साइबर सुरक्षा
साइबर सुरक्षामा लगानी बढाउन सरकार विरूद्ध शनिबार मास्क लगाएर युवाहरूले प्रदर्शन गर्दै
साइबर सुरक्षाको साक्षरता र साइबर सुरक्षामा लगानी बढाउन सरकारलाई दबाब दिन मिलियन मास्क मार्च अर्थात मास्क लगाएर शनिबार सरकारविरूद्ध प्रर्दशन हुने भएको छ ।
विशेष गरी साइबर सुरक्षामा लागेका युवाहरूको अग्रसरतामा नेपालको साइबर सुरक्षालाई बलियो बनाउन सरकार विरूद्ध मास्क लगाएर प्रर्दशन हुने भएको हो । तर यस अभियानमा इच्छुक सबै सहभागी हुन सक्ने छन् ।
दिउँसाे ३ बजेदेखि ४ बजेसम्म बसन्तपुरको मुख्य गेटबाट दरबारसम्म सबैले मास्क लगाएर लाइनमा प्ले कार्ड बोकेर प्रर्दशनी हुनेछ । प्लेकार्ड साइबर सुरक्षासँगै भ्रष्टचार र सामाजिक विषयमा बनाइने छ ।
३ महिनामै मतपत्र छापेर कर्णाली पुग्ने ? वर्षौसम्म चाहिँ किताब किन नपुग्ने’, भ्रष्टाचारीको लागि ७० करोड ? अनि साइबर सुरक्षाको लागि कति ? जस्ता नारा लेखिएका प्ले कार्ड हुने छन् ।
मिलियन मास्क मार्च साइलेन्ट प्रोटेस्ट हो । सन् २०१२ मा साइबर सुरक्षाको क्षेत्रमा परिचित एननोमस ग्रुपले लण्डन र अमेरिकाको वासिङ्टन डिसीबाट यस अभियानको सुरूवात गरेको थियो ।
मुख्य गरी भ्रष्टाचार, हिंसा लगायतका समाजका नराम्रा विकृति यस अभियानमा उठाइन्छ । हरेक वर्ष नोभेम्बर ५ मा विश्वभर मिलियन मास्क मार्च प्रदर्शनी हुन्छ ।
साइबर सुरक्षा
म्यासेजिङ प्लेटफर्म सिग्नलमा साइबर आक्रमण, १९०० जनाको फोन नम्बर बाहिरियो
सिग्नलमा साइबर आक्रमण भएको छ । साइबर आक्रमण भएपछि डेटा ब्रिच हुँदा १९०० जनाको फोन…
लुक्ला विमानस्थलको वेबसाइट ह्याक
सोलुखुम्बुस्थित तेन्जिङ हिलारी (लुक्ला) विमानस्थलको वेबसाइट एक हप्ताभन्दा बढीदेखि ह्य…
मोबाइल फोन रिपेयर गर्न दिँदा सामसङमा अब डेटा लुकाउन सकिने
सामसंगको रिपेयर मोडले फोन मर्मत गर्न दिदा डेटा सुरक्षित गर्न दिने भएको छ । यस मोड…
एसिड हानिदिन्छु भन्दै प्र्यांक गर्ने युट्युबर पक्राउ
महिलामाथि अमानवीय व्यवहार गरी सामाजिक सञ्जालमा प्रसारण गरेको अभियोगमा एक जना पक्र…
के तपाईको स्मार्टफोनमा यी एप छन् ? त्यसो भए तुरुन्तै डिलिट गर्नुहोस्
फ्रान्सेली अन्वेषक म्याक्जिम इन्ग्राओले मोबाइलमा इन्स्टल भएका यी ८ एपहरू तुरून्तै हटाउन…
३० लाख पटक डाउनलोड भएका एन्ड्रोइड एपहरुमा मालवेयर
३० लाख पटक डाउनलोड गरिसकेको एन्ड्रोइड एपहरुमा मालवेयर फेला परेको छ । यी एपहरुले…
हजारौं एन्ड्रोइड फोनमा मालवेयर संक्रमण गर्ने चार एप गूगल प्ले स्टोरबाट डिलिट
चार ओटा एन्ड्रोईड एपले हजारौँ एन्ड्रोइड डिभाइसहरुलाई मालवेयर संक्रमण गरिरहेको थाहा…
सुरक्षाका लागि एप्पलको ‘लकडाउन मोड’ फिचर, प्रयोगकर्तालाई स्पाईवेयर आक्रमणबाट बचाउने
एप्पलले हाई प्रोफाइल प्रयोगकर्तालाई साइबर आक्रमणबाट बचाउन लकडाउन मोड सार्वजनिक गर्ने…
सांघाई पुलिसको डेटाबेसबाट एक अर्ब चिनियाँ नागरिकको डेटा चोरी
ह्याकरहरुले सांघाईको पुलिस डेटाबेसबाट एक अर्ब चिनियाँ नागरिकको डेटा चोरेको दावी…
अत्याधुनिक तथा नयाँ मोडलका दाहुवाका सीसी टिभी बजारमा
नेपाली बजारमा दाहुवाको अधिकारीक आयातकर्ता तथा बिक्रेता कम्पनी बिध म्यानेजमेन्टले न…
ओपनशीका लाखौं प्रयोगकर्ताको इमेल एड्रेस लिक
ओपनशीका लाखौं प्रयोगकर्ताको ईमेल एड्रेस बाहिरिएको छ । अमेरिकाको एनएफटी मार्केटप्ले…
क्लाउडमा आधारित सेक्युरिटी अपरेसन सेन्टर ‘ट्रिडेन्ट’ सार्वजनिक गर्दै भैरव टेक्नोलोजी
लामो समय देखि साइबर सुरक्षामा काम गर्दै आएको कम्पनी भैरव टेक्नोलोजीले क्लाउडमा आधा…
बगभीले पायो ‘स्टार्टअप अफ द एयर’ अवार्ड
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको सीएनआईवाईईएफ नेपाल स्टार्टअप फ…
सोर्स कोड चोरी बौद्धिक सम्पतिमा नोक्सानी पुर्याएको आरोपमा एक जना पक्राउ
नेपाल प्रहरीको साइबर ब्यूरोले सोर्स कोड चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ…
साइबर सुरक्षाको अनुसन्धान तथा विकासमा काम गर्न साइबर सुरक्षा केन्द्र स्थापना हुने
सरकारले साइबर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । आईतबार संघीय संसदमा आगामी आर्थ…