साइबर सुरक्षा
साइबर अपराधमा कानूनी प्रणाली र डिजिटल फरेन्सिक सम्बन्धि क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न
नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटी र कोइका (कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग) को संयुक्त आयोजनामा संचालन भएको साइबर अपराधमा कानूनी प्रणाली र डिजिटल फरेन्सिक सम्बन्धि दुई दिवसीय दोस्रो क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी शुक्रबार सम्पन्न भएको छ ।
गोष्ठी समापनको अवसरमा आयोजित कार्यक्रममा साइबर व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले धन्यवाद ज्ञापन गर्दै गोष्ठीमा भएको छलफल तथा अन्तरक्रियाले साइबर अपराध अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण ज्ञान हासिल भएको चर्चा गरे ।
गोष्ठीमा भएका सैदान्तिक अभ्यासलाई व्यवहारमा लागू गर्न सके अझै फलदायी हुने अपेक्षा राख्दै आगामी दिनहरूमा समेत यस्ता गोष्ठीलाई निरन्तरता दिनुपर्ने उनले उल्लेख गरे ।
उक्त अवसरमा कोइका नेपालका प्रोजेक्ट मेनेजर प्रो. गिबुम किमले सहभागीहरूबीच छलफल र सक्रिय सहभागीताले गोष्ठी फलदायी भएको बताए ।
नेपाल प्रहरीलाई साइबर अपराध अनुसन्धान र डिजिटल फरेन्सिकको क्षमता अभिवृद्धिमा आफ्नो टिमको निरन्तर सहयोग रहने उनले जानकारी दिए ।
गोष्ठीमा कोरियास्थित विश्वविद्यालयका प्रोफेसरहरूले Introduction of Criminal Justice and role of prosecutors in Korea, International legal framework on Cybercrime, Transborder access to cloud data and jurisdiction, Artificial intelligence in digital Forensics र Cyber Security threats and the police’s response लगायतका विषयमा दुई दिनसम्म प्रशिक्षण प्रदान गरेका थिए ।
मानवअधिकार, डिजिटल फरेन्सिक एन्ड इन्टरनेशनल कन्भेन्सन सम्बन्धि जानकारी प्रदान गरी साइबर अपराधविरुद्ध नेपाल प्रहरीको क्षमतालाई सुदृढ गर्ने उद्देश्यले उक्त कार्यशाला गोष्ठी आयोजना गरिएको हो ।
गोष्ठीमा कोइका नेपालका प्रतिनिधिहरू, नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो, साइबर व्यूरो, सूचना प्रविधि निर्देशनालय, डिजिटल फरेन्सिक ल्याब र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।
साइबर सुरक्षा
नेशनल साईबर ओलम्पियाड आयोजना हुँदै, ५० भन्दा बढी विद्यालयका टिमबीच प्रतिस्पर्धा हुने
नेशनल साईबर ओलम्पियाड २०७९ को चौथो संस्करण आयोजना हुने भएको छ । प्रशिक्षणको आयोजन…
साइबर सुरक्षामा लगानी बढाउन सरकार विरूद्ध शनिबार मास्क लगाएर युवाहरूले प्रदर्शन गर्दै
साइबर सुरक्षाको साक्षरता र साइबर सुरक्षामा लगानी बढाउन सरकारलाई दबाब दिन मिलियन …
गृहमन्त्री खाण भन्छन्ः साइबर अपराधको विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्छ
गृहमन्त्री बालकृष्ण खाणले साइबर अपराधको विषयलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुप…
साइबर क्राइमलाई नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने सरोकारवालाको भनाइ
बढ्दो साइबर क्राइमका घटनाहरूलाई नियन्त्रण गर्न विभिन्न्न जनचेतनामूलक कार्यक्रमहरू गर्नु…
के तपाईको एन्ड्रोइड फोनमा यी ३५ एप छन् ? छन् भने तुरुन्तै डिलिट गर्नुहोस्
गत महिना गूगलले प्ले स्टोरबाट विभिन्न खतरनाक एन्ड्रोइड एप हटाएको थियो । हटाएका धेर…
म्यासेजिङ प्लेटफर्म सिग्नलमा साइबर आक्रमण, १९०० जनाको फोन नम्बर बाहिरियो
सिग्नलमा साइबर आक्रमण भएको छ । साइबर आक्रमण भएपछि डेटा ब्रिच हुँदा १९०० जनाको फोन…
लुक्ला विमानस्थलको वेबसाइट ह्याक
सोलुखुम्बुस्थित तेन्जिङ हिलारी (लुक्ला) विमानस्थलको वेबसाइट एक हप्ताभन्दा बढीदेखि ह्य…
मोबाइल फोन रिपेयर गर्न दिँदा सामसङमा अब डेटा लुकाउन सकिने
सामसंगको रिपेयर मोडले फोन मर्मत गर्न दिदा डेटा सुरक्षित गर्न दिने भएको छ । यस मोड…
एसिड हानिदिन्छु भन्दै प्र्यांक गर्ने युट्युबर पक्राउ
महिलामाथि अमानवीय व्यवहार गरी सामाजिक सञ्जालमा प्रसारण गरेको अभियोगमा एक जना पक्र…
के तपाईको स्मार्टफोनमा यी एप छन् ? त्यसो भए तुरुन्तै डिलिट गर्नुहोस्
फ्रान्सेली अन्वेषक म्याक्जिम इन्ग्राओले मोबाइलमा इन्स्टल भएका यी ८ एपहरू तुरून्तै हटाउन…
३० लाख पटक डाउनलोड भएका एन्ड्रोइड एपहरुमा मालवेयर
३० लाख पटक डाउनलोड गरिसकेको एन्ड्रोइड एपहरुमा मालवेयर फेला परेको छ । यी एपहरुले…
हजारौं एन्ड्रोइड फोनमा मालवेयर संक्रमण गर्ने चार एप गूगल प्ले स्टोरबाट डिलिट
चार ओटा एन्ड्रोईड एपले हजारौँ एन्ड्रोइड डिभाइसहरुलाई मालवेयर संक्रमण गरिरहेको थाहा…
सुरक्षाका लागि एप्पलको ‘लकडाउन मोड’ फिचर, प्रयोगकर्तालाई स्पाईवेयर आक्रमणबाट बचाउने
एप्पलले हाई प्रोफाइल प्रयोगकर्तालाई साइबर आक्रमणबाट बचाउन लकडाउन मोड सार्वजनिक गर्ने…
सांघाई पुलिसको डेटाबेसबाट एक अर्ब चिनियाँ नागरिकको डेटा चोरी
ह्याकरहरुले सांघाईको पुलिस डेटाबेसबाट एक अर्ब चिनियाँ नागरिकको डेटा चोरेको दावी…
अत्याधुनिक तथा नयाँ मोडलका दाहुवाका सीसी टिभी बजारमा
नेपाली बजारमा दाहुवाको अधिकारीक आयातकर्ता तथा बिक्रेता कम्पनी बिध म्यानेजमेन्टले न…