कार्यक्रम
नेपाल बिजनेस समिट २०२६ सम्पन्न, व्यापारदेखि ऊर्जा र डिजिटल पूर्वाधारसम्म बहस
काठमाडौं । नेपाल बिजनेस समिट २०२६ काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई), नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की), कन्फेडेरेसन अफ बैंकिङ एन्ड फाइनान्सियल इन्स्टिच्युसन्स नेपाल (सिबिफिन) तथा फेडेरेसन अफ एक्सपोर्ट इन्टरप्रेन्योर्स नेपाल (फिन) को संयुक्त पहलमा आयोजित समिटमा नीति निर्माता, व्यवसायी, वित्तीय संस्था, उद्यमी तथा विकास साझेदारहरूको सहभागिता रहेको थियो ।
समिटका प्रमुख वक्ता तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आर्थिक नीति र शासन प्रणालीमा व्यापक सुधारका लागि स्पष्ट जनादेश प्राप्त गरेको उल्लेख गर्दै त्यसअनुसार सार्वजनिक तथा निजी क्षेत्रले प्रत्यक्ष अनुभूति गर्ने गरी काम भइरहेको बताए । उनले समान अवसरमा आधारित सामाजिक विकासलाई सरकारले प्राथमिकतामा राखेको र ऊर्जा तथा डिजिटल कनेक्टिभिटी नेपालको दिगो विकासका प्रमुख आधार रहेको धारणा व्यक्त गरे ।
सरकार पूर्ण रूपमा लगानीमैत्री तथा निजी क्षेत्रमैत्री रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई आत्मविश्वासका साथ लगानी विस्तार गर्न आग्रह गरे । “सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्ने वातावरण निर्माण गरिरहेको छ, त्यसैले लगानीका लागि डराउनु पर्ने अवस्था छैन,” उनले भने ।
नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) का कार्यवाहक अध्यक्ष कुणाल कयालले नीति निर्माता, व्यापारिक नेतृत्व, वित्तीय संस्था, उद्यमी तथा विकास साझेदारहरूलाई साझा चुनौती समाधानका लागि एउटै मञ्चमा ल्याउनु समिटको मुख्य उद्देश्य रहेको बताए ।
उनले व्यापार, ऊर्जा, पूर्वाधार, सीमापार सम्पर्क तथा एकीकृत वित्तीय सहजीकरणका क्षेत्रमा नेपाल–भारत व्यापारिक सम्बन्ध थप मजबुत बनाउन निक्कीले सक्रिय भूमिका निर्वाह गरिरहेको जानकारी दिए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले विगत पाँच वर्षमा नेपालबाट ९७ अर्ब रुपैयाँ लाभांश बाहिरिएको र ६० अर्ब रुपैयाँ बराबरको लगानी आप्रवाह भएको तथ्यांक प्रस्तुत गर्दै नेपालमा लगानीका प्रशस्त अवसर रहेको बताए । उनका अनुसार यी तथ्यांकले नेपाल विदेशी लगानीका लागि सम्भावनायुक्त गन्तव्य भएको पुष्टि गर्छन् ।
भारतका लागि पूर्व नेपाली राजदूत डा. शंकर शर्माले भारतको ‘नेबरहुड फर्स्ट’ नीति तथा क्षेत्रीय आपूर्ति शृंखला सम्बन्धी पहलले नेपाललाई आर्थिक रूपमा लाभ लिन सक्ने अनुकूल अवस्थामा राखेको धारणा राखे ।
समिटको समापन सत्रमा परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन, नीतिगत पूर्वानुमानयोग्यता तथा संरचनात्मक सुधारमार्फत तीव्र र दिगो आर्थिक विकास हासिल गर्ने सरकारको दृष्टिकोण प्रस्तुत गरे ।
उनले आर्थिक कूटनीतिको बढ्दो महत्वलाई जोड दिँदै लगानी प्रवर्द्धन, प्रविधि साझेदारी विस्तार तथा सरोकारवालासँगको सहकार्यलाई सुदृढ बनाएर थप व्यवसायमैत्री वातावरण निर्माण गर्ने सरकारको प्रतिबद्धता दोहोर्याए ।
कार्यक्रम
नेपाली लिपिमा आधारित डोमेन र ईमेल प्रवर्द्धन गर्न ‘यूए अडाप्टेसन एन्ड ह्याकाथन नेपाल २०२६’ सम्पन्न
काठमाडौं । ‘यूए अडाप्टेसन एन्ड ह्याकाथन नेपाल २०२६: पायोनियरिङ यूए रेडी प्लेटफर्म’ कार्यक्रम सफलत…
अन्तर्राष्ट्रिय मञ्चमा नेपाली मार्केटिङको सफलता, टिकटक अभियानले भी-चित्र सम्मानित
काठमाडौं । भी-चित्र प्रा.लि.ले एशियाकै प्रतिष्ठित मार्केटिङ प्लेटफर्ममध्ये एक १५ औं ACEF ग्लोबल कस्टमर इन्गेजमेन्ट…
‘एडब्लुएस कम्युनिटी डे २०२६’ सम्पन्न : नेपालको क्लाउड र एआई भविष्यबारे छलफल
काठमाडौं । नेपालमा क्लाउड कम्प्युटिङ, कृत्रिम बुद्धिमत्ता (एआई) तथा साइबर सुरक्षाप्रतिको बढ्दो चासोबीच आयोजित &…
'ब्रदर मिट एण्ड ग्रीट' कार्यक्रम सम्पन्न, उद्योगिक नेटवर्किङ र खुला संवादलाई प्रोत्साहन
काठमाडौं । ब्रदरले सागर ग्रुपसँगको सहकार्यमा २०२६ मे ६ तारिखमा Elevate Lounge मा “Brother Meet & Gr…
परम्परा र आधुनिकताको संगम : प्रतिभा नक्षत्र ७ ले विश्व जोड्दै
काठमाडौं । प्रवासी नेपाली समुदाय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चलाई लक्षित गर्दै “प्रतिभा नक्षत्र &ndash…
सृजनशील सोचको प्रतिस्पर्धा : ख्वापा कलेजमा हल्ट प्राइज सफल
काठमाडौं । ख्वापा इन्जिनियरिङ कलेज (KhEC) मा हल्ट प्राइज २०२५/२६ को ग्राण्ड फिनाले कार्यक्रम सम्पन्न भएको छ । ब्ल…
काठमाडौं युनिभर्सिटीमा ईपेक्स कार्यक्रम सुरु
काठमाडौं । काठमाडौं युनिभर्सिटीमा EEPEX कार्यक्रम सुरु भएको छ । यो कार्यक्रमलाई प्रविधि, इनोभेसन र इन्जिनियरि…
कोशी प्रदेशबाट १३ स्टार्टअप बीआइएस २०२६ मा छनोट
काठमाडौं । आईसीटी फाउन्डेसन नेपालले सञ्चालन गर्ने बिजनेस इन्क्युबेसन सर्भिस (BIS) कार्यक्रम २०२६ अन्तर्गत बागमती…
बागमती प्रदेशबाट १४ स्टार्टअप बीआइएस २०२६ मा छनोट
काठमाडौं । आईसीटी फाउन्डेसन नेपालले सञ्चालन गर्ने बिजनेस इन्क्युबेसन सर्भिस (BIS) कार्यक्रम २०२६ अन्तर्गत बागमती प्रदेशबाट छनोट भएका टोलीहरू…
सरकार-निजी क्षेत्र एउटै मञ्चमा : बजेटअघि आईसीटी डिस्कोर्स आयोजना हुँदै
काठमाडौं । आईसीटी फाउन्डेसन नेपालको आयोजनामा 'प्रि-बजेट आईसीटी डिस्कोर्स २०८३' बिहिबार (३० अप्रिल २…
आईटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६ आयोजना हुँदै
नेपाली युवालाई प्रविधि र नवप्रवर्तनमार्फत सशक्त बनाउने उद्देश्यसहित आइसिटी फ्रेमले टेक-एक्ससँगको सहकार्य तथा टेक ब्लगर्स एसोसिएसन अ…
माघ १६ गतेदेखि तीनदिने प्रविधि महोत्सव लोकस आयोजना हुँदै, यस्ता छन् मुख्य आकर्षण
विद्यार्थीहरूले आयोजना गर्ने राष्ट्रिय प्रविधि महोत्सव लोकस (LOCUS) २०…
वर्डक्याम्प नेपाल २०२६ बुटवलमा हुँदै
वर्डप्रेस समुदायको विश्वव्यापी पहिचान बोकेको महत्वपूर्ण कार्यक्रम वर्डक्याम्प नेपाल २०२६ आगामी जनवरी २३ र २४, २०२६ मा बुटवलको मणिग्…
शनिबारदेखि पूर्वाञ्चल क्याम्पसमा बृहत् प्राविधिक महोत्सव ‘तरङ्ग’ हुँदै
धरानस्थित त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतको पूर्वाञ्चल क्याम्पसमा पुस २६ देखि २८ गतेसम्म बृहत् प्राव…
युवाका लागि इन्टरनेट गभर्नेन्स र आईक्यान नीति केन्द्रित ‘एपिगा नेपाल २०२५’ सम्पन्न
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) द्वारा आयोजित एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२५ सम्पन्…