कीवर्डहरू -

कार्यक्रम

आईटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६ आयोजना हुँदै

नेपाली युवालाई प्रविधि र नवप्रवर्तनमार्फत सशक्त बनाउने उद्देश्यसहित आइसिटी फ्रेमले टेक-एक्ससँगको सहकार्य तथा टेक ब्लगर्स एसोसिएसन अफ नेपालको सहयोगमा ‘आईटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६’ आयोजना गर्ने घोषणा गरेको छ।

“नवप्रवर्तनको सम्मान, उत्कृष्टताको उत्सव” भन्ने नाराका साथ आयोजना हुन लागेको यो राष्ट्रियस्तरको प्रतिस्पर्धा शनिबार १९ वैशाख २०८३ मा सम्पन्न हुनेछ, जसले देशभरका स्नातक तहका विद्यार्थी, स्वतन्त्र विकासकर्ता तथा उदीयमान प्रविधि नवप्रवर्तकलाई आफ्ना सीप र परियोजना प्रस्तुत गर्ने सशक्त मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ।

आइसिटी फ्रेम र टेक-एक्सको यो सहकार्यलाई नेपालको डिजिटल रूपान्तरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। आयोजकका अनुसार प्रतियोगिताले युवा प्रतिभाका लागि लन्चप्याडको भूमिका खेल्दै भविष्यका लागि तयार आईटी जनशक्ति उत्पादनमा योगदान पुर्‍याउनेछ।

प्रतियोगितामा सहभागिता, विषयवस्तु, मूल्याङ्कन मापदण्ड तथा अन्य विस्तृत जानकारी आगामी दिनहरूमा आइसिटी फ्रेमको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने जनाइएको छ।
 

कार्यक्रम

युवाका लागि इन्टरनेट गभर्नेन्स र आईक्यान नीति केन्द्रित ‘एपिगा नेपाल २०२५’ सम्पन्न

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) द्वारा आयोजित एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२५ सम्पन्…

हार्डवेयर फेलोशिप आयोजना गर्दै लोकस, व्यवहारिक सिकाइमा केन्द्रित

हार्डवेयर, इलेक्ट्रोनिक्स र एम्बेडेड सिस्टममा रुचि राख्ने विद्यार्थी तथा प्रविधि उत्साहीहरूका लागि लोकसले प्रि-इभेन्टको रूपमा हार्डवे…

लोकसले प्रि-इभेन्टको रूपमा ह्याक अ विक गर्दै, यसरी हुनुहोस् सहभागी

प्रविधि तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित लोकसले ‘ह्याक अ विक २०२६’ आयोजना गर्ने भएको छ। लोकसको प्रि-ईभे…

इन्ड्राइभ आइसिटी अवार्ड २०२५ सम्पन्न, १७ विधामा प्रविधि क्षेत्रका स्टार्टअप, संस्था र व्यक्तित्वहरू सम्मानित

दशौं संस्करणको रुपमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एशोशिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टि…

इन्ड्राइभ आइसिटी अवार्ड २०२५ को ग्राण्ड फिनाले शुक्रबार, विभिन्न १७ विधामा अवार्ड प्रदान हुने

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित दशौं संस्करणको आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ४ गते शुक्रबा…

हल्ट प्राइज पुल्चोक क्याम्पस २०२६ को शीर्ष प्रायोजकमा हिमा अस अफसोर

हल्ट प्राइज एट आइओइ पुल्चोक क्याम्पसले २०२६ संस्करणको शीर्ष प्रायोजकमा हिमा अस अफसोर रहने भएको छ । सम्झौतापत्रमा ह…

नेपालमा पनि मनाइयो अन्तर्राष्ट्रिय कम्प्युटर सुरक्षा दिवस

नेपालमा पनि अन्तर्राष्ट्रिय कम्प्युटर सुरक्षा दिवस मनाइएको छ। नोभेम्बर ३० मा मनाइने यस दिवसका अवसरमा साइबर सुरक्षामा क्रियाशील सर…

विश्वस्तरीय प्रशिक्षकसँग १० दिनसम्म एआई सिक्ने अवसर, कति छ शुल्क र कसरी दिने आवेदन ?

छैटौँ संस्करणको वार्षिक नेपाल एआई स्कुल (ANAIS 2025) का लागि आवेदन खुला गरिएको छ। नेपाल एप्लाइड म्याथम्याटिक्स एन्ड इन्फर्मेटिक्स …

आइसिटी अवार्ड २०२५ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, आजदेखि पब्लिक भोटिङ सुरू

दशौं संस्करणको ‘आइसिटी अवार्ड २०२५’ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक गरिएको छ । स्टार्टअप, प्रडक्ट,  राइजि…

स्टार्टअप तथा इन्नोभेटरहरूका लागि आर्किटेक्चर एज ए सर्भिसमा भोलिदेखि २ दिने तालिम हुँदै

आइसिटी अवार्ड २०२५ को प्रि-इभेन्टको रूपमा शनिबारदेखि दुई दिने तालिम सुरू हुने भएको छ । स्टार्टअप तथा इन्नोभेटरहरूलाई लक्षित गर्…

नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिस्पर्धा हुँदै

विद्युत् तथा इलेक्ट्रोनिक्स इन्जिनियरहरूको प्रतिष्ठित संस्था आईईईई नेपाल सेक्सनले नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिस्पर्धा आयोजना गर्ने…

आइसिटी अवार्ड: स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार र सोसल इन्नोभेसन विधामा शनिबारसम्म आवेदन दिने समय

स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसियल इन्नोभेसन आइसिटी अवार्ड २०२५ मा भदौ २१ गते शनिबारसम्म अनलाइन आवेदन दिन सकिने…

लिपफ्रगले सम्पन्न गर्‍यो चौथो संस्करणको ‘डिजाइन डिस्को’ कार्यक्रम

स्टार्टअप तथा इन्टरप्राइजका लागि स्वास्थ्य, फिनटेक, एड–टेक र कन्स्ट्रक्सन क्षेत्रमा विश्वव्यापी प्रविधि तथा एआई पार्टनरका रूपमा का…

अरोरा टेक अवार्ड २०२६: नेपाली महिला टेक उद्यमीका लागि आवेदन खुल्ला

महिला उद्यमीहरुलाई प्रविधि क्षेत्रमा सशक्त बनाउने उद्धेश्यले स्थापित अरोरा टेक अवार्ड २०२६ का लागि आवेदन खुला भएको छ । नेपाल लगा…

पहिलो पटक नेपालमा आयोजना हुँदैछ अन्तर्राष्ट्रिय सम्मेलन ‘उबु–कन एसिया २०२५’

एशियाली उबुन्टु समुदायलाई एकसाथ जोड्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय सम्मेलन ‘उबु–कन एसिया’ २०२५  नेपालम…