कीवर्डहरू -

कार्यक्रम

स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ को शीर्ष प्रायोजकमा टेकस्पायर कलेज

स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ को शीर्ष प्रायोजक (टाइटल स्पोन्सर) मा टेकस्पायर कलेज हुने भएको छ । यसका लागि फेस्टको आयोजक संस्था लिभिङ विथ आइसिटी र टेकस्पायर कलेजबीच सम्झौता भएको हो । 

स्टार्टअप एण्ड आईडिया फेस्ट कात्तिक २९ र ३० गते काठमाडौंको बत्तिसपुतली स्थित अनुपम फुडल्याण्डमा आयोजना हुनेछ । कार्यक्रममा सातै प्रदेशबाट १०० बढी डिजिटल स्टार्टअप र इन्नोभेसहरूको सहभागीता रहने छ । आइसिटी अवार्ड २०२४ को प्रि-इभेन्टको रुपमा आयोजना हुने फेस्टमा द स्क्वाइड अफ चेन्जमेकर र इन्जिनियरर्स भ्लग्सको सहकार्य रहेको छ ।

यस फेस्टमा आइसिटी अवार्ड २०२४ को प्रतिस्प्रधाबाट छानिएका उत्कृष्ट १० स्टार्टअप, १२ राइजिङ स्टार इन्नोभेसन तथा उत्कृष्ट १३ प्रडक्ट र सोसल इन्नोभेसनहरू समेत शोकेस हुनेछन् । यसैगरी आयोजकले सातै प्रदेशबाट छनौट गरेर ल्याएका ३० बढी स्टार्टअपहरुको पनि यस कार्यक्रममा सहभागिता रहने छ । फेस्टको सह आयोजक स्क्वाइड अफ चेन्जमेकरले स्टिम क्याम्प, रकेट साइन्स र गेमहरु सञ्चालन गर्नेछ भने इन्जिनियर भ्लग्सले रोबोट प्रतिस्पर्धा गराउनेछ । 

कार्यक्रमले डिजिटल स्टार्टअप तथा इन्नोभेसनहरूको नेटवर्किङ, प्रवर्द्धन र थप परिस्कृत गर्नमा महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास रहेको छ । २ दिनसम्म चल्ने फेस्टको अवलोकन निःशुल्क गर्न सकिने छ । सूचना प्रविधिमा रूची राख्ने वा यस क्षेत्रमा काम गरिरहेका जो कोहीले पनि फेस्टको अवलोकन गर्न सक्ने छन् । 

यसअघि सातै प्रदेशका स्टार्टअप र आइसिटी अवार्डका सेमिफाइनलिष्टहरूलाई मेन्टरिङ तथा बुटक्याम्प सेसन सञ्चालन भइसकेको छ भने कात्तिक २८ गते सेडार गेट र एफवान सफ्ट ग्रुपसँगको सहकार्यमा इन्डष्ट्री भिजिट समेत हुँदैछ । 

सातै प्रदेशका स्टार्टअपहरुबाट हरेक प्रदेशका उत्कृष्ट एक एक स्टार्टअपलाई आइसिटी अवार्डको ग्राण्ड फिनालेमा सम्मान पनि गरिने छ । अवार्डको ग्राण्ड फिनाले आगामी पुस ५ गते ह्यात रिजेन्सी बौद्धमा आयोजना हुँदैछ । 

अहिले आइसिटी अवार्ड २०२४ को लागि विभिन्न १४ विधामा छनौट प्रकृया सञ्चालनमा रहेको छ । फेस्टमै अवार्डको स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार र सोसियल इन्नोभेसन विधाका सेमिफाइनलिष्टहरूलाई अवलोकनकर्ताले भोट समेत गर्न सक्ने छन् ।

कार्यक्रम

भोलि एनसीआईटी कलेजमा सफ्टवेयर फ्रिडम डे मनाइँदै

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा सफ्टवेयर फ्रिडम डे मनाइने छ । असोज ५ गते शनिबार एनसीआईटीमा सफ्टवेयर फ्रिडम ड…

नेपालमै पहिलो पटक आयोजना भएको एप्याक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम सम्पन्न

काठमाडौंको टेक्सास कलेजमा नेपालमै पहिलो पटक आयोजना भएको एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम सम्पन्न भए…

नेपालमा पहिलो पटक एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम हुँदै

नेपालले एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम आयोजना गर्ने भएको छ । 

नास आईटी अवार्ड्स २०२४ आयोजना हुँदै, कसरी दिने आवेदन ?

साउन २९, काठमाडौं । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले नास आईटी अवार्ड्स २०२४ को आयोजना गर्ने…

नबिल बैंकको नबिल एसएसई फेलोशिपको आवेदन खुला, यसरी दिनुहोस् अनलाइन आवेदन

नबिल बैंकले नबिल स्कुल अफ सोसल आन्टरप्रेनरसीप फेलोसिप कार्यक्रमको चौथो ब्याच २०२४ का लागि आवेदन आह्वान गरेको छ । तेस्रो ब्य…

साउन ११ गते होरिअन बीटूबी समिट २०२४ हुँदै

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा यही  साउन ११ गते शुक्रबार ‘होरिअन बीटूबी समिट २०२४ इन एसोसिएसन विथ बार कोड नेपाल…

नास आईटी अवार्ड २०२४ को लागि आवेदन खुला, यस्तो छ आवेदन दिने तरिका

नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले नास आईटी अवार्ड २०२४ को आयोजना गर्ने भएको छ ।  

सुरू भयो नवौं आइसिटी अवार्डको अनलाइन नोमिनेशन, यी हुन् आवेदन दिने अवार्डका १४ विधाहरू

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको नवौं संस्करणको लागि अनलाइन नोमिनेसन (…

हाइपर्स र बिमस्टार्टको सहकार्यमा साउन १८ गते आन्ट्रप्रेनर्स ग्यादरिङ हुँदै, कसरी हुने सहभागी ?

आगामी साउन १८ गते अर्थात अगष्ट २ मा हाइपर्स र बिमस्टार्टको सहकार्यमा ‘आन्ट्रप्रेनर्स ग्यादरिङ’ नेपाल का…

वेबसाइट डिजाइन र युएक्स/युआई सम्बन्धी निःशुल्क अनलाइन तालिम हुँदै, यसरी हुनुहोस् सहभागी

वेबसाइट डेभलपमेन्ट र युआई/युएक्स सम्बन्धी निशुल्क अनलाइन तालिम हुने भएको छ । पोखराको ‘ईकमर्स साथी’ प्रालि नामक कम्प…

विभिन्न ८ विधामा अवार्ड प्रदान गर्दै नेपाल इन्जिनियर्स एशोसिएसन, आवेदन दिन अनुरोध

नेपाल इन्जिनियर्स एशोसिएसनले विभिन्न ८ विधामा अवार्ड प्रदान गर्ने भएको छ । ६२ औं इन्जिनियर दिवसको एशोसिएसनले इन्जिनियरिङ /आर्किट…

नेपाली सेनालाई डिजिटल वित्तीय साक्षरता प्रदान

वित्तीय साक्षरतामा काम गरिरहेको कम्पनी वित्तीय सल्लाहले नेपाली सेना…

डब्लुआईआईटीले शुक्रबार साइबर सेक्युरिटी ह्याकाथन आयोजना गर्दै

सूचना प्रविधि महिला (डब्लुआईआईटी) ले साइबर सेक्युरिटी ह्याकाथन गर्ने भएको छ । जेठ ३२ गते काठमाडौंको हिमालयन ह्वाइट हाउस …

एनएफटी र आर्टमा एक्सक्लुसिभ भर्चुअल कार्यक्रम हुँदै, यसरी हुनुहोस् सहभागी

ब्लकचेन कम्युनिटी नेपालले एनएफटी एण्ड आर्टमा एक्सक्लुसिभ भर्चुअल इभेन्ट गर्ने भएको छ । आगामी १४ जुनमा ‘द इन्टरसेक्सन अफ आर्ट एण्ड ब्लकचेनः हाउ एनएफटिज आर …

ह्वावे ‘सिड्स फर द फ्युचर नेपाल’को आवेदन खुला

ह्वावेद्वारा आयोजित, ‘सीड्स फर द फ्युचर नेपाल २०२४’ कार्यक्रमको दर्ता खुलेको छ । स्नातक तहका विद्यार्थीहरूले www.seed…