कीवर्डहरू -

समाचार

इन्टरनेट सस्तो र गुणस्तरिय हुनुपर्नेमा सरोकारवालाको चासो, करछुट गर्न आइस्पानको माग

पछिल्लो समय नेपालमा पनि इन्टरनेट प्रविधिको प्रयोग बढिरहेको छ । इन्टरनेट प्रयोगकर्ता बढेसँगै डिजिटल सर्भिसेस, ई–कमर्श, अनलाइन शिक्षा, डिजिटल स्वास्थ्य र डिजिटल कृषिको आवश्यकता र माग पनि बढिरहेको छ । दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको गत वैशाख २०७७ सम्मको तथ्यांक हेर्ने हो भने नेपालमा ७२ प्रतिशतले इन्टरनेट प्रयोग गरिरहेका छन् । लगभग ५४ प्रतिशत मानिसले मोबाइल डेटाकै प्रयोग गरेर इन्टरनेट चलाइरहेका छन् । तर अहिले पनि ग्रामीण र विकट क्षेत्रहरूमा इन्टरनेटको पहँुच पुग्न सकेको छैन ।

यसैबीच असार २० गते आयोजित डिजिटल संवाद कार्यक्रममा बोल्दै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ग्रामीण क्षेत्रमा इन्टरनेटको विस्तार मुख्य प्राथमिकतामा रहेको बताए । ग्रामीण दूरसञ्चार कोष मार्फत विभिन्न परियोजना अन्तर्गत कामहरू भइरहेको र ४१ जिल्लाका सम्पूर्ण वडाहरूमा इन्टरनेट विस्तार गरिएको उनको भनाइ छ । फाइबर विस्तारको काममा सडक विभाग र विद्युत् प्राधिकरणसँग समन्वय हुन नसक्दा काममा ढिलाइ भएको र पछिल्लो समय कोरोना, लकडाउन र केही परियोजनामा अदालती प्रक्रिया जस्ता कारणले मध्यपहाडी लोकमार्ग र अन्य क्षेत्रमा केही ढिला हुन गएको अध्यक्ष खनालले स्वीकारे ।

\"\"

आइसिटी विज्ञ मनोहर भट्टराईले डिजिटल रूपान्तरणको लागि इन्टरनेट पहिलो शर्त भएको बताए । एआई, आइओटी, बिगडेटा जस्ता नयाँ प्रविधिहरू पनि आइरहेको हुँदा डिजिटल डिभाइड बढ्नेतर्फ सचेत हुँदै ‘मिनिङफुल’ ब्रोडब्याण्ड कनेक्टिभिटीमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

संवादमा बोल्दै पूर्वमन्त्री गणेश शाहले अब इन्टरनेट आधारभूत आवश्यकता जस्तो भइसकेको हुँदा इन्टरनेट सस्तो र भरपर्दो हुनुपर्ने औंल्याए । डिजिटल नेपाल बनाउने सरकारले तयारी गरे पनि इन्टरनेको पहुँच विस्तार नभएसम्म धेरै काम अघि नबढ्ने हुँदा ग्रामीण क्षेत्रमा डिजिटल कनेक्टिभिटीको पहुँच विस्तारमा जोड दिनुपर्ने शाहले बताए । आइसिटी विज्ञ मनोहर भट्टराईले डिजिटल रूपान्तरणको लागि इन्टरनेट पहिलो शर्त भएको बताए । एआई, आइओटी, बिगडेटा जस्ता नयाँ प्रविधिहरू पनि आइरहेको हुँदा डिजिटल डिभाइड बढ्नेतर्फ सचेत हुँदै ‘मिनिङफुल’ ब्रोडब्याण्ड कनेक्टिभिटीमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

डिजिटल संवाद कार्यक्रममा बोल्दै नेपाल टेलिकमका अध्यक्ष डिल्ली अधिकारीले पछिल्लो समय ग्रामीण क्षेत्रमा इन्टरनेटको पहँुच विस्तारमा उल्लेख्य प्रगति भइरहेको र टेलिकमले विभिन्न योजनाहरू बनाएर काम गरिरहेको बताए । विभिन्न ३५ सय टावरहरू मार्फत फोरजी विस्तार भइरहेको हुँदा यसले डिजिटल रूपान्तरणमा फड्को मार्ने अधिकारीले बताए । पछिल्लो समय नेपाल टेलिकमले दूरसञ्चार कोष अन्तर्गतको परियोजनामा पनि प्राथमिकताको साथ काम गरिरहेको हुँदा अब इन्टरनेटको प्रोडक्टिभिटी र उपयोगितामा पनि जोड दिनुपर्ने उनको भनाइ थियो ।

यसैगरी दूरसञ्चार प्राधिकरण अन्तर्गत इन्फ्रास्ट्रक्चर डिभिजनका निर्देशक डा. सुरेन्द्र हाडाले अब स्थानीय सरकारसँग समन्वय गर्दै काम गर्नुपर्ने आवश्यकता महशुस भएको बताए । ७०१ स्थानीय तहमा इन्टरनेट विस्तार भइसके पनि अझै उच्च गतिको मिनिङफुल इन्टरनेट विस्तारमा धेरै काम गर्नुपर्ने हाडाको भनाइ थियो । कार्यक्रममा नेपाल टेलिकमका इन्जिनियर अमृत नेपालले टेलिकमले विस्तार गरिरहेको इन्टरनेट र विभिन्न प्रविधिहरूको बारेमा जानकारी गराए ।

कार्यक्रमको भिडियो हेर्नुहोस :

कार्यक्रममा आइस्पानका अध्यक्ष भोजराज भट्टले सरकारले ग्रामीण क्षेत्रमा पहुँच विस्तार गर्न सेवा प्रदायकलाई विभिन्न किसिमले प्रोत्साहन गर्नुपर्ने बताए । उनले इन्टरनेटमा कर बढी भएको, ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तारको लागि छुट्टै फ्रिक्वेन्सी ब्याण्ड उपलब्ध गराउनुपर्र्नेमा जोड दिए । भायानेट कम्युनिकेसनका निर्देशक सेवा पाठकले ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तारको लागि लाइसेन्स ब्याण्ड र इन्फ्रास्ट्रक्चर सेयरिङमा जानुपर्ने बताइन् । उनले इकोसिस्टम विकास गर्न स्थानीय स्तरमा उद्यमशीलताको विकास बढाउनुपर्नेमा जोड दिइन् । एभरेष्ट लिंकका सिटिओ चेछन लामाले ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तार सहज नभएको र यसका लागि स्थानीय बासिन्दालाई बढी अपनत्व हुनेगरी सेवा विस्तार गर्नुपर्नेमा जोड दिए ।

देशभरमा सयौं स्थानीय निकायका आइटी अफिसर र अन्य सरोकारवालामाझ बोल्दै भेरी नगरपालिकाका मेयर सिपी घर्तीले इन्टरनेटको समस्या र अभावले स्थानीय स्तरमा बजेटमा दिइएको स्मार्टपालिका बनाउने नाराहरू पूरा गर्न नसकिएको बताए

देशभरमा सयौं स्थानीय निकायका आइटी अफिसर र अन्य सरोकारवालामाझ बोल्दै भेरी नगरपालिकाका मेयर सिपी घर्तीले इन्टरनेटको समस्या र अभावले स्थानीय स्तरमा बजेटमा दिइएको स्मार्टपालिका बनाउने नाराहरू पूरा गर्न नसकिएको बताए । सेवा प्रदायकहरूले गुणस्तरीय सेवामा जोड दिनुपर्ने र स्थानीय निकायसँग समन्वय गरेर काम गनुपर्ने मेयर घर्तीको भनाइ थियो । आइसिटी फोरडीका कार्यकारी निर्देशक पवन शाक्यले पिपिपि मोडसँगै स्थानीय व्यक्तिहरूलाई सक्रिय बनाउँदै ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तार गर्न सके भरपर्दो हुने बताए । इन्टरनेट विस्तार गर्न नसकिने स्थानमा इन्ट्रानेट र ओपन सोर्स प्लाटफर्महरूबाट पनि सेवा दिन सकिने शाक्यले सुझाव दिए । यसैगरी वयलपाटा अस्पतालका सिनियर इएचआर रमेश महरले विभिन्न समस्या हुँदाहुँदै पनि इन्टरनेट हब बनाउने काम गरिरहेको अनुभव सुनाए । कार्यक्रममा हुम्ला, धनकुटा रुकुमका स्थानीय पालिकाका आइटी अफिसहरूले इन्टरनेटको बारेमा अनुभव सुनाएका थिए ।

इन्टरनेटको कर घटाऔं र इन्फ्रास्ट्रक्चर सेयरिङमा जाऔं ः आइस्पान

सरकारले इन्टरनेटमा लगाएको कर महँगो भएको आइस्पानको गुनासो छ । आगामी आर्थिक वर्षमा सेवा प्रदायकलाई मर्मतसम्भारमा ५० प्रतिशत कर छुट गरे पनि यो पर्याप्त नभएको आइस्पानका अध्यक्ष भोजराज भट्टले डिजिटल संवादमा बताए । नेपालमा विभिन्न किसिमका करहरू लगाएर इन्टरनेट महँगो बनाएको र ग्रामीण क्षेत्रमा विस्तार गर्न सेवाप्रदायकलाई प्रोत्साहन नगरिएको उनले गुनासो गरे । यसैगरी इन्फ्रास्ट्रक्चर सेयरिङ, ग्रामीण क्षेत्रमा फ्रिक्वेन्सी ब्याण्ड उपलब्ध गराउनुपर्ने र आरटिडिएफको सही परिचालन गरिनुपर्ने विषयमा इन्टरनेट सेवा प्रदायकले जोड दिएको उनले बताए ।

\"\"

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ग्रामीण क्षेत्रमा इन्टरनेटको विस्तार मुख्य प्राथमिकतामा रहेको बताए । ग्रामीण दूरसञ्चार कोष मार्फत विभिन्न परियोजना अन्तर्गत कामहरू भइरहेको र ४१ जिल्लाका सम्पूर्ण वडाहरूमा इन्टरनेट विस्तार गरिएको उनको भनाइ छ ।

ग्रामीण दूरसञ्चार कोषको रकम दुरुपयोग भएको छैन ः प्राधिकरण

सरकारले ग्रामीण दूरसञ्चार कोषको रकम राजस्वमा तानेको र रकमको सदुपयोग नभएको गुनासो आइरहेको बेला प्राधिकरणले बाहिर भनिएजस्तो दुरुपयोग नभएको प्रष्ट पारेको छ । डिजिटल संवादमा बोल्दै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले कोष अन्तर्गत थुप्रै योजनाहरू अघि बढिरहेको र आधा बढी जिल्लाहरूमा सबै स्थानीय तहसम्म इन्टरनेट विस्तार गरिसकेको जानकारी दिए । विभिन्न चरणमा प्रदेश, क्षेत्र र पूर्वपश्चिम मध्यपहाडी लोकमार्गमा फाइबर विस्तार गर्दै २ वर्षसम्म स्थानीय निकाय, विद्यालय र स्वास्थ्य केन्द्रहरूमा निःशुल्क इन्टरनेट प्रदान गर्ने काम सफलतापूर्वक अघि बढिरहेको खनालले जानकारी दिए । यद्यपि कतिपय स्थानमा सडक विभाग र विद्युत् प्राधिकरणको कारण काम अड्किएको, सुदूरपश्चिममा चाँडै नयाँ टेण्डरबाट शुरू हुन लागेको र कोरोनाको कारण भएको लकडाउनले इन्फ्रास्ट्रक्चर विस्तारमा ढिलाइ भएको अध्यक्ष खनालले स्वीकार गरे ।

ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत सञ्चालित परियोजनामार्फत ४१ जिल्लाका वडा वडामा इन्टरनेट सेवा पुगेको प्राधिकरणले बताएको छ । ग्रामीण दूरसञ्चार प्राधिकरणका निर्देशक डा. सुरेन्द्र हाडाले डिजिटल संवाद भइरहेको काम र प्रगति पेश गर्दै ४१ जिल्लाका सबै स्थानीय तहमा इन्टरनेट विस्तार भइरहेको बताए । प्राधिकरणले कोषको रकम खर्चेर विभिन्न १८ वटा प्याकेजमा देशभर इन्टरनेट सेवा विस्तार गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ, जसअन्तर्गत ११ परियोजनाको काम सम्पन्न भएको प्राधिकरणले बताएको छ ।

समाचार

११५५ टोल फ्रि नम्बरमा फोन गरेर बाढीको जानकारी लिन सकिने

नेपालमा मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा बाढी तथा पहिरोको जोखिम बढेको छ…

नबिल बैंक र हुवावेबिच सहकार्य, डिजिटल बैंक बन्न नबिलले हुवावेको प्रविधि प्रयोग गर्ने

नबिल बैंकले हुवावे टेक्नोलोजिजसँग बुधबार एक कार्यक्रमका बिच रणनैतिक साझेदारीको स…

कहाँबाट आउँछ नेपालमा इन्टरनेट ?

नेपालमा भारतबाट विभिन्न ५ नाका र चिनबाट १ ठाउँबाट इन्टरनेट भित्रने गरेको एनपीनगका अध्यक्ष समीत जन थिङले जानकारी दिए । नेपालमा इण्टरनेटको ब्याण्डवीथ भित्र्…

सेमेस्टर परिक्षाअब भर्चुअल माध्यमबाटै, विश्वविद्यालयहरुले थाले तयारी

विश्वविद्यालयको परीक्षा अब भर्चुअल माध्यमबाट लिन सकिने भएको छ । कोरोना भाइरस महामा…

चिनियाँ एप स्टोरबाट एप्पलले हटायो ४५०० गेमिङ एप

एप्पलले चिनियाँ एप स्टोरबाट चिनियाँ ४५०० गेमिङ एप हटाएको छ । चिनियाँ सरकारले आफ्…

लकडाउनमा टिकटक र नेटफ्लिक्स चलाउने शतप्रतिशतले वृद्धि

नेपालमा कोरोनाले निम्त्याएको संकटसँगै भएको लकडाउनको कारण इन्टरनेट खपतमा वृद्धि भएको छ । लकडाउनअघि ५०० गिगाबिट प्रतिसेकेण्ड इन्टरनेट व्याण्डविथ आइरहेको ने…

अब आई पे रेमिट मार्फत पठाएको रकम ईसेवा वालेटबाट प्राप्त गर्न सकिने

अब आई पे रेमिट मार्फत पठाएको रकम ईसेवा वालेटमै प्राप्त गर्न सकिने भएको छ । यसको ल…

सस्तो मूल्यमा सामान पाइने भन्दै गरिएको फेक विज्ञापनको प्रलोभनमा नपर्न प्रहरीको अनुरोध

फेसबुक पेजमा मोबाइल, घडी तथा अन्य महङ्गो मूल्यका सामानहरु सस्तो मूल्यमा बिक्रीमा छ …

आइसिटी अवार्ड २०२० को लागि कुन विधामा कसरी दिने आवेदन ? 

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको पाँचौं संस्करणको अनलाइन नोमिनेशन असार ८, २०७७ देखि सुरु भइसकेको छ ।…

युवा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गर्‍यो एन्टी डोपिङ एप

युवा तथा खेलकुद मन्त्रालयले एन्टी डोपिङ एप सञ्चालनमा ल्याएको छ । युवा तथा खेलकुद म…

ईसेवा प्रिभिलेज सदस्यता सुरु, कोरोना भाइरसको निशूल्क परामर्श देखि दुर्घटना बिमासम्मको फाइदा

नेपालको पहिलो पेमेन्ट गेटवे ईसेवाले प्रिभिलेज सदस्यता नामक नयाँ योजना सुरु गरेको…

फोर्ड एन्डेभर २०२० संस्करण नेपाली बजारमा

फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमावाइल्सले फोर्ड एन्डेभरको २०२० मोडल…

अब एक व्यक्तिले दुईवटा सिम कार्ड मात्रै प्रयोग गर्न पाइने 

अब एक व्यक्तिले २ वटा भन्दा बढि सीम प्रयोग गर्न नपाइने भएको छ । नियामक निकाय नेपाल…