साइबर सुरक्षा
नक्कली फेसबुक आइडी बनाउँदै ठगी गर्ने व्यक्ति पक्राउ
नक्कली फेसबुक आइडी खोली आर्थिक लाभ लिने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली फेसबुक आइडी खोली आर्थिक लाभ लिने धादिङका २७ वर्षीय नारायणदत्त खकुराललाई पक्राउ गरेको हो ।
उनले सामाजिक संञ्जाल फेसबुकमा वैदेशिक रोजगारमा रहेका व्यक्तिहरुको पहिचान गरी प्रोफाईल भिजिट गर्नुको साथै उनीहरुको आफन्तहरुको समेत विवरण राखी नक्कली फेसबुक आईडी बनाउने गरेका थिए ।
अनि उक्त आईडिबाट आफन्तहरुसँग म्यासेन्जरमा टेक्स्ट गरी आफु र आफ्नो साथी बिरामी भई अस्पतालमा भर्ना भएको र आफुलाई रकमको आवश्यकता परेकोले मेरो साथीको क्युआरमा रकम पठाउनु भनी विभिन्न व्यक्तिहरुसँग रकम माग गर्ने गरेका थिए ।
त्यसपछि उपत्यकाको विभिन्न पसलहरुमा गई आफ्नो मान्छे बिरामी भई अस्पतालमा भर्ना भएको र आफन्तले उपचारको लागि रकम पठाईदिदै छ, मेरो कुनै पनी बैंक खाता छैन, हजुरको खातामा पैसा आउँछ, सो पैसा राखी मलाई नगद रकम दिनु भनी उक्त पसलहरुको क्युआर कोड पठाई उक्त क्युआरमा रकम हाल्न लगाई पसलहरुबाट नगदै रकम लिने गरेका थिए ।
सो ठगी कार्यमा संलग्न धादिङ घर भई काठमाण्डौ बस्ने बर्ष २७ को नारायण दत्त खकुराललाई फागुन २० गते तार्केश्वरको लोलाङ हाईटबाट पक्राउ गरेको छ । साथै उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौमा पठाइएको छ ।
उनको साथबाट प्रहरीले ओप्पो कम्पनीको निलो रङको मोवाईल १ थान र बा.५८ प २७७५ नम्वरको १५० सिसि भएको कालो रङको पल्सर मोटरसाईकल १ थान बरामद समेत गरेको छ ।
साइबर सुरक्षा
सरकारी कार्यालयलाई साइबर सुरक्षा एडभाइजरी: ३-३ महिनामा पासवर्ड चेन्ज गर्नुपर्ने, एसएसएल अनिवार्य
राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयका सूचना प्रविधि प्रणालीहरूलाई सुरक्षित बनाउन एड्भाइजरी जारी गरेको छ ।
…साइबर ब्यूरोले भन्यो: झुटा इमेलको विश्वास नगर्नु, रिप्लाई पनि नदिनु
नेपाल प्रहरीको साइबर ब्यूरोले साइबर ब्यूरोबाट पठाइएको भनिएको झुटा इमेलमा कुनै पनि रिप्लाई नगर्न अनुरोध गरेको छ ।
…कल सेन्टर खोलेर अवैध अनलाइन सट्टेबाजी, २ भारतीयसहित ५३ जना पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अवैध कल सेन्टर सञ्चालनमा संलग्न दुई भारतीयसहित ५३ जनालाई पक्राउ गरेको छ ।&n…
साइबर आक्रमणको बढी जोखिममा छन् नेपालका वित्तीय क्षेत्र
नेपालका वित्तीय क्षेत्र साइबर आक्रमणको बढी जोखिममा रहेको सरोकारवालाले बताएका छन् । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी स…
प्रयोगकर्ताको डेटा आपराधिक गिरोहलाई उपलब्ध गराउने खल्ती वालेटका तीन कर्मचारी पक्राउ
डिजिटल वालेट खल्तीका तीन जना कर्मचारीले प्रयोगकर्ताको व्यक्तिगत विवरण आपराधिक गिरोहलाई उपलब्ध गराएको तथ्य खुलेको छ ।
…साइबर ठगीमा युवाहरूको संलग्नता बढी, बायोमेट्रिकसहितको केवाईसी लागु गर्न सुझाव
साइबर प्रविधिमा आधारित शंकास्पद वित्तीय कारोबारमा १९ देखि २४ वर्ष उमेर समूहका युवाहरू बढी देखिएका छन् । नेपाल राष्ट्र बैंकको व…
बेहुली फ्रम मेघौलीको क्लिप्स सामाजिक सञ्जालमा राख्नेविरूद्ध साइबर ब्यूरोमा उजुरी
‘बेहुली फ्रम मेघौली’ फिल्मको शर्ट क्लिप्सहरू सामाजिक सञ्जालमा राख्ने प्रयोगकर्ताको अकाउन्ट बन्द हुने भएको छ ।
एआईको प्रयोग गरी विशिष्ट व्यक्तिहरुको चरित्र हत्या गर्न भ्रामक भिडियो बनाउने युवक पक्राउ
एआईको प्रयोग गरी विशिष्ट व्यक्तिहरुको चरित्र हत्या गर्ने उद्देश्यका साथ भ्रामक भिडियो बनाउने २२ वर्षिय युवक पक्राउ परेका छन् । …
साइबर सुरक्षा नीतिको कार्यान्वयन र साक्षरतामा जोड दिन सरोकारवालाहरूको आग्रह
साइबर सुरक्षा नीतिको कार्यान्वयन र साक्षरतामा जोड दिन सरोकारवालाहरूले आग्रह गरेका छन् ।
…
अनलाइनबाट ठगी गर्ने नौ जना भारतीय नागरिक पक्राउ
प्रहरीले अनलाइनमार्फत ठगी गर्ने नौ जना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ। हेटौँडा उपमहानगरपालिका–४, पारिजा…
क्याश एपमार्फत ५ करोड बराबरको अवैध कारोबार गर्ने कार्यमा संलग्न गिरोह पक्राउ
क्याश एपमार्फत ५ करोड बराबरको अवैध कारोबार गर्ने कार्यमा संलग्न गिरोह पक्राउ परेका छन् ।
…
बेटिङ एपबाट ३ करोड बढीको कारोबार गर्ने एक युवक पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइन जुवा तथा सट्टेबाजी खेल्ने खेलाउने कार्यमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ …
नक्कली ड्राइभिङ लाइसेन्स जारी गर्ने कार्यमा संलग्न ५ जना कर्मचारी पक्राउ
केन्द्रिय अनुसन्धान व्यूरोले नक्कली ड्राइभिङ लाइसेन्स जारी गर्ने कार्यमा संलग्न ५ जना कर्मचारीलाई पक्राउ गरेको छ ।
सामाजिक सञ्जालबाट आईफोन, गरगहना, घडीसहितको लगेज कुरियर गरेको भन्दै ठगी गर्ने पक्राउ
सामाजिक सञ्जालबाट आईफोन, गरगहना, घडीसहितको लगेज कुरियर गरेको भन्दै ठगी गर्ने एक युवकलाई काठमाडौं अपराध उपत्यका अनुसन्धान कार्…
कोलोकेसन सेवा सम्बन्धि कानुनी व्यवस्था गर्न महालेखाको निर्देशन
महालेखापरीक्षकको कार्यालयले कोलोकेसन सेवा सम्बन्धि कानुनी व्यवस्था गर्न राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई निर्देशन दिएको छ । <…