समाचार
नयाँ तरिकाले विज्ञान र प्रविधि सिकाउँदै ‘कारखाना’
बालबालिकालाई विज्ञान र प्रविधि प्रयोग गर्ने रचनात्मक तरिका देखाउँदै र बनाउँदै आधुनिक शैलीमा पढ्न सिकाउन शैक्षिक संस्था ‘कारखाना’ ले पढाइ सामग्री उपलब्ध गराउँदै आएको छ । विज्ञान, प्रविधि, इञ्जिनियरीङ, कला, डिजाइन र गणितका क्षेत्रमा हरेक साता करीब छ हजार विद्यालय तहका विद्यार्थीलाई त्यस्ता सामग्री उपलब्ध गराइँदै छ ।
‘कारखाना’ बालबालिकाका लागि सिकाइका अनुभव डिजाइन गर्ने मेकरस्पेस नेपाली संस्थाका रुपमा चिनिन्छ । साठी युवा उद्यमीको सञ्चालनमा रहेको कारखानाका कार्यक्रम राजधानी काठमाडौंँ, पोखरा, विराटनगर, बुटवल, चितवनसहित छिमेकी भारत, बङ्गलादेश, दुबई तथा अन्य दक्षिण एशियाली देशमा फैलिएको सो संस्थाका प्रमुख कार्यकारी निर्देशक पवित्र गौतमले जानकारी दिए ।
उनले विज्ञान पाठ्यक्रमले सिकाइ पद्दति राम्रै सैद्धान्तिक ज्ञान दिन्छ तर व्यवहारिक विज्ञान सिकाइ र पढाइको भने अभाव रहेकाले शिक्षकका चुनौती मिलाई सोचेर किताब र विज्ञान विषयको पढाइ सामग्री (किट्स) तयार गरिएको बताए । आफ्नो पहलले बालबालिकालाई रमाइलो लाग्ने खालका विषय प्रविधि, गेमिङ, रोबोटिक्स, एनिमेसन, क्राफ्ट जस्ता कार्यक्रम तयार पारेर सफ्ट स्किल र क्रिटिकल थिङ्किङ सिकाउन काम गरेको उनकाे भनाइ छ ।
बालबालिकाको क्षमता र मनोवृत्तिको विकासले नै आफ्नो भविष्य र समुदायको भविष्य निर्माण गर्ने भएकाले स्थानीयस्तरमा नवपरिवर्तनको भावना जगाउन सन् २०१२ कारखाना स्थापना भएको हो । कारखानाले आगामी चैत १ गते आफ्ना उत्पादन र सेवाको मेला आयोजनाको तयारी गरेको छ ।
समाचार
नेपाल प्रहरीका डिआइजी डा. राजीव सुब्बाले दिए राजीनामा
नेपाल प्रहरीका डिआइजी डा. राजीव सुब्बाले राजीनामा दिएका छन्। २५ वर्षदेखि उनी प्रहरी सेवामा कार्यरत सुब्बाले शुक्रबार प्रहरी प्रधान कार्यालयलाई राजिना…
इपिएल २०२० को टाइटल प्रायोजकमा टिभिएस
नेपालको लागि टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सद्वारा यस …
महावीर पुन नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डर
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डरमा युवा वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष महावीर पुन नियुक्त हुनुभएको छ । नया…
डिजिटल शिक्षालाई सघाउन निमा एकेडेमी र इ - शिक्षाले सहकार्य गर्ने
विश्व डिजिटलमा रुपान्तरण भइरहेको समयमा शिक्षा पनि प्रविधिमैत्री हुदै गइरहेको छ । शिक्षा नै त्यस्तो मुख्य आधार हो, जसले समाजसँगै देशको रुपान्तरणमा म…