साइबर सुरक्षा
१६ वटा बैंक लुट्ने ह्याकरको धम्की, ‘इमेल आएको छैन, म्यासेज फरवार्ड मात्र’
ह्याकरले नेपाल राष्ट्र बैंकसहित १६ वटा बैंकिङ प्रणाली ह्याक गरेर पैसा चोर्ने धम्कीसहितको म्यासेज फरवार्ड र कल आएपछि बैंकिङ क्षेत्रमा आतंक फैलिएको छ ।
ह्याकरले बैंकहरु ह्याक गर्ने धम्किसहित नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल र सहप्रवक्ता नायराण प्रसाद पोख्रेललाई फोन गरेका थिए भने इमेल पनि पठाएको भन्दै उक्त इमेलको कपी विभिन्न व्यक्तिलाई फरवार्ड गरिएको छ ।
राष्ट्र बैंकले ह्याकरले इमेल गरेको भन्दै हल्ला फैलाएर आतंक मात्र गर्न खोजेको बताएको छ । राष्ट्र बैंकका सह प्रवक्ता नारायण पोख्रेलका अनुसार ह्याकरले म्यासेज फरवार्ड गरेर हल्लामात्र फैलाएका छन् ।
‘इमेल पठाएको भन्ने हल्ला मात्र हो,’ पोख्रेलले भने , ‘अहिलेसम्म कसैलाई पनि त्यस्तो कुनै इमेल आएको छैन ।’ इमेल गरेको जस्तो देखिने म्यासेज विभिन्न व्यक्तिलाई फरवार्डमात्र गरिएको उनले बताए । उक्त म्यासेज मेलिङ सिस्टममा टाइप गरेको जस्तो देखिन्छ ।
ह्याकरले राष्ट्र बैंकका प्रवक्ता र सहप्रवक्तालाई फोन भनेको गरेका थिए । आफूलाई आएको फोन मालवेयर हो भन्ने थाहा पाएपछि नउठाएको पोख्रेलले बताए ।
उनलाई रातो अक्षर र रातो फ्यागसहितको फोन आएको थियो । नचिनेको नम्बर र मेलवेयर हुनसक्ने भएकाले फोन नउठाएको उनले बताए ।
राष्ट्र बैंकले यस विषयमा अध्ययन सुरु गरेको छ । ‘हाम्रो टिम हिजोदेखि नै लागिसकेको छ,’ पोख्रेलले भने, ‘आइटी टिमले सकेन भने साइबर ब्युरोलाई लगाउँछौं ।’
ह्याकरले फरवार्ड गरेको म्यासेजमा ढकाल, पोख्रेल र नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहलाई इमेल गरेको देखिन्छ । उक्त इमेल २०२१ जुलाई २१ को दिन ३ बजेर २८ मिनेटमा क्रियट गरेको देखिन्छ ।
ह्याकरले पठाएको भनिएको इमेलमा १६ वटा बैंकको नाम उल्लेख छ । नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स इन्टरनेशनल बैंक, सानिमा बैंक, नेपाल एसबीआइ, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको नाम उल्लेख गरिएको छ।
ह्याकरले इमेलमा माथि उल्लेखित बैंकहरुले २४ घण्टामा ठूलो क्षति भोग्नु पर्ने लेखेका छन् । साथै, नोट भन्दै यो हल्ला मात्र हैन, यसलाई जोकका रुपमा नलिनसमेत भनेका छन् ।
साइबर सुरक्षा
‘बैंकका डेटा क्लाउडमा राख्न मिल्छ कि मिल्दैन ?’ मौद्रिक नीतिमा स्पष्ट पार्न डेभलपमेन्ट बैंकर्सको सुझाब
डेटाहरु क्लाउडमा राख्ने प्रचलन बढिरहेको बेला नेपालका बैंकहरुले पनि क्लाउडको प्रयोग गर्न सक्ने कि नसक्ने विषयमा स्पष्ट …
ह्याकरहरुले सुरु गरे अहिलेसम्मको सबैभन्दा ठूलो सप्लाई चेन साइबर आक्रमण
ह्याकरहरुले अहिले सम्मकै सबैभन्दा ठूलो सप्लाई चेन साइबर आक्रमण सञ्चालन गरेका छन् । द…
अमेरिकाका करिब २०० व्यवसायमा साइबर हमला
अमेरिकाका करिब २०० व्यवसायमा साइबर हमला भएको छ । साइबर सुरक्षा फर्म हन्ट्रेस ल्याबक…
साइबर सुरक्षामा नेपालको अवस्था सुधार, १५ स्थानमाथि उक्लियो
साइबर सुरक्षाको विषय तेजिलो बनिरहेको बेलामा विश्व बरियतामा भने नेपालको अवस्था सुधार भएको छ । नेपाल दुई वर्षको अव…
ह्याकरले बनाए नेपाल राष्ट्र बैंकको नक्कली फेसबुक पेज, विश्वास नगर्न आग्रह
नेपाल राष्ट्र बैंकको नाममा नक्कली फेसबुक पेज बनाएर गलत सूचनाहरु जारी भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आफ्नो ना…
फेसबुकमा सुरक्षा कमजोरी पत्ता लगाउने समिप, जसले पाए ११ वटा पुरस्कार
पछिल्लो समय नेपाली युवाहरूले विश्वका ठूला आईटी कम्पनीको बग (सुरक्षा कमजोरी) पत्ता …
एक वर्षभित्र सुरक्षित साइबरस्पेस निर्माण गर्न सरकारलाई सुझाव
कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ), सेण्टर फर साइबर सेक्युरिटी रिसर्च ए…
प्रहरीको फोटो ‘प्रोफाइल’मा राखेर को गयो क्लबहाउस ?
भर्खरमात्र नेपालमा आएको नयाँ सामाजिक सञ्जाल क्लबहाउसको चर्चा छ यति बेला । नयाँ नया…
म्याक डोनाल्डमा साइबर आक्रमण, कर्मचारी र ग्राहकको निजी जानकारी चोर्न ह्याकर सफल
अमेरिका, दक्षिण कोरिया र ताईवानको म्याक डोनाल्डमा ह्याकरहरुले साइबर आक्रमण गरी डेट…
स्मार्टफोनमा फिङ्गरप्रिन्ट सेन्सरले कसरी काम गर्छ ?
उपभोक्ताको मोबाइललाई सुरक्षित राख्न कम्पनीहरुले नयाँ नयाँ फिचरहरु ल्याइरहेका छन् । …
होसियार, चरित्रसँगै सम्पत्ति पनि गुम्ला !
सामाजिक सञ्जालबाट आउने अपरिचित व्यक्तिको प्रेम प्रस्तावलाई सजिलै स्वीकार्दै हुनुहुन्छ …
सामाजिक सञ्जालमा कानूनले रोक लगाएका सामग्री नराख्न साइबर ब्यूरोको अनुरोध, राखे कारवाही हुने
नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा कानूनले रोक लगाएका सामग्रीहरु नराख्…
साइबर सुरक्षा परीक्षण अनिवार्य गर्ने, यस्तो छ नयाँ साइबर सुरक्षा नीतिको मस्यौदा
सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति २०७८ को मस्यौदा तयार गरेको छ । सञ्चार तथा सूच…