कीवर्डहरू -

कार्यक्रम

नेपाली लिपिमा आधारित डोमेन र ईमेल प्रवर्द्धन गर्न ‘यूए अडाप्टेसन एन्ड ह्याकाथन नेपाल २०२६’ सम्पन्न

काठमाडौं । ‘यूए अडाप्टेसन एन्ड ह्याकाथन नेपाल २०२६: पायोनियरिङ यूए रेडी प्लेटफर्म’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजना तथा आईक्यान (ICANN) र युनेस्को (UNESCO) संगको सहकार्यमा शनिबार भएको कार्यक्रम इन्टरनेटलाई सबैका लागि समावेशी, पहुँचयोग्य र बहुभाषिक बनाउने लक्ष्यसहित सञ्चालन गरिएको थियो ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८३ तथा विश्वव्यापी सर्वस्वीकार्यता (Universal Acceptance - UA) दिवसको अवसर पारी आयोजित कार्यक्रममा विशेष गरी नेपाली भाषा र लिपिमा आधारित डोमेन नेम र ईमेल एड्रेसहरूलाई इन्टरनेटका सबै प्रणालीले सहजै स्वीकार गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिइएको थियो ।

उद्घाटन समारोहमा क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले यो ह्याकाथन कार्यक्रम केवल प्रतिस्पर्धा मात्र नभएर नेपालको डिजिटल पूर्वाधारलाई बहुभाषिक र समावेशी बनाउने ऐतिहासिक कदम भएको बताउनुभयो । त्यस्तै, महासंघका संस्थापक अध्यक्ष डा. विमल कुमार शर्माले प्रविधिलाई भुइँतहका नागरिकसम्म पुर्‍याउन ‘युनिभर्सल एक्सेप्टेन्स’ को भूमिका अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सरकारी निकायको तर्फबाट प्रतिबद्धता जनाउँदै नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक ई. रोजा किरण बासुकलाले डिजिटल नेपाल फ्रेमवर्कलाई सफल बनाउन यस्ता प्राविधिक रूपान्तरण आवश्यक रहेको बताउनुभयो । युनेस्कोका नेपाल प्रतिनिधि जाको दु तोइले प्रविधिमा आफ्नै मातृभाषाको प्रयोगले मानिसहरूलाई सशक्त बनाउने र पहिचान जोगाउने धारणा राख्नुभयो ।

आईक्यानका उपाध्यक्ष समिरन गुप्ताले विश्वव्यापी इन्टरनेट इकोसिस्टममा ‘युनिभर्सल एक्सेप्टेन्स’ को रणनीतिक महत्त्वबारे प्रकाश पार्दै आफ्नै रैथाने लिपि वा भाषामा इन्टरनेटको पूर्ण उपयोग गर्न पाउनु नागरिकको अधिकार भएको र यसो गरे मात्र डिजिटल खाडल पुर्न सक्ने बताउनुभयो ।

कार्यक्रमको प्राविधिक विधा (Technical Track) तर्फ अत्यन्तै उत्साहजनक र कडा प्रतिस्पर्धाका बीच यस ह्याकाथनमा 'टिम एभरेष्ट' ले प्रथम स्थान हासिल गर्न सफल भएको छ । टिमका सदस्यहरू निराजन पराजुली, एन्जेला न्यौपाने, रौनक रेग्मी, भुवन जोशी, आवरण ढुङ्गाना र बिनी चन्द सम्मिलित टोलीले इन्टरनेटलाई आफ्नै मातृभाषा र लिपिमा पहुँचयोग्य बनाउनका लागि देवनागरी लिपिमा आधारित ईमेल ठेगाना सिर्जना गर्ने र प्रयोग गर्न सकिने अत्याधुनिक प्रणालीको विकास गरेका थिए ।

विजेता टोलीको यस परियोजनाले युनिभर्सल एक्सेप्टेन्स, ईमेल ठेगाना अन्तर्राष्ट्रियकरण र अन्तर्राष्ट्रियकृत डोमेन नेमको महत्वलाई प्रष्ट पारेको छ । यस नवप्रवर्तनले इन्टरनेट प्रयोगकर्ताहरूलाई केवल ल्याटिन (अंग्रेजी) क्यारेक्टरहरूमा मात्र सीमित नराखी नेपाली र देवनागरी जस्ता स्थानीय भाषाहरूलाई डिजिटल प्लेटफर्महरूले पूर्ण रूपमा बुझ्ने र स्वीकार गर्ने वातावरण निर्माण गर्न बलियो आधार खडा गरेको छ ।

त्यसैगरी, कार्यक्रमको गैह्र-प्राविधिक विधा (Non-Technical Track) तर्फ अमरेश शाह, विजय रेग्मी, दक्षिणा पाण्डे र कुमकुम सर्राफको टोली प्रथम हुन सफल भएको छ । यस टोलीले नेपालमा युनिभर्सल एक्सेप्टेन्सको अवधारणालाई तल्लो तहसम्म पुर्‍याउन र कार्यान्वयन गराउनका लागि देशका विभिन्न क्षेत्र र सरोकारवालाहरूलाई समेट्ने गरी 'नीतिगत तथा चेतनामूलक योजना' (Policy and Awareness Plan) को उत्कृष्ट खाका विकास गरेको थियो ।

कार्यक्रममा सूचना प्रविधि क्षेत्रका विज्ञहरूबीच विभिन्न कार्यपत्र प्रस्तुत हुनुका साथै नेपाली लिपिमा आधारित इन्टरनेट प्रणालीका चुनौती र अवसरबारे मन्थन भएको थियो । हाल इन्टरनेटमा अङ्ग्रेजी भाषाको वर्चस्व रहेको अवस्थामा स्थानीय भाषाहरूमा सहजै ईमेल र वेबसाइटहरू सञ्चालन गर्न सकिने ‘यूए-रेडी’ डिजिटल प्लेटफर्महरूको विकासलाई मुख्य प्राथमिकता दिइएको छ ।

क्यान महासंघले यसअघि नै नेपालको पहिलो अन्तर्राष्ट्रियकृत डोमेन नेम (IDN) का रूपमा नेपाली लिपिमा आधारित आफ्नो आधिकारिक पोर्टल https://क्यान.संगठन सञ्चालनमा ल्याइसकेको छ । हिजो सम्पन्न यस ह्याकाथनमार्फत सहभागी डेभलपर र विद्यार्थीहरूले सरकारी निकाय, निजी क्षेत्र, प्राज्ञिक क्षेत्र र समुदाय स्तरका विभिन्न सरोकारवालाहरूका लागि समेत उपयोगी हुने बहुभाषिक प्रविधि निर्माणका नवीन डिजिटल समाधानहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा एप्निक (APNIC), वर्ल्डलिङ्क कम्युनिकेसन्स (Worldlink Communications), आईस्पान (ISPAN), होरियन (Horion), सनवे कलेज काठमाडौँ (Sunway College Kathmandu), सफ्टवारिका कलेज (Softwarica College of IT & eCommerce) लगायतका संस्थाहरूको सहयोग रहेको थियो । 

भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट सञ्चालित यस कार्यक्रममा देशभरका सफ्टवेयर डेभलपर, प्राविधिक विद्यार्थी, अनुसन्धानकर्ता तथा प्रविधि प्रेमीहरूको उत्साहजनक एवं सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको व्यवस्थापकीय पक्ष, रणनीति र समग्र संयोजनबारे जानकारी दिँदै कार्यक्रम संयोजक उदिप बरालले यस किसिमको बहुभाषिक प्रविधि अभियानले नेपालको डिजिटल समावेशीकरणमा कोशेढुङ्गा थप्ने विश्वास व्यक्त गर्नुभयो । साथै, ह्याकाथनका प्राविधिक सत्रहरू, मेन्टरसिप र प्राविधिक पक्षको प्रभावकारी परिचालनको नेतृत्व टिम लिड विवेक सिल्वालले गर्नुभएको थियो भने सहभागीहरूलाई प्राविधिक मार्गदर्शन र प्रशिक्षण दिने कार्यमा प्राविधिक प्रशिक्षक राहुल शाक्यले मुख्य भूमिका निर्वाह गर्नुभएको थियो ।

कार्यक्रम

परम्परा र आधुनिकताको संगम : प्रतिभा नक्षत्र ७ ले विश्व जोड्दै

काठमाडौं । प्रवासी नेपाली समुदाय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चलाई लक्षित गर्दै “प्रतिभा नक्षत्र &ndash…

सृजनशील सोचको प्रतिस्पर्धा : ख्वापा कलेजमा हल्ट प्राइज सफल

काठमाडौं । ख्वापा इन्जिनियरिङ कलेज (KhEC) मा हल्ट प्राइज २०२५/२६ को ग्राण्ड फिनाले कार्यक्रम सम्पन्न भएको छ । ब्ल…

काठमाडौं युनिभर्सिटीमा ईपेक्स कार्यक्रम सुरु

काठमाडौं । काठमाडौं युनिभर्सिटीमा EEPEX कार्यक्रम सुरु भएको छ । यो कार्यक्रमलाई प्रविधि, इनोभेसन र इन्जिनियरि…

कोशी प्रदेशबाट १३ स्टार्टअप बीआइएस २०२६ मा छनोट

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालले सञ्चालन गर्ने बिजनेस इन्क्युबेसन सर्भिस (BIS) कार्यक्रम २०२६ अन्तर्गत बागमती…

बागमती प्रदेशबाट १४ स्टार्टअप बीआइएस २०२६ मा छनोट

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालले सञ्चालन गर्ने बिजनेस इन्क्युबेसन सर्भिस (BIS) कार्यक्रम २०२६ अन्तर्गत बागमती प्रदेशबाट छनोट भएका टोलीहरू…

सरकार-निजी क्षेत्र एउटै मञ्चमा : बजेटअघि आईसीटी डिस्कोर्स आयोजना हुँदै

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालको आयोजनामा 'प्रि-बजेट आईसीटी डिस्कोर्स २०८३' बिहिबार (३० अप्रिल २…

आईटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६ आयोजना हुँदै

नेपाली युवालाई प्रविधि र नवप्रवर्तनमार्फत सशक्त बनाउने उद्देश्यसहित आइसिटी फ्रेमले टेक-एक्ससँगको सहकार्य तथा टेक ब्लगर्स एसोसिएसन अ…

माघ १६ गतेदेखि तीनदिने प्रविधि महोत्सव लोकस आयोजना हुँदै, यस्ता छन् मुख्य आकर्षण

विद्यार्थीहरूले आयोजना गर्ने राष्ट्रिय प्रविधि महोत्सव लोकस (LOCUS) २०…

वर्डक्याम्प नेपाल २०२६ बुटवलमा हुँदै

वर्डप्रेस समुदायको विश्वव्यापी पहिचान बोकेको महत्वपूर्ण कार्यक्रम वर्डक्याम्प नेपाल २०२६ आगामी जनवरी २३ र २४, २०२६ मा बुटवलको मणिग्…

शनिबारदेखि पूर्वाञ्चल क्याम्पसमा बृहत् प्राविधिक महोत्सव ‘तरङ्ग’ हुँदै

धरानस्थित त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतको पूर्वाञ्चल क्याम्पसमा पुस २६ देखि २८ गतेसम्म बृहत् प्राव…

युवाका लागि इन्टरनेट गभर्नेन्स र आईक्यान नीति केन्द्रित ‘एपिगा नेपाल २०२५’ सम्पन्न

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) द्वारा आयोजित एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२५ सम्पन्…

हार्डवेयर फेलोशिप आयोजना गर्दै लोकस, व्यवहारिक सिकाइमा केन्द्रित

हार्डवेयर, इलेक्ट्रोनिक्स र एम्बेडेड सिस्टममा रुचि राख्ने विद्यार्थी तथा प्रविधि उत्साहीहरूका लागि लोकसले प्रि-इभेन्टको रूपमा हार्डवे…

लोकसले प्रि-इभेन्टको रूपमा ह्याक अ विक गर्दै, यसरी हुनुहोस् सहभागी

प्रविधि तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित लोकसले ‘ह्याक अ विक २०२६’ आयोजना गर्ने भएको छ। लोकसको प्रि-ईभे…

इन्ड्राइभ आइसिटी अवार्ड २०२५ सम्पन्न, १७ विधामा प्रविधि क्षेत्रका स्टार्टअप, संस्था र व्यक्तित्वहरू सम्मानित

दशौं संस्करणको रुपमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एशोशिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टि…

इन्ड्राइभ आइसिटी अवार्ड २०२५ को ग्राण्ड फिनाले शुक्रबार, विभिन्न १७ विधामा अवार्ड प्रदान हुने

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित दशौं संस्करणको आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ४ गते शुक्रबा…