कीवर्डहरू -

समाचार

नेपालमै पहिलो पटक एचबीओका च्यानल मोबाइलमा, डिशहोमका प्रयोगकर्ताले निःशूल्क हेर्न पाउने

स्याटेलाइट टेलिभिजन वितरक डिश मिडिया नेटवर्क लि ले मोबाइलमै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइल एप सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न दिने गरी केही समय अघि नै ‘डिशहोम गो’ अर्थात ‘डीएच गो’ नामक मोबाइल एप ल्याएको थियो ।

सोही एपमा अब नेपालमै पहिलो पटक मोबाइलमा एचबीओका च्यानलहरु हेर्न सकिने भएको हो । ‘नेपालमा उपलब्ध टेलिभिजन सेवा प्रदायकका ओटीटी एपमा एचबीओका च्यानल उपलब्ध भएको यो नै पहिलो पटक हो,’ डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले भने, ‘यो सेवा शुक्रबारबाट सुरु भएको छ । यसमा एचबीओका सम्पूर्ण च्यानल उपलब्ध भएका छन् ।’

डिशहोमले डीएच गोमार्फत आफ्ना प्रयोगकर्तालाई मोबाइलमै २० वटा च्यानल हेर्न सकिने सुविधा दिएको छ । ती २० वटा च्यानलमा एचबीओ, एचबीओ सिग्नेचर एचडी, एचबीओ फ्यामिली एचडी, एचबीओ हिट्स एचडी र सिनेम्याक्स समेत समावेश भएका छन् ।

यससँगै डिशहोम प्रयोगकर्ताले जहाँ र जुन सुकै समयमा मोबाइलमै नयाँ अंग्रेजी फिल्म सहजै हेर्न सक्ने कम्पनीले जनाएको छ । डिशहोमले सेट टप बक्समा उपलब्ध टेलिभिजन च्यानलहरुलाई इन्टरनेटको ओटीटी (ओभर दी टप) प्रविधिमार्फत मोबाइलमा उपलब्ध गराएको हो ।

कम्पनीका अनुसार यो एप प्रयोगका लागि थप कुनै शूल्क लाग्ने छैन । डिशहोम प्रयोगकर्ताले डीटीएच कनेक्सनको कस्टमर आईडी प्रयोग गरि निःशूल्क रुपमा यो सेवा प्रयोग गर्न पाउने छन् ।

विशेष गरी डिशहोम प्रयोगकर्ताको सहजताका लागि यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ । ‘कुनै दिन प्रयोगकर्ता घरबाट बाहिर बस्नु परेको अवस्थामा पनि उनीहरुले डिशहोमसँग जोडिन सकुन भन्ने हाम्रो योजना हो,’ आचार्यले भने, ‘यो सेवाले डिशहोमका प्रयोगकर्तालाई अझ नजिक ल्याउन मद्दत पुर्‍याउने विश्वास लिएका छौं ।’

डिशहोमका प्रयोगकर्ताले एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र एप्पलका लागि एप स्टोरबाट डिशहोम गो ओटीटी एप डाउनलोड गरी यो सेवा प्रयोग गर्न सक्नेछन् । डिशहोमका ग्राहकबाहेक अन्य प्रयोगकर्ताले भने यो एप प्रयोग गर्न नपाउने कम्पनीले जनाएको छ ।

समाचार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी हुने एनओसी अब देखि अनलाइनबाटै पाइने 

विदेश पढ्न जान चाहने विद्यार्थीले अनलाइनबाटै वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्स…

सरकारी निकायहरुलाई माइक्रोसफ्ट विन्डोज सर्भर तत्काल अपडेट गर्न नेशनल सर्टको सुझाब

राष्ट्रिय सूचना प्रविधि आकस्मिक सहायता समूह (नेशनल सर्ट) ले माइक्रोसफ्ट विन्डोज सर्भरल…

नेपाल टेलिकमको सर्भर ह्याक गर्ने कम्प्यूटर अपरेटर पक्राउ

प्रहरीले नेपाल टेलिकमको सर्भर ह्याक गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रि…

अब मोबाइल एपबाटै सिमेन्ट खरिद गर्न सकिने , भुक्तानी पनि अनलाइनबाटै

अब मोबाइल एपबाटै सिमेन्ट खरिद गर्न सकिने भएको छ । यसको लागि सिमेन्ट जगतमै पहिलो …

बिल गेट्स, एलन मस्क, जेफ बेजोस, बाराक ओबामा, एप्पल लगायतका ट्विटर अकाउन्ट ह्याक

बिल गेट्स, एलन मस्क, जेफ बेजोस, बाराक ओबामा, एप्पल लगायतका ट्विटर अकाउन्ट ह्याक भएक…

पठाओका सहसंस्थापक फहिम सलेह मृत भेटिए

राइड शेयरिङ कम्पनी पठाओका सह संस्थापक फहिम सलेह अमेरिकामा मृत भेटिएका छन् । सलेह…

टेलिकमले ल्यायो आकर्षक समर अफर, यसरी लिनुहोस सेवा

नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक समर अफर उप…

विद्युतीय कारोबार तथा अन्तर बैंक एटीएम प्रयोग गर्दा अब शूल्क लाग्न सक्ने 

विद्युतीय कारोबार तथा अन्य बैंकको एटीएमबाट नगद झिक्दा शूल्क लाग्न सक्ने भएको छ । लक…

प्याब्सन र एन प्याब्सनले बिहीबारदेखि वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्ने

प्याब्सन र एन प्याब्सनले बिहीबारदेखि वैकल्पिक शिक्षण सिकाई क्रियाकलापहरु स्थगन गर्ने घ…

अब भेटाएको मोबाइल फोन फिर्ता नगरे कारबाही हुने

भेटाएको मोबाइल फोन सम्बन्धित व्यक्तिलाई नदिई अन्य व्यक्तिलाई बिक्री गरेमा कारबाही हुन…

अब आइएमई मार्फत बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै जम्मा हुने

आइएमई मार्फत बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै रियल टाइममा जम्म…

एनसेलले ल्यायो इन्डलेस कुराकानी प्लस अफर, सुलभ दरमा कुराकानी गर्न सकिने 

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना प्रिप्रेड ग्राहकको लागि ‘इन्डलेस कुराकानी प्…

आविष्कार केन्द्रमा परीक्षणको लागि तयार भयो न्यूमास्क

राष्ट्रिय आविष्कार केन्द्रले परीक्षणको लागि न्यूमास्क तयार गरेको छ । कोरोना विरुद्ध लड्…

रुपन्देही प्रहरीले हराएका तथा चोरिएका १० थान मोबाइल सम्बन्धित धनीलाई बुझायो

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिभिन्न कम्पनीका १० थान मोबाइल सेट फेला पारी सम्ब…