समाचार
नबिल बैंकले स्थापना गर्यो ‘नबिल दिगो बैंकिङ’
नबिल बैंकले नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरेको छ । बैंकले मंगलबार एक भर्चअल कार्यक्रममार्फत सो घोषणा गरेको हो ।
नबिल दिगो बैंकिङको माध्यमबाट बैंकले अहिलेसम्म बैंकिङ नगरेकाहरूलाई वित्तीय पहुच प्रदान गर्दै देशको सबैभन्दा दुर्गम स्थानहरूमा उद्यमशिलतालाई प्रवर्द्धन गर्ने उद्देश्य अनुसार नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरिएको हो ।
संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरूसँग पंक्तिबद्ध भएर नबिल दिगो बैंकिङले भौगोलिक, जनसांख्यिकीय र आर्थिक स्तरसम्म गएर सुदृढ नेपालको लागि स्थायी लघुउद्यम सिर्जना गर्नको निमित्त सुविधाहरू प्रदान गर्ने सोच नबिलले लिएको छ ।
बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले समग्र बैंकिङ क्षेत्रले लाखौंको जीवनलाई छुने र सबै पक्षमा सकारात्मक प्रभावहरू ल्याउन सक्षम भएको बताए ।
उनका अनुसार वर्षौंको दौडान, हामी साथसाथै अर्थव्यवस्थाको आकार, व्यक्तिको जीवन र व्यवसायको प्रगति भएको छ ।
‘हामीले मानिस, वातावरण, समुदाय, राष्ट्रिय अर्थव्यवस्था र पूरै देशको जीवनमा पार्ने प्रभावहरूको बारेमा सचेत रहन आवश्यक छ । तसर्थ, नबिल बैंकले दिगो बैंकिङ विभाग स्थापना गरेको छ,’ उनले भने, ‘हामी नाफा अधिकतमतामा मात्र केन्द्रित नरही अधिकतम एकीकृत मूल्यमा केन्द्रित छौं जसले वित्तीय, सामाजिक र आर्थिक मूल्यलाई जोड्दछ । यसका साथ हामी लगानी गर्ने कम्पनीहरूमा पर्ने असर, समाज र समग्र इकोसिस्टममा विचार गर्नेछौं ।’
ग्रामीण नेपाल र वित्तीय पहुँच न्यून भएका वर्गहरूका लागि उद्यमशीलताको विकास र कृषि क्षेत्रको व्यावसायीकरण गर्न बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा नामक दुईवटा उत्पादन ल्याएको छ ।
यी उत्पादनहरू देश व्यापीरुपमा सबै शाखाहरूमा ल्याइएता पनि बैंकले सुरुमा छानिएका १७ वटा ग्रामीण शाखाहरूमा ग्रामीण नेपालमा दीर्घकालीन प्रभाव पार्न दिगो क्रियाकलापअन्तर्गत केन्द्रित रहनेछ ।
आफ्ना दिगो प्राथमिकता तर्फ कार्य गर्दै, बैंकले प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् (सिटिईभिटी) का साथ समझौता पत्रमा पनि हस्ताक्षर गरेको छ ।
बैंकले यस समझौता मार्फत देशभरिका सिटिईभिटी पास गरेका र योसँग सम्बद्ध व्यक्तिहरूलाई आफ्नो दिगो तथा अन्य लघूवित्त/वञ्चित क्षेत्रका उत्पादनहरू प्रदान गर्नुपर्नेछ ।
समझौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र सिटिईभिटीका सदस्य सचिव जीव नारायण काफ्लेले हस्ताक्षर गरे ।
बैंकका देशभर १ सय १९ वटा शाखा कार्यालय, १ सय ८५ एटीएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरू छन् ।
समाचार
चीनले शेयर गर्यो मङ्गल ग्रहको रोभरले खिचेको भिडियो र अडियो (भिडियो)
चीनले मङ्गल ग्रहको रोभरले खिचेको भिडियो र अडियो सेयर गरेको छ । चीनको रोभर जुरोङ…
पठाओ फुडबाट अर्डर गर्दा ३० प्रतिशतसम्म छूट पाइने
पठाओ फुडबाट अर्डर गर्दा ३० प्रतिशतसम्म छूट पाइने भएको छ । ‘डेलिभरी ह्यापिनेस एट यो…
टेलिग्राममा अब ग्रुप भिडियो कल पनि गर्न सकिने
टेलिग्रामले ग्रुप भिडियो कलको फिचर सार्वजनिक गरेको छ । टेलिग्रामको पछिल्लो आईओएस, …
एनआईसी एशिया बैंकको एटीएम मेसिन फोड्दा फोड्दै एक युवक पक्राउ
बुढीगंगा गाउँपालिका-३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटिएम ‘फोड्दा फोड्दै’ एक…
भोलिबाट सातै दिन मोबाइल तथा कम्प्युटर पसल खुल्ने
भोलिबाट सातै दिन मोबाइल तथा कम्प्युटर पसल खुल्ने भएका छन् । आज बसेको काठमाडौं उपत्…
प्रभु बैंकका ग्राहकले आफ्नो बैंक खाता अब कनेक्ट आईपीएसमा सेल्फ भेरिफाई गर्न सक्ने
प्रभु बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै स…
टोकियो समर ओलम्पिक प्रवर्द्धन गर्न दराज र नेपाल ओलम्पिक कमिटीको साझेदारी
अनलाइन सपिङ बजार दराजले नेपाल ओलम्पिक कमिटी (एनओसी)सँग ‘टोकियो २०२० समर ओलम्पिक…
सिआरआईएसपिआर जिन एडिटीङले थुप्रै उपचार नभएको रोगहरु ठिक गर्न सक्ने
सिआरआईएसपिआर जिन एडिटीङले थुप्रै रोगहरुलाई ठिक गर्न सक्ने भएको छ । जसको कारणले प…
अनलाइनबाटै नबिल इन्भेष्टमेन्टमा निःशुल्क डिम्याट खाता खोल्न सकिने
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले चालु आर्थिक वर्षको आषाढ मसान्तसम्मको लागि निःशुल्…
स्पेसएक्सले जुलाईमा पहिलो अर्बिटल स्टारसीप परीक्षण उडान गर्ने
स्पेसएक्सले जुलाईमा पहिलो अर्बिटल स्टारसीप परिक्षण उडान गर्ने योजना राखेको छ । आउँद…
अनलाइनबाटै निःशुल्क मर्न स्ट्याक सिकाउँदै ब्रोडवे इन्फोसिस
ब्रोडवे इन्फोसिसले अनलाइनबाट निःशुल्क मर्न स्ट्याक सिकाउने भएको छ । यो निःशुल्क सेसन…
फोरके गेमिङ फेसबुकको गेमिङ पार्टनर प्रोग्राममा सहभागी हुँदै, अब युट्युबमा लाइभ स्ट्रिम नहुने
फोरके गेमिङ नेपाल फेसबुकको गेमिङ पार्टनर प्रोग्राममा सहभागी हुने भएको छ । आउँदो …
सीडीओको नक्कली फेसबुक आईडी बनाएर पैसा माग
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर…
सागर ग्रुपले नेपाली बजारमा भित्र्यायो ब्रदर ब्राण्डको नयाँ मोडेलका प्रिन्टर
सागर ग्रुपले नेपाली बजारमा ब्रदर ब्राण्डको नयाँ मोडेलका प्रिन्टर भित्र्याएको छ । एकदश…
यूरोपबाट पहिलोपटक भित्रिए १२ अक्सिजन प्लान्ट
एजलिड इन्टरनेसनल प्रालिले यूरोपबाट पहिलोपटक १२ वटा अक्सिजन प्लान्ट आयात गरेको छ । …