साइबर सुरक्षा
चालु आर्थिक वर्षका लागि साइबर सेक्युरिटी अडिटरको रोष्टर बनाउँदै प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ का लागि साइबर सेक्युरिटी अडिटरको रोष्टर बनाउने भएको छ । बुधबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले इच्छुक फर्महरूलाई आवेदन दिन आग्रह गरेको हो ।
इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइबर सेक्युरिटी फर्मले आवश्यक डकुमेन्टसहित आवेदन पेश गर्न सक्ने छन् । आवेदन प्राधिकरणको कार्यालय बुझाउन वा [email protected] मा पनि इमेल गर्न सकिने छ ।
आवेदन दिनका लागि साइबर सुरक्षा विनियमावली २०७७ मा तोकिएको योग्यता पूरा गरेको हुनुपर्नेछ । आवेदन दिने फर्मले सम्बन्धित देशमा दर्ता भएको, भ्याट/प्यानमा दर्ता भएको र कर चुक्ता गरेको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।
त्यस्तै विदेशी फर्मले गत ३ वर्षमा वार्षिक ५ मिलियन अमेरिकी डलर आम्दानी गरेको हुनुपर्ने र नेपाली कम्पनीले ३० लाख रूपैयाँ वार्षिक आम्दानी गरेको हुनुपर्नेछ । साथै गत ३ वर्षको वित्तिय अडिट प्रतिवेदन पनि पेश गर्नुपर्नेछ ।
फर्म कम्तिमा पनि ३ वर्ष आईसिटी कम्पनीको रूपमा दर्ता भएको र २ वर्ष साइबर सुरक्षाको क्षेत्रमा काम गरेको अनुभव हुनुपर्नेछ । आवेदन दिने फर्मले २ वर्षमा कम्तिमा ३ वटा परियोजना सम्पन्न गरेको हुनुपर्नेछ । फर्ममा काम गर्ने कम्तिमा ३ जना विशेषज्ञ हुनुपर्नेछ, जोसँग साइबर सेक्युरिटीसँग सम्बन्धित प्रमाणपत्रहरू समेत हुनुपर्नेछ ।
 
  त्यसपछि आवेदकका कागजात अध्ययन गरेर प्राधिकरणले सूची सार्वजनिक गर्नेछ । उक्त सूचीमा परेका कुनै अडिटर फर्मबाट मोबाइल सेवा प्रदायक, नेटवर्क सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक लगायत दूरसञ्चार प्राधिकरणबाट अनुमति लिएका दूर सञ्चार सेवा प्रदायकले आफ्नो कम्पनीको साइबर अडिट गर्नुपर्नेछ ।
 
 
साइबर सुरक्षा
पार्सल र मोबाइलबाट बढ्दै छ अपराध
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रविधिको दुरूपयोग गरी नेपालमा १२ प्रक…
बैंकको कर्मचारी भन्दै ओटीपी कोड मागेर ठगी, सचेत रहन बैंकहरूको आग्रह
बैंकको कर्मचारी भन्दै ओटीपी कोड मागेर ठगी गर्नेबाट सचेत रहन बैंकहरूले आग्रह गरेका…
फेसबुकमा अनधिकृत पहुँच बनाई अनलाइनमार्फत दुर्व्यवहार गरेको आरोपमा महिला पक्राउ
सामाजिक सञ्जाल फेसबुक एकाउन्टमा अनधिकृत पहुँच बनाई अनलाइनमार्फत दुर्व्यवहार गरेको …
६० हजार बढी एन्ड्रोडइ एपमा मालवेयर, कतै तपाईको फोनमा त छैन् ?
हजारौँ एन्ड्रोइड एपहरुमा एडवेयर फेला परेको छ । साइबर सुरक्षा कम्पनी बिटडिफेनडरले …
काठमाडौं महानगरपालिकाले सीसीटीभी जडान र सञ्चालनका लागि प्रहरीलाई दियो ६ करोड
काठमाडौं महानगरपालिकाले सीसीटीभीका लागि नेपाल प्रहरीलाई ६ करोड रूपैयाँ उपलब्ध ग…
प्रविधिमा वर्ष २०७९ः विद्युतीय कारोबारसँगै अपराध पनि बढ्यो
वर्ष २०७९ मा नेपालको दूरसञ्चार क्षेत्रमा नयाँ नयाँ सेवा सुरू भए । नेपाल टेलिकमले …
सरकारी डेटा सेन्टरमा साइबर विज्ञको कमी, अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सञ्चालन गर्न सुझाव
सरकारी डेटा सेन्टरमै साइबर विज्ञको कमी देखिएको छ । सरकारी एकीकृत डेटा केन्द्र तथा…
चलचित्र विकास बोर्डले सिनेमा साइबर सेक्युरिटीको डेडिकेटेड डेस्क सञ्चालन गर्ने
चलचित्र विकास बोर्डले हटलाइन नम्बर सहितको ‘सिनेमा साइबर सेक्युरिटी’ को डेडिकेटेड …
साइबर सुरक्षाका लागि आवश्यक सुझाव दिन उच्चस्तरीय कार्यदल गठन
साइबर सुरक्षाका लागि आवश्यक सुझाव दिन उच्चस्तरीय कार्यदल गठन भएको छ । सञ्चार तथा सू…
साइबर क्षेत्रमा नेपालको अवस्था कमजोर छ, सेनाको डेटा डार्क वेबमा पुगेको छः आरजु राणा
नेपाली कांग्रेसकी सांसद एवं नेतृ आरजु राणा देउवाले नेपाली सेनाको डेटा टर्कीको ड…
अमेरिकन कम्पनी सेक्युरिटी पालले नेपालमा सुरू गर्यो सेवा, राजदूत थम्पसनले गरे उद्घाटन
नेपाली मूलका उद्यमीले अमेरिकामा स्थापना गरेको कम्पनी सेक्युरिटी पालले नेपालमा पनि…
इन्टरनेट र साइबर सुरक्षा बारे जनचेतना फैलाउँदै एनसेल
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सुरक्षित इन्टरनेट दिवसको अवसर प…
साइबर अपराधमा कानूनी प्रणाली र डिजिटल फरेन्सिक सम्बन्धि क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न
नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटी र कोइका (कोरिया अन्तर्राष्ट्रिय सह…
लकबिट र्यान्समवेयर समूहले विरामी बालबालिकाको अस्पतालमा आक्रमण गरेपछि मागे माफी
लकबिट र्यान्समवेयर समूहले विरामी बालबालिकाको अस्पतालमा आक्रमण गरेकाले माफी मागेको…
अनलाईन बेटिङ मार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा एक भारतीय पक्राउ
कीर्तिपुर नगरपालिका-१०स्थित क्रिकेट खेल मैदानमा एनपिएल टि २० पुरुष राष्ट्रिय क्रिके…