कीवर्डहरू -

समाचार

एनआईसी एशिया बैंकका संस्थागत ग्राहकले अनलाइनबाटै तलब तथा राजस्व भुक्तानी गर्न सक्ने

एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गरेको छ ।

यस सम्बन्धमा बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

बैंकले आफ्ना सम्पूर्ण संस्थागत ग्राहकहरूलाई प्रदान गर्ने उक्त डिजिटल प्रणालीमार्फत संस्थागत ग्राहक महानुभावहरूले बैंकमा उपस्थित नभई रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू आफ्नो बैंकमा रहेको बैंक खाताबाट सजिलै गर्न सक्नुहुनेछ ।

उक्त प्रणाली मार्फत कनेक्ट आईपीएस वा एनसीएचएल आईपीएस भुक्तानी कारोबारहरू गर्न सकिने सुविधा रहेको छ ।

यस ‘कर्पोरेट–पे’ प्रणाली सुरुवात गर्नका लागि ग्राहकहरूले बैंकबाट आवश्यक प्रकृया पूरा गरी आवेदन दिन सक्ने छन् ।

यस प्रणाली सुरुवात गरेपश्चात् प्रयोगकर्ताहरू आफैले तोकिएको कारोबार सीमा भित्र कुनै पनि भुक्तानीहरू बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्ने छन्  ।

यस प्रणालीको सुरक्षित प्रयोग गर्न मल्टि लेयर अथेन्टिकेशनको व्यवस्था गरिएको छ भने कुनै पनि कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरूले मात्र पाउने सुरक्षित बाटोको व्यवस्था गरिएको छ  ।

साथै ग्राहकहरूले आवश्यकता अनुरुप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरू समेत आबद्ध गरी कारोबार गर्न सकिने सुविधा रहेको छ ।

यस प्रणालीको प्रयोगले बैंकको शाखामा नपुगी विभिन्न भुक्तानीहरू अनलाईनबाट नै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरूलाई अझ सहज हुनेछ ।


समाचार

सहुलियतको खोपले हानि गरे कम्पनीलाई मुद्दा हाल्न नपाइने

कोभ्याक्स सुविधाअन्तरगत कोभिड–१९ विरुद्धको खोप प्राप्त गर्न उत्पादक कम्पनीलाई मुद्दा हा…

इसेवासँगको सहकार्यमा कोजेन्ट हेल्थले शुरू गर्‍यो अनलाइन अपोइन्टमेन्ट सेवा 

ईसेवासँगको सहकार्यमा कोजेन्ट हेल्थले अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने सेवा सुरु ग…

सेलपेका ग्राहकले अब फोनपेको क्युआर मार्फत भुक्तानी  गर्न सक्ने

भुक्तानी सेवा सञ्चालक फोनपे र भुक्तानी सेवा प्रदायक संस्था सेलपेबीच सहकार्य भएको छ …

युट्युब तथा जिमेल लगायत गूगलका अन्य सेवा डाउन

विश्वभर गूगलका सम्पूर्ण सेवाहरु डाउन भएका छन् । डाउन डिटेक्टरका अनुसार युट्युब, जिम…

नेपाल फ्लाइङ ल्याब्सले जित्यो अन्तर्राष्ट्रिय अवार्ड, पायो ११ लाख बढी रुपैयाँ

नेपाल फ्लाइङ ल्याब्सले १० हजार अमेरिकी डलर सहितको अन्तर्राष्ट्रिय पुरस्कार जितेको छ ।…

नेपाल बंगलादेश बैंकका संस्थागत ग्राहकले अनलाइनबाटै तलब तथा राजस्व भुक्तानी गर्न सक्ने

नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिज…

सानिमा बैंकका ग्राहकलाई एनसेलको निःशुल्क सीम कार्ड र डेटा प्याकेज

सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सानिमा बैंकको मोबाइल एप (सानिमा सजिलो …

प्रविधिमैत्री बन्दैं नयाँ बसपार्क, अब कम्प्युटर प्रणाली मार्फट बसको टिकट 

शनिबार दिउँसो ४ः०० बजे ना ६ ख ६३०१ नं को बसमा दाङ जानका लागि गोँगबुको नयाँ बस…

भिभोको सेल्स कार्निभल शुरू, स्मार्टफोन खरिदमा आकर्षक छूट र उपहार

स्मार्टफोन ब्राण्ड भिभोले नेपालमा आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा यस वर्षको सबैभन्दा…

खोप लगाउन कोही नागरिक वञ्चित नहुने

स्वास्थ्य मन्त्रालयले सबै नागरिकले कोरोनाविरुद्धको खोप पाउने बताएको छ । स्वास्थ्य मन्त्र…

निजी क्षेत्रले कोरोना खोप आयात गर्न नपाउने !

सरकारले कोरोनाभाइरसको खोप तत्काल निजी क्षेत्रलाई ल्याउन दिन नहुने स्वास्थ्य मन्त्रालयद्…

फ्युचर आइफोनका लागि आफ्नै सेलुलर मोडेम विकास गर्दैं एप्पल

एप्पलले फ्युचर आइफोनका लागी आफ्नै सेलुलर मोडेमको विकास गरिरहेको छ । ब्लुमवर्गका अन…

धुलिखेल नगरपालिकाले शुरु गर्‍यो अनलाइन कर भुक्तानी सेवा

धुलिखेल नगरपालिकाले सेवाग्राहीलाई सहज बनाउन अनलाइन कर भुक्तानी सेवा शुरुआत गरेक…

तुल्सीपुरमा अब विद्युतीय माध्यमबाट घर नक्सा पास

दाङको तुलसीपुर उपमहानगरपालिकामा विद्युतीय माध्यमबाट घर नक्सा पास हुने व्यवस्थाको श…

ट्वीटरले अब प्रयोगकर्ताहरुलाई सिधैं स्न्यापच्याट र इन्स्टाग्राममा ट्वीट सेयर गर्न दिने

ट्वीटरले अब प्रयोगकर्ताहरुलाई सिधै स्न्यापच्याट र इन्स्टाग्राममा ट्वीट सेयर गर्न दिने भए…