशन, फ्रान्सेली कम्पनी एसईएलपी र भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सले ठेक्का हालेका थिए ।
उक्त ठेक्कामा आधारित भएर मलेशियाको कम्पनी आइरिस बर्हाडले सबैभन्दा सस्तो ८ लाख २६ हजार डलर (९ करोड ६१ लाख रुपैयाँ) मूल्य प्रस्ताव गरेको थियो भने भारतीय कम्पनीले मद्रास सेक्युरिटीले १९ करोड २२ लाख मूल्य प्रस्ताव गरेको थियो ।
यस्तोमा विभागले सस्तो भन्दा महँगो कम्पनीलाई प्राथमिकतामा राखेर फ्रान्सको कम्पनी एसईएलपीलाई ठेक्का दिएको हो । ठेक्का सम्झौताअनुसार प्रतिकार्ड मूल्य १०० रुपैयाँ पर्ने भएको छ ।
प्राविधिक र वित्तीय प्रस्ताव हेरेर फ्रान्सेली कम्पनीलाई ठेक्का दिइएको विभागका निर्देशक रामचन्द्र पौडेलले बताए । ‘वित्तीय र प्राविधिक प्रस्ताव हेरेर राम्रो प्रविधि भएको कम्पनीलाई ठेक्का दिइएको हो,’ उनले भने, ‘मलेसियाको कम्पनीले गरेको प्रस्तावमा ६ ओटा प्राविधिक विचलन थिए ।’
मलेशियाको कम्पनीले विभागले तोकेअनुसारको सर्टिफिकेट पेश नगरेको र अपरेटिङ सिस्टमबारे पनि जानकारी नगराएपछि महँगो प्रस्ताव गरेको फ्रान्सको कम्पनीलाई ठेक्का दिइएको हो ।
ठेक्काअनुसार आगामी ९० दिनभित्र कम्पनीले विभागलाई सबै कार्ड उपलब्ध गराउनेछ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
समाचार
सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याइने
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई अ…
भ्यालेनटाइन लक्षित रियलमीका गिफ्ट आइटम
प्रेमका लागि महत्वपूर्ण समय मानिएको ‘भ्यालेन्टिन डे’ मा प्रेम गर्नेहरूले आफ्ना पार्टनर…
अटोमेटेड ड्राइभिङ कार बनाउन माइक्रोसफ्टसँग सहकार्य गर्दै भोल्सवागेन
भोल्सवागेन ग्रुपले अटोमेटेड बनाउनका लागी माइक्रोसफ्टसँग सहकार्य गर्ने भएको छ ।
भ्यालेनटाइन डेमा पठाओद्वारा राइडर र ग्राहक दुबैलाई प्रेममय उपहार
प्रेमको उत्सव भ्यालेन्टाइन डेको अवसरमा लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओले आफ्ना रा…
एआई मार्फत उत्पीडन र शोषण गर्ने खालको कन्टेन्टलाई पत्ता लगाउँदै फेसबुक
फेसबुकले एआईको प्रयोग गरेर आफ्नो प्लेटफर्ममा हुने उत्पीडन र शोषण गर्ने खालको कन्टेन्ट…
डिशहोमको रियालिटी टिभीमा कोरियन सिरिज ‘दी किङ इज इन लभ’
डिशहोमले यही माघ २९ गते देखि नयाँ कोरियन सिरिज दी किङ इज इन लभ प्रशारण शुरू भए…
विश्वव्यापी चीप अभावलाई समाधान गर्न बाइडेन प्रशासनले कार्यकारी आदेश जारी गर्ने
जो बाइडेन प्रशासनले विश्वव्यापी चीप अभावलाई समाधान गर्न कार्यकारी आदेश जारी गर्ने भ…
मास्टरकार्डले अब आफ्नो नेटवर्कमा क्रिप्टोकरेन्सी सपोर्ट गर्ने
मास्टरकार्डले यो वर्ष देखि केही क्रिप्टोकरेन्सीहरुलाई आफ्नो नेटवर्कमा सपोर्ट गर्ने भएको…
ग्लोबल इन्नोभेसन ड्राइभ गर्न ह्वावे फाइभजी टेक्नोलोजी ट्रान्सफर गर्न तयार
ताइयुआनमा इन्टेलिजेन्ट माइनिङ इनोभेशन प्रयोगशालाको उद्घाटन समारोहमा ह्वावेका संस्था…
काठमाडौंका ३ ठाउँमा वाटर एटिएमको सेवा शुरु
काठमाडौंको शंखधर पार्क, बालाजु र स्वयम्भुमा वाटर एटिएम सेवा शुरु भएको छ । बिहिबा…
बाल साइबर सुरक्षाबारे श्वेतपत्र प्रकाशित
सुरक्षित इन्टरनेट दिवस २०२१ को अवसरमा चाइल्डसेफनेट र युनिसेफ नेपालले बालबालिका र…
ग्यापुको भ्यालेनटाइन अफर, भ्यालेनटाइन सप्ताहभर आकर्षक सेल
ग्यापु मार्केटप्लेसले भ्यालेन्टाइन सप्ताहको अवसरमा 'भ्यालेन-टाइम' अफर सार्वजनिक गरेको…
युट्युबको गोपनीयता नीति सार्वजनिक
गूगलले बल्ल युट्युबको गोपनीयता नीति सार्वजनिक गरेको छ । एप्पलले पनि डिसेम्बर देखि …
एनआईसी एशियाको नयाँ योजना, तारे होटलमा भ्यालेनटाइन डेको दिन डिनर गर्ने अवसर
एन आई सी एशिया बैङ्कले भ्यालेन्टाइन्स डेका लागि ‘सेलिब्रेट लभ वीथ एनआईसी एशिया बैङ्…
माइक्रोसफ्टले डिफेन्डर मार्फत सम्भावित ह्याकिङ बारे नोटिफिकेसन दिने
माइक्रोसफ्टले चाँडैनै अफिस ३६५ का एडमिनहरुलाई सम्भावित ह्याकिङ क्रियाकलापको बारेमा…