कार्यक्रम
इन्जिनियर लोचनलाल अमात्यले प्राप्त गरे प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड २०२३
प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड २०२३ इन्जिनियर लोचनलाल अमात्यले प्राप्त गरेका छन् । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभको ग्राण्ड फिनाले कार्यक्रममा अमात्यले प्रोफेसनल एक्सीलेन्स आईसीटी अवार्ड पाएका हुन् ।
आईसीटी अवार्डमा प्रोफेसनल एक्सीलेन्स विधा यस वर्ष मात्र थप गरिएको विधा हो । आइसिटी क्षेत्रसँग सम्बन्धित रहेर कम्तिमा ५ वर्षको अनुभवसँगै यस क्षेत्रमा पुर्याएको महत्वपुर्ण योगदान, विशेष कामको आधारमा यो अवार्ड प्रदान गरिन्छ ।
नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा तीन दशकदेखि क्रियाशिल छन्, इन्जिनियर लोचन लाल अमात्य । रसियाबाट कम्प्युटर इन्जिनियरमा मास्टर्स अध्ययन गरेर नेपाल फर्किएका अमात्यले नेपाल टेलिकममा कम्प्युटर इन्जिनियर हुँदै सीटीओसम्म करिब ३२ वर्ष सेवा गरेका थिए ।
मेन्टेनेन्स कन्ट्रोल सिस्टम, बिलिङ सिस्टम लगायतका प्रणालीहरू विकास गरी टेलिकमलाई प्रविधिमैत्री बनाउन उल्लेख्य भूमिका खेल्नुभएका अमात्य क्यान महासंघको अध्यक्ष समेत निर्वाह गरिसकेका छन् ।
महासंघमा हुँदा नेपालमा आउटसोर्सिङको जग बसाल्न र क्यान इन्फोटेकलाई ठूलो स्केलमा लैजान महत्त्वपूर्ण योगदान दिएका थिए ।
सूचना प्रविधि प्रोफेसनल फोरम र सोसाइटी अफ इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियर्समा समेत अध्यक्षको भूमिका निर्वाह गरिसकेका अमात्य अहिले नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कको अध्यक्षको रूपमा काम गरिरहेका छन् भने विद्यार्थीहरूलाई पढाउँदै समेत आएका छन् ।
कार्यक्रम
आज अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभको ग्राण्ड फिनाले हुँदै
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२३’ को ग्राण्ड फिनाले कार्यक्रम …
आईटी क्षेत्रमा योगदान पुर्याउने महिलालाई वुमन आइकन आइसिटी अवार्ड दिदै एनसेल
एनसेलले नेपालको सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने महिलालाई ‘एनसेल वुमन आइकन आ…
शुक्रबार अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभको ग्राण्ड फिनाले
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२३’ को ग्राण्ड फिनाले कार्यक्रम …
आईतबार हल्ट प्राइज एट पुल्चोक क्याम्पसको अभिमुखीकरण कार्यक्रम हुँदै
द हल्ट प्राइज एट आईओई पुल्चोक क्याम्पसले अभिमुखीकरण (अरियेन्टेसन) कार्यक्रम आयोजना गर्ने भएको । अभिमुखीकरण क…
टेक्नोरियन नेपाल सम्पन्न, शीर्ष टोली आईआईटी बम्बेमा हुने टेकफेस्टको ग्रान्ड फिनालेमा जाने
टेकफेस्ट एट आइआइटी बम्बेले नेपालका लागि लक्षित टेकफेस्ट सफलतापूर्वक सम्पन्न गरेको छ । टेक्नोरियन नेपाल २०२३ नाम गरेको यो टेकफेस्…
नेपालको डिजिटल र आर्थिक रूपान्तरणमा फाइभजी प्रविधिको भूमिकाबारे सरोकारवालाबीच छलफल
नेपालको डिजिटल र आर्थिक रूपान्तरणमा फाइभजी प्रविधिको भूमिकाबारे सरोकारवालाबीच छलफल भएको छ । कम्प्युटर एसोसिएन नेपाल महासंघ (…
आइसिटी अवार्ड २०२३ को ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस
आइसिटी अवार्ड २०२३ को ट्रेनिङ पार्टरनमा ब्रोडवे इन्फोसिस हुने भएको छ । त्यसका लागि आइसिटी अवार्ड र ब्रोडवेबीच सम्झौता भएको हो ।
सूचना प्रविध…
डब्लुएसए योङ इन्नोभेटर्स अवार्डको आवेदन खुला, यसरी दिनुहोस् आवेदन
वर्ल्ड समिट अवार्ड (डब्लुएसए) योङ इनोभेटर्स अवार्डका लागि आवेदन खुला गरिएको छ । योङ इनोभेटर्स अवार्डमा कुनै…
साइबर सुरक्षा सरकारको प्राथमिकतामा छः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षा सरकारको प्राथमिकता रहेको बताएकी छन् । राप्ती इन्जिनियरिङ कलेज, प्यूठान टेक्निकल कलेज र सिलिकन रिसर्च…
दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न, अवलोकनकर्ताको उत्साहजनक सहभागीता
काठमाडौंमा शुक्रबार र शनिबार आयोजना भएको स्टार्टअप एण्ड आईडिया फेस्ट तथा स्टिम क्याम्…