साइबर सुरक्षा
हानिकारक अफिस फाइलबाट विन्डोजमा आक्रमण गर्दै ह्याकर
माइक्रोसफ्टले हानिकारक अफिस फाइल प्रयोग गरेर ह्याकरहरुले विन्डोजमा आक्रमण गरिरहेको जानकारी दिएको छ । ह्याकरहरुले सिभीई–२०२१–४०४४४४ भन्ने कोडमा रहेको समस्याको फाइदा उठाएर ह्याक गर्ने प्रयास गरिरहेका छन् ।
यस समस्याले २००८ भर्सनको विन्डोज सर्भर र विन्डोज ७ देखि १० सम्मको विन्डोज भर्सनहरुलाई समस्या पार्ने देखिएको छ । आक्रमणकर्ताहरुले विन्डोज प्रयोगकर्ताहरुलाई अफिस फाइल पठाएर खोल्न लगाउने गर्दछन् ।
त्यो फाइलले स्वायत्त रुपमा इन्टरनेट एक्सपलोरर खोलिदिने गर्दछ जसमा ब्याड आकटर वेबपेज खुल्ने गर्दछ । त्यो वेबपेजमा एक्टीभ एक्स कन्ट्रोल हुन्छ जसले प्रयोगकर्ताको कम्प्यूटरमा म्यालवेयर डाउनलोड गरिदिने गर्दछ । यसलाई जिरो डे आक्रमणको नाम दिइएको छ ।
त्यो हानिकारक अफिस फाइल खोल्ने बित्तिकै प्रयोगकर्ताको कम्प्यूटरमा भाइरस संक्रमण हुने गर्दछ । यसका लागि माइक्रोसफ्टले सेक्युरिटी प्याच सार्वजनिक गरेको छैन् ।
माइक्रोसफ्टका अनुसार माइक्रोसफ्ट डिफेन्डर एन्टीभाईरस र माइक्रोसफ्ट डिफेन्डर फर एण्डपोइन्टले यो समस्या ठिक गरिदिन्छ । त्यस्तै माइक्रोसफ्टले इन्टरनेट एक्सपलोररको सबै एक्टीभ एक्स कन्ट्रोल डिएक्टीभेट गर्न पनि सुझाव दिएको छ ।
साइबर सुरक्षा
माइक्रोसफ्ट पावर एपबाट ४ करोड व्यक्तिको डेटा लिक, ४७ कम्पनी प्रभावित
माइक्रोसफ्टको पावर एपबाट दर्जनौं कम्पनी र सरकारी निकायका डेटाहरु लिक भएका छन् । जसबाट ठूलो संख्याका व्यक्तिहरुका व्यक्…
यी हुन् एक्काईसौँ शताब्दीका सबैभन्दा ठूला डेटा ब्रिचहरु
डेटा ब्रिच यति गम्भिर कुरा हो जसले एकै पटकमा लाखौं व्यक्तिलाई प्रभाव पार्छ । डेटा ब्…
उपकुलपति सिंहको मृत्यु भएको विज्ञप्ति निकाल्नेविरूद्ध साइबर अपराधको मुद्दा लगाइने
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहको मृत्यु भएको भनेर व…
विजय शाहीलाई गिरफ्तारको माग गर्दै च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्डको वेबसाइट ह्याक
विजय शाहीलाई गिरफ्तारको माग गर्दै च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्ड्सको वेबसाइट ह्याक ग…
व्यक्तिगत डेटा दुरुपयोगमा अमेजनलाई अहिलेसम्मकै धेरै एक खर्बभन्दा बढी जरिवाना
विश्वकै एक ठूलो अनलाइन सपिङ कम्पनी अमेजनले डेटा दुरुयोग गरेको पाइएपछि एक खर्बभन्दा धेरै जरिवान तिर्नु पर्ने भएको छ…
बैंक ह्याक धम्की : ह्याकरबाट अमेरिकी फोन नम्बर प्रयोग, साइबर ब्युरोले सुरु गर्यो अनुसन्धान
ह्याकरले नेपाल राष्ट्र बैंकसहित १६ वटा बैंकिङ प्रणाली ह्याक गर्ने धम्कीको घटनालाई नेपाल प्रहरीको साइबर व्युरोले अनुसन्…
१६ वटा बैंक लुट्ने ह्याकरको धम्की, ‘इमेल आएको छैन, म्यासेज फरवार्ड मात्र’
ह्याकरले नेपाल राष्ट्र बैंकसहित १६ वटा बैंकिङ प्रणाली ह्याक गरेर पैसा चोर्ने धम्कीसहितको म्यासेज फरवार्ड र कल आएपछि ब…
म्यासेजमा होन्डा एनिभर्सरी फिशिङ आतंक, सावधान ! होन्डाको स्कुटर जित्ने लोभमा डेटा चोरी होला
अहिले फेसबुक म्यासेन्जरमा होन्डाको एनिभर्सरी भन्दै फिशिङ लिंकसहित म्यासेज आइरहेको छ…
पेगासस सफ्टवेयरले कसरी गर्छ फोन ह्याक ?
पेगासस सफ्टवेयर एनएसओ ग्रुप नामक इजरायली टेक कम्पनीले बनाएको स्पाईवेयर हो । एनएसओ ग्रुप विशेषगरी साइबर हतियार बना…
बगभीमा जोडियो ई-कमर्स कम्पनी ग्यापु, एउटा बगको २०० डलरसम्म दिइने
नेपालकै पहिलो बग बाउन्टी प्लेटफर्म बगभीमा ई-कमर्स कम्पनी ग्यापु मार्केटप्लेस जोडिएको …
‘बैंकका डेटा क्लाउडमा राख्न मिल्छ कि मिल्दैन ?’ मौद्रिक नीतिमा स्पष्ट पार्न डेभलपमेन्ट बैंकर्सको सुझाब
डेटाहरु क्लाउडमा राख्ने प्रचलन बढिरहेको बेला नेपालका बैंकहरुले पनि क्लाउडको प्रयोग गर्न सक्ने कि नसक्ने विषयमा स्पष्ट …
ह्याकरहरुले सुरु गरे अहिलेसम्मको सबैभन्दा ठूलो सप्लाई चेन साइबर आक्रमण
ह्याकरहरुले अहिले सम्मकै सबैभन्दा ठूलो सप्लाई चेन साइबर आक्रमण सञ्चालन गरेका छन् । द…
अमेरिकाका करिब २०० व्यवसायमा साइबर हमला
अमेरिकाका करिब २०० व्यवसायमा साइबर हमला भएको छ । साइबर सुरक्षा फर्म हन्ट्रेस ल्याबक…
साइबर सुरक्षामा नेपालको अवस्था सुधार, १५ स्थानमाथि उक्लियो
साइबर सुरक्षाको विषय तेजिलो बनिरहेको बेलामा विश्व बरियतामा भने नेपालको अवस्था सुधार भएको छ । नेपाल दुई वर्षको अव…