कीवर्डहरू -

समाचार

अनलाइनबाट युरोकप फुटबलको सट्टाबाजी, ३४ लाख नगदसहित ८ जना पक्राउ

महानगरीय अपराध महाशाखाले युरोकप २०२० लगायतका फुटबल खेलहरुमा सट्टाबाजी गराएको आरोपमा काठमाडौंबाट ८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं सुकेधारा बस्ने ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, ढोकाटोल बस्ने ४७ वर्षीय जिवन लामा, पर्सा घर भई हाल कुलेश्वर बस्ने ४६ वर्षीय सुरज टिवडेवाल र चितवन घर भई हाल धापासी बस्ने ४५ वर्षीय गोबिन्द प्रसाद आचार्य रहेका छन् ।

त्यस्तै भारत बिहार घर भई हाल कुलेश्वर बस्ने ४६ वर्षीय अशोक कुमार गुप्ता, भारत हरियाना घर भई हाल इन्द्रचोक बस्ने ४९ वर्षीय राजेश कुमार अग्रवाल, भारत राजस्थान घर भई हाल क्षेत्रपाटी बस्ने ३३ वर्षीय सुचित डालमिया अग्रवाल र मोरङ घर भई हाल मरुटोल बस्ने ४६ वर्षीय अमरनाथ गुप्ता रहेका छन् ।

हाल युरोप र अमेरिकामा संचालन भईरहेको युरोकप-२०२० र कोपा अमेरिका कप फुटबल खेलमा अनलाइनमार्फत् बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई आफूले लाभ लिने उदेश्य राखी ठूलो रकमको बाजी राख्न लगाउनेलाई महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलीले आज पक्राउ गरेको हो ।

काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाटलगायतका विभिन्न स्थानबाट अनलाइन ब्याटिङ गरि नगदी कारोबार समेत गरिरहेको अवस्थामा ३४ लाख ६५ हजार ५०५ नगद र सट्टाबाजीमा प्रयोग भएको ९ थान मोबाइलसहित उनीहरुलाई पक्राउ गरिएको महाशाखाका सूचना अधिकारी एसपी कृष्णप्रसाद कोइरालाले जनाकारी दिए ।

साथै त्यसरी विभिन्न स्थानबाट सट्टाबाजीमा प्रयोग भएको पैसा आइएमीबाट पठाइने र लिने गरि कारोबार गर्ने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उप दफा ४ बमोजिम कसुरमा सजाय हुने गरि आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परीसर काठमाडौं पठाइएको एसपी कोइरालाले बताए ।

समाचार

थपिएको निषेधाज्ञामा अनलाइन अर्डर र होम डेलीभरी गर्न पाइने  

सरकारले कोरोना संक्रमण रोकथामको लागि भन्दै काठमाडौँ उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपेको छ । जिल्ला प्रशासन कार्…

अनलाइनमा महिलालाई उत्पीडनबाट बचाउन फेसबुक, गूगल, टिकटक र ट्वीटरको प्रतिबद्धता

फेसबुक, गूगल, टिकटक र ट्वीटरले अनलाइनमा महिलालाई उत्पीडनबाट बचाउन र सुरक्षित बना…

स्टार्टअप परियोजना कर्जा उपलब्ध गराउन राष्ट्र बैंकलाई महासंघको सुझाब

नेपाल उद्योग वाणिज्य महासंघले नयाँ उद्यमीको विकास गर्नका लागि स्टार्टअप परियोजना कर्जा उपलब्ध गराउन नेपाल राष्ट्र बैंक…

‘विपद् न्यूनीकरणमा डेटा र डिजिटल प्रविधिको प्रयोग अधिकतम गर्नुपर्छ’ 

काठमाडौं । विपद् न्यूनीकरण गर्न डिजिटल प्रविधिको प्रयोगमा विशेष ध्यान दिनुपर्ने विज्ञहरुले बताएका छन् । पछिल्लो समय सर…

सफ्टवेयर इन्जिनियरिङका नीति बारे कार्यक्रम आयोजना गर्दै टेक वेबिनार

टेक वेबिनार नेपालले गूगलमा सफ्टवेयर इन्जिनियरिङ: प्रोग्रामिङका लागि शिक्षा भन्ने वि…

हाम्रो पात्रोबाट अब रेडियो एचडीमा सुन्न सकिने

नेपालकै लोकप्रिय एप ‘हाम्रो पात्रो’ मा अब रेडियो एचडी (हाइ डेफिनेसन) अर्थात उच्च ग…

रिचार्जरले अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर भाडामा दिने, १ घण्टामा डेलिभरी

ई-कमर्श प्लेटफर्म रिचार्जरले अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउने भएको …

ट्रम्पले सार्वजनिक गरे ‘गेट्टर’ नामक सामाजिक सञ्जाल, यसरी गर्नुहोस् डाउनलोड

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गेट्टर’ नामक सामाजिक सञ्जाल सार्वजनिक गरे…

मेरो शेयरको पासवर्ड बिर्सिएमा अब आफैले रिसेट गर्न सकिने

मेरो शेयरको पासवर्ड बिर्सिएमा अब आफैले रिसेट गर्न सकिने भएको छ । सीडीएससी एण्ड क्ल…

भक्तपुरमा ६४ वटा सिसिटिभी क्यामेरा जडान

भक्तपुरमा ६४ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ ।

फेसबुकका संस्थापक मार्क जुकरबर्ग जस्तै देखिने एक अपराधि फेला पार्नेलाई कोलमबियन प्र…

ब्रिटिस अर्बपति रिचार्ड ब्रान्सन बेजोसभन्दा नौँ दिन अगाडि अन्तरिक्ष यात्रामा जाँदै

ब्रिटीस अर्बपति रिचार्ड ब्रान्सन आफ्ना प्रतिद्वन्दी अमेजनका संस्थापक जेफ बेजोस भन्दा नौँ…

५ लाख घरधुरीमा पुग्यो वर्ल्डलिंकको इन्टरनेट सेवा

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सको इन्टरनेट सेवा ५ लाख घरधुरीमा …

१२ घण्टा राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण सेवा बन्द हुने

आज साझ देखि भोलि बिहानसम्म राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण सेवाहरु बन्द हुने भएका …

अब सबै प्रयोगकर्ताले टिकटकमा ३ मिनेटसम्मको भिडियो बनाउन सक्ने

अब सबैले टिकटक प्रयोगकर्ताले ३ मिनेट लामो भिडियो बनाउन सक्ने भएका छन् । गत डिसेम्ब…