समाचार
प्युजो ईभी पूर्व बजेट मूल्यमै उपलब्ध हुने
प्युजो ग्रुपको पहिलो ईभी प्युजो पार्टनर ईभी सेप्टेम्बर २०१७ मा बिक्री वितरण शूरु भएको थियो र संसारभरी यसले सफलता हासिल गरेको थियो ।
प्युजो गाडीहरुको नेपालका लागि आधिकारिक विक्रेता सांग्रिला मोटर्स प्रालिले प्युजो पार्टनर इलेक्ट्रिकको नाममा यस्को विक्री वितरण गर्दै आएको छ ।
हाल भएको बजेट भाषणमा इलेक्ट्रिक गाडीको कर दर समायोजनले यी विद्युतिय गाडिहरुको मूल्य बृद्धी हुने निश्चित छ । सांग्रीला मोटर्सले आफ्नो प्युजो पार्टनर्स टेपी इभी पूर्व बजेट मूल्य ५५ लाख रुपैयाँमै उपलब्ध तथा विक्री गर्ने भएको छ । यो योजना पूर्व बजेट मूल्यमा स्टक रहुन्जेल सम्म मात्र लागू हुने छ ।
प्युजो पार्टनर टेपी इभीको विशेषता
प्युजो पार्टनर टेपीमा शक्तिशाली इलेक्ट्रिक ईन्जिन जडान गरिएको छ, जस्ले ६७ एच पी पावर, २०० एन एम टर्क, मात्र ४.२ सेकेन्डमा ३०-६० किलोमिटर प्रति घण्टाको रफ्तार तथा ११० किलोमिटर प्रति घण्टासम्म गति लिन सक्छ ।
त्यस्तै यसमा जडित 22 kWh Li-lon व्याट्रीले एक पटक चार्जमा १७० किलोमिटर सम्म गुड्न सक्छ ।
पार्टनर टेपी इभी आरामदायी तथा पूर्ण सुसज्जीत ५ सिटे एम पि भी ले वास्तवमै कम खर्चमा स्वचालित हुन्छ । यसमा भएको पछाडिका सिटहरु छुटाउन मिल्ने , फोल्ड गर्न मिल्ने तथा पूर्ण रुपमा झिक्न मिल्ने खालका छन् ।
पछाडिको सिटमा ३ जना आरामले सवारी गर्न मिल्छ । साथै सिट पछाडि फोल्ड गरी १३५० लिटर सम्म स्पेस पाउन सकिन्छ । सिटहरु झिकी यसले ३००० लिटर सम्म कार्गो वुट स्पेस दिन्छ । उचाईमा बढी भएको कारण सामान लोड गर्न सजिलो बनाउँछ ।
यसको दुबै साइडमा भएको स्लाइडिङ ढोकाले गर्दा चढ्न सजिलो हुनको साथै टाइट पार्किङ क्षेत्रमा पनि पार्क गर्न सजिलो हुन्छ । २०० मिमि ग्राउण्ड क्लियरेन्स भएको कारण कुनै पनि सडकमा गाडिको व्याट्रीले भुइ छोला भन्ने डर नलिई ढुक्क भई चलाउन सकिन्छ ।
यसलाई तपाईले व्यापारिक प्रयोजन जस्तै ट्रान्सपोर्ट तथा अन्य व्यवसाय जस्तै ट्राभल्स तथा टुर्समा पनि प्रयोग गर्न सकिन्छ ।
सुरक्षित एविएसस ब्रेक असिस्ट तथा पेसेन्जर र ड्राइभरको लागि साइड तथा कर्टेन एअर व्याग स्टानडर्डको रुपमा नै फिट गरिएका हुन्छन् ।
अरु फिचरहरुमा क्रुज कन्ट्रोल म्यानुअल एअर कन्डिसनिङग तथा लिड डे टाइम रनिङ लाइट्स, टच स्क्रीन इन्फोटेन्मेन्ट सिस्टम डि ए बी डिजिटल रेडियो तथा रियर भ्यू क्यामरा सहित पार्किङ्ग, सेन्सर अटोमेटिक हेड लाईट्स् तथा रेन सेसिङ्ग वाइपरस्, यस्को बहु आयामिक पाटो तथा ड्राइभिङ्ग अनुभवले बजेट मितव्ययी सबैको यो उचित रोजाइ बनेको छ ।
समाचार
विरगञ्ज महानगरपालिकाको कोरोना उपचार कोषमा क्यान महासंघ पर्साको आर्थिक सहयोग
क्यान महासंघ पर्साले विरगञ्ज महानगरपालिकाको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा…
अनलाइनमार्फत विदेशबाट घर फर्कन चाहने र फर्किएका प्रदेश बासीहरुको सूचना संकलन गर्दै प्रदेश १
प्रदेश नम्बर १ सरकारले विदेशबाट घर फर्कन चाहने र फर्किएका प्रदेश बासिहरुको सूचना स…
नेपालमै स्वाब निकाल्ने सुइरो बनाउदै राष्ट्रिय आविस्कार केन्द्र
राष्ट्रिय आविस्कार केन्द्रले नेपालमै स्वाब निकाल्ने सुइरो बनाउने भएको छ । केन्द्रले को…
नेपालको पहिलो पँहुचयुक्त र समावेशी ई-लर्निङ प्लेटफर्म लर्निङ ईन्क्लुजन सञ्चालनमा
नेपालको पहिलो पँहुचयुक्त र समावेशी ई-लर्निङ प्लेटफर्म सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले दूरसञ्चार सेवाको पहुँच नभएको …
कोरोनासँग लड्न प्रविधि विकास गर्नेलाई नास्टले १० लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउने
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले कोरोना भाइरस र त्यसले ल्याएका …
नेपालको पहिलो पँहुचयुक्त र समावेशी ई-लर्निङ प्लेटफर्म लर्निङ ईन्क्लुजन सञ्चालनमा आउदै
नेपालको पहिलो पँहुचयुक्त र समावेशी ई-लर्निङ प्लेटफर्म आईटी रोजगारीलाई लक्षित गरी आयोजना गरिएको भर्चुअल जब मेला सम्पन्न भएको छ । जब्स डाय…
प्रदेश १ सरकारले कोरोना संक्रमितलाई अनलाइनबाटै भर्ना गर्ने
प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको मोरङको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज स्थि…
बिग डेटाको अनलाइन ट्रेनिङ सुरु, यसरी हुनुहोस सहभागी
माउनटेक सोलुसनले आयोजना गरेको बिग डेटाको अनलाइन ट्रेनिङ आजबाट सुरु भएको छ । जे…
साओमीको रेडमी नोट नाइन प्रो फोन नेपालमा, यस्ता छन् फिचर
साओमीको रेडमी नोट नाइन प्रो स्मार्टफोन नेपालमा उपलब्ध भएको छ । यसमा ६.६७ इन्च डट ड…
क्रिप्टोकरेन्सी खुला गर्ने तर्फ अर्थमन्त्रीको चासो
नेपाल सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले क्रिप्टोकरेन्सी खुला गर्न चासो देखाएका …
नबिल बैंकले ल्यायो ‘नबिल जेन-एन एकाउन्ट’, यस्ता छन् आकर्षक सुविधा
नबिल बैंकले ‘नबिल जेन-एन एकाउन्ट’ योजना सञ्चालनमा ल्याएको छ । घरमै बसेर खोल्ने सक…
डिभीको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका
अमेरिकाले सन् २०१९ मा भरेको डिभि लोटरिको नतिजा सार्वजनिक गरेको छ । गत वर्ष खोलेक…