कीवर्डहरू -

समाचार

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदैं

नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ मङ्गलबार सार्वजनिक गर्ने भएको छ ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीका अनुसार फिल्ड सर्वेक्षणबाट प्राप्त नापी विभागकै जनशक्तिद्वारा आफ्नै प्रयोगशालाबाट प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको नापी विभागले जानकारी दिएको छ ।

यही मङ्सिर १० गते मन्त्रिपरिषद् बैठकले उचाइ घोषणाको स्वीकृति दिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो ।

नेपालले आफ्नै स्रोत–साधनबाट दुई वर्ष अघिदेखि सुरु गरेको उचाइ मापनको परिणाम सार्वजनिक गर्ने क्रममा भने चीन जोडिएको हो ।

चीनका राष्ट्रपति सी चिनफिङ गत वर्ष नेपाल भ्रमणमा आएको बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो । दुवै मुलुकमा एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरिने छ ।

नेपाल सरकारको साधन–स्रोतमा पहिलो पटक सगरमाथाको उचाइ मापन गरिएको हो । आधुनिक तथा परम्परागत दुवै विधि अवलम्बन गरी सगरमाथाको उचाइ मापन गरिएको हो ।

नेपालले आधिकारिक रूपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर उचाइ भारतले सन् १९५४ मा मापन गरेको हो । नेपालले अहिलेसम्म यसलाई आधिकारिक रूपमा मान्यता दिएको छ ।

त्यसैगरी सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेका थिए । सबैको मापन फरक फरक निस्किएको थियो । अमेरिकाको मापनमा आठ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनले गरेको मापनमा आठ हजार ८४४ मिटर थियो ।

चीनले गरेको मापनमा हिउँलाई घटाएर चट्टान भागको मात्र उचाइ लिइएको थियो । यसपटक हिउँ सतहसहित सगरमाथाको मापन गरिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।

समाचार

६०० मेगापिक्सेल क्यामेरा सेन्सर निर्माणमा काम गर्दै सामसङ

सामसङले ६०० मेगापिक्सेल क्यामेरा सेन्सर निर्माणमा काम गरिरहेको छ । टीपस्टरले यो कु…

मनकामना केबलकारको टिकट अब खल्तीबाटै खरिद गर्न सकिने 

मनकामना दर्शन गर्न जाने भक्तजनहरूले मनकामना केबुलकारको टिकट ‘खल्ती’ डिजिटल वालेटब…

नेपालको आफ्नै स्याटेलाइट राख्न चारवर्ष अघि शुरु गरेको प्रक्रिया रद्द, अब नयाँ ढंगबाट अगाडी बढ्ने

अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट राख्न ४ वर्षअघि शुरु गरेको प्रक्रिया नेपाल दूरसञ्…

काठमाडौंमा एटीएम मेसिन फुटाउँदै गरेका अवस्थामा एकजना पक्राउ

काठमाडौं महानगरपालिका-३२ मुनिभैरवस्थित एनआइसी एसिया बैंकको एटिएम मेशिन फुटाउँद…

क्युआर स्क्यान गरी सेञ्चुरी बैंकबाट अब पैसा निकाल्न सकिने 

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मंसिर २१ गतेबाट स्मार्ट टेलर संचालनमा ल्याएको छ ।…

सन् २०३० सम्म विद्युतीय गाडी बिक्री ९० प्रतिशत पुर्‍याइने प्रस्ताव मन्त्रिपरिषद्मा

जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताअनुरूप चार वर्षअघि निर्धारण गरिएका राष्ट्रिय लक्ष्…

बैतडीका १६ ठाउँबाट फोरजी सेवा, विद्युत् नपुग्दा समस्या

तडीका १६ ठाउँबाट नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा रहेको छ । नेपाल टेलिकम दू…

अन्वेषकले बनाए कुनै पनि रोगको प्रारम्भिक लक्षण पत्ता लगाउने स्मार्टवाचको एप 

स्ट्यानफोर्ड विश्वविद्यालयको स्कुल अफ मेडिसिनका अन्वेषकले कुनै रोगको प्रारम्भिक लक्षण प…

सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिम वितरण गर्दैं टेलिकम

नेपाल टेलिकमले देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सीय…

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई निःशुल्क आइटी ब्रिज कोर्स, उत्कृष्टलाई छात्रवृत्ति

डिजी स्कुलले निःशुल्क आइटी ब्रिज कोर्स सुरु गरेको छ । कक्षा ११ र १२ को परिक्षा दिएर…

चीनियाँ वैज्ञानिकले बनाए विश्वकै पहिलो प्रकाशमा आधारित क्वान्टम कम्प्युटर

चीनीयाँ वैज्ञानिकहरुले विश्वकै पहिलो प्रकाश अर्थात लाइटमा आधारित क्वान्टम कम्प्यूटर ब…

कोरोनाविरुद्धको खोप २ करोड १७ लाख नेपालीलाई

कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सफल हुनासाथ २ करोड १७ लाख नेपाली नागरिकला…

फेसबुकको क्रिप्टोकरेन्सी लिब्राको नाम परिवर्तन

फेसबुकको लिब्रा नामक क्रिप्टोकरेन्सी प्रोजेक्टले फेरि नयाँ नाम पाउने भएको छ । यसलाई…

सेल्सफोर्सले करिब २८ बिलियन अमेरिकी डलरमा स्ल्याक किन्ने

सेल्सफोर्सले करिब २८ बिलियन अमेरिकी डलरमा स्ल्याक किन्ने भएको छ । यो सेल्सफोर्सको सब…

टिकटकले प्रयोगकर्ताहरुलाई तीन मिनेट सम्मको भिडियो बनाउन दिन सक्ने

भिडियो शेयरिङ एप टिकटकले अब प्रयोगकर्ताहरुलाई तीन मिनेट सम्मको भिडियो बनाउन दिन …