समाचार
नेपालको पहिलो ओटीए प्लेटफर्म एक्सलट्रिप नेपाल दोस्रो बर्षमा
नेपालकै पहिलो ओटीए प्लाटफर्म एक्सलट्रिप डिसेम्बर १७ बाट दोस्रो बर्षमा प्रवेश गरेको छ।
एक्सलट्रिपको मोबाइल एप र अफिसियल वेबसाइट (xceltrip.com.np)बाट नेपालको ५ वटै डोमेस्टिक एयरलान्स र ८ सय भन्दा बढि होटल र संसारभर २३ लाख भन्दा बढि होटल र ४ सय ५० वटा एयरलान्सबाट २ सय भन्दा बढि डेस्टिनेसनमा बुक गर्न सकिन्छ ।
एक्सलट्रिपमा नेपालकै सम्पुर्ण डिजिटल पेमेन्ट (प्रभु पे, ई-सेवा, फोन पे) लगायत बैकंहरुको मोबाइल बैकिङ एप र सम्पुर्ण बैकं कार्ड प्रयोग गरि नेपाल भित्र वा अन्य देशको पनि होटल र एयरलान्स बुक गर्न सकिन्छ ।
ग्राहकले एक्सलट्रिप नै किन रोज्ने ?
'हामी ग्राहकलाई सिधै होटेल र एयरलाइन्ससँग जोड्छौं। त्यसैले ब्लकचेन टेक्नोलोजि प्रयोग गरेका छौं' खड्का भन्छन् 'यसले सबै मध्यस्तकर्तालाई हटाई ग्राहक र भेन्डरलाई जोड्न सघाउँछ।'
'ग्राहकले जुन प्लेटफर्म मार्फत होटल बुक गर्नु गर्छन्, समस्या भयो भने त्यही प्लेटफर्ममा कमेन्ट गर्नुपर्छ' खड्का भन्छन् 'तर एक्सलट्रिप मार्फत होटल बुक गरेपछि समस्या भयो भने एक्सलट्रिपमा होइन, होटलमै सिधै कुरा गर्न सक्नेछन्।'
एक्सलट्रिपमा ग्राहकले आफ्नो बजेटअनुसारको होटल पनि बिडिङ गर्न सक्छन् । जस्तै, तपाईको दैनिक बजेट ५ हजार रुपैयाँ छ ।
तपाइले मेरो दैनिक बजेट ५ हजार छ मलाई रिङरोड क्षेत्रको ३ स्टारदेखि माथि जुनसुकै होटल भएपनि हुन्छ, भनेर लेखेपछि त्यो सन्देश वरपरका होटलहरुमा जानेछ र होटलहरुले एसेप्ट गर्नेछन् । त्यसपछि ग्राहक आफैले कुन होटलमा बस्ने छान्न सक्नेछन्।
होटलले एक्सलट्रिप नै किन रोज्ने ?
एक्सलट्रिप नयाँ डिस्ट्रक्टिभ स्टार्टअप हो । प्राइसलाइन, एक्सपेडिया जस्ता कम्पनीले संसारको ७० प्रतिशत टुरिज्म र ट्राभल व्यवसाय 'होल्ड' गर्छ । जो सँग एयरलाइन्स, होटलहरुको 'नेगोसियसन' पावर हुँदैन। उनीहरुले होटलको रुम बेचिदिएन भने होटलहरु टाट पल्टिन सक्छन्।
संसारको ट्राभल क्षेत्र नै उनीहरुले नियन्त्रणमा छ । त्यसैले यो समस्यालाई निरुत्साहित गर्न मिसन बोकेर हिडेको खड्का बताउँछन्।
'अहिलेको समस्या भनेको होटलले रुम बेचिसकेर ग्राहक फर्किसक्दा पनि होटल सञ्चालकले पैसा पाउँदैनन्। अन्य ओटिए प्लेटफर्मले तीन सातासम्म होटलको पैसा होल्ड गर्छन्' खड्का भन्छन् 'हाम्रो अर्को रणनिति भनेको यात्रुले होटल चेकआउट गरेको दुई देखि पाँच दिनभित्र होटललाई पैसा दिनु हो।'
एक्सलट्रिप सञ्चालन गरेदेखि हालसम्म १० मिलियन डलर खर्च भइसकेको खड्का बताउँछन् । हालसम्म एक्सलट्रिपले नाफा कमाउने भन्दा पनि प्रयोगकर्ता बढाउने र ब्यापार प्रवर्द्धन गर्ने तर्फ जोड दिएको खड्का बताउँछन्।
त्यस्तै नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा एक्सलट्रिपले 'नेपालको पर्यटन प्रर्वधन हाम्रो दायित्व मुल नाराका साथ प्रोमोटिङ नेपाल' र 'प्रोमोटिङ डोमेस्टिक टुरिज्म नेपाल' अभियान नै सञ्चालन गर्दै आइरहेको छ।
एक्सलट्रिपले नेपालको पर्यटन प्रवद्र्धनलाई अन्तराष्ट्रियकरण गर्दै विश्वभर नेपालको पर्यटन प्रबद्धन गर्ने पनि लक्ष्य लिएको छ।
समाचार
बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई नेशनल प्याथ ल्याबमा १५ प्रतिशत छुट
बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रालिमा…
माइक्रोसफ्ट अथेन्टिकेटर एपमा अब पासवर्ड म्यानेजमेन्ट र अटोफिल सुविधा उपलब्ध हुने
माइक्रोसफ्ट अथेन्टिकेटर एपटमा अब पासवर्ड म्यानेजमेन्ट र अटोफिल सुविधा उपलब्ध हुने भए…
टेलिकमको ‘एफटीटीएच जाडोमा न्यानो अफर’, ग्राहकलाई १ वर्षसम्म दैनिक ३०० एमबी डेटा निःशूल्क
नेपाल टेलिकमले एफटीटीएच सेवाका ग्राहकका लागि ‘एफटीटीएच जाडोमा न्यानो अफर’ उपलब्ध…
ब्रोडवे इन्फोसिसले छनौट गर्यो दशैं अफरका विजेता, ३ जनाले पाए पूर्ण छात्रवृत्ति
नेपाल तथा अमेरिकामा आइटी ट्रेनिङ प्रदान गर्दैं आइरहेको संस्था ब्रोडवे इन्फोसिसले दश…
कोभिडपछि आर्थिक रिकभरीको लागि आसियानले डिजिटल इन्टिग्रेसनको गति बढाउदैं
कोभिड–१९ महामारीको पृष्ठभूमिमा इन्डोनेसियाको विदेश नीति समुदाय (एफपीसीआई) ले ह्व…
सामसङ ग्यालेक्सी एस २१ सिरिज एस पेन सपोर्टको साथ आउने
सामसङ ग्यालेक्सी एस २१ सिरिज एस पेन सपोर्टको साथ आउने भएको छ । जुन यो फ्ल्यागशिप स…
कोरोनाविरुद्धको भ्याक्सिन ल्याउन तयारी तीव्र
नेपालमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन आयातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…
सनराइज बैंकका ग्राहकलाई सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीमा १० प्रतिशत छुट
सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरे…
क्लिनफिडले बन्द टेलिभिजन च्यानल पुनः सञ्चालन
सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा व…
इसेवा र भाइबरबीच साझेदारी, भाइबरबाटै रकम पठाउन र रिचार्ज गर्न सकिने
नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र अग्रणी म्यासेजिङ एप राकुटेन…
म्युजिक मेमोज एप बन्द गर्दैं एप्पल
एप्पलले आफ्नो म्युजिक मेमोज रेकर्डिङ एपलाई बन्द गर्ने भएको छ । कम्पनीले यही हप्ता एपल…
नेपालको आफ्नै स्याटेलाइट राख्न नयाँ प्रक्रिया शुरू, प्राधिकरणले माग्यो आशयपत्र
नेपालको आफ्नै स्याटेलाइट राख्न नेपाल दूरसञ्चार प्राधिकरणले पुनः नयाँ प्रक्रिया अगाडी…
ट्विटरले किन्यो स्क्रीन शेयर तथा भिडियो च्याट गर्न मिल्ने एप स्क्वाड
ट्वीटरले स्क्वाड एपलाई खरिद गरेको छ । यो एपमा स्क्रीन सेयरिङ र भिडियो च्याट गर्न मिल्…
अब दक्षिण कोरियाबाट अनलाइन मार्फत् रेमिट्यान्स पठाउन सकिने
दक्षिण कोरियाबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूका खातामा रकम तुरुन्त …
ओपोद्वारा नेन्डोका साथमा नयाँ कन्सेप्चुअल डिजाइन प्रदर्शित
स्मार्टफोन ब्राण्ड ओपोले चौँथौ चाईना इन्टरनेशनल ईन्डस्ट्रियल डिजाइन एक्स्पो (सीआईआईडीई)…