कीवर्डहरू -

समाचार

ढुवानी व्यवसायलाई स्मार्ट बनाउँदै गरेको ई-ट्रान्सपोर्टेसनको एक बर्ष पुरा

नेपालको ढुवानी व्यवसायलाई स्मार्ट बनाउन सुरु गरेको ई-ट्रान्सपोर्टेसन सर्भिसले सेवाको एक वर्ष पूरा गरेको छ । ई ट्रान्सपोर्टेसनले ढुवानी व्यवस्थापन र ‘भेइकल ब्रेकडाउन सर्भिस' को सेवा दिँदै आएको छ।

बेलायतमा आइटी ब्यवसाय गर्दै आएका सन्तोष मण्डलले एक बर्ष अगाडि मोबाइल एप मार्फत नेपालभर ढुवानी यातायात ब्यवस्थित गर्न र राजमार्गमा बिग्रिएका सवारीसाधनलाई तुरुन्त मर्मत सेवा दिने उद्देश्यले ई-ट्रान्सपोर्टेसन सर्भिस सुरु गरेका थिए ।

पहिलो एक बर्षमा ४ हजार ५ सय ३६ ट्रक र १०३ निजी फ्याक्ट्री ई-ट्रान्सपोर्टेसनमा आवद्ध भएका छन् । त्यस्तै मुख्य राजमार्गका १७३ ग्यारेज आवद्ध भएका छन जसले समस्यामा परेका सवारीलाई मर्मतको सुबिधा दिँदै आएका छन् ।

मण्डल बताउछन् ‘ई-ट्रान्सपोर्टेसन सर्भिस् डिजिटल प्लेटफर्म भएकाले ढुवानी यातायात धनीलाई  छिटो र ब्यवस्थित कामका लागि सजिलो बनाउँछ । भेइकल ब्रेकडाउन सर्भिस अन्तर्गत मुख्य राजमार्गहरुमा कुनै पनि सवारी साधन बिग्रियो भने मर्मतका लागि मेकानिक पठाएर सेवा प्रदान गर्छ।'

सवारी धनी चालकले मोबाइलमा नेपाल इटीयस (NepalEts) टाइप गरी ई-ट्रान्सपोर्टेसनको एप डाउनलोड गरेर आफ्नो सवारी दर्ता गरि सेवा लिन सक्छन । सेवा लिन निश्चित बार्षिक शुल्क तिर्नु पर्ने हुन्छ । राजमार्गमा समस्यामा परेकालाई कम शुल्कमा सेवा दिन सफल भएको मण्डलको दावी छ । दर्ता भएका ग्राहकले मोबाइल एप सँगै ९८५७०७७७८८ मा सिधै फोन गरेर पनि मर्मतको सेवा लिन सक्छन्।

बेलायतमा बसेर काम गरिरहँदा नेपालका लागि केही गरौ भन्ने लामो हुटहुटीले यो ब्यवसाय जन्मेको मण्डलको भनाई छ । बेलायतमा सिकेको सीप नेपालमा सदुपयोग गर्न पाएकोमा मण्डलले खुशी व्यक्त गरे ।

नेपाल ट्रक यातायात ब्यवसायी महासंघ लगायत विभिन्न ब्यवसायी समिती तथा संघले समन्वय गरि ढुवानी यातायात ब्यवसायलाई स्मार्ट बनाउने अभियानमा सहयोग गरेको मण्डलले जानकारी दिए ।

समाचार

अब ईसेवा मार्फत दराजमा भुक्तानी गर्न सकिने

नेपालको ईकमर्श कम्पनी दराजले र नेपालको पहिलो पेमेन्ट गेटवे ईसेवासँग सहकार्य सुरु …

काठमाडौं महानगरबासीले अब भवन निर्माणको नक्शा पास अनलाइनबाटै गर्न सक्ने 

काठमाडौं महानगरपालिमा घर तथा भवनको निर्माणको लागि नक्शा पास अब अनलाइनबाटै गर्न स…

छोटो स्टेम सहितको ओपो टीडब्लुएस इयरफोन, ईनइयर डिजाइनको प्याटेन्ट चीनमा दर्ता

गत मार्च महिनामा ओपोले नेपालमा आफ्नो पहिलो टीडब्लुएस ईयरफोन एन्को फ्रि सार्वजनिक गर…

फेसबुकमा राष्ट्रपति र प्रधानमन्त्रीलाई अश्लील शब्द प्रयोग गरी गाली गरेको आरोपमा एकजना पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीला…

भारतले लगायो टिकटक सहित ५९ ओटा चिनियाँ एपमा प्रतिबन्ध

भारतले टिकटक सहित ५९ ओटा चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ । सोमबार एक सूचना सार्व…

ह्याक फर एजुकेशन सम्पन्न, लो कस्ट टिचिङ एड्स टिमले जित्यो एकहजार डलर

लिफ्रग टेक्नोलोजीले आयोजना गरेको ३ दिने अनलाइन ह्याकथन कार्यक्रम ह्याक ईडी सम्पन्न भए…

‘आर्टिस्ट इन क्वारेन्टिन’ नामक आर्ट फेस्टिभल आयोजना हुदै

विश्वब्यापीरुपमा फैलिएको कोभिड-१९ महामारीका कारण हाम्रो जीवनशैलीमा उल्लेखनीय परिव…

इटहरी प्रहरीले हराएका तथा चोरिएका ४५ थान मोबाइल सम्बन्धितलाई बुझायो

ईलाका प्रहरी कार्यालय इटहरीले बिभिन्न ब्राण्डका ४५ थान मोबाइल सेट फेला पारी सम्बन्धी…

फोनकै भरमा औषधि घर घरमा पुर्‍याउँदै इजी केयर

'औषधि घरमा, फोनकै भरमा' नाराका साथ चार बर्ष देखि घरमै औषधि डेलिभरी गर्दै आएको अ…

लकडाउनमा रचनात्मक कोर्सहरु सिकाउँदै पकेट एकेडेमी

लकडाउनको समयमा मानिस घर भित्र बस्दा मानिसका सिकाइ गतिविधीमा कमी आएको धेरैले महस…

फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने २ जनालाई डिसहोमको प्रतिव्यक्ति एक/एक लाख रुपैयाँ नगद

डिशहोमले ‘डिसहोममा डिलर दाईको डिस्काउन्ट’ नामक योजना अन्तर्गत लाईभ लक्की ड्रमार्फत २…

अब जापान र कोरियाबाट खल्तीमा सिधै रेमिट्यान्स पठाउन सकिने

खल्ती मोबाइल वालेटले जापान र कोरियाबाट नेपालमा रेमिट्यान्स भित्र्याउन सुरू गरेको छ…

बीएस ६ कम्प्लेन्ट फोर्डमा विशेष अफर, दशवर्षको फाइनान्स सुविधा देखि ३ वर्ष निशूल्क सर्भिसिङ सम्म

फोर्डको नेपालको लागि आधिकारिक विक्रेता जिओ अटोमोवाइल्स् प्रालिले उपभोक्ताको सन्तुष्टि…

नियमनकर्ता निकायले पुष्टि गरेपछि मात्रै एप्स डाउनलोड गर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन

संघीय संसदको विकास तथा प्रविधि समितिले नेपालभित्र प्रयोग गरिने एप्स नियमनकर्ता निक…