कीवर्डहरू -

कार्यक्रम

नेपालमा पहिलो पटक एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम हुँदै

नेपालले एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम आयोजना गर्ने भएको छ । 

नेपाल इन्टरनेट फाउन्डेसनले डिजिटल इम्पावरमेन्ट फाउन्डेसन र इन्टरनेट सोसाइटीसँगको सहकार्यमा यही भदौ १५ गते एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज २०२४ आयोजना गर्न लागेको हो । 

कार्यक्रम टेक्सास इन्टरनेशनल कलेज मित्रपार्क काठमाडौंमा शनिबार बिहान ९ बजेदेखि सञ्चालन हुनेछ । यस वर्ष पहिलो पटक एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम हुन लागेको हो । कार्यक्रमले कनेक्टिभिटी, डिजिटल समावेशीता र कम्युनिटी नेटवर्क पहलहरूलाई एकै ठाउँमा ल्याउन मद्त पुर्‍याउने छ । 

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङको उपस्थिति रहने छ भने विशेष अतिथिको पूर्व मन्त्री गणेश शाह, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी, काठमाडौं महानगरपालिका वडा नं. ७ का अध्यक्ष विमल कुमार होडा, टेक्सास कलेजका अध्यक्ष भेषराज पोखरेल, इन्टरनेट सोसाइटीका क्षेत्रीय पूर्वाधार तथा डिजिटल कनेक्टिभिटी निर्देशक नाभिद उल हक र डिजिटल इम्पावरमेन्ट फाउन्डेसनका सौरभ श्रीवास्तव लगायतको सहभागीता रहने छ । 
 
कार्यक्रमको थिम ‘इम्पावरिङ भ्वाइसेस, कनेक्टिङ कम्युनिटिजः कम्युनिटी नेटवर्क्स फर सोसल चेन्ज’ राखिएको छ । 

भदौ १५ गते हुन लागेको कम्प्युनिटी नेटवर्क एक्सचेञ्जको उद्देश्य जनचेतना जगाउने, ज्ञान आदान प्रदान गर्ने, क्षमता अभिवृद्धि गर्ने, सहकार्यमा जोड दिने र नीति पैरवीमा काम गर्ने रहेको छ । 

सन् २०१७ देखि डिजिटल इम्पावरमेन्ट फाउन्डेसनले इन्टरनेट सोसाइटीसँगको सहकार्यमा कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम सुरू गरेको थियो । 

कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रमलाई नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, सूचना प्रविधि विभाग, हेलो वर्ल्ड, टेक्नोलोजी फर अल, लायन्स क्लब अफ काठमाडौं साइबर वर्ल्ड, एनपीनग, टेक्सास कलेज, इन्टरनेट एक्सचेन्ज नेपाल, जेसीआई बुढानिलकण्ठ, सेल्फी विथ डटर, लजगा, वर्ल्डलिंक, सुबिसु, वेब सर्फर, एभरेष्ट लिंक, डेटा हब, इन्डिया इन्टरनेट फाउन्डेसन र आईसीटी समाचार डटकम लगायत रहेका छन् ।

कार्यक्रम

नास आईटी अवार्ड २०२४ को लागि आवेदन खुला, यस्तो छ आवेदन दिने तरिका

नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले नास आईटी अवार्ड २०२४ को आयोजना गर्ने भएको छ ।  

सुरू भयो नवौं आइसिटी अवार्डको अनलाइन नोमिनेशन, यी हुन् आवेदन दिने अवार्डका १४ विधाहरू

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको नवौं संस्करणको लागि अनलाइन नोमिनेसन (…

हाइपर्स र बिमस्टार्टको सहकार्यमा साउन १८ गते आन्ट्रप्रेनर्स ग्यादरिङ हुँदै, कसरी हुने सहभागी ?

आगामी साउन १८ गते अर्थात अगष्ट २ मा हाइपर्स र बिमस्टार्टको सहकार्यमा ‘आन्ट्रप्रेनर्स ग्यादरिङ’ नेपाल का…

वेबसाइट डिजाइन र युएक्स/युआई सम्बन्धी निःशुल्क अनलाइन तालिम हुँदै, यसरी हुनुहोस् सहभागी

वेबसाइट डेभलपमेन्ट र युआई/युएक्स सम्बन्धी निशुल्क अनलाइन तालिम हुने भएको छ । पोखराको ‘ईकमर्स साथी’ प्रालि नामक कम्प…

विभिन्न ८ विधामा अवार्ड प्रदान गर्दै नेपाल इन्जिनियर्स एशोसिएसन, आवेदन दिन अनुरोध

नेपाल इन्जिनियर्स एशोसिएसनले विभिन्न ८ विधामा अवार्ड प्रदान गर्ने भएको छ । ६२ औं इन्जिनियर दिवसको एशोसिएसनले इन्जिनियरिङ /आर्किट…

नेपाली सेनालाई डिजिटल वित्तीय साक्षरता प्रदान

वित्तीय साक्षरतामा काम गरिरहेको कम्पनी वित्तीय सल्लाहले नेपाली सेना…

डब्लुआईआईटीले शुक्रबार साइबर सेक्युरिटी ह्याकाथन आयोजना गर्दै

सूचना प्रविधि महिला (डब्लुआईआईटी) ले साइबर सेक्युरिटी ह्याकाथन गर्ने भएको छ । जेठ ३२ गते काठमाडौंको हिमालयन ह्वाइट हाउस …

एनएफटी र आर्टमा एक्सक्लुसिभ भर्चुअल कार्यक्रम हुँदै, यसरी हुनुहोस् सहभागी

ब्लकचेन कम्युनिटी नेपालले एनएफटी एण्ड आर्टमा एक्सक्लुसिभ भर्चुअल इभेन्ट गर्ने भएको छ । आगामी १४ जुनमा ‘द इन्टरसेक्सन अफ आर्ट एण्ड ब्लकचेनः हाउ एनएफटिज आर …

ह्वावे ‘सिड्स फर द फ्युचर नेपाल’को आवेदन खुला

ह्वावेद्वारा आयोजित, ‘सीड्स फर द फ्युचर नेपाल २०२४’ कार्यक्रमको दर्ता खुलेको छ । स्नातक तहका विद्यार्थीहरूले www.seed…

आईटीमा रूची भएका केटीहरूलाई लक्षित गर्दै अल गर्ल्स मिटअप हुँदै

आगामी जेठ १३ गते आईतबार काठमाडौंमा पहिलो अल गर्ल्स मिटअप हुने भएको छ । सूचना प्रविधिको क्षेत्रमा रूची भएका केटीहरूलाई लक्षित …

वेबसाइट र मोबाइल एप डेभलपमेन्ट सम्बन्धी निःशुल्क अनलाइन तालिम हुँदै

अनलाइनमा वेबसाइट र मोबाइल एप डेभलबमेन्ट सम्बन्धी अनलाइन तालिम हुने भएको छ । ‘ईकमर्स साथी’ प्रालि नामक कम्पनी…

डिजिटल नेपाल कन्क्लेभको तेसो संस्करण जेष्ठ २५ गते आयोजना हुने

जेष्ठ २५ गते शुक्रबार डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण आयोजना हुने भएको छ । आइसिटी फाउण्डेसन नेपालले आयोजना गर्ने डिजिटल …

बिहीबार नेशनल आईसीटी दिवस, यी सात विधामा अवार्ड प्रदान गर्दै सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख २० गते बिहीबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार (नेसनल आईसीटी अवार्ड) वितरण…

दोस्रो एडब्लुएस कम्युनिटी डे सम्पन्न

दोस्रो एडब्लुएस कम्युनिटी डे सम्पन्न भएको छ । अप्रिल २१ तारिखका दिन काठमाडौँ मैतीदेवीस्थित सनवे कलेजमा दोस्रो एडब्लुएस कम्यु…

चितवनमा इन्टर आईटी कलेज फुटसल प्रतियोगिता हुँदै

चितवनमा अवसर एकेडेमीको आयोजनामा इन्टर आईटी कलेज फुटसल प्रतियोगिता हुने भएको छ । अवसर एकेडेमीले आईटी पढ्दै गरेका विद्यार्थीहर…